Friday, June 22, 2018

गल्कोटका महिलाहरु सामाजिक कार्यमा अग्रसर भएकोमा नगर प्रमुख तथा उपप्रमुखबाट प्रशंसा

गल्कोटका महिलाहरु सामाजिक कार्यमा अग्रसर भएकोमा नगर प्रमुख तथा उपप्रमुखबाट प्रशंसा
सुरेश छन्त्याल /बागलुङ
२०७५ असार ८ शुक्रबार
गल्कोट नगरपालिका ८ काँडेबास झारमौरामा ग्रामीण महिला आत्मनिर्भर समाजको भबनको नगरप्रमुख भरत शर्मा गैर र उपप्रमुख रेनुका काउचा मगरले एक समारोहवीच संयुक्तरुपमा शिलान्यास गरेका छन् ।
शिलान्या सपछ बोल्द्र नगरप्रमुख गैरेले पछिल्लो समय महिलाहरु सामाजिक कार्यमा अग्रसर भएको भन्दै प्रशसा गरे । नगरप्रमुख गैरेले महिलाहरु बिकास निर्माण र सामाजिक कार्यमा अग्रसर बन्न थालेको भन्दै यसले समृद्ध गल्कोट निर्माणका लागी सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । समाजमा महिलाहरुले गरेको कार्यको प्रशंसा गर्दै नगरपालिका भित्र हुने बिकासका कार्यहरुलाई नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
गैरेले प्रक्रियागत रुपमा आउने योजनाहरुलाई आफुहरुले प्राथमिकता दिने बताउदै भबन निर्माण कार्यमा सक्दो सहयोग गर्ने विश्वास दिलाए ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख काउचा मगरले महिलाहरुले सामाजिक कार्यमा देखाएको चासो र सहभागिताको प्रशंसा गर्दै ग्रामीण महिला आत्मनिर्भर समाजको नाम अनुसारको कार्य गर्न लागेकोमा धन्यबाद दिईन् । उनले जुनसुकै कार्य सम्पन्न गर्नको लागी पनि आत्मनिर्भर हुनु पर्ने बताउदै गल्कोट नगरपालिकाले महिला भबनको निर्माण कार्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाईन् ।
कार्यक्रममा नेपाली काँग्रेस गल्कोट नगरपालिका वाड नम्बर ८ का कार्यबाहक सभापती ढालिन्द्र प्रसाद गौतम र नेपाल कम्युनिस्ट पार्टीका आत्मराम शर्माले आफुहरुले निर्माण कार्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रममा वडा सचिब सुभास सुनार सामाजिक परिचालिका अनिता कंडेल लगायत स्थानिय महिलाहरु समाजसेबी बुद्धिजीवी लगायत सर्बसाधारणको उपस्थिती रहेको थियो ।
कार्यक्रम ग्रामीण महिला आत्मनिर्भर समाजका अध्यक्ष रमा उपाध्यायको अध्यक्षता, वडा नं ८ का कार्यबाहक अध्यक्ष घनश्याम चालिसेको स्वागत मन्तब्य र समितिका सचिब नम कुमारी सापकोटाको संचालनमा सम्पन्न भएको सहकर्मी सुरेश छन्त्यालले जानकारी दिनु भएको छ।

Friday, June 15, 2018

पाण्डबखानीमा रहेकाे नव ज्याति प्राविमा ढलान गरियाे।

पाण्डबखानीमा रहेकाे नव ज्याति प्राविमा ढलान गरियाे।
सुरेश छन्त्याल/पाण्डबखानी
असार/१ शुक्रबार
बागलुङको गलकाेट नगरपालिका वडा न.१० पाण्डवखानीमा रहेको श्री नवज्याेति प्रा.वि.काे ३ काेठे भवन ढलान सम्पन्न भएको छ। जिल्ला शिक्षा कार्यालय बागलुङबाट छुट्टयाइएको रु.१६ लाखकाे काम अाज सम्पन्न भएको प्रध्यानापक चन्द्राकुमारी श्रीस अासाले जानकारी दिनु भयाे।साेहि भवन ढलान गर्ने कार्यमा सहयाेग गर्नु हुने शिक्षा प्रेमी,बुद्धिजिवी र श्रमदान दिनु हुने सम्पूर्णलाई यस  विद्यालयकाे तर्फबाट धन्यवाद  समेत दिनु भएको छ।

Sunday, June 10, 2018

१९ अाैं राष्ट्रिय सरसफाइ सप्ताह र ४५ अाैं वातावरण दिवस पाण्डबखानीमा अाज सम्पन्न।

१९ अाैं राष्ट्रिय सरसफाइ सप्ताह र ४५ अाैं वातावरण दिवस पाण्डबखानीमा अाज सम्पन्न।
सुरेश छन्त्याल/पाण्डबखानी
बागलुङको गलकाेट नगरपालिका१० पाण्डबखानीमा दिगाे विकासकाे अाधार स्वच्छ खानेपानी र सरसफाइ युक्त बानी व्यावहार भन्ने मुल नाराका साथ १९ अाैं राष्ट्रिय सरसफाइ सप्ताहकाे अवसरमा अाज पाण्डबखानीमा अन्तर अामा समूह स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।साथै ४५ अाै वातावरण दिवस पनि सम्पन्न भएको छ।गलकाेट नगरपालिका कार्यालय र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियाेजना बागलुङकाे अायाेजनामा भएको कार्यक्रममा वडा १० का सदस्य राम प्रसाद विक काे सभापतित्याे रखानेपानी तथा सरसफाइ तथा स्वच्छता कार्यक्रमका  संयाेजक दुर्गा छन्त्यालकाे विशिष्ट अाथितिया र गाैमाया विक काे स्वागत मन्तवय संगै भएको कार्यक्रममा प्लास्टिकजन्य बस्तु नजलाअाैं,घरमा प्लास्टिककाे प्रयाेग कम गराैं भन्दै बगर,नव ज्याेति प्रावि हुँदै गैराभाटीमा अाएर काेण समापन भएको थियाे।अन्तर अामा समूह हाजिर जवाफमा प्रथम बाइगाउ दाेस्राे सुनपानी तेस्राे बगर  भएका थिए।साथमा सरसफाइ सम्बन्धि चेतना मुलक सांस्कृति गित नृत्य भएको थियाे।भने कार्यक्रमकाे संञ्चालन परिचालिका पार्वती श्रीसले गर्नु भएको थियाे।

Friday, June 1, 2018

पाण्डबखानी देखि सिसाखानी किटेनीमा माेटरबाटाे पुग्याे।स्थानीयबासिहरु खुसियाली,फुलमालाले स्वागत

पाण्डबखानी देखि सिसाखानी किटेनीमा माेटरबाटाे पुग्याे।स्थानीयबासिहरु खुसियाली,फुलमालाले स्वागत
सुरेश छन्त्याल/बागलुङ
बागलुङकाे गलकाेट नगरपालिका१० पाण्डबखानी हुँदै गडिघाड गाउँपालिका ३ सिसाखानीकाे किटेनी सम्म अाज माेटरबाटाे पुग्याे।पाण्डबखानी सिसाखानी हुँदै खर्वाङ सम्म जाेड्ने बाटाे अाज सम्पन्न भएको छ।गलकाेट नगरपालिकाबाट छुट्टयाइएको २० लाखकाे बजेटबाट काम सम्पन्न भएको समितिका अध्यक्ष पृर्थ श्रीसले बताउनुभयो।माटाेरबाटाे पुगेपछि सिसाखानी र पाण्डबखानीबासि निकै खुसि भएकाछन्।अब पाण्डबखानी देखि सिसाखानी हुँदै सिदै खर्वाङ बुटवल सम्मकाे यात्रा गर्न सहज हुने बताएको छ।अाज किटेनी भन्ने स्थानमा एक कार्यक्रमका विच दाेजर चालक जीवन थापा र सहचालक विकलप पुनलाइ पैसा र फुलमालाले सम्मान गरिएको थियाे।पन्यकाेसि अामा समुहका अध्यक्ष जनकुमारि श्रीसकाे अध्यक्षता साविक सिसाखानी गाविसका पर्व अध्यक्ष दिल बहादुर पुनकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बरिस्ठ समाजसेवी मानसिह छन्त्याल,वडा १० का सदस्य धनबहादुर सुनार,रविन्द्र श्रीस,हिरा श्रीस लगाएतकाे सहभागीता रहेकाे थियाे।भने कार्यक्रमकाे संञ्चालन निरज घर्तीले गर्नुभएको थियाे।कार्यक्रममा सहयोग गर्ने र जग्गादाताहरुलाइ धन्यवाद दिदै अब पाण्डबखानी सिसाखानी हुदै रिघा र खर्वाङ सिदै अावाज जावाज गर्न सजिलाे हुने समितिका सचिव रुद्र काउचाले जानकारी दिनुभएको छ।