Saturday, December 5, 2020

भेडिखर्कमा श्रद्धाञ्जली सभा सम्पन्न, नेपाली काग्रेसले एक सिपाही गुमाएको पुनकाे भनाइ ।

गलकाेट,२० मसिर

वडिगाड गाउँपालिका ८ रणसिहकिटेनीकाे भेडिखर्कमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काग्रेस भेडिखर्क वडा कार्य समितिका सचिव तथा भृकुटी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका दिल बहादुर घर्ति मगरकाे ४६ अाैं पुण्य तिथिकाे दिन पुर्व संविधानसभाका सदस्य निरज पुन, जिल्ला सदस्य रामप्रसाद वि.क, वडिगाड गाउँपालिका ७ का वडा अध्यक्ष कृष्ण गुरुङ, नेपाल प्रेस युनियन जिल्ला सदस्य सुरेश छन्त्याल, क्रियासदस्य महेश बुढा लगाएतकाे सभागिता रहेकाे थियाे ।
श्रद्धाञ्जली सभामा बाेल्दै पुर्व संविधानसभाका सदस्य निरज पुनले घर्तिकाे निधनप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै फाेटाेमा माल्यापन समेत गर्नु भएको थियाे । साथै उनकाे निधनले नेपाली काग्रेस मात्र नभइ शिक्षा क्षेत्रमा र सिंगाे गाउँलाइ ठुलाे क्षति पुगेकाे भन्दै हामिले एक राजनीतिक सिपाही गुमाएकाे बताउनुभयो, साथै पुनले उनकाे २ सन्तानलाइ शिक्षाक्षेत्रमा विद्यालय र नेपाली काग्रेस भेडिखर्कले विशेष प्राथमिकताका साथ उनकाे शिक्षामा केही कमि हुन नदिन अनुरोध समेत गर्नुभएको थियाे। भने नेपाली काग्रेस भेडिखर्क वडा कार्य समितिका अध्यक्ष जित बहादुर घर्तकाे सभापतित्याे र टेक प्रसाद घर्तिकाे संञ्चालनमा सम्पन्न भएको थियाे।

1 comment:

  1. समाचारका लागि धन्यवाद तर भेडीखोर हुनेमा भेडिखर्क भयो अनि अन्य कुरामा पनि शुद्धीकरण गर्नुपर्ने देखियो

    ReplyDelete