Thursday, August 29, 2019

पाण्डबखानी समाज जापानका सदस्य दिलमाया छन्त्याललाई सम्मान....

पाण्डबखानी समाज जापानका सदस्य दिलमाया छन्त्याललाई सम्मान....
सुरेश छन्त्याल/ पाण्डबखानी
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे नव ज्याेति प्राविमा भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। नव ज्याेतिका पुर्व शिक्षक हाल जापानबाट पाण्डबखानी अाउनु भएको अवसरमा  पाण्डबखानी समाज जापानका सदस्य दिल माया छन्त्याल श्रीस लाई स्कुलले सम्मान गरेकाे छ।
नव ज्याेति प्राविका व्यवस्थापन समितिका अध्यक्ष कमला थापाकाे अध्यक्षतामा भएको कार्यक्रममा 
गलकाेट नगर सभाका सभा सदस्य गनेस सेर्चन,गलकाेट नगरपालिका १०का वडा सदस्य धनबहादुर सुनार,बरिस्ठ समाजसेवी मानसिंह छन्त्याल,रामप्रसाद छन्त्याल,लाल बहादुर वि.क भिम श्रीस,कृष्ण सुनार लगाएतकाे सहभागीता रहेकाे थियाे।
अाफु जापान भए पनि अाफ्नै गाउँ ठाउँको माया ममता रहेकाे त्यसमा अाफुले त्यहि स्कुलमा २०७० सालमा पढाएको र  नव ज्याेति प्राविलाई शिक्षाकाे गुणस्तर अझ माथी लैजान  लागि २५ हजार विद्यालयलाइ हस्तान्तरण समेत गर्नु भएको छ।

 त्यस्तै असार सम्मकाे विद्यार्थीहरुका खाजा खर्च भनेर बरिस्ठ समाजसेवी मानहिंह छन्त्यालले पनि रु१० हजार दिनु भएको थियाे। यसै अवसरमा पाण्डबखानी समाज जापानका सदस्य दिलमाया छन्त्याल श्रीस र बरिस्ठ समाजसेवी मानसिंह छन्त्याललाई सम्मान गरिएको हाे ।भने कार्यक्रमकाे संञ्चालन विद्यालयका प्र.अासा श्रीसले गर्नु भएको थियाे।

No comments:

Post a Comment