Monday, August 28, 2023

'कन्फ्यूज्ड'

'कन्फ्यूज्ड'

फूल दियो; भूल हुने 
मुटु दियो; घाउ हुने 
माया दियो; निठूरी हुने 
सम्मान दियो; 'राजा' ठान्ने 
समर्थन गर्‍यो ; 'भगवान्' बन्ने
नमस्कार गर्‍यो; 'जय नेपाल' 'ले' भन्ने,
अभिबादनले नहुने; 'लाल अभिबादन' चाहिने 

गुण दियो; गुणै हराउने,
सुन दियो; सुनै पचाउने ,
मत दियो; मान खोज्ने ,
मन दियो; जीवन लुट्ने ;
खै !
मेरो 'लात्ति' चिलाएको हो 
वा 
निठूरी, बा, दाई, राजा, भगवानहरूको
'नाक' चिलाएको  -  थाहै नहुने । 

लेखक :- याम बुढा मगर
गलकाेे नगरपालिका १० पाण्डबखानी, बागलुङ 

Sunday, August 6, 2023

पाण्डबखानीमा २०७९/८० काे वार्षिक प्रतिवेदन सार्वजनिक ।सुरेश छन्त्याल/ गलकाेट

सुरेश छन्त्याल/ गलकाेट

गलकाेट नगरपालिका १० पाण्डबखानीकाे वडा कार्यालयमा २०७९/८० काे वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ ।

वडा अध्यक्ष भक्तबहादुर काउचाकाे अध्यक्षतामा सिफारिस,पञ्जिकरण, एकीकृत सम्पधी तथा भुमिकरणबाट संकलन भएको नाै लाख पन्ध्र हजार एक सय उन्पचास दशमलबकाे प्रगति प्रतिवेदन सहित वडा कार्यालयबाट प्रवाह हुने नियमित तथा प्रशासनिक प्रतिवेदन वडा सचिव ठाकुर तिमिल्सिनाले प्रस्तुत गर्नु भएको थियाे। त्यस्तै पशु सेवा केन्द्र पाण्डबखानीका प्रमुख शिब आचार्यले वार्षिक भरि गरिएको कार्यकाे विवरण पेस गरि हालै फैलिएको लम्पि स्किन भारसकाे बारेमा जानकारी गराउनु भएको थियाे।
त्यस्तै वडा अध्यक्ष काउचाले तीनै तहकाे सरकारबाट वडा भित्र विकास बजेट ३ कराेड ६५ लाखकाे कार्यनयन भएको जानकारी दिनुभयो । कार्यक्रममा सबै राजनीतिक दलका प्रतिनिधि, टाेल विकास संस्था, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुकाे सहभागीता संगै आफ्-आफ्नु समस्या र धारणा व्यक्त गरेका थिए। 

Saturday, August 5, 2023

पाण्डबखानीमा काँग्रेसकाे प्रथम वडा सम्मेलन सम्पन्न ।

सुरेश छन्त्याल

गलकाेट नरपालिका १० पाण्डबखानीमा नेपाली काँग्रेसकाे प्रथम वडा सम्मेलन सम्पन्न भएको छ।
नेपाली काँग्रेस वडा कार्य समिति पाण्डबखानीकाे आयाेजनामा भएको सम्मेलनमा राजनीतिक प्रधिवेदन, आर्थिक , आगामी कार्य याेजना सम्बन्धि छलफल गरिएको थियाे । सभापति भक्तबहादुर काउचाकाे सभापतित्याे
महाधिवेशन प्रतिनिधि राधिका पुनकाे प्रमुख आथितित्यमा भएको सम्मेलनमा क्रियासिल, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, शिक्षक संघ, भातृ संघ लगाएतकाे सहभागीता रहेकाे थियाे। काँग्रेसलाई जाेगाइ राख्न नियमित छलफल गरि पार्टीलाई बलियाे बनाउन क्रियासिल,भुतपुर्व शैनिक संघ, भातृ संघ, शिक्षक संघकाे सहकार्य भयाे भने पार्टी बलियाे हुने प्रदेश सभापति तिलक घर्तिले बताउनु भएकाे थियाे। भने कार्यक्रमकाे संचालन कार्यवाहक सभापति दिप घर्तिले गर्नु भएको थियाे।

Tuesday, August 1, 2023

साच्चिनै सतिको श्राप लागेको यो देश , अरुको के कुरा

साच्चिनै सतिको श्राप लागेको यो देश , अरुको के कुरा 
गजल                                                        
सुरक्षाकर्मिको त रक्षा भएन यो देश, अरुको के कुरा        साच्चिनै सतिको श्राप लागेको यो देश , अरुको के कुरा      
दिनैपिच्छे घट्छ काण्डै काण्ड यहाँ उखरमाउलो बढिभो
सहकारी,बैँक,सुन पसल ठगि केश, अरुको के कुरा                   
हत्या हिंसा चोरि डकैती अपराध दिनहुं लौन अतिभो       प्राणै लिन्छन दानव जस्तै सानै कुरा फेर, अरुको के कुरा

शिक्षित सबै युवाशक्ति बिदेश तिर लौ गनौ त कति भो 
बृद्द धनेश अझै खोप्दैछ रुख हेर, अरुको के कुरा                           
जुन योगि आएनि चिरेकै कान   हाम्रो देशको पतिभो        उच्च पदस्थ थाहा छैन पत्यार तेर अरुको के कुरा।

इन्दिरा बुढा कँवर
ढोरपाटन नपा -१ बुर्तिबाङ बाग्लुङ्।

Monday, March 13, 2023

लामो समय पछि वर्षा, कृषकहरु खुसि ।

लामो समय पछि वर्षा, कृषकहरु खुसि ।
सुरेश छन्त्याल/ गलकोट 
लामो समय पछि पाण्डबखानी लगाएत विभिन्न स्थानहरुमा चट्टाङचुटुङ सहित पानी परेको छ ।
पानी परेपछि सबै कृषकहरु खुसि भएका छन् ।
लामो समयसम्म पानी नपर्दा कृषकहरु दुखित हुदै यसपटक पानी नपर्ने हो कि भन्ने चिन्ता लागेको थियो, आज पानी परेको छ, हामि सबै कृषकहरु खुसि छौं ।  एक कृषक उमङ्ग हुदै भोलिदेखि हामि मकैं छर्छौ ।
मकै छर्नका लागि एक महिना अगाडी नै बाजो मारि सकेका छौ, मात्र हामि पानीको प्रतिक्षामा थियौ। आज हाम्रो पुकार सुनेझै गरि पानी पर्दा हामि निकै खुसि छौं एक कृषक हिरा गलामिले बताउनु भयो ।