Monday, January 10, 2022

पाण्डबखानी मा वि मा शिक्षक पुनतार्जकिकरणको उद्घाटन

पाण्डबखानी मा वि मा शिक्षक पुनतार्जकिकरणको उद्घाटन
इश्वर सुवेदी/ सुरेश छन्त्याल
गल्कोट नगरपालिका १० पाण्डबखानी मा वि मा शिक्षक पुनतार्जकिकरणको उद्घाटन भएको छ।
गल्कोट नगरपालिका वाड  न १० पाण्डवखानी को आयोजना र  सि आइ टि इ ईन्टरनेशनल को सहजीकरण मा वडा भित्र का ६ वटा विद्यालय का प्राथमिक तहका शिक्षक हरुका लागि आज देखि सुरु भै पौष ३० सम्म सन्चालन हुने  गरि  मन्टेश्वरी विधि मा आधारित शिक्षक पुनर्ताजकिकरण कार्यक्रमको आज पाण्डबखानी माध्यमिक विद्यालयमा उद्घाटन गरियको छ ।कार्यक्रम को उद्घाटन गर्दै गल्कोट नगरपालिका का नगर प्रमुख भरत शर्मा गैरेले बालबालिका हरुलाइ २१ औ सताब्दिको शिक्षा प्रणाली अनुसार  बालमैत्री अनुकुल वातावरणमा  शिक्षा दिनु पर्ने बताउनु भयो । शिक्षण सिकाइ को उत्कृष्ट प्रविधि मध्य को मन्टेश्वरी प्राविधि द्वारा बालबालिका हरुलाइ शिक्षा दिनु पर्ने भन्दै शिक्षक हरुको विद्यार्थी केन्द्रित विधि द्वारा शिक्षण सिकाइ विधि अपनाइ असल र सीप युत्त शिक्षक निर्माणमा यस कार्यक्रम ले  सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रम मा गण्डकी थापा अधिकारि प्रशिक्षक उत्तम दाहाल ले शुभकामना मन्तव्य राख्नु भयको थियो ।
कार्यक्रम मा करिव ४० जना सहभागी शिक्षक हरुलाइ प्रशिक्षक उत्तम दाहाल र सोनि पौडेल तामाङ ले सहजीकरण गर्नु भयको थियो
कार्यक्रम गल्कोट नगरपालिका वडा न १० का अध्यक्ष तिलक घर्ती मगर को अध्यक्षता चन्द्र कुमारी श्रीस को स्वागत र पाण्डबखानी माध्यमिक विद्यालय का प्रधानध्यापक नर बहादुर सुनार नवीन को सन्चालन मा सम्पन्न भयको थियो ।

पाण्डबखानीमा नेपाली काँग्रेसकाे वडा गत भेटघाट तथा अन्तरक्रिया कार्यक्रम

पाण्डबखानीमा नेपाली काँग्रेसकाे वडा गत भेटघाट तथा अन्तरक्रिया कार्यक्रम
ईश्वर सुवेदी/ सुरेश छन्त्याल
नेपाली काङ्ग्रेस गल्कोट नगर कार्य समिती को वडागत भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गल्कोट नगरपालिका १० पाण्डबखानीमा सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस गल्कोट नगरपालिका को आयोजना मा वडा गत भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गल्कोट नगरपालिका वडा १० पाण्डबखानी मा सम्पन्न भएको छ ।
नपाली काङ्ग्रेस को १४ औ महाधिवेशन पछि पार्टी लाई एक ढिक्का बनाउदै गल्कोट नगरपालिका को नगर समितीले  समग्र पार्टी परिचालन , कार्यकर्ता को विचार,भावना , मर्म अनुरुप आगामी दिन मा पार्टी लाई अगाडी बढाउदै आसन्न निर्वाचन मा पार्टी लाई  विजयी गराउने रणनीति  का साथ  गल्कोट नगरपालिका भरी नै सम्पुर्ण वडा हरुमा  ले वडागत रुपमा संगठन संगठन सुदृढीकरण गर्दै कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सन्चालन गरिरहेको  गल्कोट नगरपालिका का सभापति विरजङ भण्डारी ले जानकारी दिनुभयो  ।

कार्यक्रम मा  नपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सचिब गण्डकी थापा अधिकारी ले नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति ले गरेका निर्णय र संगठन सुदृढीकरणका निर्देशन बारे जानकारी गराउनु भयको थियो । उहाले  अब  हरेक ठाउमा नेपाली काङ्ग्रेस ले नेतृत्व लिनका लागि काङ्ग्रेस जागरण अभियान गरि वडा र टोल समिति सक्रिय भइ काम  गर्नु  पर्ने बताउनु भयो । उहाले आगामी दिन मा पार्टी को बिजय निश्चित गराउनका लागि नेतृत्व कार्यकर्ता को नजिक भै ब्यतिगत स्वार्थ भन्दा माथी हुनु पर्ने समेत बताउनु भयो । यस्तै गरि  मा नेपालि काङ्ग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधि एवम गल्कोट नगरपालिका का नगर प्रमुख भरत शर्मा गैरे ले पार्टी संगठन निर्माण का लागि आफुले  निर्वाचनको वेला गरेका प्रतिबद्धता हरुलाइ महसुस हुने गरि काम गरिराखेको बताउनु भयो ।

उहाले  बाकी बाकी रहेका काम हरु का लागि विभिन्न ठाउँ बाट  प्रयास गरिराखेको र गरिरहने प्रतिबद्धता व्यत्त गर्दै , राजनीतिक आस्था, बिचार ,सिद्धान्त मार्फत हुने भन्दै नेपाली काङ्ग्रेस सङ जोडिन सबैलाई आवहान गर्नु भयो ।
उहाले भन्नू भयो नेपाली काङ्ग्रेस को नेतृत्व बाट नै सबै कुराको निकास अनि बिकास हुने भन्दै लोकतान्त्रिक पार्टी मा सबै एक्यवद्धता हुनुपर्ने बताउनु भयो ।

कार्यक्रम मा नेपाली काङ्ग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधि मन्जेस बम मल्ल , राधिका पुन ,जिल्ला सदस्य हिरा काउचा, राम प्रसाद बि क प्रदेस क का सभापति तिलक घर्ती मगर  नेपालि काङ्ग्रेस क्षेत्रीय सचीव नारायण ध्वज मल्ल, गल्कोट नगरपालिका वडा न १० का अध्यक्ष भत्त बहादुर घर्ती, क्षेत्रीय सदस्य ज्ञान बहादुर श्रीस नेपाली काङ्ग्रेस गल्कोट नगरपालिका १० का सचिब कमल श्रीस पुर्व गा बि स सभापति याम बहादुर काउचा ,अर्चना श्रीस लगायत ले कार्यक्रम को बारेमा बोल्नु भयको थियो । नेपाली काङ्ग्रेस गल्कोट नगरपालिका का सभापति विरजङ भण्डारी को अध्यक्षता उप सभापति यज्ञप्रसाद सापकोटा  को स्वागत र सचिब लोकनाथ कडेल को सन्चालन मा सम्पन्न भयको थियो ।

Tuesday, January 4, 2022

#_साच्चि_भन्या

#_साच्चि_भन्या

खोक्दा–खोक्दा बाँसको टुप्पोझैँ हल्लिएको
मेरो दाँत पनि निको भयो तर
खोकी अझै निको भएन ।।

महिनौँ हुन लाग्यो ननुहाएको
टाउको पनि चिलाउन छोड्यो तर
खोकी अझै निको भएन ।।

कत्ति पनि तताएको पानी मन नपर्ने मलाई
त्यो पनि असाध्यै मिठो लाग्न थाल्यो तर
खोकी अझै निको भएन ।।

लगातारको खोकीले बल परेर होला
पेटमा six प्याक बनि सक्यो तर
खोकी अझै निको भएन ।।

हिमचुलीमा चुलिएको हिउँजस्तै मेरो ज्वरो
१०२ डिग्रिको तापक्रममा चुलीएको पनि निको भयो तर
खोकी अझै निको भएन ।।

अर्गानिक तिन पानेका बोटलहरु कति रित्तिए तर
खोकी अझै निको भएन ।।

तिन टाईम खानु भनि दिएको औषधी फेरी
थप्ने बेला भयो तर
खोकी अझै निको भएन ।।

चेकअप गराएको हस्पितलबाट
रिपोर्ट पनि सबै ठिक आईसक्यो तर
खोकी अझै निको भएन ।।

सायद यसैलाई भन्छ कोरोना ।।। 

Sunday, January 2, 2022

नेपाल मगर संघको तयारी बैठक सम्पन्न भएको छ

नेपाल मगर संघको तयारी बैठक सम्पन्न भएको छ
नेपाल मगर संघ केन्द्रिय समितिकाे बैठक सम्पन्न छ । समितिद्वारा यश वर्ष पनि मगरहरुको महान सांस्कृतिक चाड माघे संक्रान्ती पर्व टुडिखेलमा यहि माघ १ गते मनाउने भएको छ । उक्त कार्यक्रम आयोजना गर्नका लागि आज तयारी बैठक समेत सम्पन्न भएको छ ।  कार्यक्रममा केन्द्रिय समितिका सम्पुर्ण पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु, सम्पुर्ण भातृ सस्थाका अध्यक्षहरु, प्रदेश समिति, जिल्ला अध्यक्षहरु आवद्ध संस्थाका अध्यक्षहरु लगायतकाे उपस्तिथित रहेकाे थियाे । 
नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नवीन रोका मगरले औपचारिक कार्यक्रमको अध्यक्षता गर्नु भएको थियोे, भने कार्यक्रमकाे संचालन संघका महासचिव ज्ञानेन्द्र पुन मगरले गरेका थिए । मगर संघका भातृ संस्थाका अध्यक्ष तथा पदाधिकारीहरु तथा प्रतिनिधिहरुको उपस्थितमा मगरहरुको सांस्कृतिक पर्व माघे संक्रान्ती भब्य र सभ्य रूपमा सम्पन्न गर्ने संघले व्यापक छलफल गरेकाे साथै मगर समुदायमा रहेकाे विभिन्न अर्गानिक खानाका प्रकार,  आफ्नै भेषभुषा, भाषा, सांस्कृतिक परम्परागत अनुसार माैलिक नाच गान प्रस्तुति संगै चेलीलाई पुज्ने कार्यक्रम र विभिन्न स्थलहरुमा मगर खानाका प्रकारहरु राख्ने नेपाल मगर युवा संघका केन्द्रिय उपाध्यक्ष गगन पुन मगरले जानकारी गराए । त्यस्तै मगर समुदायको सांस्कृतिक पर्व माघे संक्रान्ती सफलता पुर्बक सप्पन्न गर्ने आजको बैठकले संघले आपनो भातृ संगठन विभिन्न जिम्मेवारी बाड् फाद गरेको छ ।
केन्द्रीय स्तरकाे कार्यक्रम काठमाडौंकाे टुडिखेलमा गर्ने भएको छ । मगर उत्थान समाज गंगबु काठमाडौका अध्यक्ष चन्द्र बहादुर थापा मगरको संयोजकत्व मगर झाकी र र्यालि ब्यबस्थापन साथै भृकुटीमण्डपमा देखि र्यालि सुरु भै टुडिखेल एक राउन परिक्रमा गरि कार्यक्रम स्थलमा प्रवेश गर्ने छ ।