पाण्डबखानी देखि सिसाखानी किटेनीमा माेटरबाटाे पुग्याे।स्थानीयबासिहरु खुसियाली,फुलमालाले स्वागत
सुरेश छन्त्याल/बागलुङ
बागलुङकाे गलकाेट नगरपालिका१० पाण्डबखानी हुँदै गडिघाड गाउँपालिका ३ सिसाखानीकाे किटेनी सम्म अाज माेटरबाटाे पुग्याे।पाण्डबखानी सिसाखानी हुँदै खर्वाङ सम्म जाेड्ने बाटाे अाज सम्पन्न भएको छ।गलकाेट नगरपालिकाबाट छुट्टयाइएको २० लाखकाे बजेटबाट काम सम्पन्न भएको समितिका अध्यक्ष पृर्थ श्रीसले बताउनुभयो।माटाेरबाटाे पुगेपछि सिसाखानी र पाण्डबखानीबासि निकै खुसि भएकाछन्।
अब पाण्डबखानी देखि सिसाखानी हुँदै सिदै खर्वाङ बुटवल सम्मकाे यात्रा गर्न सहज हुने बताएको छ।अाज किटेनी भन्ने स्थानमा एक कार्यक्रमका विच दाेजर चालक जीवन थापा र सहचालक विकलप पुनलाइ पैसा र फुलमालाले सम्मान गरिएको थियाे।पन्यकाेसि अामा समुहका अध्यक्ष जनकुमारि श्रीसकाे अध्यक्षता साविक सिसाखानी गाविसका पर्व अध्यक्ष दिल बहादुर पुनकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बरिस्ठ समाजसेवी मानसिह छन्त्याल,वडा १० का सदस्य धनबहादुर सुनार,रविन्द्र श्रीस,हिरा श्रीस लगाएतकाे सहभागीता रहेकाे थियाे।भने कार्यक्रमकाे संञ्चालन निरज घर्तीले गर्नुभएको थियाे।कार्यक्रममा सहयोग गर्ने र जग्गादाताहरुलाइ धन्यवाद दिदै अब पाण्डबखानी सिसाखानी हुदै रिघा र खर्वाङ सिदै अावाज जावाज गर्न सजिलाे हुने समितिका सचिव रुद्र काउचाले जानकारी दिनुभएको छ।
Friday, June 1, 2018
पाण्डबखानी देखि सिसाखानी किटेनीमा माेटरबाटाे पुग्याे।स्थानीयबासिहरु खुसियाली,फुलमालाले स्वागत
Subscribe to:
Post Comments (Atom)
बागलुङको खर्वाङ हुँदै पाण्डवखानी जोड्ने भनिएको सडक अलपत्र, पाण्डवखानी किटेनी भने जोडियो।।
ReplyDeleteकमल पौडेल
१९ जेठ/बागलुङ(खर्वाङ)
बागलुङको खर्वाङ हुँदै पाण्डवखानी जोड्ने भनिएको सडक अलपत्र परेको छ। २०६५ सालमा उपभोक्ता समिति गठन गरि काम सुरु भएको सडक, उपभोक्ता समितिको वेइमानी र राजनैतिक खिचातानीको चपेटामा परेको हो। २०६७ मा वडिगाड गाउँपालिका वडा नं. २ मा रहेको गिरौंदिखोला लघु जलविद्युत परियोजनाको नहर समेत क्षती गरि जोखिमपूर्ण स्थानसमेत पार गरेपछि सडक निर्माण रोकिएको हो। वडिगाड गाउँपालिकाको वडा नं. २ को डुडेवाचौरको नाका हुँदै सिमलचौर रात्डाँडा भलामी साल्फेद किटेनी हुँदै पाण्डवखानी जोड्ने भनिएको खर्वाङ शिसाखानी पाण्डवखानी सडक विभिन्न स्वार्थवाट सडकको शिर्षक फेरी खर्वाङ रिघा शिसाखानी पाण्डवखानी वनाई बजेट समेत रकमान्तर गरि गरेको खुलेको छ। तत्कालिन जिल्ला विकास समिति बाट तथा संसद विकास कोषवाट प्राप्त रकमलाई रकमान्तर गरिएको हो। गत आर्थिक वर्षमा झण्डै ३४ लाख वरावरको काम गरिएपनि चालु वर्षमा कुनै पनि काम हुन सकेन। हाल खर्वाङ बाट दनिया सिमलचौर रात्डाँडा एक्लेपिपल हुँदै एक्ले आँप भन्ने स्थान सम्म सडक पुगेको छ। आयोजना सुरु भएको झण्डै १० वर्षमा झण्डै ६ किलोमिटर खनियको सडक, हरेक पटक साँसदहरुको चुनावी मुद्धा वन्ने गरेपनि काम किन हुन सकेन? सोचनिय वनेको छ। सडक संजालले नछोएको सिसाखानीलाई सवै भन्दा छोटो दुरीमा जोड्ने सडक तथा पाण्डवखानी र त्यस आसपासका क्षेत्रवाट वुटवल संग जोड्ने सवैभन्दा छोटो नाका हुँदा हुँदै पनि किन चुनावी नारा मात्रै वन्छ? जनताले उत्तर खोजीरहेका छन्। हाल पाण्डवखानीवाट किटेनी भन्ने स्थान सम्म सडक जोडिएको छ। मध्यपहाडि लोकमार्ग वाट रिघा हुँदै किटेनी जोडिएपनि दुरी लामो भएकोले जनताले सहज सडक उपयोग गर्न सकेका छै्रनन्। जवसम्म १० वर्ष अघि देखि सुरु भइ अलपत्र परेको गिरौदीखोलाको तिर नजिकको सडक वन्दैन तव सम्म शिसाखान, पाण्डवखानी क्षेत्रका जनताको छोटो तथा सहज यात्राको सपना पुरा हुने छैन।