गल्कोटका महिलाहरु सामाजिक कार्यमा अग्रसर भएकोमा नगर प्रमुख तथा उपप्रमुखबाट प्रशंसा
सुरेश छन्त्याल /बागलुङ
२०७५ असार ८ शुक्रबार
गल्कोट नगरपालिका ८ काँडेबास झारमौरामा ग्रामीण महिला आत्मनिर्भर समाजको भबनको नगरप्रमुख भरत शर्मा गैर र उपप्रमुख रेनुका काउचा मगरले एक समारोहवीच संयुक्तरुपमा शिलान्यास गरेका छन् ।
शिलान्या सपछ बोल्द्र नगरप्रमुख गैरेले पछिल्लो समय महिलाहरु सामाजिक कार्यमा अग्रसर भएको भन्दै प्रशसा गरे । नगरप्रमुख गैरेले महिलाहरु बिकास निर्माण र सामाजिक कार्यमा अग्रसर बन्न थालेको भन्दै यसले समृद्ध गल्कोट निर्माणका लागी सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । समाजमा महिलाहरुले गरेको कार्यको प्रशंसा गर्दै नगरपालिका भित्र हुने बिकासका कार्यहरुलाई नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
गैरेले प्रक्रियागत रुपमा आउने योजनाहरुलाई आफुहरुले प्राथमिकता दिने बताउदै भबन निर्माण कार्यमा सक्दो सहयोग गर्ने विश्वास दिलाए ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख काउचा मगरले महिलाहरुले सामाजिक कार्यमा देखाएको चासो र सहभागिताको प्रशंसा गर्दै ग्रामीण महिला आत्मनिर्भर समाजको नाम अनुसारको कार्य गर्न लागेकोमा धन्यबाद दिईन् । उनले जुनसुकै कार्य सम्पन्न गर्नको लागी पनि आत्मनिर्भर हुनु पर्ने बताउदै गल्कोट नगरपालिकाले महिला भबनको निर्माण कार्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाईन् ।
कार्यक्रममा नेपाली काँग्रेस गल्कोट नगरपालिका वाड नम्बर ८ का कार्यबाहक सभापती ढालिन्द्र प्रसाद गौतम र नेपाल कम्युनिस्ट पार्टीका आत्मराम शर्माले आफुहरुले निर्माण कार्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रममा वडा सचिब सुभास सुनार सामाजिक परिचालिका अनिता कंडेल लगायत स्थानिय महिलाहरु समाजसेबी बुद्धिजीवी लगायत सर्बसाधारणको उपस्थिती रहेको थियो ।
कार्यक्रम ग्रामीण महिला आत्मनिर्भर समाजका अध्यक्ष रमा उपाध्यायको अध्यक्षता, वडा नं ८ का कार्यबाहक अध्यक्ष घनश्याम चालिसेको स्वागत मन्तब्य र समितिका सचिब नम कुमारी सापकोटाको संचालनमा सम्पन्न भएको सहकर्मी सुरेश छन्त्यालले जानकारी दिनु भएको छ।
Friday, June 22, 2018
गल्कोटका महिलाहरु सामाजिक कार्यमा अग्रसर भएकोमा नगर प्रमुख तथा उपप्रमुखबाट प्रशंसा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment