Thursday, January 19, 2017

द्वन्द पिडित बालबालिकाहरुलाई युएईबाट दीक्षा कुँवरको सहयोग

धरानमा जन्मेर, हुर्केर र  अध्ययन सकेर  बैदेशिक रोजगारीको  सिलसिलामा ७ बर्ष अघि युएई पुगेर क्लिनिङ्  र सेक्युरिटी गार्ड सप्लाई  सम्बन्धि  युएइमा आफ्नै ब्यापार शुरु गरेका ३२ बर्षे  सफल ब्यापारी तथा समाजसेवी दिक्षा कुँवरले युएईबाट राजधानीको मनमैजु  स्थित  एकिकृत सृन्जन्शील समाज नेपाल सस्थाका बाल बालिका प्रमुख जुनु पुन मगरलाई द्वन्द पिडित बालबालिकाहरुको सहयोगको लागि २० बोरा चामल बराबरको ३५००० रकम उपलब्ध गराउनु भएको छ समाजसेवी तथा अभियन्ता  जुनु पुन मगरको व्यक्तिगत पहल, आफन्त, नातेदार, बैदेशिक रोजगारीमा जाने दाजु भाइ दिदिबैनिहरु र स्थानीय संघ सस्थाहरुको सहयोगमा २०७१ साल देखि माओबादी द्वन्द, मह भुकम्प र मधेस जन आन्दोलनमा परि बा-आमा गुमाएका रोल्पा, रुकुम, मुगु, कालिकोट, धादिङ्, चितवान, रामेछाप र मोरंङ्ग गरि ८ वटा जिल्लाका ३२ जना बाल बालिकाहरुलाई बस्ने, खाने, लाउने र शिक्षा दिने ब्यबस्था गर्दै आएका छन्
एकिकृत सृन्जन्शील समाज नेपाल सस्था र यी बाल बालिकाहरुको अबस्था बारे काठमाडौँबाट रास्ट्रीय पर्यटन पत्रकार संघ (नाटोज) का केन्द्रिय सल्लाहकार, समाजसेवी तथा पर्यटन ब्यबसायी छेटुप तामाङ्ले  युएइमा समाजसेवी दीक्षा कुँवरलाई जानकारी दिनु भएको थियो र सहकार्य गर्नु भएको थियो समाजसेवी तथा अभियन्ता  जुनु पुन मगरले भन्नु भयो - " यी बाल बालिकाहरुले राजनीतिक  द्वन्दको कारण बा-आमाहरु  गुमाउनु परेको छ / राज्य निरिह बनेको अबस्था छ, कहिल्यै  गम्भीर भएन / यस्तो बाल बालिकाहरुको सवालमा राजनीतिक दलहरु पनि  गैर-जिम्मेवार छन् / अहिले सम्म राज्यबाट र  कुनै पनि  अन्तरास्ट्रिय संघ सस्थाबाट  सहयोग प्राप्त  भाको छैन।

No comments:

Post a Comment