पाण्डबखानीका विभिन्न स्थानमा सरसफाइ गरियाे।
सुरेश छन्त्याल/पाण्डबखानी
भर्याङ सामुदायिक बन उपभोक्ता समुहले गलकाेट नगरपालिका १० पाण्डबखानीकाे उपल्लो पुर्से देखि गलकाेट नगरपालिका ७ झिर्का हुदै गलकाेट नगरपालिका ११ रिघाकाे गाेठ्लाङ सम्म जाने बाटाे झारि सफाइ गरेकाेछ । बनका अध्यक्ष ज्ञान बहादुर कार्कीको नेतृत्वमा ७० जनाकाे ग्रुपले बन बाटाे सरसफाइ गरिएको पाण्डबखानीका स्वास्थ्य स्वयंसेविका थममाया काउचाले जानकारी दिनुभएको छ । त्यस्तै पाण्डबखानीमा रहेकाे बगर अामा समूहले पनि बगर गैराभाटी काउले सम्म सरसफाइ गरिएको छ। यता वर्षायामले ठुलाे खाेला अाइ धारखाेलाले विभिन्न स्थानमा बाटाे अवरुद्ध हुने घर बस्तीनै जाेखिम हुने हुदा यसपालि वडाबाट परेकाे जालिले व्यवस्थित तरिकाले टद्बन्धन गरिकाे समाजसेवी खगप्रसाद घर्तिले जानकारी दिनुभएको छ। निरन्तर पानी परेपछि राति सुत्दा पनि समुदायनै असुरक्षित हुने हुदा अहिले केही सुरक्षाका लागि व्यवस्थापन सहित जालिले टद्बन्धन गरिएको छ।
No comments:
Post a Comment