थम्मन थापा सन्देश ,गलकोट
गलकोट नगरपालिका ७ आॅगाखेतमा १ घर पहिरोको उच्च जोखिममा परेको छ । मल्म
पाण्डवखानी सडक खण्डको स्तरोन्नति गर्ने क्रममा घरलाई जोगाएर
ढुङगा माटो फालिएको भएपनि गएरातिको वर्षा र कुलोको ओभरफुल पानीले
सडक तल रहेको मन कुमारी चोखालको घरको पछाडी र
आसपास भरिएको छ ।
वर्षा पछि घरभित्र लेदो माटो समेत पसेको छ । आर्थिक अवस्था कमजोर
रहेकी चोखाल एकल महिला समेत हुनुहुन्छ । अहिले घरमा बस्न
जोखिम बढेपछि आज स्थानियको सहयोगमा सरसामान लत्ता कपडा सहित स्थानियकोमा
आश्रय लिईरहनु भएको छ । ९ वर्ष पहिले श्रीमानको निधन भएको र
सन्तान पनि नभएकी चोखालले आर्थिक सहयोग गरिदिन सबैमा अनुरोध
गर्नुभएको छ । हुलुवा खोलाको किनारमा रहेको घर देखि माथि सडक र सिचाई कुलो
भएकोले जुनकुनै बेला पहिरो खस्न सक्ने खतरा रहेको गलकोट नगरपालिका वडा नं ७
का अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो । थापाले आजै
घरको स्थलगत अवलोकन गरि त्यहाॅको वस्तुस्थितिको बारेमा जानकारी
समेत लिनुभएको छ । घर माथिबाट खसेको ढुङगाले आडैमा रहेको गोठमा समेत क्षति
पुराएको छ । सडक स्तरोन्नतिको क्रममा सडक मुनी रहेको हुलुवा खोलामा
गएको ढुङगा माटो सहितको गेग्रेटे माटोको कारण खोलामा पानीको बहाब बढदा
बाढीको खतरा हुन सक्ने स्थानियले बताएका छन । वर्खायाम लागे सॅग
Friday, June 30, 2017
आॅगाखेतमा १ परिवार बिस्थापित
Thursday, June 29, 2017
रुख रोपौ बन जाेगाउ
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानी सुनपानीमा जिल्ला भु संरक्षण बागलुङबाट आएको खनिया १सय र नेवरा १ सय गरि २ सय बिरुवाकाे वाेट ५६ घर दुरीलाइ वितरण गर्दै
फाेटाे सौजन्य :- सहकर्मी दिप घर्ती
घाम लागे काम नगर्ने नेपाल टेलिकमको टावरले ढोरपाटनका सेवाग्राहीलाई सास्ती
बागलुङ २०७४ असार १५ । बागलुङ जिल्लाको सुदूर
पश्चिममा रहेको पर्यटकीय महत्वको साविक बोवाङ
गाविसको ढोरपाटनमा नेपाल टेलिकमको टावरले
राम्रो काम नगरेपछी हजारौँ सेवाग्राहीले मोबाईल
टेलिफोन सेवा सहजरुपमा पाउन सकेका छैनन् । नियमित
सन्चार सम्पर्ककालागि ढोरपाटनमा घाम नलागोस
भनेर सूर्यदेवलाई प्रार्थन गर्नु पर्ने अवस्था रहेको छ ।
सुन्दा अचम्म लाग्ला, ढोरपाटनमा रहेको नेपाल
टेलिकमको टावर घाम लागे चल्दैन अर्थात काम गर्दैन
सूर्यास्त वा सूर्यको किरण (घाम)लाई बादलले ढोके
पछी टावरले काम गर्न थाल्छ ।
मुलुक कै एकमात्र शिकार आरक्ष रहेको ढोरपाटन,
पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकहरुको चाप
बढ्दै गएकोले सन्चार सम्पर्क अतिनै महत्वपूर्ण रहेको छ ।
तर घाम लागे टावरले काम नगर्ने रोगलागे पछी
स्थानीयवासी त्यस्को समयमै उपचारका लागि नेपाल
टृलिकम कार्यालय बागलुङमा जोडदार माग गर्दै
आएका छन् । तर वषौँ वित्दापनि यस रोगको निदान हुन
नसकेको स्थानीयको गुनासो रहेको छ ।
ढोरपाटनमा शिकार आरक्षको कार्यालय सहित
नेपाली सेनाको हनुमानध्वज गुल्मपनि रहेको छ । शिकार
गर्न आउने विदेशी शिकारी टोलीहरु र भ्रमणमा दिनहुँ
पुगी रहने सयौँ पर्यटकहरु सन्चार सम्पर्कविहीन हुँदा निकै
सास्ती खेप्नु परिरहेछ ।
नेपाल टेलिकमका प्रमुख केशव शर्मा भन्छन्, ‘ढोरपाटनमा
भएको टेलिकमको टावर स्याटलाईट सम्पर्कबाट
सन्चालन हुने भएकोले समय समयमा समस्या आउने गरेको छ
।’
‘चर्को घाम लाग्यो भने स्याटलाईट सिस्टमले काम गर्दैन
। टेलिफोन सम्पर्क सहज हुनलाई कि बादल लाग्नु प-यो
कि राति नै हुन प-यो, प्रमुख शर्मा भन्छन् । उनले भने, २
हप्ता पहिले प्राविधक टोली समस्या बुझन ढोरपाटन
गएर फर्किएको छ । टावरमा देखिएका समस्या यहाँबाट
समाधान गर्न नसकिने भएकोले केन्द्रीय कार्यालयमा
मरम्मतका लागि माग गरिएको छ ।
आर्थिक वर्षको आखिरी महिना भएकाले केन्द्रबाट
टावर मर्मतका लागि प्राविधिक टोली आउने
निश्चितता नभएकोले अझै केहि समय ढोरपाटनवासीहरु
टेलिफोन सेवा लिन प्रतिक्षा गर्नुको बिकल्प देखिदैन ।
‘जिल्लाका अन्य भागहरुमा राखिएका टेलिकम टावर
जस्तै टावर किन ढोरपाटनमा राख्ने व्यवस्था भएन ?’
भन्ने प्रश्नमा प्रमुख शर्माले भने, ‘ढोर देउरालीमा टावर
राख्ने कुरा छ स्थानीय तहमा संझौता गरेर राख्ने
प्रयासमा छौँ ।’
टेलिकम कार्यालयका प्राविधिक केशव सापकोटाले,
‘बोवाङकै बिजौरेमा राखिएको जस्तो टेलिकमको
टावर एक दुई ठाउँमा राखेपछी ढोरपाटनमा टेलिफोन
सम्पर्क सहज हुने’ जानकारी दिए । ढोरपाटनमा
मोवाईलमा ३ जी सिस्टमले काम गर्दैन सीडीएमए मा
भने ३ जीको सुविधा लिन सकिने सापकोटाले
जानकारी दिए ।
ढोरपाटन जस्तो महत्वपूर्ण भूभागमा टेलिफोन सम्पर्क
सहज गराउन तर्फ सरोकारवाला निकाय संवेदनशील
नदेखिएको प्रति स्थानीय जनप्रनिधी एवं ढोरपाटन
नगरवासीको गुनासो रहेको छ ।
फेसबुकमार्फत कमेन्ट गर्नुहोस !
Tuesday, June 27, 2017
पत्रकार संगै लाेक साङ्कृतिक यात्रामा सञ्चारकर्मी छन्त्याल
पत्रकार संगै लाेक साङ्कृतिक यात्रामा सञ्चारकर्मी छन्त्याल
बागलुङको पाण्डबखानी गलकाेट नगरपालिका १०मा बाबा तुलप्रसाद छन्त्याल र अामा ज्ञानु छन्त्यालकाे काेखबाट २०४९मा जन्मनु भएका सुरेश छन्त्याल दर्पण पछिल्लो समयमा पत्रकारीतामा चर्चित भै लाेक साकृतिक श्रेमा प्रवेस गर्नुभएको छ।उनकाे पहिलो प्रस्तुति चर्चित कलाकार नवीन रानाकाे स्वरमा दशैतिहारैमा अडियो भिडियो सार्वजनिक गरिसकेका छन्।पछिल्लो समयमा फेरि चर्चित गायिका देवि घर्ती र पुरन प्रभातकाे स्वरमा सजिएको पान मिठाे कि सुपारी नामक गितमा छन्त्यालले सब्द गर्नुभएको भिडियो अब छिट्टै बजारमा अाउने तयारीमा छ।अर्को अाफ्नै गाउँ घरलाइ सम्झेर माया संग यसपालि घुम्टे जाने हाे नामक गित रेकर्डिङ भैसकेको छन्त्यालले बताउनु भएको छ।गाउघरमा बसि देश तथा विदेशबाट उनलाई सल्लाह सुझाव संगै अार्थिक सहयाेग अाउने गरेकाे छन्त्याल बताउछन्। गाउघरकाे समाचार सुन्न र पढ्न पाउँदा अाफुहरु गाउँमै रहकाे जस्तो हुन्छ। निकै खुसि लाग्छ।उनका श्राेता तथा पाठकहरुले समाजिक संजाल पेशबुकमा बताउँछन्।यसरी अाफुलाइ माया गरि सहयोग गर्ने प्रति विशेष अाभार व्याक्त गर्दै अाफुलाइ काम गर्न अझै हाेस अाउने गरेकाे छन्त्यालले बताउनुभयो।