Thursday, August 29, 2019

पाण्डबखानी समाज जापानका सदस्य दिलमाया छन्त्याललाई सम्मान....

पाण्डबखानी समाज जापानका सदस्य दिलमाया छन्त्याललाई सम्मान....
सुरेश छन्त्याल/ पाण्डबखानी
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे नव ज्याेति प्राविमा भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। नव ज्याेतिका पुर्व शिक्षक हाल जापानबाट पाण्डबखानी अाउनु भएको अवसरमा  पाण्डबखानी समाज जापानका सदस्य दिल माया छन्त्याल श्रीस लाई स्कुलले सम्मान गरेकाे छ।
नव ज्याेति प्राविका व्यवस्थापन समितिका अध्यक्ष कमला थापाकाे अध्यक्षतामा भएको कार्यक्रममा 
गलकाेट नगर सभाका सभा सदस्य गनेस सेर्चन,गलकाेट नगरपालिका १०का वडा सदस्य धनबहादुर सुनार,बरिस्ठ समाजसेवी मानसिंह छन्त्याल,रामप्रसाद छन्त्याल,लाल बहादुर वि.क भिम श्रीस,कृष्ण सुनार लगाएतकाे सहभागीता रहेकाे थियाे।
अाफु जापान भए पनि अाफ्नै गाउँ ठाउँको माया ममता रहेकाे त्यसमा अाफुले त्यहि स्कुलमा २०७० सालमा पढाएको र  नव ज्याेति प्राविलाई शिक्षाकाे गुणस्तर अझ माथी लैजान  लागि २५ हजार विद्यालयलाइ हस्तान्तरण समेत गर्नु भएको छ।

 त्यस्तै असार सम्मकाे विद्यार्थीहरुका खाजा खर्च भनेर बरिस्ठ समाजसेवी मानहिंह छन्त्यालले पनि रु१० हजार दिनु भएको थियाे। यसै अवसरमा पाण्डबखानी समाज जापानका सदस्य दिलमाया छन्त्याल श्रीस र बरिस्ठ समाजसेवी मानसिंह छन्त्याललाई सम्मान गरिएको हाे ।भने कार्यक्रमकाे संञ्चालन विद्यालयका प्र.अासा श्रीसले गर्नु भएको थियाे।

Wednesday, August 28, 2019

हरितालिका तिजकाे शुभकामना !!

           !!हरितालिका तिजकाे शुभकामना !!
सुरेश छन्त्याल `दर्पण´/पाण्डबखानी
अायाे तिज बिशेषले घरभरि, उल्लास हाेस् हर्ष हाेस् ।
चाहा पुर्ण हाेउन् निरास नहाेउन् ,खुसि हुने बर्ष हाेस् ।
तिजैका फल भाेगले जिवनकाे,नाैलाे काेरियाेस् पथ ।
भेटाेस् लक्ष्य सधै गन्तव्य पुगियाेस्, हाकिरहेकाे रथ ।
नाच्दै तिज मनादा मन  सुखि,अाफन्त भेटिरहुन् ।
मार्दै बात सकल जगत् जिवनका, हाे याद मेटिरहुन् ।
        के हो तीज ? किन मनाउने तीज ?
तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्धितिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने भारतका केही ठाँमा पनि मनाइन्छ। भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्महिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन्। यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी/चेली लाई घरमा बोलाएर मीठा-मीठा परिकार ख्वाउँछने तथा मनका भावना एवं सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलन छ।
        रातो साडी लगाउँदैमा तिज हुँदैन ?
महिला दिदिबहिनीहरु जम्मा भएर कार्यक्रम राख्ने वर्षयाै भरिका सुख दुखका भेदना पाेख्ने गर्दछन् गितैबाट अाफुले पाएका दुख व्यथा पाेख्ने जम्मा भएर दर खाने गर्दछन् भने । पछिल्लो समयमा अाएर अाधुनिक दङ्गबाट गित अाउने नाच्ने गर्दैछन्। त्यसमा केही कलाकारहरुले पनि समाजले नपचाउने खालका गित पनि गाउने गरेका छन्। अझ भनाै पहिलाका दिदिबहिनीहरु गित र अहिलेकाे तिज धेरै फरक भएको छ। अब यश विकृति तिज गित नाच लाई हाम्रो समाजले कसरी हेरेकाे छ। यस विकृति तिज कसरी हटाउन सकिन्छ । हाम्रो प्रयास के रहन्छ । साच्चिकै याे तिज अब विकृति तिज नै रहनेे हाे त?
 प्रश्न याे रहेकाे छ। यसमा कस्काे ध्यान जान जरुरी छ।
अहिले धेरै जसाे दिदिबहिनीहरु मिठाे खाने राम्रा महङ्गो  कपडा सुन चादी लगाउने गर्नु हुन्छ। अाफु संग जे छ त्यसमा चित्त बुझाउनु हाेला। 

Saturday, August 24, 2019

पाण्डबखानीका विभिन्न स्थानमा सरसफाइ गरियाे।

पाण्डबखानीका विभिन्न स्थानमा सरसफाइ गरियाे।
सुरेश छन्त्याल/पाण्डबखानी
भर्याङ सामुदायिक बन उपभोक्ता समुहले गलकाेट नगरपालिका १० पाण्डबखानीकाे उपल्लो पुर्से देखि गलकाेट नगरपालिका ७ झिर्का हुदै गलकाेट नगरपालिका ११ रिघाकाे गाेठ्लाङ सम्म जाने बाटाे झारि सफाइ गरेकाेछ । बनका अध्यक्ष ज्ञान बहादुर कार्कीको नेतृत्वमा ७० जनाकाे ग्रुपले बन बाटाे सरसफाइ गरिएको पाण्डबखानीका स्वास्थ्य स्वयंसेविका थममाया काउचाले जानकारी दिनुभएको छ । त्यस्तै पाण्डबखानीमा रहेकाे बगर अामा समूहले पनि बगर गैराभाटी काउले सम्म सरसफाइ गरिएको छ। यता वर्षायामले ठुलाे खाेला अाइ धारखाेलाले विभिन्न स्थानमा बाटाे अवरुद्ध हुने घर बस्तीनै जाेखिम हुने हुदा यसपालि वडाबाट परेकाे जालिले व्यवस्थित तरिकाले टद्बन्धन गरिकाे समाजसेवी खगप्रसाद घर्तिले जानकारी दिनुभएको छ। निरन्तर पानी परेपछि  राति सुत्दा पनि समुदायनै असुरक्षित हुने हुदा अहिले केही सुरक्षाका लागि व्यवस्थापन सहित जालिले टद्बन्धन गरिएको छ।

Monday, August 19, 2019

बागलुङमा र्याली निकाले रबि लामिछानेका समर्थकले !

बागलुङमा र्याली निकाले रबि लामिछानेका समर्थकले !
युथ अफ बागलुङले पत्रकार रबि लामिछाने र युवराज कँडेलको रिहाईको माग गर्दै बागलुङमा दवाब मुलक र्याली निकालेका छन् ।
उनीहरुले बागलुङको लोकतान्त्रिक चोकबाट र्याली सुरु गरि धौलागिरी, जिपपार्क, लालीगुराँसचोक, गोदामचोक, जिल्ला प्रशासन हुँदै हल्लन चोबाट पुनः लोकतान्त्रिक चोकमा आएर समपन गरेका थिए ।
उनीहरुले रबी लामिछाने जिन्दावाद, गृहमन्त्री मुर्दावाद, रबि दाईलाई रिहा गर लगायतका नारा लगाउँदै बागलुङ बजार र्याली सहित परिक्रमा गरेका थिए ।
लामिछाने र कँडेल पत्रकार शालिकराम पडाशैनीको आत्मा हत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले गत साउन ३० गते पक्राउ गरेको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनमा हिरासतमा राखिएको छ ।

Sunday, August 18, 2019

प्राविधिक सुधार पछि हामी निरन्तर हुनेछाै।

लामाे समयपछि अब हामी निरन्तरता दिने छाै।
तपाईं हामी संगै रहनुहाेला साथमा यश पेज लाई लाईक,कमेन्ट् र सेयर गरिदिनुहाेला धन्यवाद ।


Saturday, August 10, 2019

पाण्डबखानी सुनपानीमा वृक्षरोपण गरियो ।

पाण्डबखानी सुनपानीमा वृक्षरोपण गरियो ।
सुरेश छन्त्याल/पाण्डबखानी
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे कालिका भगवती सामुदायिक बन सुनपानीमा वृक्षरोपण गरिएको छ।
हं गंग बहादुर घर्ती पुनकाे सभापतित्याे, गलकाेट नगर सभा का सभा सदस्य गनेश सेर्चनकाे प्रमुख अाथितियता,अासा श्रीसकाे स्वागत मन्तव्यबाट सुरूभएकाे कार्यक्रममा कालिका भगवती सामुदायिक बन सुनपानीमा वृक्षरोपण गरिएको छ। कार्यक्रममा
सब डिभिजन कार्यालय हटियाका प्रेमलाल शर्मा र लक्ष्मण खत्रीकाे मुख्य सहभागीता रहेकाे थियाे । भने बैंठकमा सामुदायिक बन महासंघकाे वडा कार्य समितिकाे गठन भएको छ । अध्यक्ष जसमा  टेक बहादुर पुन,उपाध्यक्ष हाेम बहादुर श्रीस,काेषाध्य सितला पुन,सचिव हरि वि.क,सदस्यहरुमा टेक बहादुर पुन,नरमाया काउचा,राजु वि.क,तारा काउचा,ईश्वर दर्जि,चन्द्र बहादुर श्रीस,खगि श्रीस गरि ११  नयाँ कार्य समिति गठन भएको छ। र कार्यक्रमकाे संञ्चालन दिप घर्तिले गर्नु भएको थियाे।