पाण्डवखानी र मल्मका पर्यटकीय क्षेत्रको स्थलगत अध्ययन अवलोकन सम्पन्न !
२०७५ साउन ८/गलकाेट
गल्कोट नगरपालिका र ताराखोला गाँउपालिकाका पर्यटकीय स्थलहरुको स्थलगत सम्भाब्यता अध्ययनको कार्य सोमबार देखी सुरु भएको छ । गल्कोट नगरपालिका तथा ताराखोला गाँउपालिकाका पर्यटकीय क्षेत्रको अध्ययन गरि सम्भावित पुर्बाधार बिकास तथा पर्यटन प्रबद्र्धनको लागी डकुमेन्ट्री (बृत्तचित्र) तयार गर्नका लागि यो स्थलगत अध्ययनको थालनी गरिएको हो ।
गलकोट घुम्टे पर्यटन बिकास केन्द्रले गत यम बहादुर श्रीसको सयोजक्त्बमा ९ सदस्यीय पर्यटकीय क्षेत्रको स्थलगत सम्भाब्यता अध्ययन समिति गठन गरेको थियो । समितिले सोमबार गल्कोट नगरपालिका बडा नम्बर १० पाण्डबखानीको पर्यटकीय स्थलहरु सिद्धथान तथा पिकनिक स्थल होम स्टे, पञ्चधारा, पञ्चपाण्डब प्रबेश व्दार, कालु खानी, कुन्ती माता मन्दीर लगायत साँस्कृतिक घाटु तथा सोरठी नृत्य सम्वन्धमा अध्ययन अबलोकन गरेको छ ।
बडा नम्बर १० का कार्यबाहक अध्यक्ष राम प्रसाद बिकले सहजिकरण गरेको सो अवसरमा ९५ बर्षिया जित बहादुर पुनबाट बिविधपक्ष बारे जनाकारी समेत लिइएको केन्द्रका सचिब शेर बहादुर थापाले जनाकारी दिए ।
अबलोकनकै क्रममा बडा नम्बर ७ मल्मका पर्यटकीय स्थलहरु राम्चे ढङ्गा पर्यटकीय स्थल, नाँच्नेडाडा शिब मन्दीर तथा सप्ताहघाटको स्थलगत अबलोकन गरिएको छ । अबलोकनको कार्यक्रमको सहजिकरण बडा नम्बर ७ का बडा अध्यक्ष तेजबहादुर थापाले गरेका थिए ।
पर्यटकीय क्षेत्रको स्थलगत सम्भाब्यता अध्ययन समितिका सयोजक यम बहादुर श्रीस, झंक बहादुर बस्नेत, शेर बहादुर थापा, पुर्ण चोखाल, मञ्जु ुशर्मा चालिसे, नगर प्रतिनिधी कमला ढकाल लगाएतको टोलीले अध्ययन अबलोकन गरेको हो । समितिले गल्कोट नगरपालिका र ताराखोला गाँउपालिका संग सहकार्य गदैं गाँउपालिका र नगरपालिकाका सबै बडामा पुगेर स्थलगत रिपोट तयार पार्ने जनाएको छ ।
Tuesday, July 24, 2018
पाण्डवखानी र मल्मका पर्यटकीय क्षेत्रको स्थलगत अध्ययन अवलोकन सम्पन्न !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment