Monday, July 30, 2018

तिम्रो सम्झानामा बस्न अनन्त राजी छ, तिमी फर्के पछि खुसिले रमाउँला साथै जसरी पनि समाहल्नलाई मन राजी छ।

तिम्रो सम्झानामा बस्न अनन्त राजी छ, तिमी फर्के पछि खुसिले रमाउँला साथै जसरी पनि समाहल्नलाई मन राजी छ।

मुक्तक (१) आतुर हुन्छु, तिमीलाई मनभित्र पाउनलाई अनि उस्तै गरि आफ्नो तनभित्र पाउनलाई कुराएकि जुनि जुनि जिन्दगीमा तिमीलाई अङ्ग अङ्ग छुन्छु,
अनि यो बनभित्र पाउनलाई मुक्तक(२) बाहिर हाँसे जस्तै गर्छु।
सक्कल आँसु लुकाएर देखिनु पर्छ दुश्मनको अघि असल आँसु लुकाएर धैर्य गर,सानु फर्की आउने छु, केही बर्ष पछि थोरै पर्खेर बस मर्ने छैन पलपल आँसु लुकाएर मुक्तक( ३) बर्षा होइन पर्खनलाई जीवन राजी छ ।
तिम्रो सम्झानामा बस्न अनन्त राजी छ, तिमी फर्के पछि खुसिले रमाउँला साथै जसरी पनि समाहल्नलाई मन राजी छ।

चन्द्रा रामजाली
गलकोट नगरपालिका ११ बागलुङ

उपचाररत पत्रकार रानालाई जापानबाट ६१ हजार सहयोग

उपचाररत पत्रकार रानालाई जापानबाट ६१ हजार सहयोग
२०७५ श्रावण १४, सोमबार
मेघराज रिष्मेली जापान २०७५ साउन १४ । जापान नेपाली एकता समाज ओसाकाले एप्लाष्टिक एनेमिया पीडित नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष विजय रानाको उपचारको लागि सहयोग रकम पठाएको छ ।
काठमाण्डौको सिभिल सर्भिस अस्पतालमा उपचाररत रानालाई समाजले ६१ हजार ४ सय ४८ रुपैयाँ पठाएको हो ।
ए–प्लाष्टिक एनोमिया रोगको उपचार गराईरहेका रानाको उपचारको लागि रकमको अभाव नहोस भनि रकम सहयोग गरेको सह सचिव मेघराज सापकोटा (रिष्मेली)ले जानकारी दिए ।
एकता समाज ओसाका, सह सचिव सापकोटा र केन्द्रिय सचिव तेजेन्द्र क्षेत्रीको पहलमा रकम संकलन गरिएको थियो ।
रानाको उपचारको लागि हाल सम्म १८ लाख ६० हजार रुपैयाँ खर्चV भइसकेको परिवारले जनाएको छ । अस्पताल श्रोतका अनुसारG एप्लाष्टिक एनेमियाको औषधी अत्यन्त महङ्गो हुने भएकाले थप १० लाख रुपैयाँ सम्म खर्च हुन सक्ने बताइएको छ ।

Sunday, July 29, 2018

पाण्डबखानी,सिसाखानी र रिघा जाेड्ने अाेक्सरी न्याखर्ककाे पुल जाेखिमपुर्ण,यात्रा नगर्न सचेत

पाण्डबखानी,सिसाखानी र रिघा जाेड्ने अाेक्सरी न्याखर्ककाे पुल जाेखिमपुर्ण,यात्रा नगर्न सचेत
सुरेश छन्त्याल/पाण्डबखानी
श्रावण/१३/अाइतबार
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानी,गलकाेट नगरपालिका ११ रिघा र वडिघाट गाउँपालिका ३ सिसाखानी जाेड्ने न्याखर्कमा रहेकाे पुल जाेखिम पुर्ण रहेकाे छ।वर्षयनी मर्मत हुँदै अाए पनि असार११ गते राति परेकाे अविरल वर्षा र वाडिपहिराेका कारण झन जाेमपुर्ण रहेको र सबै काठ काम नलाग्ने भएको स्थानीय टेकबहादुर पुनले बताउनुभयो।मर्मत नभए सम्म यात्र नगर्न निकै कठिनाई भएको र यसलाई छिट्टै श्रमदानबाट मर्मत गर्ने तयारीमा रहेकाे वडा १० अध्यक्ष तिलक घर्तीले जानकारी दिनुभएको छ। साे पुलबाट तीन दिन अघि पाण्डबखानीका लिल बहादुर पुन लडेर समान्य चाेट लागेकाे थियाे।

Saturday, July 28, 2018

गल्कोट समाज जापान क्षेत्रीय समिती ओसाकाको अधिबेशन सम्पन्न, अध्यक्षमा शिवु थापा !

गल्कोट समाज जापान क्षेत्रीय समिती ओसाकाको अधिबेशन सम्पन्न, अध्यक्षमा शिवु थापा !
२०७५ श्रावण १३,अाइतबा�र
रिष्मेली मेघराज, जापान
ओसाका जापानमा बाग्लुङ्ग र खासगरी गल्कोटका समुदायहरुको बिभिन्न सहयोगी संघ संस्थाहरु लामो समयदेखि समाज सेवामा लाग्दै आइरहेका छन् । उनीहरुले भुइचालो पीडित देखि लिएर स्कुल, अस्पतालहरुमा महत्वपूर्ण सहयोग गर्दै आएका छन् । बिदेशमा रहेर आफ्नो देशको गाँउ र मातृभूमिका लागि उनीहरुले गरेको योगदान र देश प्रतिको मायाको कदर सबैले गर्नै पर्दछ । जापानमा धेरै सामाजिक संघ संस्था छन । यस मध्य एउटा हो जापानमा क्रियाशील संस्था ‘गल्कोट समाज जापान।’ यो संस्थाले पनि मातृभूमिको लागि लामो समयदेखि धेरै सहयोग गर्दै आएको छ । सोहि सामाजिक संस्था गल्कोट समाज जापान क्षत्रिय समिति कान्साई ९ओसाका०को चौथो अधिबेशन सम्पन्न भएको छ।
क्षेत्रका भपु अध्यक्ष सुमीत खत्रीको अध्यक्षता आत्त्माराम गैरेको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो। उक्त अबसरमा गल्कोट समाज जापान केन्द्रका सचिब तेज बहादुर चालिसे,गल्कोट समाज जापानका भपु अध्यक्ष तथा अहिलेका सल्लाहाकार हर्क थापा, सल्लाहाकारहरू जगत् थापा, राम बहादुर चालीसे, आत्माराम गैरे, राजु शर्मा गैरे लगाएतका बिशेष ब्यक्तिहरुको उपस्थिति थियो।
राष्ट्रीय गीत बजाएर उद्घघाटन गरिएको अधिबेशनको पहिलो चरण शिबू थापाको स्वागत मन्तब्यबाट प्रारम्भ भएको थियो।सचिव नर बहादुर थापाले संचालन गरेको अधिबेशनको यो चरणमा हर्क थापा,सुमीत खत्री,जगत् थापा,आत्माराम गैरेले शुभकामना सहित आआफ्ना बिचार समेत राखेका थिए।
सचिव नर बहादुर थापाले तेस्रो कार्यकालमा भएका कार्यहरु प्रस्तुत गरे संगै अध्यक्ष सुमित खत्रीले आफ्नो कार्यकालमा साथ दिने बताउदै सबैमा धन्यवाद दिएका थिए ।
ृनले चौथो कार्कालका लागि समिति चयन गर्ने संयोजकको ज़िम्मा तेज बहादुर चालीसेलाई दिदै तेस्रो कार्यकाल बिघटन भएको घोषणा गरेर औपचारिक चरण समापन भएको थियो।
तेज बहादुर चालीसे संयोजक रहेको निर्वाचन समितिमा निर्विरोध रुपमा शिवु थापा अध्यक्ष चयन भएका छन् । यसैगरी बरिष्ठ उपाध्यक्षमा देबेन्द्र थापा, उपाध्यक्षहरुमा कुलबिर थापा, प्रकाश गैरे सचिबमा प्रेम गैरे सह सचिवमा भीम श्रीस, कोषाध्यक्षमा नवीन शर्मा र सदस्य हरुमा मन बहादुर सलामी,रबीन अधिकारी,भीम काउचा,नारायन भण्डारी,श्याम बुढाथोकी,जीत बूढा,बिपिन सापकोटा,नारायन थापा,जनक बोहोरा चयन भएका छन् , सल्लाहाकार हरूमा जगत् थापा,सुमित खत्री,नर बहादुर थापा,राजु गैरे र दिलीप कंडेल रहेका छन् ।

Thursday, July 26, 2018

लाखौं पैसा शराब र जुवामा फ्याक्ने श्रीमान् बुझ्दैन ! साँझ बिहान श्रीमतीले कसरी छाक जुटाएको हुन्छ !!

____गजल जस्तै ______
~~~
हरेक मान्छे अनेकौं रंगीन सपना सजाएको हुन्छ !
चरी पनि सिन्का सिन्का जोडेर घर बनाएको हुन्छ !!
~~~~
निष्ठूरी दैवले बुझेन कठै कति कठोर हुँदो रैछ मन !
आमाको काख विना टुहुरो कति छट्पटाएको हुन्छ !!
~~~~
ती एउटी विवस नारी श्रीमानको अपहेलित सहदै !
सिउँदोको सिंदुर पनि बाध्यतामा लगाएको हुन्छ !!
~~~~
पैसासँग नाता गाँस्नेहरु आफू बडो महान ठान्छन् !
उसलाई के थाहा बिस्तारै समयले नंग्याएको हुन्छ !!
~~~~
लाखौं पैसा शराब र जुवामा फ्याक्ने श्रीमान् बुझ्दैन !
साँझ बिहान श्रीमतीले कसरी छाक जुटाएको हुन्छ !!
~~~~
____निशा श्रीस ___
गलकोट नगरपालिका

इन्टरनेट अब पुरानै मूल्यमा, मूल्य नबढाउने सहमति

इन्टरनेट अब पुरानै मूल्यमा, मूल्य नबढाउने सहमति
सरकारले १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाएपछि इन्टरनेटको भाउ बढाएका सेवा प्रदायक पहिलाकै मूल्यमा इन्टरनेट दिन सहमत भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको वार्तामा इन्टरनेट सेवा प्रदायकहरु साउनअघिकै मूल्यमा इन्टरनेट उपलब्ध गराउन तयार भएका हुन् । सरकारले १३ प्रतिशत शुल्क फिर्ता नलिने तर इन्टरनेट सेवा प्रदायकले पहिलाकै मूल्यमा समायोजन गरेर मूल्य नबढाउने सहमति भएको इन्टनेटको मूल्य समायोजन गर्न बनेको समितिका संयोजक विरेन्द्र मिश्रले उज्यालोलाई जानकारी दिनुभयो ।
‘अब उपभोक्ताले पहिलेकै मूल्यमा इन्टरनेट पाउनेछन्, उहाँहरुले पहिला लिँदै आएको मुल्यमा १३ प्रतिशत शुल्क समायोजन गरेर मूल्य नबढाउने सहमति गर्नुभएको छ’ संयोजक मिश्रले भन्नुभयो, ‘उहाँहरुले पनि व्यापार त गर्नुपर्यो, त्यसैले घटाउने भन्दा पनि पहिलेको भन्दा नबढाउने सहमति भएको छ ।’
इन्टरनेट सेवा प्रदायकले पनि चौतर्फी दबाब र आलोचना भएको तथा उपभोक्तामा नराम्रो सन्देश जाने भएकाले मूल्य नबढाउने सहमति गरेको बताएका छन् । सरकारलाई १३ प्रतिशत दुरसञ्चार शुल्क बुझाउने तर त्यो शुल्क उपभोक्तालाई नथप्ने उनिहरुले सहमति गरेका छन् ।
‘बाहिर हल्ला भएजस्तो ब्यान्डविड्थमा हामीलाई नाफा त छैन, तर चारैतिरको आग्रहपछि हामीले मूल्य नबढाउने भएका छौं’ इन्टरनेट सेवा प्रदायकको संस्था आइएसपिएनका पूर्वअध्यक्ष तथा भायनेटका प्रमुख विनय बोहराले भन्नुभयो, ‘हाम्रा लागि ग्राहक नै सबैभन्दा ठुलो सम्पत्ति हो, तत्काललाई मूल्य बढ्दैन ।’
सरकारले बजेटमा १३ प्रतिशत दूरसञ्चार दस्तुर लगाएपछि इन्टरनेटको भाउ साउन १ गतदेखि नै बढेको थियो । अब भने उपभोक्ताले साउनअघिकै मूल्यमा इन्टरने पाउने भएका छन् ।

Wednesday, July 25, 2018

गल्कोट नगरपालिकाव्दारा प्रस्तुत कार्यक्रम तथा बजेट : काँग्रेस इतर दलका प्रतिनिधीहरुले गरे आलोचना !

गल्कोट नगरपालिकाव्दारा प्रस्तुत कार्यक्रम तथा बजेट : काँग्रेस इतर दलका प्रतिनिधीहरुले गरे आलोचना ! २०७५ साउन १०। गल्कोट नगरपालिकाले सोमबार पत्रकार भेटघाट गरि आर्थिक बर्ष २०७५/०७६ मा सञ्चालन हुने योजना तथा बजेटको सार्बजनिक गरे लगतै बिभिन्न प्रतिक्रिया बाहिर आएका छन् । नगरपालिकाले तेश्रो नगरसभामा प्रस्तुत गरेका नगरका गौरबका, नगरस्तरका योजना तथा सोमबार पत्रकार भेटघाट मार्फत बडा स्तरमा सञ्चालन हुने कार्यक्रमको सार्बजनिक गरे लगतै बिभिन्न क्षेत्रबाट टीकाटिप्प्णी सार्बजनिक भएको छ । गल्कोट नगरपालिकाले ६० करोड ७ लाख ४६ हजार ३ सय बराबरको योजनाहरुलाई बिभिन्न बाडमा स्थानियको प्राथमिकताको आधारमा बिनियोजन गरेका बताएतापनि कतै बढि कतै कम बजेट परेको भन्दै प्रतिक्रिया सर्बाजनिक भएका छन् । कतै वडाका सबै योजनालाई सानो बजेट तथा सबै योजना समाबेस गर्न नसकेको भन्दै सामाजिक सञ्जालमा समेत आक्रोस ब्यक्त गरेका छन् । नगरपालिकाको बजेटको बारेमा नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधी तिलक उप्रतिले सघियताको मर्म अनुरुप बजेट बिनियोजन हुन नसकेको तथा बस्तीस्तरमा योजना छनोटमा जनप्रतिनिधीको पुर्वाग्रह हाबी भएको बताए । उनले प्रतिपक्षलाई समेटेर बजेट बिनयोजन नभएको भन्दै बजेट सबै वडामा समान नभएको आरोप लगाए । नेपाली कांग्रेसका पुर्ब क्षेत्रीय सभापति घनश्याम गौतमले नगरपालिकाको बजेट सबै बिषयगत क्षेत्रलाई समेटेर बनाइएको हुदाँ सन्तोसजनक रहेको बताए । उनले जनताको आकाक्षा धेरै भएकाले सबै बिषय तथा क्षेत्रलाई समेट्दा बजेट सन्तुलित तथा ब्यबस्थीत रहेको बताउदै नगरपालिकाले गुरुयोजना अनुरुप बजेट बिनियोजन गर्न नसकेको बताए । राष्ट्रिय जनमोर्चा गल्कोट नगरका सयोजक टंक केसीले सबिंधानले निर्दिष्ट गरेको मौलिक हक अधिकार अनुसारका क्षेत्रहरुमा बजेटको ब्यबस्थापन नभएको आरोप लगाउदै जनताको दैनिकी सगं जोडिएको बिषयलाई नगरपालिकाले समेट्न नसकेको तथा स्बास्थ्य, खानेपानी, यातयात जस्ता बिषयमा बजेटको आकार नमिलेको उल्लेख गरे । । स्बास्थ्य क्षेत्रमा नगरपालिकाले अध्ययन नगरी बजेट बिनियोजन गरेको बताउदै केसीले बजेट परम्परागत भएको प्रतिक्रिया दिए । केसीले अन्य क्षेत्रको तुलनामा शिक्षा क्षेत्रमा बजेटको ब्यबस्थापन सन्तोषजनक रहेको नीजि क्षेत्रलाई आर्कषण गर्ने तथा उत्साहित हुने कार्यक्रम तथा बजेट नभएको बताए । बागलुङ उद्योग बाणिज्य सघं गल्कोट ईकाईका उपाध्यक्ष ढालेन्द्र प्रसाद गौतमले यस आबमा नगरपालिकाले नीजि क्षेत्रसगं सहकार्य गर्ने गरि बजेट बिनयोजन नगरेको बताए । आर्थिक बिकास तथा कर निर्धारण तर्फ नगरपालिकाले कुनै बिशेष कार्यक्रम समाबेस नभएको बताउदै गौतमले तुलनात्मक रुपमा बजेट बिनियोजन सन्तुलीत रहेको बताए । यो बजेट कार्यान्वयनको बिषयमा नीजि क्षेत्र सगं सहकार्य अति आवश्यक रहेको बताउदै जननिर्बाचित जनप्रतिनिधीले ल्याएको बजेट सन्तोजनक रहेको बताए । नगरपालिकाले यो आर्थिक बषमा समाबेश गरेका कार्यक्रम प्रभाबकारी रुपमा सञ्चालन गर्ने तथा जनताले प्रत्यक्ष अनुभुति गर्ने गरि योजना छनोट तथा बजेटको बिनयोजन गरिएको जनाएको छ । नगरपालिकाले गत बर्षको भन्दा सन्तुलित तथा परिणाम मुखी नीति तथा कार्यक्रम सहित बजेटको ब्यबस्था भएको जनाएको छ ।

Tuesday, July 24, 2018

पाण्डवखानी र मल्मका पर्यटकीय क्षेत्रको स्थलगत अध्ययन अवलोकन सम्पन्न !

पाण्डवखानी र मल्मका पर्यटकीय क्षेत्रको स्थलगत अध्ययन अवलोकन सम्पन्न !
२०७५ साउन ८/गलकाेट
गल्कोट नगरपालिका र ताराखोला गाँउपालिकाका पर्यटकीय स्थलहरुको स्थलगत सम्भाब्यता अध्ययनको कार्य सोमबार देखी सुरु भएको छ । गल्कोट नगरपालिका तथा ताराखोला गाँउपालिकाका पर्यटकीय क्षेत्रको अध्ययन गरि सम्भावित पुर्बाधार बिकास तथा पर्यटन प्रबद्र्धनको लागी डकुमेन्ट्री (बृत्तचित्र) तयार गर्नका लागि यो स्थलगत अध्ययनको थालनी गरिएको हो ।
गलकोट घुम्टे पर्यटन बिकास केन्द्रले गत यम बहादुर श्रीसको सयोजक्त्बमा ९ सदस्यीय पर्यटकीय क्षेत्रको स्थलगत सम्भाब्यता अध्ययन समिति गठन गरेको थियो । समितिले सोमबार गल्कोट नगरपालिका बडा नम्बर १० पाण्डबखानीको पर्यटकीय स्थलहरु सिद्धथान तथा पिकनिक स्थल होम स्टे, पञ्चधारा, पञ्चपाण्डब प्रबेश व्दार, कालु खानी, कुन्ती माता मन्दीर लगायत साँस्कृतिक घाटु तथा सोरठी नृत्य सम्वन्धमा अध्ययन अबलोकन गरेको छ ।
बडा नम्बर १० का कार्यबाहक अध्यक्ष राम प्रसाद बिकले सहजिकरण गरेको सो अवसरमा ९५ बर्षिया जित बहादुर पुनबाट बिविधपक्ष बारे जनाकारी समेत लिइएको केन्द्रका सचिब शेर बहादुर थापाले जनाकारी दिए ।
अबलोकनकै क्रममा बडा नम्बर ७ मल्मका पर्यटकीय स्थलहरु राम्चे ढङ्गा पर्यटकीय स्थल, नाँच्नेडाडा शिब मन्दीर तथा सप्ताहघाटको स्थलगत अबलोकन गरिएको छ । अबलोकनको कार्यक्रमको सहजिकरण बडा नम्बर ७ का बडा अध्यक्ष तेजबहादुर थापाले गरेका थिए ।
पर्यटकीय क्षेत्रको स्थलगत सम्भाब्यता अध्ययन समितिका सयोजक यम बहादुर श्रीस, झंक बहादुर बस्नेत, शेर बहादुर थापा, पुर्ण चोखाल, मञ्जु ुशर्मा चालिसे, नगर प्रतिनिधी कमला ढकाल लगाएतको टोलीले अध्ययन अबलोकन गरेको हो । समितिले गल्कोट नगरपालिका र ताराखोला गाँउपालिका संग सहकार्य गदैं गाँउपालिका र नगरपालिकाका सबै बडामा पुगेर स्थलगत रिपोट तयार पार्ने जनाएको छ ।

पाण्डवखानी र मल्मका पर्यटकीय क्षेत्रको स्थलगत अध्ययन अवलोकन सम्पन्न !

पाण्डवखानी र मल्मका पर्यटकीय क्षेत्रको स्थलगत अध्ययन अवलोकन सम्पन्न !
२०७५ साउन ८/गलकाेट
गल्कोट नगरपालिका र ताराखोला गाँउपालिकाका पर्यटकीय स्थलहरुको स्थलगत सम्भाब्यता अध्ययनको कार्य सोमबार देखी सुरु भएको छ । गल्कोट नगरपालिका तथा ताराखोला गाँउपालिकाका पर्यटकीय क्षेत्रको अध्ययन गरि सम्भावित पुर्बाधार बिकास तथा पर्यटन प्रबद्र्धनको लागी डकुमेन्ट्री (बृत्तचित्र) तयार गर्नका लागि यो स्थलगत अध्ययनको थालनी गरिएको हो ।
गलकोट घुम्टे पर्यटन बिकास केन्द्रले गत यम बहादुर श्रीसको सयोजक्त्बमा ९ सदस्यीय पर्यटकीय क्षेत्रको स्थलगत सम्भाब्यता अध्ययन समिति गठन गरेको थियो । समितिले सोमबार गल्कोट नगरपालिका बडा नम्बर १० पाण्डबखानीको पर्यटकीय स्थलहरु सिद्धथान तथा पिकनिक स्थल होम स्टे, पञ्चधारा, पञ्चपाण्डब प्रबेश व्दार, कालु खानी, कुन्ती माता मन्दीर लगायत साँस्कृतिक घाटु तथा सोरठी नृत्य सम्वन्धमा अध्ययन अबलोकन गरेको छ ।
बडा नम्बर १० का कार्यबाहक अध्यक्ष राम प्रसाद बिकले सहजिकरण गरेको सो अवसरमा ९५ बर्षिया जित बहादुर पुनबाट बिविधपक्ष बारे जनाकारी समेत लिइएको केन्द्रका सचिब शेर बहादुर थापाले जनाकारी दिए ।
अबलोकनकै क्रममा बडा नम्बर ७ मल्मका पर्यटकीय स्थलहरु राम्चे ढङ्गा पर्यटकीय स्थल, नाँच्नेडाडा शिब मन्दीर तथा सप्ताहघाटको स्थलगत अबलोकन गरिएको छ । अबलोकनको कार्यक्रमको सहजिकरण बडा नम्बर ७ का बडा अध्यक्ष तेजबहादुर थापाले गरेका थिए ।
पर्यटकीय क्षेत्रको स्थलगत सम्भाब्यता अध्ययन समितिका सयोजक यम बहादुर श्रीस, झंक बहादुर बस्नेत, शेर बहादुर थापा, पुर्ण चोखाल, मञ्जु ुशर्मा चालिसे, नगर प्रतिनिधी कमला ढकाल लगाएतको टोलीले अध्ययन अबलोकन गरेको हो । समितिले गल्कोट नगरपालिका र ताराखोला गाँउपालिका संग सहकार्य गदैं गाँउपालिका र नगरपालिकाका सबै बडामा पुगेर स्थलगत रिपोट तयार पार्ने जनाएको छ ।

Saturday, July 21, 2018

सञ्चारकर्मी खगेन्द्र विश्वकर्माकाे माैलिक सालैजाे मादलुबाेकेर सार्वजनिक।

सञ्चारकर्मी खगेन्द्र विश्वकर्माकाे माैलिक सालैजाे मादलुबाेकेर सार्वजनिक।
सुरेश छन्त्याल/बागलुङ
संचारक्षेत्रमा सक्रिय रहदै अायका खगेन्द्र विश्वकर्मा लाेकगित क्षेत्रमा पनि गायन तथा सर्जककाे रुपमा चिनिदै अाएका छन् । हुनत उनीउत्घाेषक क्षेत्रमा पनि निकै अव्वल र राैनकता थपेर पहिलेनै अाफ्नाे परिचय बनाएका थिए । भने म्युजिक भिडियो निर्देशन तथा छायांकनमा पनि अाफ्नाे छवि निर्माण गरेका छन् । पछिल्लो समय लाेक दाेहाेरि गीत अाँखै गाजलु, पार्याे जालैमा पछि , पन्चेबाजा खाउलाचिसाे पानी ताराखाेलाकाे पछि माैलिक सालैजाे (मादलु बाेकेर ) गित श्रावण २ गतेबाट लाेक दाेहाेरि तथा सालैजाेकी चर्चित गायिका सर्मिला गुरुङकाे युटुवच्यानलबाट सार्वजनिक गरेका छन् । यश गितमा स्थापित देखि नवाेदित सुगम देखि दुर्गमका कलाकारहरुकाे सहकार्य देख्न सकिन्छ । गितमा सर्जक गायक खगेन्द्र विश्वकर्माकाे शब्द , चर्चित गायक संगितकार सर्जक थानेश्वर गाैतमकाे लय चर्चित गायिकन सर्मिला गुरुङ र खगेन्द्र विश्वकर्माकाे स्वरमा रहेकाे छ ।गितकाे संगित संयाेजन रेकर्डिङ दिपक सुनार, अडियो श्यामस्वयत रसाईली मिक्सिङ गरेका छन् अडियाे प्रिज्मरेकर्डिङ स्टुडियो बबरमहल काठमाडौमा तयार भएकाे छ । गितकाे शव्दमा माैलिकता ढिकि, जाँटाे, रनबन , परम्परागत पाेसाक गुन्याै चाेलि, देश विदेश , हाँसाे अाँसुलाई केलाएर शव्दमन खेलाएर शब्द लेखेका छन् । गितकाे नृत्य तथा अभिनयमा दिनेस राेका,प्रेम पुन, प्रेम बुढा, ईश्वर बाबू रेशम राेका ,सुवास राेका,नेत्रघर्ती , यमुना पुन,कल्पना पुन ,रेजिना पुन, शुष्मा विश्वकर्मा ,अाशा पुन, टीका पुन, तारा थापा लगायतकाे रहेकाे छ ।भिडियोकाे निर्देश खगेन्द्र विश्वकर्माले गरेका छन भने नृत्य निर्देशन राजकुमार अन्जानले गरेका हुन छायांकन दिपक जाेसिले गरेका थिए सम्पादन संगीत बाँनिया र सदिश जाेसिले गरेका छन् दृष्य निर्माण मर्साङ्डि फिल्मसले गरेकाे छ । पछिल्लो समय गितकाे छायांकन सुगम तथा सहजताकाे हिसाबले सदरमुकाम केन्द्रीय हुने देखिएता पनि याे गितकाे भिडियो सर्जक खगेन्द्र विश्वकर्माकाे जन्म स्थान ताराखाेला गाउपालिकामै पुगेर अर्गलमा छायांकन गरेका छन् । छायांकन समयमा स्थानिय संयाेजन तारा थापा , फुलमाया पुनले गरेका थिए । अर्गल साविक वडा नम्बर ७,८,९का अामा समुहले स्थानिय संयाेजमा साथ दिएका छन् । विश्वकर्माले भन्छन् गाँउकाे कला अाफन्न तथा माैलिक पहिचानकाे लागि अाफ्नै स्थानमा छायांकन गरेकाे बताउदै थपे साविक ताराखाेलामा पन्चेबाजाकाे छायांकन गर्ने पनि बताए । उनले भने गितमा थानेश्वर गाैतम , शर्मिला गुरुङकाे, कमल जि एम , जय नेपाल फिल्मसबाट धेरै सहयाेग पाएकाे बताउदै , अाफ्नाे दाजु लिल विश्वकर्मा, राम बहादुर विश्वकर्मा रुपि विश्वकर्मा , मन बहादुर विक, निराज पाईजा, दिवश खत्री पदम, जयन्द्र उपाध्यय ,बालसिङ परियार, उहाहरुकाे अमुल्य सल्लाह सहयाेग रहेकाे बताए ।

Wednesday, July 18, 2018

बागलुङमा जिप दुर्घटना, पत्रकार महासंघका पूर्वमहासचिव मगरसहित १४ घाइते

बागलुङमा जिप दुर्घटना, पत्रकार महासंघका पूर्वमहासचिव मगरसहित १४ घाइते
साउन २, २०७५
सुरेश छन्त्याल/बागलुङ
बागलुङ –बागलुङको गलकोट नगरपालिका–११ रिघा भालुपाईलेमा बुधबार सॉझ जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइते हुनेमा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजीर मगर समेत रहेका छन् । उनको अवस्था गम्भीर रहेको बताइएको छ । ढोरपाटन नगरपालिका–४ का उनीसँगै गम्भीर घाइते हुनेमा बडिगाड गाउँपालिका–५ की संगीता पुन, गल्कोट नगरपालिका–१० पाण्डवखानीका दिपक पुन र बडिगाड–९ का दिलेन्द्र बुढा मगर रहेका छन् ।
बागलुङ बजारदेखि बुर्तिवाङको लागि छुटेको ध १ज १४९ नम्बरको जीप अनियन्त्रीत भई नालीमा पल्टीदा सो दुर्घटना हुन पुगेको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी नायव निरीक्षक मन बहादुर बिकले जानकारी दिए ।
अन्य घाईतेमा बेनी नगरपालिका–३ की तिर्सना छन्त्याल, सोही स्थानीकी कल्पना छन्त्याल, बडिगाड गाउँपालिका–९ का सुमन बुढा मगर ,  काठेखोला गाउँपालिका–३ धम्जाका टिकाराम नेपाली , निसीखोला गाउँपालिका–४ का मकर थापा, कावासेती नगरपालिका १५ नवलपरासीका राजकुमार श्रेष्ठ, बडीगाड गाउँपालिका–३ का कृष्ण थापा, ढोरपाटन नगरपालिका–९ का मन्जु कार्की र उनकी छोरी रञ्जिता कार्की, बडिगाड गाउँपालिका–६ का लोकबहादुर खत्री रहेका छन् । उनीहरुको आरोग्य अस्पताल हटियामा उपचार भैरहेको बताइएको छ ।

Monday, July 16, 2018

पाण्डबखानीमा अवरुद्ध भएको विद्युत२० दिन पछि विजुली बल्याे,यता नि.शुल्क वितरण भएको mix box लाइ २४ सय तिर्नु पर्ने,

पाण्डबखानीमा अवरुद्ध भएको विद्युत२० दिन पछि विजुली बल्याे,यता नि.शुल्क वितरण भएको mix box लाइ २४ सय तिर्नु पर्ने,
सुरेश छन्त्याल/बागलुङ
असार-३२,साेमबार
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा असार ११ गते राति परेको अविरल वर्षा संगै अाएकाे वाढीपहिराेले पाण्डबखानीकाे विभिन्न स्थानमा ठुलाे धनमालकाे क्षति पुर्याएकाे थियाे।त्यस्तै पाण्डबखानीमा रहेकाे घाेप्टे खाेला जलविद्युत परियाेजनामा समस्या हुदा १९ दिन अन्धकारमा बस्नुका साथै पाण्डबखानीबासी गाउँनै सञ्चारमाध्यम फाेन,ईन्टरनेट,लाइट चार्ज गर्न खाना पकाउनबाट बन्चित बनेका थिए।काठमाडौंबाट प्राविधिक अाए पछि बल्ल हिजाे रातिबाट विजुली बनेकाे र विजुली बनेपछि पाण्डबखानी गाउँनै खुसि भएका छन्� भने यता लाइन अवरुद्ध हुन साथ पाण्डबखानी अनलाइन खबरलाई पनि अवसर गरेकाे थियाे।अब पाण्डबखानी अनलाइन नियमितरूपमा निरन्तर समाचार सुचनामा अपडेटमा हुने बताइएको छ। र अाफ्नाे शुभेच्छुक,पाठक,श्राेतालाइ पर्न गएकाे असुविधा प्रति पाण्डबखानी अनलाइन खबर परिवारले क्षमाप्रार्थी मागेकाे छ। र कम्पनीले नि.शुल्क वितरण गरेकाे mix box पाण्डबखानीमा चर्काे पैसा तरेर टिभि हेर्न बाध्य भएका छन्।कम्पनीले mix box  नि.शुल्क वितरण गरे पनि पाण्डबखानीमा चर्काे पैसामा वितरण गरेकाे पाइएकाे छ।बागलुङबजार हटियामा १५ सय लिएको छ।भने पाण्डबखानीमा झन २१ देखि २४ सय सम्म लिएकाे ग्राहकहरुकाे बनाइछ।
सुनपानीमा सुनपानी गतिशील अामा समूह र कालिका स्पाेर्ट युथ क्लब सुनपानीकाे पहलमा ८० हजार बराबरकाे पानी फिल्टर ६५ घरदुरी लाई प्रति घर १ -१ काे दरले वितरण गरिएको समाजसेवी हं गंगाबहादुर घर्तिले जानकारी दिनु भयाे।
पश्चिम नेपाल ग्रामीण खाने पानी तथा सरसफाइ अभियान र गलकाेट नगरपालिका कार्यालयकाे अायाेजना भएको दुइदिने वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका लागि पुर्ण सरसफाइ सम्बन्धि तालिमबाट याे अभियान लिएको घर्तीले बताउनु भयाे।त्यस्तै पाण्डबखानीकाे विभिन्न स्थानहरुमा सरसफाइ कार्यक्रमलाई निरन्तरता दिदै अाज पनि सुनपानी,बगर गैराभाटी गाउँ सरसफाइ गरिएको छ।