बाबा जित बहादुर परियार र आमा अतिरुपा परियारको कोखबाट जन्मिएका परियार सानै देखि गीतसङ्गीतमा रुची राख्थे । कतै मादल बज्यो कि गएर गाइदिहाल्ने ।
उसो त घरमा बुबा र दाईले पनि कुनै कार्यक्रम सहभागी भई बाजा बजाउँदा त्यही बाजाको तालमा आफू पनि रमाउने परियार अहिले विगत १ दशक देखि अष्ट्रेलिया बस्दै आईरहेका छन् ।
सामाजिक सेवामा पनि उत्तिकै तल्लिन यी गायक अन्तराष्ट्रिय नेपाली कलाकार समाज क्विन्सल्याण्डको महासचिव समेत हुन् ।
यस्तै बुन्डोल लाईन्स क्लवको कोषाध्यक्ष समेत रहेका पूर्णले अष्ट्रेलियामा स्विमिङ्ग क्लास लिने गर्छन् ।
सानै देखि गीतहरु गाउन निकै सौखिन गायक पूर्णले यसअघि ‘ढाँटी ढाँटी’ (२०७१) बजारमा ल्याएका थिए ।
सोही गीतको सफलता स्वरुप अहिले पुनः अर्को गीत एकनारायण भण्डारीको शब्द र आफ्नै लयमा देवि घर्तीको आवाजको सहकार्यले ‘बुट्टे चोली’ बजारमा पस्केका छन् ।
जस्को अडियो भिडियो सार्वजनिक भैसकेको छ । उनको नयाँ गीतले अहिले युट्यबमा राम्रो सफलता पाईरहेको छ ।
हेरौं परियारकाे केही समयअघि मात्रै सार्वजनिक भएकाे ‘बुट्टे चाेली’ गीतः
No comments:
Post a Comment