डा.क्लेभन गील्मनले इराक युद्धमा सेवा गर्नुभयो । अहिले उहाँ एरिजोनाको आकस्मिक उपचार कक्षमा अर्काे लडाँइमा उपस्थित हुनुहुन्छ, त्यो हो कोरोनाको लडाँई । अमेरिकाको अर्का डाक्टर भन्नुहुन्छ, ‘यो महामारी इराक युद्धभन्दा धेरै नै खतरनाक छ, युद्ध क्षेत्रमा छँदा युद्धलाई बीचमा छाड्न पनि सक्छौ, अन्यत्र भाग्न पनि सक्छौ तर कोरोनाको युद्धमा कहीकतै भाग्न सकिदैन, यो युद्ध जताततै विस्तार हुँदै गएको छ ।’
हाल डा.गील्मान र अरु स्वास्थ्यकर्मीहरुले सानो तर महत्वपूर्ण एउटा अनुरोध गरिरहेका छन् कि नागरिकको स्वास्थ्य सुरक्षाका लागि मास्क अनिवार्य प्रयोग गरिदिनुहोस् । यदि कोरोना संक्रमित बढिरहने हो भने अस्पतालहरुको क्षमताले धान्न सक्दैन,स्वास्थ्यकर्मीहरु सर्वसाधरणलाई बिन्ती गरिरहेका छन् घरमा बस्दा होस् या बाहिर निस्कदा, मास्कको प्रयोग गरौं ।
तपाई संक्रमित भएर अस्पताल आउन परेमा तपाईको हेरचाह तपाईले सोचेजत्ति पाउनुहुने छैन । अमेरिकामा दिनहुँ अस्पताल भर्ना हुने र मृत्यु हुने संक्रमितको संख्या उच्च हुँदै गएको छ । र संकटले परिस्थितिलाई भयावह बनाउदैछ ।
डिसेम्वर,जनवरी र फ्रेवुअरी महिना अमेरिकाका लागि साँच्चिनै खराव समय हुनेछ रोग नियन्त्रण तथा रोकथाम महाशाखा प्रमुख डा.रोबर्ट रेडफिल्डले भन्नुभयो,‘ मलाई लाग्छ अमेरिकाको जनस्वास्थ्य इतिहासमा नै सबैभन्दा कठिन परिस्थिति हुनेछ किनकी संक्रमण बढ्दै जाँदा देशकै स्वास्थ्य सेवा प्रणालीमा समस्या उत्पन्न हुने देखिएको छ ।’
अदृश्य दुश्मनसँगको युद्ध
डा.गील्मन भन्नुहुन्छ,‘ स्वास्थ्यकर्मीहरु युद्धसँग जुँधिरहेका छन् । यहाँ हामीलाई सहयोग गर्ने कोही छैनन्,मात्र संक्रमित बढिरहेका मात्रै छन् । यहाँ अदृश्य दुश्मन छ,यहाँ मलाई सेनाले गोलि हान्ने छैन,यहाँ त लक्षण बिनानै लुकेर संक्रमण भइसक्छ ।’ गील्मन जसले न्यूयोर्कमा यसै वर्षको सुरुवातीमा आफ्नो युवा भतिज र अरु ३ आफन्तलाई गुमाउनपर्यो । गील्मनले स्मरण गर्नुभयो,‘ मेरो २७ वर्षका भतिज सिमोन प्रेस स्वस्थ थियो तर कोभिडका कारण उसको मृत्यु भयो । हामी एकदमै सचेत हुन जरुरी छ,यस भाइरसलाई परास्त गर्न संगठित हुन जरुरी छ । ’ पहिलो कुरा, ‘हामीले मास्कको अनिवार्य प्रयोग गर्नुपर्दछ,मास्कलाई अनिवार्य प्रयोगको नियम लगाउनुपर्दछ। अहिलेको अवस्थामा कम्तिमा ४ हप्ता घरबाट बाहिर निस्कन नपाउने गरि थप प्रतिवन्ध लगाउनुपर्छ ।’
सीएनएन ।
No comments:
Post a Comment