सबै जातजातिले आ-आफनै परम्पराले मनाउने एउटै पर्व ‘माघे सक्रान्ति
सुरेश छन्त्याल
२०७३माघ१शनिबार
नेपालको समस्त भूभागमा बसोवास गर्ने क्षेत्री, ब्राह्मण, मगर, छन्त्याल, नेवार, राई, लिम्बु, थारु लगायत सबै जातजातिले आआफनै परम्परा र सस्कृति अनुसार अति महत्वका साथ मनाउने एउटै पर्व हो माघे सक्रान्ति । आज माघ महिनाको पहिलो दिन अर्थात माघे सक्रान्तिलाई मकर सक्रान्ति माघी आदि नामले पुकारिने गरिन्छ ।ज्योतिष शास्त्रका अनुसार माघे सक्रान्तिका दिन देखी सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले यसलाई मकर सक्रान्ति भनिएको हो । धार्मिक दृष्टिले महत्वपूर्ण मानिने यस दिन पवित्र नदी नालाहरुमा स्नान गरी पूजा पाठ गरेर घिउ, तरुल, गुँड, तीलको लड्डू खाएर मनाईन्छ ।कालीगण्डकी नदीमा स्नान गरी हृषिकेशको दर्शन गर्दा चार धाम गए बराबरको पुण्य प्राप्त हुन्छ भन्ने विश्वासले पनि पश्चिम नेपालको चितवनको देवघाट , नवलपरासीको त्रिवेणी, गुल्मीको रिडी, म्याग्दी, बागलुङ र पर्वतका कालीगण्डकी तटीय धार्मिक स्थलहरुमा स्नान गर्ने र मेला भर्नेहरुको बिहान सवेरै देखी ठुलो भीड लागेको छ ।अवसरमा म्याग्दीको सदरमुकाम वेनीबजारमा मगर तथा छन्त्याल समुदायले आआफनै ढंगले विभिन्न झाँकी सहितको जुलुसले नगर परिक्रमा गरेर उत्साहपूर्वक माघे सक्रान्ति पर्व मनाउछन् । मगर समुदायको बाहुल्यता रहेको म्याग्दीमा माघे सक्रान्ति पर्व निकै दर्शनीय मानिन्छ । माघे सक्रान्तिको महत्वलाई मध्यनजर गरी माग्दी उद्योग व्यापार संघको महिला विभागले वर्षेनि भव्य मेलाको आयोजना गर्दै आएको छ । हिँजो शुक्रवार नै सांसद नरदेवी पुनले वेनी बजार स्थित वीरेन्द्र चोकमा आयोजित एक कार्यक्रमका वीच माघे सक्रान्ति मेलाको उद्घाटन गरेकी छिन् ।बागलुङ, गुल्मी, पर्वत जिल्लाहरुका विभिन्न क्षेत्रहरुमा बसोवास गर्ने मगर र छन्त्याल समुदायले घिउ तरुल तील गुँड खाने भन्दा पनि जातिय संस्कृति झल्किने कार्यक्रमहरु गरी वार्षिकोत्सवको रुपमा माघे सक्रान्ति मनाई रहेका छन् ।उता थारु समुदायमा यसलाई माघी भनिन्छ । यस दिन थारु समुदायले मासको दाल र चामल मिसाइएको खिचडी (माघी) खाने चलन छ।
Friday, January 13, 2017
सम्पूर्णमा माघे सक्रान्तिकाे शुभकामना
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment