इन्टरनेट अब पुरानै मूल्यमा, मूल्य नबढाउने सहमति
सरकारले १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाएपछि इन्टरनेटको भाउ बढाएका सेवा प्रदायक पहिलाकै मूल्यमा इन्टरनेट दिन सहमत भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको वार्तामा इन्टरनेट सेवा प्रदायकहरु साउनअघिकै मूल्यमा इन्टरनेट उपलब्ध गराउन तयार भएका हुन् । सरकारले १३ प्रतिशत शुल्क फिर्ता नलिने तर इन्टरनेट सेवा प्रदायकले पहिलाकै मूल्यमा समायोजन गरेर मूल्य नबढाउने सहमति भएको इन्टनेटको मूल्य समायोजन गर्न बनेको समितिका संयोजक विरेन्द्र मिश्रले उज्यालोलाई जानकारी दिनुभयो ।
‘अब उपभोक्ताले पहिलेकै मूल्यमा इन्टरनेट पाउनेछन्, उहाँहरुले पहिला लिँदै आएको मुल्यमा १३ प्रतिशत शुल्क समायोजन गरेर मूल्य नबढाउने सहमति गर्नुभएको छ’ संयोजक मिश्रले भन्नुभयो, ‘उहाँहरुले पनि व्यापार त गर्नुपर्यो, त्यसैले घटाउने भन्दा पनि पहिलेको भन्दा नबढाउने सहमति भएको छ ।’
इन्टरनेट सेवा प्रदायकले पनि चौतर्फी दबाब र आलोचना भएको तथा उपभोक्तामा नराम्रो सन्देश जाने भएकाले मूल्य नबढाउने सहमति गरेको बताएका छन् । सरकारलाई १३ प्रतिशत दुरसञ्चार शुल्क बुझाउने तर त्यो शुल्क उपभोक्तालाई नथप्ने उनिहरुले सहमति गरेका छन् ।
‘बाहिर हल्ला भएजस्तो ब्यान्डविड्थमा हामीलाई नाफा त छैन, तर चारैतिरको आग्रहपछि हामीले मूल्य नबढाउने भएका छौं’ इन्टरनेट सेवा प्रदायकको संस्था आइएसपिएनका पूर्वअध्यक्ष तथा भायनेटका प्रमुख विनय बोहराले भन्नुभयो, ‘हाम्रा लागि ग्राहक नै सबैभन्दा ठुलो सम्पत्ति हो, तत्काललाई मूल्य बढ्दैन ।’
सरकारले बजेटमा १३ प्रतिशत दूरसञ्चार दस्तुर लगाएपछि इन्टरनेटको भाउ साउन १ गतदेखि नै बढेको थियो । अब भने उपभोक्ताले साउनअघिकै मूल्यमा इन्टरने पाउने भएका छन् ।
Thursday, July 26, 2018
इन्टरनेट अब पुरानै मूल्यमा, मूल्य नबढाउने सहमति
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment