Tuesday, December 22, 2020

चर्चित युवा कवि तथा पत्रकार विमला तुम्खेवा राष्ट्रिय प्रतिभा पुरस्कारद्वारा पुरस्कृत हुदै ।

पाण्डबखानी अनलाइन खबर
बागलुङ,७ पुस

चर्चित युवा कवि तथा पत्रकार विमला तुम्खेवा राष्ट्रिय प्रतिभा पुरस्कारद्वारा पुरस्कृत हुने भएकी छन् । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले आज प्रतिभा पुरस्कार २०२० को घोषणा गर्दै तुम्खेवालाई एक लाख राशीको सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।सञ्चारिका समूहकी केन्द्रीय महासचिव समेत रहेकी तुम्खेवा आम नेपाली महिलाको सरोकारका मुद्वालाई लेखनको केन्द्र बनाएर निरन्तर लेखनमा सक्रिय आख्यानकार हुन् । २५ बर्षदेखि कविता लेखनमा सक्रिय रहेकी तुम्खेवा लामो समयदेखी महिला अधिकार शसक्तीकरणको निम्ति क्रियाशील छन् । हालसम्म विमला तुम्खेवाका कविताहरु, नदी, छाल र तरङहरु, संस्मरण एउटा बूढो रुखको ,हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे चार कविता सग्रह प्रकाशित छन् ।

No comments:

Post a Comment