Friday, July 31, 2020

बिहानै समाचरमा सुने त्यो प्रकृतिको निर्दयी ललकारको नाम "बाढी"रहेछ

#प्रकृतिको_निर्दयी_ललकार

हत्केलाका ठेलाहरु बेचेर 
मलाई कापी कलम किनिदिने मेरो बा!

आफ्ना सारा चाहाना धरौटी राखेर
मेरा सपनाहरु किनिदिने मेरी आमा

मेरो दाइ छ भनी निर्धक्क भई
सुरक्षीत महसुस गर्ने मेरी बहिनी
जो मेरा सर्वस्व थिए 

आज यो प्रकृतिको निर्दयी ललकारले
ति मेरा सर्वस्व म बाट हरण गरेको छ

लागिरहेछ रुखका हाँगाहरु लुछेर 
एउटा थुटो मात्रै छोडेको छ निर्दयीले
अस्तित्वको नाममा
जो म छु एक असहाय थुटो

बिहानै समाचरमा सुने 
त्यो प्रकृतिको निर्दयी ललकारको नाम "बाढी"रहेछ

यी मेरा आँटहरु आज बूढो ट्याक्टर झैँ
ठरठर् काँपीरहन्छन्

यी मेरा आँखाका मुलहरु फुटेर
झरना भई झरिरहन्छन्
त्यही कालो दिनको विध्वंस घटनाको यादमा
मेरा सर्वस्व गुमेको यादमा

हिजोका मेरा ति 
सपनाहरूका रङ्गिन क्यानभास
आज सपनाहरुका रङ्ग हिन क्यानभास भएको छ
जहाँ,
कालो रङ्गको मात्रै एकछत्र राज छ 

त्यो कालो दिन यता
म निद्रा कि देवीलाई अङ्कमाल गर्न बाट वञ्चित छु
हरेक रात निद्रा की देवी
मेरो कोठा भित्र प्रवेश गर्न आनाकानी गर्छिन् 
जब,
बल्लतल्ल लछारपछार पार्दै
प्रवेश गराउँछु 
तर लगत्तै म:म का डल्लो जस्ता 
चिहानहरु दृष्टिगत हुन्छन् 
मेरा बा!,आमा र बहिनीका
र झस्काउदै कुलेलम थोक्छिन् निद्रा कि देवी 

हो म साच्चिकै,
आजकाल पानीका बाछीताहरुसँग पनि
डराउन थालेको छु
आज मेरो मनभरी पिडै पिडाको घना जंगल छ

म आज पटकपटक घोरिएर सोच्न विवश छु

मेरी आमाको 
माया नै मायाले सन्तृप्त भएको त्यो पवित्र देह

र मेरो बा! को त्यत्रो पहाडै उठाउने भीमकाय देह 
बगाउन सक्ने त्यो निर्दयी बाढी ले

नाथे यो कागजको तमसुक किन बगाउन सकेन।।।।

लेखक :- मुस्कान_पुन_मगर
गलकाेट नगरपालिका १० पाण्डबखनी

अविरल वर्षाका कारण घर जाेखिममा साथै विभिन्न स्थानमा बाटाे अवरुद्ध ।

अविरल वर्षाका कारण घर जाेखिममा साथै विभिन्न स्थानमा बाटाे अवरुद्ध ।
सुरेश छन्त्याल
गलकाेट, १६ शुक्रबार
अविरल वर्षाका कारण गलकाेट नगरपालिका १० पाण्डबखानी न्यापाटा निवासी चुरा बहादुर घर्तिकाे घर पुर्व रुपमा क्षति भएको छ। माथिबाट आएकाे पहिराेका कारण क्षति भएपछि स्थानीय छिमेकीहरुकाे सहयोगमा अन्तै सारिएको छ। साेहि स्थानमा जम्मा ३ घर छन् त्यस्तै खर्क बहादुर घर्तिकाे घर पनि क्षति भएको छ । घरभित्र बस्न सकिने भएको हुनाले छुट्टै बसाेबास गरेका छन् । त्यस्तै पाण्डबखानी दुङ्गिल घर भएका टेक बहादर पुनकाे घर पनि पुर्वरुपमा क्षति भए पछि बस्न नमिल्ने भएको जानकारी प्राप्त भएको छ । साथै वर्षका कारण मल्म पाण्डबखानी माेटरबाटाे विच विचमा अवरुद्ध हुदा जाेखिम माेलेर यात्रा गर्न बाध्य रहेकाे छ। मल्म पाण्डबखानी माेटरबाटाे मर्मत का लागि बजेट छुट्टिन्छ तर त्याे बजेट कहिले सदुपयोग हुदैना साडे २ घण्टाकाे यात्रा गर्दा बाटाे मर्मत नहुदा ३/४ घण्टा लाग्छ त्यसमा पनि एकाध गाडी चालकहरले भाडा पनि दाेब्वर लिन्छन् यात्रा गर्दा छिटाे र सजह हुने ठाउमा झन निराेगीलाई राेगि बनाउने बाटाे छ स्थानीय यात्रु तथा चालकहरुकाे गुनासाे छ । र पाण्डबखानी रमुवा जाेड्ने माेटर बाटाे पनि अवरुद्ध हुदा त्यस ठाउका जनसमुदाय हरु हिडेर पाण्डबखानी अाउन बाध्यता रहेकाे छ । 

पाण्डबखानीमा स्वास्थ सम्बन्धि २ दिने तालिम सुरु ।

पाण्डबखानीमा स्वास्थ सम्बन्धि २ दिने तालिम सुरु ।
सुरेश छन्त्याल
गलकाेट, १६ शुक्रबार 
गलकाेट नगरपालिका १० पाण्डबखानी स्वास्थ्य चाैकिमा 
महिला स्वास्थ्य स्वयम्सेविकाकाे लागि ग्रामीण स्वास्थ सुधार परियाेना दाेस्राे चरणको क्षमता अभिद्धि २ दिने तालिम सुरु भएको छ। 
BYC बागलुङको अायाेजना FAIR MED काे आर्थिक सहयाेग संगै पाण्डबखानी स्वास्थ्य चाैकीकाे प्राविधिक सहयोगमा तालिम संचालन भएको हाे । तालिममा स्वास्थ्य सम्बन्धि गर्भाअवस्थामा देखा पर्ने खतराका लक्षण, स्वास्थ्य स्वयमसेविकाहरुकाे भुमिका, लगाएतका  विषयमा सहजिकरण गरिने सामाजिक परिचालक मनिसा थापाले जानकारी दिनुभएको छ।
 तालिमको सहजिकरण फिल्ड सुपर भाइजर व्याेम नारायण भारी प्रजेक म्यानेजर गण्नेश वरुवालले गर्नु भएको छ। 
साथै २ दिने स्वास्थ्यकर्मी हरुका लागि संक्रमण राेग थाम अभिमुखिकरण (on site coaching) पहिलाे दिनकाे कार्यक्रम सम्पन्न भएको ।

Sunday, July 19, 2020

हरियो चुरा संगै पहेलो रङमा सजिएको महिला

हरियो चुरा संगै पहेलो रङमा सजिएको महिला..........
गलकोट, ५ साउन
पाण्डबखानी अनलाइन खबर
किन साउनमा हरियो चुरा लगाउछन्  यस्तो छ यसको महत्व, 
साउनको महिना शुरू भइसकेको छ । यो महिना भगवानको पूजा अर्चना गरेर उनलाई प्रसन्न गर्ने कोशिश भक्तहरूले गर्छन् । यस पावन महिनामा धर्तीमा चारैतिर हरियाली देखिन्छ, भोलेबाबाका भक्तहरूले हरियो रंगको कपडा लगाएर पूजा गर्छन् ।
महिलाहरूले हातमा हरियो चुरा लगाउने गर्छन् । के हो त हरियो रंगको महत्त्व 
ज्योतिषशास्त्र अनुसार, हरियो रंग बुध ग्रहको प्रतीक हो । हरियो रंग लगाउँदा बुध बलियो भएर सन्तान सुख प्राप्ति हुन्छ । अनि यस रंगले बुद्धि र समृद्धि प्राप्ति हुन्छ । विवाहित महिलाका लागि रातो रंग खुशी र सौभाग्यको प्रतीक हो । अनि हरियो रंग चाहिँ परिवार र जीवनमा खुशी ल्याउनका लागि लगाइन्छ । बुध ग्रहको असर व्यक्तिको करीयर र व्यवसायमा सीधै पर्छ । यस रंगलाई शरीरमा धारण गर्दा मनुष्य आफ्नो कार्यक्षेत्रमा सफल हुन्छ । भगवान् शिव योगी हुनुहुन्छ । योगी भएका कारण उहाँलाई प्रकृतिको सुन्दरताका बीच रहेर ध्यानमा बस्न एकदमै मन पर्छ । हरियो रंग लगाउँदा महादेव प्रसन्न हुनुहुन्छ । त्यसैले महिलाहरू साउन महिनामा हरियो मेहन्दी र हरियो चुरा लगाउने गर्छन् ।

साउनमा किन लगाइन्छ हरियो चुरा र मेहेन्दी 
साउने संक्रान्ति पर्व शुरु भएसँगै महिलाहरुमा मेहेन्दी र हरियो चुरा लगाउने प्रचलन छ ।
वनजंगल, खेतवारी मात्र नभई साउन महिना शुरु भएपछि महिलाहरुका हातमा हरियो चुरा र मेहेन्दी देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् । अविवाहित युवती पनि राम्रो वर प्राप्त होस् भन्ने भनि हरियो चुरा र मेहन्दी लगाउँछन । तर, यो चलन कहिलेबाट आयो र किन साउन मै हरियो चुरा र मेंहन्दी लगाइन्छ भन्नेबारे सबैलाई थाहा नहुन पनि सक्छ ।


                लेखक:- सुरेश छन्त्याल
   गलकोट नगरपालिका १० पाण्डबखानी, बागलुङ

अहिले कुन ठाउँमा कति पानी परिरहेको छ ?

अहिले कुन ठाउँमा कति पानी परिरहेको छ ?
बिहान १० बजेसम्म सावधानी अपनाउनुपर्ने स्थानको नामावलीसहित
गलकाेट,५ साउन
पाण्डबखानी अनलाइन खबर
जल तथा मौसम विज्ञान विभागले वागमति, प्रदेश २, सूदुरपश्चिमलगायतका बिभिन्न भूभागमा अहिले भारी वर्षा भइरहेकाले सचेत रहन आग्रह गरेको छ । काठमाडौँ उपत्यकाका धेरै स्थानमा मध्यम वर्षा मापन गरिएको छ । विण्णुमती, मनोहारा, हुनमन्ते, नख्खुलगायत क्षेत्रमा पानीको वहाव सतर्कता नजिक पुगेका कारण अबको ३ घण्टा सतर्क रहन विभागले अनुरोध गरेको छ ।
डडेलधुरा जिल्लाको रंघुन नदीजलाधारमा भारी वर्षा भइरहेका कारण थप वर्षा हुने देखिएकाले रंघुनको महाकाली दोभानसम्मको क्षेत्रमा बाढीको सम्भावना छ । तटिय क्षेत्रमा आज विहान १० बजेसम्म उच्च सतर्कता अपनाउनुपर्ने देखिएको विभागले जनाएको छ ।

बारा, पर्सा र रौतहटका धेरै स्थानमा भारी वर्षा भएको र थप वर्षा हुने रहेकाले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने देखिएको छ । नदी किनार र डुवान भइरहने होचा स्थानमा दिउँसोसम्म सतर्क रहन विभागले भनेको छ । परासी, बर्दघाट, डण्डा बजार र नवलपरासीको धेरै स्थानमा भारी वर्षा मापन भएको र थप वर्षा हुन सक्ने भएकोले आरूणखोला, गिरूवारी खोला र नवलपरासीको साना नदी तटीय क्षेत्रमा बिहान १० बजेसम्म सतर्क रहनुपर्ने विभागले भनेको छ ।

साभार : सामाजिक संजाल 

गुल्मीकी सांसद सुवर्ण ज्वारचनले लिइन् शपथ

गुल्मीकी सांसद सुवर्ण ज्वारचनले लिइन् शपथ
गलकाेट,४ साउन
पाण्डबखानी अनलाइन खबर
नेपाली कांग्रेसकाे तर्फबाट समानुपातिक सांसदको रूपमा गुल्मीकी सुवर्ण ज्वारचनले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।उनलाई आज दिनको २ बजे संघीय संसद् सचिवालय सिंहदरबारस्थित कृषि समितिको हलमा सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
नेपाली कांग्रेसकाे तर्फबाट बाग्लुङबाट प्रतितिनिधित्व गर्ने सांसद ज्ञानकुमारी छन्त्यालको गत १७ असारमा निधन भएपछि प्रतिनिधिसभा सदस्यको सो स्थान रिक्त थियाे । साे रिक्त स्थानमा कांग्रेसबाट ज्वारचन नयाँ सांसद बनेकी हुन् ।

तीजको लहर छायो बरीलै भिडियो सार्वजनिक

तीजको लहर छायो बरीलै भिडियो सार्वजनिक
गलकोट,४ असार
पण्डबखानी अनलाइन खबर
चर्चित लोक तथा दोहोरी गायिका दिलु सलामी मगर, ज्ञानु राना मगर र दिलसरा काउचा मगरको नयाँ तीज गीत बजारमा सार्वजनिक भएको छ । तीनै जनाको संयुक्त स्वर रहेको गीतले बिस्तारै दिदी बहिनीको मन छुदै गएको छ । तीजको लहर छायो बरीलै बोलको भिडियोमा खुशी बुढा मगर, बिमता बुढा मगर, लिजा मगर, देविका मगर, प्रिया मगर, निर्मला मगरले अभिनय गरेका छन्, भने दिलु र ज्ञानुले सिर्जना गरेको गीतमा दिलसराले संगीत भरेकी हुन् । छुमान काउचा मगरले एरेन्ज गरेको गीतलाई रबिन मगरले मिक्सिंग गरेका हुन । छुमान काउउचा मगरले निर्देशन गरेको गीतको भिडियोमा उदीराम खड्काको कोरियोग्राफी छ । गीतको भिडियो बसन्त मगरले छयाङ्गकन गरेका हुन भने हुम गैरेले सम्पादन गरेका छन् । पुरानो तीज गीतको भाकालाई उत्थान गरेको तीज गीतमा माइतीघरका साथीसंगी तथा दिदीबहिनीको सम्झना व्यक्त गरिएका छन ।
भिडियो हेर्नका लागि
https://youtu.be/Muxlc_4W8gU

Saturday, July 18, 2020

फेसबुक म्यासेन्जरमा पनि स्क्रिन शेयरिङ्को सुविधा

फेसबुक म्यासेन्जरमा पनि स्क्रिन शेयरिङ्को सुविधा
गलकाेट, ४ साउन
पाण्डबखानी अनलाइन खबर
विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ ।

मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन सहभाजन (शेयर) गर्न सकिने नयाँ सुविधा शुरु गरेको हो ।
त्यस्तो सुविधा एन्ड्रोेएड र आइओएस मोवाईलबाट प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । फेसबुकको म्यासेन्जर रुम वा ग्रुप च्याटमा एकभन्दा बढी व्यक्तिबीचमा कुराकानी भएका बेला यो सुविधा प्रयोग गर्न सकिनेछ । अहिले फेसबुक एप प्रयोगकर्ताहरुले सामुहिक कुराकानी (ग्रुप च्याट)मा आठ जना र म्यासेन्जर रुममा १६ जनाले स्क्रिन शेयर गर्न सक्ने सुविधा राखिएको छ । कम्पनीले चाडै नै म्यासेन्जर रुममा ५० जनासम्मका बीचमा स्क्रिन शेयर गर्नसक्ने व्यवस्था गर्न लागेको पनि जनाएको छ । यो सुविधा प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो मोवाईल वा ट्यावलेटमा म्यासेन्जरको नयाँ संस्करण जोड्नुु पर्नेछ । स्क्रिन शेयर गर्नका लागि म्यासेन्जरको नयाँ संस्करणमा देखिने ‘शेयर योर स्क्रिन’, ‘स्टार्ट शेयरिङ’ र ‘स्टार्ट ब्रोडकास्ट’ लेखेको ठाउँमा क्रमशः थिच्दै जानुपर्छ ।

प्रगतिशील युवा परिवारको कोरोनाका कारण यस बर्षको तिज कायक्रम स्यगित ।

प्रगतिशील युवा परिवारको कोरोनाका कारण यस बर्षको  तिज कायक्रम स्यगित ।
मन्दिप निउरे
गलकाेट, ३ साउन
प्रगतिशील युवा परिवार ताराखोला गाउँपालिका वार्ड नम्बर ३ काक्राखोरको बैठक अाज सम्पन्न भएको छ । 
बैठकमा क्लबले परम्परागत रूपमा मनाउदै आइरहेको नेपाली महिलाहरुको महान पर्ब हरितालिका तिजको अबसरमा मनाउदै आएको कार्यक्रम यस बर्ष नमनाइने भएको छ । बिश्ववभरी महामारीको रूपमा फैलिएका कोरोना भाइरसका कारण देशमा अहिले लक डाउन जारी रहेकोले तिज मेला स्यगित भएको क्लबका अध्यक्ष कर्णे बहादुर भण्डारीले बताउनु भयो त्यस्तै क्लबमा लगानी गरिएको पैसा आगामी भाद्र महिनाको २ गतेसम्म उठाउने निर्णय गरिएको छ । अहिले विशेवभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण क्लबले लगानी गरेको एक महिनाको व्याज छुट दिने निणय समेत गरेको छ मनिवल देखि काक्राखोर आधारभुत बिधालय सम्म बर्षाको कारण अबरुद्ध भएको मोटर बाटो मर्मत गर्नको लागी क्लबको तर्फबाट ३० हजार छुटाइएको छ । अब तत्काल बाटो मर्मत गरेर सुचारु गर्ने निर्णय गरिएको क्लबका सचिब मन्दिप निउरेले जानकारी दिनुभयो ।

Monday, July 13, 2020

निन्द्रा लाग्दैन ? घर भित्रै अपनाउनुहोस् यस्ता उपाय

निन्द्रा लाग्दैन ? घर भित्रै अपनाउनुहोस् यस्ता उपाय
गलकाेट, ३० असार
पाण्डबखानी अनलाइन खबर
शरीरको स्वास्थ्य राम्रो राख्न गहिरो निन्द्रा आवश्यक हुन्छ । मानिसले न्युनतम ७ देखि ८ घण्टासम्म निदाउनु पर्दछ । यति समय नसुते भोलिपल्टको दैनिकी खराब हुनेमात्र होइन शरीर पनि अस्वस्थ हुन्छ । पर्याप्त निन्द्रालागेमा अर्को दिन शरीरमा एक किसिमको ऊर्जा उत्पन्न हुन्छ । तसर्थ पर्याप्त निन्द्रा नपुगेमा यसरी निन्द्रा लगाउन सकिन्छ१. चिया, कफीको कम सेवन यदि रातमा निन्द्रा नपरेमा वा निदाउन समस्या भएमा चिया वा कफी सेवनको लत त्याग्नु पर्दछ । अझ रातमा त चिया र कफी पिउनु हुदैन । बरु यसको सट्टा दुध पिउन सकिन्छ।
२. जाइफलको सेवन आयुर्वेदमा निन्द्रा नपरेमा एक गिलास दुधमा जाइफल मिसाएर पिउदाँ राम्रो निन्द्रा पर्ने बताइएको छ । जाइफलका अलावा दुधमा केसर मिसाएर पनि पिउन सकिन्छ ।
३. निदाउनु अघि मालिस राति निदाउनु अघि खुट्टा, जिउ र शिरमा हल्का मालिस गरेमा पनि गहिरो निन्द्रा पर्दछ । यदि हड्डिर मांसपेशिको मालिस गर्ने भए तोरीको तेलले गरेमा राम्रो निन्द्रा पर्दछ ।
४. आर्युवेदको उपाय आयुर्वेदमा गहिरो र राम्रो निन्द्राका लागी केहि जडिबुटिको सेवन गर्नुपर्ने बताइएको छ । अश्वगन्धा, तगाव र शंखपुष्पीको सेवनले शरीरमा आराम प्राप्त हुने र राम्रो निन्द्रा पर्ने बताइएको छ।
५. मेथीको रस अनिन्द्राको समस्याबाट राहत पाउन मेथीको रसको सेवन पनि अति उपयोगी मानिन्छ । यसकालागी मेथीको केहि पातको रस निकालेर त्यसमा मह मिसाएर दैनिक पिउनु पर्दछ ।

Sunday, July 12, 2020

जन्मदिनको अवसरमा गरिन् गायिका निराले सिर्जनसिल समाजलाई सहयोग ।

जन्मदिनको अवसरमा गरिन् गायिका निराले सिर्जनसिल समाजलाई सहयोग ।
गलकोट, २८ असार
सुरेश छन्त्याल 
बागलुङको वडिगाड गाउँपालिका ३ सिसाखानीमा जन्मनु भएकी निरा छन्त्याल पछिल्लो समयमा मिडियामा निकै चर्चामा आउन सफल हुनुभएकी निरालाइ विषेशगरी लाइभ दोहोरीमा देख्न सकिन्छ, भने निराले धेरै गित संगितमा आवाज भर्नुभएको छ । आफ्नो कर्मथलो राजधानीमा बसोबास गदै आउनुभएकी निराले आज महान कार्य सफलता सहित आफ्नो जन्म दिन सम्पन्न गर्नुभएको छ । साथै उनले आफ्नो जन्म दिनको अवसरमा काठमाण्डौ मनमैजु स्थित एकिकृत शिर्जनसिल समाजमा पुगि निराले खाद्यान्न सामाग्री सस्थाका बालबालिकालाई हस्तान्तरण गरेका छन् । त्यस्तै बागलुङ घर भै काठमाण्डौमा बसाेबास गदै आउनुभएका समाजसेवी चन्द्रबहादुर थापा मगर उनकी श्रीमती विष्णु श्रीस मगरले आफ्नो छोरा लक्की थापा मगरको जन्मदिनको अवसरमा २० हजार र असोक राइले ५ हजार सहयोग गर्नुभएको । त्यस्तै समाजकी बालगृहकि आमा जुनु पुन मगर र संस्थाका उपाध्यक्ष भिमकुमार रोकामगरले ढुवै परिवालाइ जन्मदिनको शुभकामका दिदै उहाँहरुको साथ, सपोर्ट र सहयोग सधैं रहिरहोस् भन्दै धन्यवाद व्याक्त गर्नुभएको थियो ।

स्थानीय क्लबहरुलाइ खेलकुद सामाग्री वितरण ।

स्थानीय क्लबहरुलाइ खेलकुद सामाग्री वितरण ।
गलकाेट, २८ असार
सुरेश छन्त्याल
गलकाेट नगरपालिका १० पाण्डबखानी वडा कार्यालय र घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले संयुक्त रुपमा घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च सहित प्रत्येक टाेलमा रहेका क्लबहरुलाइ खेलकुद सामाग्री वितरण भएको छ । युवा तथा खेलकुद कार्यक्रम अन्तर्गत गलकाेट नगरपालिका कार्यालय मार्फत विनियोजित रकम रु.१ लाख बराबरको खेलकुद सामाग्री वितरण भएको हाे । सामाग्री वितरण गर्दै वडा सदस्य रामप्रसाद वि.कले युवा तथा खेलकुद भनेर प्रत्येक वर्ष बजेट अाउछ, तर त्याे बजेट सदुपयोग भएको देखिएकाे छैना भन्दै अबका बजेट तथा सामाग्रीहरुलाइ दुरुपयोग नगरि ठिक ढंगमा संरक्षण संगै सञ्चालन गर्न युवाहरुलाइ अाग्रह समेत गर्नु भएको थियाे ।उक्त वितरण कार्यक्रममा वडा सदस्य रामप्रसाद वि.क, वडा सचिव तिमिल्सिना ठाकुर, पत्रकार सुरेश छन्त्याल, सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्था लि. का प्रबन्धक दिप घर्ति लगायतकाे सहभागीता रहेकाे थियाे ।

Saturday, July 11, 2020

पेटमा छुरा रोप्ने मुखले ठिक्क पार्ने बानी रहिछ उसको


                 मुक्तक
१.जिउनलाई एकमुठी सास भएन भने।
 केही हुन्छकी भन्ने आस भएन भने ।
गाह्रो हुन्छ जिन्दगी जिउनलाई यहाँ 
कोहि मान्छे कसैको खास भएन भने।

२. मनको कुरा सुनाउदै सारङी रेट्नु छ एकपटक ।
 जिन्दगीको गोरेटोमा थकाइ मेट्नु छ एकपटक ।
  मेरो मनको ठुलो इच्छा त यहि छ प्रिय मान्छे हेर 
 तिमी जहाँ भएपनी तिमीलाई भेट्नु छ एकपटक।

३.खै थाहा छैन मलाई मुटु कस्ले जलाएर गयो।
असल ठान्थे हिजो सम्म आज छुरा चलाएर गयो।
पेटमा छुरा रोप्ने मुखले ठिक्क पार्ने बानी रहिछ उसको
बिश्वास गरे उसको तर सारा सपना आज ढलाएर गयो ।

                सिवानी खत्री 
ताराखोला गाउँपालिका -३ बाग्लुङ

म देखि तिमि कहिल्यै टाढा बन्न नखोज है प्रिय ।

                 मुक्तक
१. म देखि तिमि कहिल्यै टाढा बन्न नखोज है प्रिय ।
राम्रो कुरा गर्दा नराम्रो भनी भन्न नखोज है प्रिय ।
दुनियाँमा सबै मान्छे थरिथरी का छन् एउटै छैनन्
सबै असल हुन्छन् भनेर तिमि गन्न नखोज है प्रिय ।
२.जिन्दगी जिउनलाई पनि सानू एकमुठी सास हुनुपर्छ। अरुको लागि होइन आफ्नै लागि माया खास हुनुपर्छ। राम्रो कुरालाई पनि नराम्रो सोच्ने यो हाम्रो समाज छ  ठुलो कुरा त मायामा एकअर्का प्रती बिश्वास हुनुपर्छ ।

३.एता गाउँ उता तिम्रो सहर भएपछि।
दुख सुख संगै जिउने रहर भएपछि ।
अरुले के भन्छ भन्ने किन सोच्छौ तिमी
अजम्बरी मायाको सुनौलो घर भएपछि।

सबिता खत्री (जिज्ञासु )
ताराखोला गाउँपालिका-३ बाग्लुङ

पत्रकारीताको अनुभव, तिम्रो तलब कति छ ।

Thursday, July 9, 2020

विदेशी च्यानलहरुको प्रसारण रोक्ने निर्णय

विदेशी च्यानलहरुको प्रसारण रोक्ने निर्णय
पाण्डबखानी अनलाइन खबर
गलकाेट,२५ असार
विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) ले नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका छन् । वितरकहरुले सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकिने बताएका हुन् । पछिल्लो समय भारतीय च्यानलमा नेपाल र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा झुटा र भ्रामक प्रचार गरेको भन्दै वितरकहरु विदेशी च्यानल बन्द गर्ने निर्णयमा पुगेका हुन् । यो कदम सरकारको निर्देशनमा नभइ स्वतःस्फूर्त रुपमा चालिएको वितरक कम्पनीहरुले जनाएका छन् । 

Wednesday, July 8, 2020

गण्डकी प्रदेशमा मनसुन शुरु भएपछिको अहिलेसम्म कै बढी वर्षा हुने अनुमान

गण्डकी प्रदेशमा मनसुन शुरु भएपछिको अहिलेसम्म कै बढी वर्षा हुने अनुमान पाण्डबखानी अनलाइन खबर
गलकाेट, २५ असार
मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने अनुमानका साथ आवश्यक पूर्वतयारी थालिएको छ ।असार २५ देखि २८ सम्म प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन शुरु भएपछिको अहिलेसम्म कै बढी वर्षा हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठले जानकारी दिइन्। “मनसुन शुरु भएदेखि नै पानी परिरहेको छ, पानीको सतह माथि आइसकेको र जमिन गलिसकेको छ, जुलाई र अगस्टमा मौसम थप सक्रिय हुन्छ, अबको चार दिन अलि बढी पानी पर्नसक्छ”, श्रेष्ठले भनिन्। उनका अनुसार अहिलेसम्म औसतभन्दा धेरै पानी परिसकेको छ ।त्यसैले सम्भावित पानी पर्ने प्रदेशको तराई तथा चुरे क्षेत्रबाट बग्ने नदी, खोला तथा खहरेमा बाढी बढ्ने र समतल भूभागमा डुबानको सम्भावना हुने भएकाले विशेष सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।
सरकारले यसवर्ष असारमा आधारित विपद्को सूचना प्राणाली व्यवस्थापन गरिएको छ । त्यसैले पानीपर्ने सम्भावना छ मात्रै नभनी कुनकुन क्षेत्रमा पानी पर्नेछ, कस्तो असर गर्न सक्छ, त्यसबाट कसरी सावधानी अपनाउने भनेर सार्वजनिक सूचना दिन थालिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।
मुलुकमा गएको वैशाखदेखि अहिलेसम्म पर्याप्त पानी परिसकेको छ । प्रि–मनसुनमा नै भारी वर्षा भएकाले जमिन गलिसकेको सन्दर्भमा ठाउँठाउँमा बाढी पहिरोले मानवीय क्षति पु¥याइसकेको छ । मनसुनको शुरुआतमा नै पहिरोले धेरै मानिसको ज्यान लिइसकेको छ भने घरबारविहीन बनाएको छ । पर्वत र बझाङको ठूलो पहिरोमा मात्रै १५ जनाको ज्यान गएको छ । प्राधिकरणको अभिलेखअनुसार वैशाखदेखि अहिलेसम्म कूल ८०४ वटा विपद् घटनामा ११४ जनाको मृत्यु भएको छ ।
यसवर्ष मनसुनका समयमा औसत वर्षा हुने मौसम विभागले भनिसकेको छ । औसत वर्षा पनि कुनै समय कम पानी पर्ने र कुनै समय भारी वर्षा हुनसक्ने विज्ञले बताएका छन् । भारी वर्षाले ठाउँठाउँमा बाढी, डुबान र पहिराको जोखिम बनाइसकेको छ । पहाडी क्षेत्रमा साना तथा खहरे खोला र नदीनालाको बहाव बढ्न थालेको छ । आगामी चार दिन खतराको तहसम्म बढ्ने अनुमान छ । यसतर्फ सचेत भएर चनाखो हुनसमेत प्राधिकरणले आज एक सूचना जारी गरी जनाएको छ ।
भारी वर्षाबाट हुने सम्भावित जोखिमसमेतलाई आँकलन गरी यसवर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ को भाग (एक र दुई) प्रकाशित भइसकेको छ । उक्त कार्य योजनानुसार विपद्का समयमा सङ्घीय मन्त्रालय, प्रदेश र स्थानीय सरकार राजनीतिक दल तथा गैरसरकारी संस्था एजेन्सी, विकास साझेदार संस्था तथा निजी क्षेत्रलगायतको समन्वयमा विपद् व्यवस्थापन र क्षति न्यूनीकरणको तयारी गरिएको छ ।

यी नदीमा बहाव बढ्नसक्ने
शुक्ररबारदेखि आइतबारसम्म कन्काइ, कोशी, कमला, वाग्मती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर खतराको तहसम्म हुनसक्ने पूर्वानुमान गरिएको छ ।
खासगरी प्रदेश १ र २ को चुरे तथा तराई क्षेत्रमा बग्ने खोला तथा नदीमा ठूलो बाढी आउने हुनाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क र विशेष चनाखो रहन आग्रह गरिएको पोखरेलले बताए । उक्त समयमा तराईको झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायत जिल्लाका कतिपय होचो ठाउँमा डुबानको सम्भावना छ ।
प्राधिकरणले यी चार प्रदेशका अलावा प्रदेश नं ५ तथा कर्णाली, सुदुरपश्चिम प्रदेशका बासिन्दाले पनि यो समयमा सतर्क रहनुपर्ने आवश्यकता औँल्याएको छ । प्राधिकरणले आफ्नो टोल, बस्ती आसपासमा खोला नदीको बहावबारे जानकारी लिन र समुदायमा जानकारी दिनसमेत अनुरोध गरेको छ ।
नदीनालामा आउने बाढीको जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नं ११५५ र आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्री नं ११४९ चौबिसै घण्टा खुला रहने जनाइएको छ ।
यस्तै प्राधिकरणले मोबाइलमा आउने सन्देशलाई पनि विशेष ध्यान दिन भनेको छ । बाढी, पहिरो र डुबानबारे मिडियामा आउने सूचनालाई समेत ध्यान दिन प्राधिकरणले आग्रह गरेको छ ।
एक जना जलाधार विज्ञ मधुकर उपाध्यायले यो समयमा नसोचेको स्थानमा समेत भेलपहिरो आउनसक्ने भएकाले सचेत हुन आग्रह गर्नुभयो । पानीको स्रोतको व्यवस्थापन नभएको र परेको पानी बग्ने बाटो नष्ट भएकाले जथाभावी रुपमा क्षति पु¥याउनसक्ने हुँदा थप सचेत बन्नुपर्ने उहाँको सुझाव छ । पर्वत र बझाङमा जङ्गलबाट खसेको पहिरो त्यसको एउटा उदाहरण हो ।
विपद् जोखिम व्यवस्थापन विज्ञ डा कृष्ण देवकोटाले जमिन गलिसकेको हुँदा थोरै पानीले नै धेरै क्षति पु¥याउनसक्ने भएकाले थप जोखिम बढेको बताउनुभयो । उनले आवश्यक समन्वयमा क्षति र जोखिम न्यूनीकरणका कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।रासस


Tuesday, July 7, 2020

पाण्डबखानीमा श्रद्धाञ्जली सभा सम्पन्न ।

पाण्डबखानीमा श्रद्धाञ्जली सभा सम्पन्न ।
गलकाेट, २३ असार
सुरेश छन्त्याल
गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे
नेपाली काँग्रेस वडा कमिटीकाे बैठक सम्पन्न भएको छ। पार्टीका सभापति देवराज पुनकाे अध्यक्षता मा बसेकाे बैठकले सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकले उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । नेपाली काँग्रेसबाट २०७४ सालको प्रतिधिनिसभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसद छन्त्यालको ६३ वर्षको उमेरमा निधन भएको थियो । सांसद छन्त्याल २०७० सालको संविधानसभा निर्वाचनमा बागलुङ क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको थियो । सामाजिक एवं ग्रामीण विकासमा सक्रिय, प्रजातन्त्रिक र लोकतान्त्रिक आन्दोलनका योद्धा छन्त्यालको बाँसबारीस्थित शहिद गङ्गालाल हृदयरोग केन्द्रमा उपचारका क्रममा निधन भएको थियो ।

Monday, July 6, 2020

सञ्चारमाध्यम एक महŒापूर्ण अंक हो – पूर्व संसद पुन

सञ्चारमाध्यम एक महŒापूर्ण अंक हो – पूर्व संसद पुन
सिदार्थ राना
गलकोट, २२ असार
गलकोट नगरापलिका १० पाण्डबखानीदेखि संचालित हुदै आइरहेको पाण्डबखानी अनलाइन खबर अब समितिद्घारा संचालन हुने भएको छ । २०७० सालदेखि हाल सम्म पत्रकार सुरेश छन्त्यालले मात्र चलाएका थिए, पत्रकारीताको डौडानमा धेरै अवसर र त्यो भन्दा वढी चुनौती रहेको हुनाले एक हातले ताली नबज्ने भएको हुनाले यस अनलाइनलाइ अझ व्यवस्थापन सहित समितिद्घारा संचालन गर्न समिति निर्माण गरेको पत्रकार छन्त्यालले बताउनुभयो, त्यस्तै कार्यक्रममा बोल्दै संविधान सभाका पूर्व संसद निरज पुनले सञ्चारमाध्यम एक महŒापूर्ण अंक हो भन्दै सञ्चारमाध्यमको जिम्मेवारी धेरै रहन्छ, साथमा अŒिानै आवश्यक पनि रहेको हुनाले जनतासामु सत्य, तत्थ र निष्पक्ष सुचना सम्प्रेसन गर्न आग्रह गर्नु भएको थियो, त्यस्तै वडा अध्यक्ष तिलक घर्तिले पाण्डबखानीमा संञ्चारको आवश्यक रहेको बताउदै यस अनलाइनलाइ व्यवस्थित ढङ्कबाट संचालन गर्न आग्रह गदै आगामी दिनमा वडाको नजर पाण्डबखानी अनलाइन खबरमा पनि रहने वडा अध्यइा घर्तिल बताउनुभयो । पाण्डबखानी अनलाइन खबरका संचालक सुरेश छन्त्यालको अध्यक्षतामा बसेको बैठकले आफ्नो कार्यालाय राख्ने, अनलाइन दर्ता प्रकिया अगाडि बढाउने, अनलाइन खबरको सहयोग रसिद पाण्डबखानी समाज यु.के, पाण्डबखानी समाज जापान , पाण्डबखानी समाज हङ्कङ पाण्डबखानी समाज काठमाडौमा पठाउने निर्णय भएको छ ।

पाण्डबखानी समाज यु.के मार्फत विपद व्यस्थापन समितिलाइ उपलब्ध संगै राहत हस्तान्तरण

पाण्डबखानी समाज यु.के मार्फत विपद व्यस्थापन समितिलाइ उपलब्ध संगै राहत हस्तान्तरण 
गलकोट, २२ असार
सुरेश छन्त्याल
गलकोट नगरपालिका १० पाण्डबखानीमा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । पाण्डबखानी समाज यु.के मार्फत विपद व्यस्थापन समिति पाण्डबखानीलाई उपलब्ध भएको खाद्यन्न सामाग्री टोलबस्तीबाट उपलब्ध विवरणको आधारमा राहत वितरण भएको हो । पहिलो र दोस्रो गरि रु. दुइ लाख ३८ हजार आठ सय ७५ रकम समाजले उपलब्ध गराएको त्यहि रकमबाट राहत वितरण भएको छ । कार्यक्रममा बोल्दै संविधान सभा सदस्य निरज पुनले समाजलाई धन्यवाद दिदै यस्तो बेला विदेशमा बस्नेहरुलाइ सहयोग माग्ने हैना बरु उहाहरुलाई आफ्नो ठाउमा सुरक्षित भएर बस्नुपर्छ भनेर कामना गर्नुपर्छ समाजका अध्यक्ष रिम काउचा लगायत पाण्डबखानी समाज युकेका सम्पुर्ण दिदिबहिनी,दाजुभाइलाइ धन्यवाद समेत दिनुभएको छ, त्यस्तै वडा अध्यक्ष तिलक घर्तिले समाज र वडाको सम्बन्ध निकै घनिस्ट रहेको र अझ यो राहतले हाम्रो सम्बन्ध प्रगाढ बनाएको छ भन्दै समाजमा हुने  रहेक खालको विकास निर्माणमा पनि समाजको सधैंव साथ सहयोग र समर्थन हुने आसा राख्दै समाजलाई विशेष धन्यवाद दिनुभएको थियो । विपद व्यस्थापन समितिका संयोजक रामप्रसाद वि.क को अध्यक्षता र आसा श्रीसको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Saturday, July 4, 2020

आज गुरु पूर्णिमा, गुरुलाई सम्मान गरी मनाइँदै

आज गुरु पूर्णिमा, गुरुलाई सम्मान गरी मनाइँदै
पाण्डबखानी अनलाइन खबर
गलकाेट,२१ असार

आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । गुरु पूर्णिमाको दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरिन्छ ।वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषदलगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।

Wednesday, July 1, 2020

संघीय सांसद छन्त्याल रहेनान् ।

संघीय सांसद छन्त्याल रहेनान् । 
गलकाेट,१७ असार
प्रतिनिधि सभा सदस्य ज्ञानकुमारी छन्त्याललाई नेपाली काँग्रेसका शिर्ष नेतालाई श्रद्धाञ्जली दिएका छन् । काँग्रेस नेतृ एव संघीय सांसद छन्त्यालको मुटुको समस्याका कारण बुधबार बिहान निधन भएको थियो । उनको पार्थिव शरिरलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा। शशांक कोइराला र पूर्णबहादुर खड्का, नेता गोपालमान सिंह लगायतका शिर्ष नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका हुन् । छन्त्यालको निधनप्रति सभापति देउवाले दुःख व्यक्त गरेका छन्। ‘नेपाली कांग्रेसकी नेतृ एवं सांसद ज्ञानकुमारी छन्त्यालको असामयिक निधनको खवरले म निकै दुखि भएको छु,’ उनले भनेका छन्, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु। ’लामो समय देखि मुटुको समस्याबाट पीडित छन्त्यालको मुटुको सल्यक्रिया गरेपछि थप समस्या बल्झिएको थियो । उनको काठमाडौं स्थीत गंगालाल हृदयरोग केन्द्रमा निधन भएको हो । छन्त्याल नेपाली काँग्रेस बागलुङको महाधिवेसन प्रतिनिधि तथा जिल्ला सल्लाहकार थिईन् । उनी दोस्रो संविधानसभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर ३ बाट विजयी भएकी थिईन् ।