१ करोड ६२ हजारकाे बजेट विभिन्न शिर्षकमा सार्वजनिक
सुरेश छन्त्याल/पाण्डबखानी
बागलुङको गलकाेट नगरपालिका १० पाण्ठबखानीमा गलकाेट नगरपालिकाबाट छुट्टयाइएको १ करोड ६२लाखकाे बजेट विभिन्न शिर्षकमा सार्वजनिक गरिएको छ। कार्यक्रममा वडा अध्यक्ष तिलक घर्तीकाे अध्यक्ष नगर सभा सदस्य राधिका पुनकाे विशिष्ट अाथितियतामा वडा सदस्य धनबहादुर सुनारले साे बजेट प्रस्तुत गर्नु भएको थियाे। साहि कार्यक्रममा बाेल्दै अध्यक्ष घर्तीले समाज र नागरिकले वडा मा अाएर सधै घच्घचाउने हामी सबै मिले समाजनै मिल्छ समाज अवस्य परिवर्तन हुनसक्छ घर्ती भन्नू भयाे।साेहि कार्यक्रम पाण्डबखानी सिसाखानी हुँदै खर्वाङ जाेड्ने माेटरबाटाे निर्माणका अध्यक्ष पृर्थ श्रीसले अाय व्याय पनि प्रस्तुत गर्नु भएको थियाे। र अध्यक्ष श्रीस र सचिव रुद्र काउचाले कार्यक्रमका विच माेटरबाटाेकाे पुस्तक वडा कार्यालयलाई हस्तान्तरण समेत गर्नु भयाे।बाटाे निर्माण गर्दा देश तथा विदेशबाट सहयोग गर्नु हुने महानुभावहरुलाई धन्यवाद दिदै ५ लाख २७ हजार ७ सय रकम बाकि रहेकाे उल्लेख गर्नु भयाे। गलकाेट नगरपालिकाबाट रु २० लाख संगै स्थानीय स्राेतबाट बाटाे निर्माण भएको थियाे। भने कार्यक्रमकाे संञ्चालन वडा सदस्य रामप्रसाद विकले गर्नु भएको थियाे। यता वर्षातले विभिन्न स्थानहरुमा अवरुद्ध बनाएकाे माेटरबाटाे दशै अघिनै मर्मत गर्ने तयारी समेत रहेकाे वडा अध्यक्ष तिलक घर्तीले जानकारी दिनु भएको थियाे कार्यक्रममा सहभागीहरुले उठाउनुभएको सवाल जवाफ अध्यक्ष घर्ती प्रस्त पार्नु भएको थियाे।
Monday, October 1, 2018
१ करोड ६२ लाखकाे बजेट विभिन्न शिर्षकमा सार्वजनिक
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment