Monday, September 26, 2016

राजेन्द्र छन्त्याल सम्मानित

बागलुङ पाण्डबखानीमा जन्मनुभै अहिले हाल युकेमा कार्यक्षेत्र बनाउनुभएका राजेन्द्र छन्त्याल कालिका स्पोर्ट्स युथ क्लबलाई आर्थिक क्षेत्रमा अतुलनीय योगदान दिनुभएको यस क्लबका सकृय सदस्य श्री राजेन्द्र छन्त्याललाई  पाण्डवखानी गाविसका बरीष्ठ समाजसेवी श्री मानसिंह छन्त्याल र सुश्री राधिका पून बाट सम्मान पत्र र दोसल्ला ग्रहण गर्दै।

Sunday, September 25, 2016

गायक पूर्ण परियार एक सरल अनि असल व्यक्ती हुन् । भनिन्छ मानिसको स्वाभावले नै उसको परिचय दिन्छ । सकरात्मक सोच अनि कुशल विचार भएका परियार लम्जुङ्गमा जन्मेर अष्ट्रेलियालाई कर्मथलो बनाईरहेका छन् ।  – गायक पूर्ण परियार बाबा जित बहादुर परियार र आमा

बाबा जित बहादुर परियार र आमा अतिरुपा परियारको कोखबाट जन्मिएका परियार सानै देखि गीतसङ्गीतमा रुची राख्थे । कतै मादल बज्यो कि गएर गाइदिहाल्ने ।

उसो त घरमा बुबा र दाईले पनि कुनै कार्यक्रम सहभागी भई बाजा बजाउँदा त्यही बाजाको तालमा आफू पनि रमाउने परियार अहिले विगत १ दशक देखि अष्ट्रेलिया बस्दै आईरहेका छन् ।

सामाजिक सेवामा पनि उत्तिकै तल्लिन यी गायक अन्तराष्ट्रिय नेपाली कलाकार समाज क्विन्सल्याण्डको महासचिव समेत हुन् ।

यस्तै बुन्डोल लाईन्स क्लवको कोषाध्यक्ष समेत रहेका पूर्णले अष्ट्रेलियामा स्विमिङ्ग क्लास लिने गर्छन् ।

सानै देखि गीतहरु गाउन निकै सौखिन गायक पूर्णले यसअघि ‘ढाँटी ढाँटी’ (२०७१) बजारमा ल्याएका थिए ।

सोही गीतको सफलता स्वरुप अहिले पुनः अर्को गीत एकनारायण भण्डारीको शब्द र आफ्नै लयमा देवि घर्तीको आवाजको सहकार्यले ‘बुट्टे चोली’ बजारमा पस्केका छन् ।

जस्को अडियो भिडियो सार्वजनिक भैसकेको छ । उनको नयाँ गीतले अहिले युट्यबमा राम्रो सफलता पाईरहेको छ ।

हेरौं परियारकाे केही समयअघि मात्रै सार्वजनिक भएकाे ‘बुट्टे चाेली’ गीतः

Saturday, September 17, 2016

कस्तो हो?यो माया भन्ने चिज।

पहिले फोन्मा कुरा हुन्थ्यो फेस्बुकमा देखे।
देखन साथ तिम्रो नाम रिर्दयमा लेखे।
यो मायाँ को चिजै यसतो थाहै न पाई बस्दो रैछ।
बिचरा यो निर्दोस मन कता कता फस्दो रैछ।
मान्छे हुन्छ मन हुन्छ मन्मा पनि मायाँ हुने।
यहि मायाँ ताधा हुदा सम्झिएर अझै रुने।
झर्छ आसु पोल्छ छाति कस्लाइ यहाँ दुख्यो भन्ने।
मायाँको यो थुलो नदि कसरिम सुक्यो भन्ने।

कस्तो हो यो माया भन्ने चिज

पहिले फोन्मा कुरा हुन्थ्यो फेस्बुकमा देखे।
देखन साथ तिम्रो नाम रिर्दयमा लेखे।
यो मायाँ को चिजै यसतो थाहै न पाई बस्दो रैछ।
बिचरा यो निर्दोस मन कता कता फस्दो रैछ।
मान्छे हुन्छ मन हुन्छ मन्मा पनि मायाँ हुने।
यहि मायाँ ताधा हुदा सम्झिएर अझै रुने।
झर्छ आसु पोल्छ छाति कस्लाइ यहाँ दुख्यो भन्ने।
मायाँको यो थुलो नदि कसरिम सुक्यो भन्ने।

Wednesday, September 14, 2016

महिला संघ आदिवासी जनजाती कोटामा रेणुका काउचा उम्मेद्वार सुरेश छन्त्याल

नेपाली काँग्रेसको आदिवासी जनजाती फाँटमा चर्चित विद्यार्थी नेतृ रहिसकेकी रेणुका काउचा मगर महिला संघमा प्रत्यासी बन्ने भएकी छन्। नेपाल विद्यार्थी संघमा लामो राजनीति गरेकी रेणुका अब भने महिला संघको केन्द्रीय राजनीतिमा लागेकी छन्। महिला संघको तेस्रो महाधिवेशनमा उनले आदिवासी जनजाती केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन्। 
विद्यार्थी नेतृत्व तहमा पुगेकी थोरै प्रभावशालीहरुमा नाम आउने रेनुका सरस्वती क्याम्पसमा स्ववियू कोषाध्यक्ष बनेकी थिएन। काउचा नेपाली काँग्रेस पार्टीको महाधिवेशन प्रतिनिधि समेत बनिसकेकी छिन्। 
काउचा नेपाल मगर विद्यार्थी संघको केन्द्रीय अध्यक्ष समेत रहेकीछन्। समानुपातिक संसदको उमेद्वार समेत भएकी उनले आदिवासी जनजाती र यूवा महिलाहरुको मुद्दा महिला संघमा स्थापित गराउनको लागि आफूले उम्मेदवारी दिएको बताउँछिन्।
काउचा बागलुङ रिघामा जन्मेका हुन्
नेपाली काँग्रेस र महिला आन्दोलन नामक पुस्तकको सहलेखक समेत रहेकी काउचा सिर्जनशिल र वौद्धिक यूवा नेतृका रुपमा पनि चिनिन्छिन।

Tuesday, September 13, 2016

निफ अवार्ड जित्न सफल "सोरठी" युट्युबमा

निफ अवार्ड जित्न सफल "सोरठी" युट्युबमा
सुरेश छन्त्याल /पाण्डबखानी
हिमाल पुन द्वारा निर्देशित वृत्तित्र 'सोरठी हालै युट्युबमा सार्बजनिक भएको छ । यो वृत्तित्र धौलागिरी र गण्डकी क्षेत्रमा बसोबास गर्ने मगर र गुरुङ जातीमा प्रख्यात छ । यो वृत्तित्र सोरठी रानीको कथा बोकेको गिती नाचमा आधारित छ।
दशैको काल रात्रीबाट सुरु भई मंसिर महिनाको पुर्णिमामा समापन हुने सोरठी नाच हाल पाल्पा को बल्ड्याङ गदिका मगर राजा जयसिङ र उनकी छोरी सोरठी को जीवनमा घटेको घटनाको बारेमा बर्णन गरिएको छ । यो कथालाई बलिहाङ राजाले दाजु राजा जयसिङ को सम्झना मा बिशेष गरि तिहारको अवसरमा आफ्नो राज्य मा गाउन उर्दि गरेको पाईन्छ । त्यस समय यता यो नाच ठुलो समुहमा नाच्ने गरिन्छ । ठुलो समुहमा नाचिने भएकोले ठुलो नाच पनि भन्ने चलन छ।
सोरठी वृत्तित्र के निफ अर्थात नेपाल ईन्टरनेसनल ईन्डिजिनियस फिल्म फेस्टीबल सन २०१३ मा सेकेण्ड रनर अफ अवार्ड पाउने सफल भएको थियो । यो अवार्ड ईन्डिजिनियस फिल्म अर्काईभले हरेक बर्षे आयोजना गर्ने गर्दछ ।यससंगै टिईटिभी टईवानमा पनि छनोट हुन सफल भएको थियो ।
ब्ल्याक रोज फिल्मस्को प्रस्तुतिमा बनेको सोरठी मा शशिराम काउचा मगर र निरज पुनलाई फिचरिङ गरिएको छ ।वृत्तचित्रमा सोरठी नाच तथा नाचमा प्रयोग गरिने सांगितिक बाजासंगको अन्तर्वातामा समेटिएको छ ।यो भिडियो पाण्डबखानीमै सुटिङ गरियो थियो।

Thursday, September 8, 2016

गायक पुर्ण परिवार देवि घर्तीको आवाजमा नया गित बजारमा

लोकगायक पूर्ण परियारको "बुट्टे चोली "मा शंकर बिसी र पार्वती राइको प्रेमलीला (हेर्नुहोस भिडियो )
सन्तोष बस्याल ,भाद्र २२

गायक पुर्ण परियार एक सरल अनि असल व्याक्ती हुन । भनिन्छ मानिसको स्वाभावले नै उसको परिचय दिन्छ । सकरात्मक सोच अनि कुशल विचार भएका परियार लम्जुङ्गमा जन्मेर अष्ट्रेलियालाई कर्मथलो बनाईरहेका छन । बाबा जित ब.परियार र आमा अतिरुपा परियारका सुपुत्रको रुपमा जन्मलिएका परियार सानै देखि गीतसङ्गीत मा रुचि राख्थे । कतै मादल बज्यो कि गएर गाइदिहाल्ने । उसो त घरमा बुबा र दाईले पनि कुनै कार्यक्रम सहभागी भई बाजा बजाउदा त्यही बाजाको तालमा आफू पनि रमाउने परियार अहिले विगत १ दशक देखि अष्ट्रेलिया बस्दै आईरहेका छन ।। सामाजिक सेवामा पनि उतिक्कै तल्लिन यी गायक अन्तरास्ट्रिय नेपाली कलाकार समाज क्विन्सल्याण्डको महासचिव समेत हुन । यस्तै बुन्डोल लाईन्स क्लबको कोषाध्यक्ष समेत रहेका पुर्णले अष्ट्रेलियामा स्विमिङ्ग क्लास लिने गर्छन ।।

सानै देखि गीतहरु गाउन निकै सौखिन गायक पुर्णले "ढाटी ढाटी " (२०७१ ) बजारमा आज भन्दा करिब डेढ वर्ष पहिले ल्याएका थिए । उक्त गीतको सफलता स्वरुप अहिले पुन अर्को गीत एकनारायण भण्डारीको शब्द र आफ्नै लयमा देवि घर्तीको आवाजको सहकार्यले " बुट्टे चोली " बजारमा पस्केका छन । जस्को अडियो भिडियो सार्वजनिक गरिसकिएको छ । ५  दिन अघि मात्र युटियुब मार्फत बजारमा सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोलाई ८२००० ले हेरीसकेका छन फल्स्वरुप छोटो समयमा  राम्रो सफलता पाईरहेको छ उक्त गीतले ।

नेपाली नारिको पहिरन मध्यको एक पहिरन "बुट्टे चोली " जस्ले नेपाली सस्कृतीको उत्थान गर्छ । हो यसै शब्दलाई शब्दकोष बाट टपक्क टिपेर एउटी नेपाली नारिको बुट्टे चोलीको अवतारलाई प्रस्तुत गरिएको गीतमा चर्चित निर्देशक शंकर बिसिले लोकदोहोरी क्षेत्रकि क्विन मोडल पार्वती राईलाई बुट्टे चोलीको पहिरनमा ढपक्क ढाकीदिएका छन । यति मात्र कहाँ होर अझ शंकरले त पार्वती राईको बुट्टे चोली सहितको अवतारमा छेडछाड समेत गरेका छन ।  हेर्नूहोस शंकर बिसि र पार्वती राई बिचको बुट्टे चोली सहितको प्रेमलिला ।
New Nepali Lok Dohori 2073/2016 | Fulbutte Choli - Devi Gharti & Purna Pariyar | Sitara Music
youtube.com