Thursday, January 19, 2017

जुना श्रीसको अर्को सुपरहिट कौराह गीत "सरर हावा सरर" बजारमा !

जुना श्रीसको अर्को सुपरहिट कौराह गीत "सरर हावा सरर" बजारमा !
अहिलेकी चर्चित तथा व्यस्त लोक तथा दोहोरी गायिकाको सुचीमा पर्न सफल जुना श्रीस मगरको जन्म बाग्लुङ जिल्ला रिघा गाविसमा सामान्य परिवारमा बाबा बिर बहादुर र आमा जसिन्ता श्रीस को कोख बाट भयो । उहाँको सानैदेखी गित गाउने कला र रुची थियो तर पनि त्यो वेला भविस्यमा यती चर्चित र यही पेसा अंगाल्छु भन्ने कुरा चाँही उहाँ सोच्नु हुन्थेन । २०५८ सालमा एस एल सी गरेपछी केही सिप सिक्ने र स्वरोजगार बन्ने सपना बोकेर बाग्लुङ सदरमुकाम आउनु भयो । सदरमुकाम छिरेपछी भने उहाँको सपना फेरियो । जुनाले किन रुन्छौ ए न्याउली,आजमाया मसङ्ग तरक तरक छ, मनमा गहिरो घाउ छ के गरु, वारि घुम्टे पारी गाजा, यानिमायाको पन्चेबाजा, बाग्लुङको बजार सालैजो, यो मन किन रुन्थ्यो, दङ खाएको छु जस्ता थुप्रै गीतहरु गाएर अहिले सम्म ५०० भन्दा बढी गीतहरुमा आफ्नो सुमधुर स्वर भरिसक्नु भएको छ । र उहाँ बाग्लुङको कोईली उपनामले पनि परिचित हुनुहुन्छ । अहिले फेरी मगर्स क्रियशन कम्पनीको म्युजिक प्रोडक्सन हाउसले जुना श्रीस कै अर्को एकदमै नयाँ खालको कौराह गीत “सरर हावा सरर…” बजारमा ल्याएको छ । सर्जक सि.पी. मगर को शब्द/संगीत रहेको यस गीतमा जुनालाई बरिष्ठ/चर्चित लोक गायक श्री खड्ग गर्बुजाले साथ् दिनु भएको छ । चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा निर्मित यस गीतको म्युजिक भिडियोलाई अजय रेग्मीले छायांकन गर्नु भएको छ भने बिष्णु शर्माले सम्पादन गर्नु भएको छ । यस गीतमा बेलायत बस्दै आउनु भएकी सबिता राना मगर (नाना) ले अभिनय गर्नु भएको छ ।
https://youtu.be/R7IhVoQWmHM

No comments:

Post a Comment