Monday, August 28, 2023

'कन्फ्यूज्ड'

'कन्फ्यूज्ड'

फूल दियो; भूल हुने 
मुटु दियो; घाउ हुने 
माया दियो; निठूरी हुने 
सम्मान दियो; 'राजा' ठान्ने 
समर्थन गर्‍यो ; 'भगवान्' बन्ने
नमस्कार गर्‍यो; 'जय नेपाल' 'ले' भन्ने,
अभिबादनले नहुने; 'लाल अभिबादन' चाहिने 

गुण दियो; गुणै हराउने,
सुन दियो; सुनै पचाउने ,
मत दियो; मान खोज्ने ,
मन दियो; जीवन लुट्ने ;
खै !
मेरो 'लात्ति' चिलाएको हो 
वा 
निठूरी, बा, दाई, राजा, भगवानहरूको
'नाक' चिलाएको  -  थाहै नहुने । 

लेखक :- याम बुढा मगर
गलकाेे नगरपालिका १० पाण्डबखानी, बागलुङ 

No comments:

Post a Comment