Sunday, August 6, 2023

पाण्डबखानीमा २०७९/८० काे वार्षिक प्रतिवेदन सार्वजनिक ।सुरेश छन्त्याल/ गलकाेट

सुरेश छन्त्याल/ गलकाेट

गलकाेट नगरपालिका १० पाण्डबखानीकाे वडा कार्यालयमा २०७९/८० काे वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ ।

वडा अध्यक्ष भक्तबहादुर काउचाकाे अध्यक्षतामा सिफारिस,पञ्जिकरण, एकीकृत सम्पधी तथा भुमिकरणबाट संकलन भएको नाै लाख पन्ध्र हजार एक सय उन्पचास दशमलबकाे प्रगति प्रतिवेदन सहित वडा कार्यालयबाट प्रवाह हुने नियमित तथा प्रशासनिक प्रतिवेदन वडा सचिव ठाकुर तिमिल्सिनाले प्रस्तुत गर्नु भएको थियाे। त्यस्तै पशु सेवा केन्द्र पाण्डबखानीका प्रमुख शिब आचार्यले वार्षिक भरि गरिएको कार्यकाे विवरण पेस गरि हालै फैलिएको लम्पि स्किन भारसकाे बारेमा जानकारी गराउनु भएको थियाे।
त्यस्तै वडा अध्यक्ष काउचाले तीनै तहकाे सरकारबाट वडा भित्र विकास बजेट ३ कराेड ६५ लाखकाे कार्यनयन भएको जानकारी दिनुभयो । कार्यक्रममा सबै राजनीतिक दलका प्रतिनिधि, टाेल विकास संस्था, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुकाे सहभागीता संगै आफ्-आफ्नु समस्या र धारणा व्यक्त गरेका थिए। 

No comments:

Post a Comment