Monday, July 16, 2018

पाण्डबखानीमा अवरुद्ध भएको विद्युत२० दिन पछि विजुली बल्याे,यता नि.शुल्क वितरण भएको mix box लाइ २४ सय तिर्नु पर्ने,

पाण्डबखानीमा अवरुद्ध भएको विद्युत२० दिन पछि विजुली बल्याे,यता नि.शुल्क वितरण भएको mix box लाइ २४ सय तिर्नु पर्ने,
सुरेश छन्त्याल/बागलुङ
असार-३२,साेमबार
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा असार ११ गते राति परेको अविरल वर्षा संगै अाएकाे वाढीपहिराेले पाण्डबखानीकाे विभिन्न स्थानमा ठुलाे धनमालकाे क्षति पुर्याएकाे थियाे।त्यस्तै पाण्डबखानीमा रहेकाे घाेप्टे खाेला जलविद्युत परियाेजनामा समस्या हुदा १९ दिन अन्धकारमा बस्नुका साथै पाण्डबखानीबासी गाउँनै सञ्चारमाध्यम फाेन,ईन्टरनेट,लाइट चार्ज गर्न खाना पकाउनबाट बन्चित बनेका थिए।काठमाडौंबाट प्राविधिक अाए पछि बल्ल हिजाे रातिबाट विजुली बनेकाे र विजुली बनेपछि पाण्डबखानी गाउँनै खुसि भएका छन्� भने यता लाइन अवरुद्ध हुन साथ पाण्डबखानी अनलाइन खबरलाई पनि अवसर गरेकाे थियाे।अब पाण्डबखानी अनलाइन नियमितरूपमा निरन्तर समाचार सुचनामा अपडेटमा हुने बताइएको छ। र अाफ्नाे शुभेच्छुक,पाठक,श्राेतालाइ पर्न गएकाे असुविधा प्रति पाण्डबखानी अनलाइन खबर परिवारले क्षमाप्रार्थी मागेकाे छ। र कम्पनीले नि.शुल्क वितरण गरेकाे mix box पाण्डबखानीमा चर्काे पैसा तरेर टिभि हेर्न बाध्य भएका छन्।कम्पनीले mix box  नि.शुल्क वितरण गरे पनि पाण्डबखानीमा चर्काे पैसामा वितरण गरेकाे पाइएकाे छ।बागलुङबजार हटियामा १५ सय लिएको छ।भने पाण्डबखानीमा झन २१ देखि २४ सय सम्म लिएकाे ग्राहकहरुकाे बनाइछ।
सुनपानीमा सुनपानी गतिशील अामा समूह र कालिका स्पाेर्ट युथ क्लब सुनपानीकाे पहलमा ८० हजार बराबरकाे पानी फिल्टर ६५ घरदुरी लाई प्रति घर १ -१ काे दरले वितरण गरिएको समाजसेवी हं गंगाबहादुर घर्तिले जानकारी दिनु भयाे।
पश्चिम नेपाल ग्रामीण खाने पानी तथा सरसफाइ अभियान र गलकाेट नगरपालिका कार्यालयकाे अायाेजना भएको दुइदिने वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका लागि पुर्ण सरसफाइ सम्बन्धि तालिमबाट याे अभियान लिएको घर्तीले बताउनु भयाे।त्यस्तै पाण्डबखानीकाे विभिन्न स्थानहरुमा सरसफाइ कार्यक्रमलाई निरन्तरता दिदै अाज पनि सुनपानी,बगर गैराभाटी गाउँ सरसफाइ गरिएको छ।

No comments:

Post a Comment