Tuesday, August 9, 2016

काउचा नेपाल विद्यार्थी संघको ११औ महाधिवेशनमा जनजातितर्फबाट केन्द्रीय उपाध्यक्ष लड्दै !

जुझारु, सक्षम र योग्य नेता रेनुका काउचा यति बेला नेपाल विद्यार्थी संघको ११ औ राष्ट्रिय महाधिवेशनमा जनजातितर्फबाट केन्द्रीय उपाध्यक्ष लड्दैछिन् । उनी नेपाल मगर संघ केन्द्रीय समितिकी नवनिर्वाचित मुख्य सचिव हुन् ।

यति मात्र होइन देशैकै ठूलो जाती मगर समुदायको प्रतिनिधित्व गर्दै नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको अध्यक्ष पदको सफल नेतृत्व गरि सकेकी छिन् । नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको पूर्व अध्यक्ष एवं सरस्वती क्याम्पसको स्ववियू कोषाध्यक्ष भइसकेकी काउचा कांग्रेसको समानुपातिकतर्फको उम्मेदवार पनि थिइन् ।

लामो समयदेखि राजनीतिकमा होमिएकी काउचा राजनीतिक संगसंगै अध्ययनलाई पनि प्राथमिकता दिर्दै अघि बढेकी छिन् उनले एमबीएस गरेकी छिन् भने एलएलबी पनि सकाइसेकी छिन् । बाग्लुङ घर भई काठमाडौंको मुटुमा बसेर अध्ययनका साथै राजनीतिक, सामाजिक, शैक्षिक मुद्धालाई सधै आत्मा साथ गर्दै जुझारु, सक्षम र योग्य नेता हुन् रेनुका ।

उनले देशको भौगोलिक संरचना र बस्तुस्थितिलाई मध्येनजर गर्दै सबै जातजाति, भाषाभाषीको भावनालाई बुझेर मातृ भाषामा पढ्ने अवसर पाएं शिक्षामा अझ प्रभावकारी हुने बताई । काउचा भन्छिन्–हाम्रो देशको शिक्षा नीति बैज्ञानीक, व्यवहारी र देशको माटो अनुसार हुन सके आफ्नै देशमा हजारौं विद्यार्थीहरुले स्वरोजगार पाउने थिए ताकि विदेशी भूमिमा गएर पसिना र रगत बगाउनु पर्ने अवस्था आउने थिएन ।

लामो समय विद्यार्थीको उज्जवल भविष्य बनाउने सपना भोकेर उनी नेपाल विद्यार्थी संघको मैदानमा अहोरात्र खटिरहेकी छिन् । उनको योगदानलाई उच्च मूल्यांकन गरेर जनजातितर्फबाट उम्मेदवार दिनु भएकी रेनुका काउचाले देशभरीबाट पाल्नु भएका प्रतिनिधि मित्रजनहरुले आफूलाई भोट दिई अत्याधिक बहुमतले विजयी गराउनु समेत अनुरोध गरेकी छिन् ।

No comments:

Post a Comment