Sunday, May 31, 2020

सन्तोष भन्दा ठूलो सुख केही छैन

सन्तोष भन्दा ठूलो सुख केही छैन

बागलुङ,१८ जेठ
सुरेश छन्त्याल 

Friday, May 29, 2020

अब गाउँ ( गाउँ चुनौती हुन्छ ।

अब गाउँ ( गाउँ चुनौती हुन्छ ।
गलकोट,१६ जेठ
सुरेश छन्त्याल
विश्व माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (covid -19 ) चिनको वुवान प्रान्तबाट फैलिरहेको भाइरसले हाल विश्व नै आक्रान्त भएको अवस्थामा आज गलकोट नगरपालिका १० पाण्डबखानीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ईन्डिया तथा पाण्डबखानी बाहिरबाट आएकाहरुलाइ कसरी कहाँ व्यवस्थापन गर्ने, एकान्त बाँसमा राख्ने भन्ने विषयमा छलफछल भएको थियाे । क्वारेन्टाइन भनेको के हो? कसरी व्यवस्थापन गर्ने , पाण्डबखानीदेखि बाहिर रहेकाकहरुको तथ्यांक विवरण भर्ने, राजनीतिक विचार छुट्टाछुट्टै भएता पनि पुर्खौदेखि मिलेर बसेकाकोले अझैपनि बस्ने छौ, राजनीतिकको आग्रह र पुर्व आग्रह नगरि एकजुट भयौ, भने समस्याको समाधान हुने सहभागी हरुले बताएका थिए । जनप्रतिनिधि,सामाजिककर्ता जिम्मेवारी हुने नगरपालिकाबाट चेक गरि पठाउने गरि नगरपालिकामा माग गरि गाडी आवाज जावाज मा कडाइ गर्ने मुख्य स्थानहरुमा सिल बन्दाबन्दी गर्ने लगाएत निर्णय भएको थियाे ।

Tuesday, May 26, 2020

कोराना कोषमा ४० हजार सहयोग

कोराना कोषमा ४० हजार सहयोग
गलकाेट,१३ जेठ
पाण्डबखानी अनलाइन खबर

गलकोट बचत तथा ऋण सहकारी सस्था लिमिटेड गलकोट नगरपालिका वडा नम्वर ५ ले आज गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेलाई ४० हजार बराबरको चेक हस्तान्तरण गरेको हो ।विश्वभर महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ संभावित सक्रमणको जोखीमलाई न्युनिकरण गर्न सहयोग गर्ने उद्धेश्यले गलकोट नगरपालिकाले कोरोना रोकथाम कोषको रुपमा सञ्चालनमा ल्याएको नगर प्रमुख दैवि प्रकोप राहातकोषमा रकम जम्मा हुने गरि सहयोग प्रदान गरेको सहकारीका सचिव योगेश भण्डारीले जानकारी दिनुभयो ।
बिश्वब्यापी माहामारीको रुपमा फैलिएको कारोना भाईरसको सक्रमंण रोकथाम तथा उपचारका लागि सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगर्त सहयोग गरेको भण्डारीको भनाई छ । उहाँले बिपतको सामना गर्न गलकोटमा रहेका सहकारीहरुलाई उत्साहित गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले उक्त सहयोग रकम नगरप्रमुख दैवि प्रकोप राहात कोेषमा जम्मा हुने बताउदै गलकोट बचत तथा ऋण सहकारीले गरेको सहयोगले कोरोना रोकथाम तथा जोखिम न्यूनिकरणमा सहयोग पुग्ने भन्दै सहयोगदाताप्रति आभार ब्यक्त गर्नुभयो । उहाँँले बिपतको समाना गर्न गलकोट बासी सबैले सहयाग गरि हातेमालो गर्न समेत आग्रह गर्नुभयो ।

Sunday, May 24, 2020

४ वर्ष भइसक्दा पनि पाएनान् कामदारले रकम

गलकोट, ११ जेठ
सुरेश छन्त्याल 
बागलुङको गलकोट नगरपालिका १० पाण्डबखानीमा नव निर्मित स्वास्थ्य चौकीको भवन रविना कन्ड्रसन प्रालिद्धारा निर्माण सम्पन्न भएको ४ वर्ष भईसक्दा पनि अझै सम्म स्थानीय कामदार, व्यापारी, होटेल लगाएत व्यातिmहरुले पैसा पाएको छैनान् ।  २०७३÷१२ गतेदेखि निर्माण सुचारु भएता पनि २०७६÷६÷१६ मा सम्पन्न गरी  कन्ड्रसन प्रालिका व्यवसायिक प्रमुख बसन्त केसीले स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । स्वास्थ मन्त्रालयबाट विनियोजित रु।१ करोड ७७ लाखको रकमबाट नव निर्मित भवन सम्पन्न भएको हो । त्यस्तै कामदारहरुले काम गरेको जेला ४ वर्ष सम्म नपाउदा कामदार, व्यापारी, होटेल लगाएत व्यातिmहरु चिन्तित भएका छन्। पटक पटक माग राख्दा पनि निर्माण समिति, सम्र्पक समिति र अनुगमन समितिले केहि वास्था नगरेको भन्दै आज वडा कार्यालयमा वडा अध्यक्ष समक्ष पुगि विम्रअनुरोध गदै आफ्नो गुनासो राखेका थिए । अनुमानमा करिब ५१÷५३ जना मजदरले रकम पाएका छैनान् यता रविना कन्ड्रसन प्रालिले रकम बसन्त केसीलाइ दिसकेका छौ, भने पनि केसीले मलाइ पैसा दिएको छैना भन्दै भवन निर्माणको जिम्मा पाएका रविना कन्ड्रसन प्रालिका व्यवसायिक प्रमुख बसन्त केसीले अबको ३ महिना भित्र रकम नबुझाएमा जस्तो सुनै कार्वाहि भोक्न तयार हुने र अन्यथा घरजग्गा बेचविखन गरेर भएपनि कामदारको पैसा र्तिर्ने बताएका छन् ।

Friday, May 22, 2020

आपतमा परेका वडा भित्रका नागरीकलाइ उद्घार गर्ने नेपाली काँगेस पाण्डबखानीको निर्णय ।

आपतमा परेका वडा भित्रका नागरीकलाइ उद्घार गर्ने नेपाली काँगेस पाण्डबखानीको निर्णय ।

गलकाेट,९ जेठ
दिप घर्ति

गलकोट नगरपालिका १० पाण्डबखानीमा नेपाली काँगेस गाउँ कार्य समितिको बैठक सम्पन्न भएकाेे छ ।

विश्व माहामारी रुपमा फैलिरहेको कोरोना भाइरस (covid ) मिति २०७७ पौष महिनाबाट चिनको वुवान प्रान्तबाट फैलिरहेको भाइरसले हाल विश्व नै आक्रान्त भएको छ , भने नेपालमा दिनावुदिन बढ्दै गइरहेको छ । यस्तो अवस्थामा देश तथा विदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु साथै बजारमा बस्ने पाण्डबखानीका दाजुभाई तथा दिदीबहिनीहरु सुरक्षित रहन आग्रह गदै पाण्डबखानीमा बसोबास गर्ने सम्पूर्णले लकडाउनको पालना गरी आफु बचौं र हरुलाई पनि बचाऔं भन्ने निर्णय पारीत भएको छ ।

साथमा नेपाली काँगेस गाउँ कार्य समिति पाण्डबखानीले आपतमा परेका यस वडा भित्रका नागरीकलाइ उद्घार गर्ने भएको छ । नेपाली काँगेस गाउँ कार्य समितिको प्रत्येक महिना पहिलो हप्तामा नियमिति छलफल तथा आवश्यक परेमा जुनसुै समयमा पनि बैठक बस्ने लगायत निर्णय भएको छ । नेपाली काँगेस गाउँ कार्य समितिका पार्टी सभापति देउराज पुनको सभापतित्यो, नेपाल प्रेस युनियन जिल्ला समिति बागलुङका सदस्य सुरेश छन्त्यालको विशेष सहभागिता रहेको थियो भने , कार्यक्रमको संचालन नेपाली काँगेस गाउँ कार्य समितिका सचिव दिप घर्तिले गर्नुभएको थियो ।

Wednesday, May 20, 2020

म पत्रकारकी श्रीमती !

म पत्रकारकी श्रीमती !
बागलुङ,७ जेठ
पाण्डबखानी अनलाइन खबर

आज अचानक मेरा आँखा बैठक कोठाको भित्तामा सजिएको हाम्रो बिहेको मालामा टक्क अडियो । सितारा जडित रंगीन हरियो दुबोको मालाभित्र हाम्रो बिहेको कार्डमा, त्यसमा पनि अझै बेहुलाको नामसंगै लेखिएको पत्रकारमा । 

हाम्रो बिहे भएको एक दशक नै भएछ । बिहेको कार्डमा उहाँको नामसंगै पत्रकारको परिचय पनि जोडिएको थियो । दुलाहा पक्षको निमन्त्रणा कार्डमा मैले सुरुमा हाम्रो बिहेको कार्ड पढ्दा मलाई अनौठो  लागेको थियो । केटाको नामसंगै डाक्टर, इन्जिनियर, लेखेको थाहा थियो तर पत्रकार लेखेको न थाहा थियो न त कतै देखेकी नै थिएँ बिहेको कार्डमा । उहाँको आफ्नो बिहेको निमन्त्रणा कार्डमा नामसँगै पत्रकार राख्नु भएको थियो । 

पत्रकार पनि डाक्टर, इन्जिनियर भन्दा कुनै कम सम्मानित पद होइन रहेछ भनेर । पत्रकारिता आफैमा मर्यादित र सम्मानित पेशा, अनि पत्रकार सम्मानित पद रहेछ । आज मलाई पनि कताकता गर्वको महशुस भइरहेको छ पत्रकारकी श्रीमती  हुनुमा । 

आजसम्म कसैले यस्तो लेखेको छ कि छैन त्यो मलाई थाहा छैन । न त्यसअघि देखें न पछाडि नै देख्न पाएकी छु । त्यसैले होला म अचम्म अनि आश्चर्यमा परेको । जुन आज सम्झँदा पनि अझै अचम्म लाग्छ । उहाँ भने आफूलाई पत्रकार भनेर चिनाउन गर्व गर्नुहुन्थ्यो र छाती फुलाउनु हुन्थ्यो । उहाँ आफ्नो पेशाप्रति गौरवान्वित अनुभव गरिरहँदा मलाई भने कताकता अप्ठेरो महशुस भएको थियो त्यतिवेला । पत्रकार भनेर पनि किन लेख्नु पर्या होला लाजमर्दो कुरा ! डाक्टर, इन्जिनियर भए पो लेख्नु त भन्ने कुरा मनमा उथलपुथल भैरह्यो । आज बल्ल महशुस हुँदैछ र गर्दैछु म पत्रकारिता पेशा पनि कुनै पेशा भन्दा कम रहेन छ । पत्रकार पनि डाक्टर, इन्जिनियर भन्दा कुनै कम सम्मानित पद होइन रहेछ भनेर । पत्रकारिता आफैमा मर्यादित र सम्मानित पेशा, अनि पत्रकार सम्मानित पद रहेछ । आज मलाई पनि कताकता गर्वको महशुस भइरहेको छ पत्रकारकी श्रीमती  हुनुमा । 

उहाँले मलाई उतिबेलै भन्नुभाथ्यो बिहेको कार्डमा मैले पत्रकार लेखें भनेर तिमीले अप्ठ्यारो मान्नु पर्ने, लाज मान्नु पर्ने कुनै कुरा नै छैन । डाक्टरले लेख्न हुने, इन्जिनियरले लेख्न हुने, मैले किन नहुने ? मज्जाले हुन्छ किनकि पत्रकार मार्गदर्शक हो । समाजको ऐना हो । सरकार र जनता जोड्ने पुल हो । आवाजविहीनहरुको आवाज हो । राज्यको चौथो अंग हो । यति हो कि मैले पत्रकार र पत्रकारिता पेशा अरु जत्तिकै गर्व गर्न लायक पेशा हो भनेर गर्व गरे र स्थापित गर्न कार्डमा छाप्ने आँट गरे । उहाँ भन्नुहुन्छ कोही फलोअर हुन्छन् त कोही ट्रेण्ड सेटर मैले ट्रेण्ड सेटर बन्ने कोशिस गरेको हो । हामी पत्रकार पनि डाक्टर, इन्जिनियर भन्दा कम छैनौं मुलुकमा योगदान पुर्याउन।

मैले पत्रकार भनेर नराम्रो भन्न खोजेको त होइन। तर बिहेको कार्डमा पत्रकार लेख्दा मलाई चाहिं साच्चिकै नौलो र अप्ठेरो अनुभूति भयो त्यतिबेला । 

हामी पत्रकार सधै देश र जनताको सेवाका लागि अहोरात्र खटिन्छौं, घाम, पानी, भोक, तिर्खा केही नभनी २४ सै घण्टा अर्थात् रात दिन । सूचना संकलनका लागि जहाँ पनि पुगेका छौं र जुनसुकै अवस्थामा पनि जनतालाई निरन्तर सूचना प्रवाह गरिरहेका हुन्छौ । ठूला ठूला प्राकृतिक विपत्ति होस् वा महामारी नै किन नहोस् । अब तिमी आफै भन कसरी पत्रकार र पत्रकारिता सानो हुन सक्छ र लाज मान्नु पर्ने ? ती कुरा आज पनि मेरो मानस्पटलमा ताजै छ । मैले पत्रकार भनेर नराम्रो भन्न खोजेको त होइन। तर बिहेको कार्डमा पत्रकार लेख्दा मलाई चाहिं साच्चिकै नौलो र अप्ठेरो अनुभूति भयो त्यतिबेला । 

तर आज मलाई निकै नै महत्वपूर्ण र जिम्मेवार पेशा रहेछ भन्ने भान भइरहेको छ किनकि अहिले सारा संसार नोभेल कोरोना भाइरस अर्थात् कोभिड १९ को महामारीबाट आक्रान्त छ । मानिसहरु सशंकित र त्रसित बनेका छन् । बिश्वभर नै लकडाउन प्राय छ मानिसहरु घर भित्रै थुनिएर बसेका छन् । यस्तो महामारीको समयमा पनि आफ्नो ज्यानको बाजी लगाएर अहोरात्र आफ्नो जिम्मेवारी र कर्तव्यमा लागिपरेको देख्दा मलाई पत्रकारकी श्रीमती हुनुमा गर्व छ । मेरो श्रीमान् जस्तै हजारौं पत्रकारहरु घरपरिवार,  जहान बच्चा र आफ्नो ज्यान नभनी देश र जनताको सेवाको खातिर सूचना संकलन र सम्प्रेषण गर्नमा तल्लिन छन् । 

आज घरभित्र थुनिएका मानिसहरु खाना खाँदै, खाटमा पल्टिएर होस् वा सोफा तथा कुर्सीमा बसेर चियाको चुस्कीसंगै समाचार हेर्न, पढ्न र सुन्न पाएका छन् । कोभिड १९ संक्रमित कति पुगे ? संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ ?  कोभिड १९ रोकथामका लागि सरकारले के कस्ता पहल र प्रयास गरेको छ ?  कोभिड १९ बारे डाक्टरहरुको सुझाव सल्लाह के छ ? जस्ता आम जनताको जिज्ञासा मेटाउन हरदम लागि रहने पत्रकारकै कारण कोठा भित्रै सुरक्षित रहेर सुसचित हुने अवसर पाएका छन् आममानिसले । विश्वव्यापी महामारी कोभिड १९ बाट बच्न सबै कामकाज छोडेर घरमा नै थुनिएको अवस्थामा कोरोना संक्रमणको जोखिम मोल्दै समाचार सङ्कलन र सम्प्रेषण गर्ने, स्थलगतरुपमा पुगेर सत्य तथ्य जानकारी दिने ति पत्रकार साच्चि कै महान होइन र ? तिनलाई आफ्नो  ज्यानको पर्वाह छैन र ? यो रोग मलाई नै सर्ला भन्ने डर छैन होला र ? तर ती सबै कुरा भुलेर उनीहरु आफ्नो जिम्मेवारी र कर्तव्यमा कहिँ कतै विचलित नभइ अगाडि बढिरहेका छन् । 

डाक्टरले रोगीको उपचार गर्छन् भने पत्रकारले कलम मार्फत् जनताको पीडा लेख्छन् । सरकारलाई खवरदारी गर्छन् ।

हो । त्यसैले आज मलाई पत्रकार पनि महान् रहेछन् भन्ने अनुभूति भएको छ । डाक्टरले रोगीको उपचार गर्छन् भने पत्रकारले कलम मार्फत् जनताको पीडा लेख्छन् । सरकारलाई खवरदारी गर्छन् । जनता र सरकारबीच पुलको काम गर्छन् । सरकारका नीति नियम जनतालाई र जनताका समस्या सरकारलाई जानकारी गराउँछन् । साँच्चै यो सम्मानित र मर्यादित पेशा नै रहेछ । मुखमा माक्स र हातमा पञ्जा लगाएकै भरमा कहाँ कहाँ र कस्तो ठाउँमा जानु पर्छ त्यसको कुनै हरहिसाब नै छैन । 

अहिले नै केही पत्रकार, सुरक्षाकर्मी र चिकित्सक कोभिड १९ बाट संक्रमित भइसकेका छन् अझै अरु कति संक्रमित हुन्छन् यकिन छैन । तथापि  भूकम्प, बाढी, पहिरो, दुर्घटना वा महामारी जेसुकै किन नहोस् अग्रपंतिमा रहेर सही सूचना संकलन र संम्प्रेषण गर्न कहिल्यै चुक्दैनन् पत्रकार । चौबीसै घण्टा सचेत, जागरुक र चनाखो हुने यस्ता पत्रकारका कलमलाई जोकोहीले सम्मान गर्नैपर्छ । जटिल भन्दा जटिल परिस्थितिमा आफ्नो घरपरिवार बिर्सिएर आफ्नै ज्यानको समेत ख्याल नगरी बेपर्वाह लाग्ने चिकित्सक, सुरक्षाकर्मी,  सवारी चालक (एम्बुलेन्स, दमकल, खाद्यान्न, पेट्रोलियम) यी सबैको उचित सुरक्षा सामग्रीको प्रबन्ध गर्नैपर्छ । उनीहरुको मनोबल उच्च बनाउन र हौसला बढाउन प्रोत्साहनका प्याकेज, बिमाको प्रत्याभूति सरकारले दिलाउन सक्नु पर्छ । 

पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन सक्नु पर्छ अनि मात्रै अग्रपंतिमा रहेर काम गर्नेहरु सुरक्षित हुन सक्छन् । अनि म जस्तै हजारौं, लाखौं नारीहरुले शिर ठाडो गरेर भन्ने छन् म डाक्टरकी, म सेनाकी, म प्रहरीकी, म इन्जिनियरकी, म अनि गर्वका साथ भन्छु  म पत्रकारकी श्रीमती ।

लेखक:- रश्मि कडरीया
साभार:-हाम्राे कुरा डट कम

Sunday, May 17, 2020

गलकोटका १ सय ९ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ

गलकोटका १ सय ९ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ
गलकाेट,६ जेठ
पाण्डबखानी अनलाइन खबर
बागलुङको गलकोटका १ सय ९ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । 
शुक्रबार र शनिबार स्वाब संकलन गरि पोखरा पठाइएकोमा सबै जनाको रिपोट नेगेटिभ आएको धौलागिरी अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।
।केही दिन अगाडी पर्सामा गलकोटबाट गएका १४ मजदुरमा कोरोना पुष्टि भएपछि उनीहरुसँग सम्पर्कमा आएका नागरिकहरुको स्वाब परीक्षण संकलन गरी पोखारा पठाइएको हो ।

उनीहरुको सम्पर्कमा आएका जनप्रतिनिधि ८ जना, स्वास्थ्यकर्मी १६ जना, सुरक्षाकर्मी ४ जना, पत्रकार १ जना, बैंक तथा वित्तीय संस्थाका कर्मचारी ५ र अन्य नागरिक ८७ जान गरी १ सय ९ जनाको स्वाब संकलन गरीएको थियो ।

Saturday, May 16, 2020

कोरोना संक्रमितबाट नेपालमा पहिलो मृत्यु

कोरोना संक्रमितबाट नेपालमा पहिलो मृत्यु
गलकाेट,३ जेठ

पाण्डबखानी अनलाइन खबर

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको स्वास्थ्य सामान्य थियो र उनीहरू २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए ।

Thursday, May 14, 2020

पाण्डबखानीमा दोस्रो पटक एभरेष्ट बैक र घुम्टे मनि ट्रान्सफर

पाण्डबखानीमा दोस्रो पटक एभरेष्ट बैक र घुम्टे मनि ट्रान्सफर
सुरेश छन्त्याल
ग्लकोट, १ जेठ
पाण्डबखानीमा दोस्रो पटक एभरेष्ट बैक बागलुङ शाखा, घुम्टे मनि ट्रान्सफर गलकाेट हटिया र वडा १० का अध्यक्ष तिलक घर्तिको समन्वयमा पेन्सन वितरण गरेको छ । गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा भारतिय सेनामा कार्यरत भुपु पेन्सनरहरुलाई पेन्सन वितरण भएको हाे । एभरेष्ट बैक र घुम्टे मनि ट्रान्सफरको सम्वन्यमा आज गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीका ४८ जना भारतिय सेनामा कार्यरत भुपु पेन्सनरहरुलाई ६० लाख पेन्सन वितरण गरिएको घुम्टे मनि ट्रान्सफर गलकोटका संचालन विरेन्द्र श्रेष्ठले जानकारी गराउनु भएको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण भारतिय सेनामा कार्यरत निवृत्त सेनाहरुलाई पेन्सन वितरण कार्य रोकिएको थियो । एभेरेष्ट बैंक मार्फत बुझ्दै आएका भारतिय निवृत पेन्सनरहरुले लकडाउन भएपछि पेन्सन बुझन पाएका थिएनन् । बैंक मार्फत बुझ्दै आएको पेन्सन आज दोस्रो पटक पनि घरघरमै पाउदा भारतिय निवृत पेन्सनहरुले खुसि व्यक्त गर्दै पेन्सन उपलब्ध गराउने घुम्टे मनि ट्रान्सफर हटियालाई धन्यवाद व्यक्त गरेका थिए । 
त्यस्तै समुदाय, नागरिकको सहभागिता विना कल्पना सम्म पनि गर्न सकिदैन भन्ने उदेश्यले नागरिक सचेत रहे समाज र समुदाय सचेत रहन सक्दछ भन्दै गलकोट नगरपालिका १० वडा कार्यालय पाण्डबखानीले सचेत वर्ग सुदाय–समुदाय मिलेर उज्यालो भबिष्य भएको देशको परिकल्पना गर्न सकिने रहेछ, यो आजको आवश्यता हो र समुदाय र व्यक्तिगत (सामुयिक) हितको लागि जनप्रतिनिधी सहित स्वास्थकर्मी, शिक्षक, सहकारीकर्मी, पत्रकार, स्थानीय क्लब, आमा समुहको सहभागितामा प्रत्येक टोल टोलमा पुगि नागरिक स्वास्थ,शिक्षा,वित्तिय व्यवस्थापन(बचत),विकृति निवारण विषयमा छलफल गरि समुदायको माग अनुसार दुरी कायम गरी सुझाव संकलन गर्ने काम भैरहेको छ ।

Tuesday, May 12, 2020

बागलुङबाट पर्सा गएका १४ मजदुरमा कोरोना पुष्टी

बागलुङबाट पर्सा गएका १४ मजदुरमा कोरोना पुष्टी
पाण्डबखानी अनलाइन खबर
गलकाेट,३० वैशाख
२ नम्बर प्रदेशको पर्सा जिल्लामा ३९ र बारा जिल्लामा १ जना गरेर ४० व्यक्तिमा मंगलवार कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव डा। रामप्रसाद घिमिरेका अनुसार संक्रमित व्यक्तिमध्ये १४ जना पर्साको छिपहरमाई गाउँपालिका र बाँकी २५ जना वीरगञ्ज महानगरपालिकाका रहेका छन् ।
वैशाख २१ गते वीरगञ्ज–३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ पाइएको थियो । ‘पछि वैशाख २४ गते १७ नम्बर वडा पनि संक्रमण पुष्टि भएको थियो,’ घिमिरेले भने, ‘संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको खोजी गरेर स्वाब संकलन गरेर परीक्षण गराउँदा कोरोना संक्रमण बढेको पाइएको हो ।’ पर्साको छिपहरमाई गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ६२ जना व्यक्तिमध्ये १४ जनामा कोरोना संक्रमण पाइएको छ । गाउँपालिकाका प्रमुख मनोजकुमार गुप्ताका अनुसार संक्रमित १४ जनाको समूह १७ दिनअघि वैशाख १३ गते बस चढ़ेर बाग्लुङबाट पोखरा हुँदै आएका थिए । बसमा ४२ जना आएका थिए ।
संक्रमितहरू बाग्लुङमा काम गर्दै आएका मजदुर हुन् । ‘उनीहरू आएको खबर पाए लगत्तै मैले सबैलाई दायाँबायाँ हुने मौका दिइनँ, सबै जनालाई क्वारेन्टाइनमा राखेको थिएँ,’ प्रमुख गुप्ताले भने, ‘२ दिनअघि वैशाख २८ गते उहाँहरूको स्वाब संकलन गरिएको थियो ।’ संक्रमितमध्ये १ जना भारतीय नागरिक रहेको, २ जना पर्सा जिल्लाकै धोबिनी गाउँपालिकाका र बाँकी ११ जना छिपहरमाई गाउँपालिकाका रहेका उनले बताए ।
गाउँपालिका प्रमुख गुप्ताका अनुसार बाग्लुङबाट बस चढेर आएका ४२ जना व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने बेलामा नै १ जनामा उच्च ज्वरो देखिएको थियो । ‘४२ जनामध्ये १ जनामा १०२ डिग्री ज्वरो थियो, मलाई त त्यतिबेलै शंका लागेको थियो,’ प्रमुख गुप्ताले भने, ‘त्यसपछि मैले सीडीओ सा’पलाई फोन गरेर सदरमुकामको आइसोलेसनमा राखेर उपचार गराउनुपर्छ भनेर पनि भनेको थिएँ । तर सीडीओ सा’पले पर्दैन, त्यहीँ क्वारेन्टाइनमै राख्नुस् भनेर भन्नुभएको थियो । मैले के गर्ने रु त्यतिबेला नै स्वाब संकलन गरेर परीक्षण गरेको भए आज १४ जनामा संक्रमण नहुन पनि सक्थ्यो ।’
सचिव घिमिरेका अनुसार मंगलवार पुष्टि भएकामध्ये वीरगञ्ज महानगरपालिका–२, ३, ४, १६, १७ र १८ का छन् । १२ वर्षदेखि ५३ वर्ष उमेर समूहका संक्रमित छन् । ४० वर्षका ५ जना र बाँकी युवा छन् । बाराका १ जना विश्रामपुर गाउँपालिका निवासी रहेका उनले बताए । बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउतका अनुसार बारामा कोरोना देखिएका १ जना संक्रमित व्यक्ति वीरगञ्जको इनरवा चोकमा नै ग्यास पसल सञ्चालन गर्दै आएको थियो । ‘उनी लकडाउन अवधिमा गाउँ आएका छैनन् उतैबाट संक्रमण भएको हुनसक्छ,’ उनले भने । बारा जिल्लास्थित विश्रामपुर गाउँपालिकाका १४ वर्षीय किशोरमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
साभार आदर्श अनलाईन,

Monday, May 11, 2020

नेपालमा बज्यो खतराको घण्टी, आज एकैदिन २४ जनामा देखियो कोरोना

नेपालमा बज्यो खतराको घण्टी, आज एकैदिन २४ जनामा देखियो कोरोना
पाण्डबखानी अनलाइन खबर
गलकाेट,३० वैशाख 

नेपालमा आज एकैदिन २४ जनामा कोरोना देखिएको छ । थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो ।

कोही-कोही बिहे नगरी बस्न रुचाउनुको कारण यस्तो रहेछ ‘पढ्नुहोस’

कोही-कोही बिहे नगरी बस्न रुचाउनुको कारण यस्तो रहेछ ‘पढ्नुहोस’
पाण्डबखानी अनलाइन खबर
गलकाेट,३० वैशाख 
उमेरले २५ वर्ष नाघेपछि जो केहीले एउटा प्रश्न झेल्ने गर्छन्, ‘अहो ! विवाह गर्ने बेला भएन र ?’ निश्चित उमेरपछि विवाह गर्नुपर्छ भन्ने सामाजिक धारणा छ । तर, सबैले यो धारणालाई मान्छन् भन्ने छैनन् । कतिपय यस्ता पनि हुन्छन्, जो अविवाहित बस्न रुचाउँछन् । नेपाली समाजमाको अर्को मान्यता के पनि छ भने जन्म, मृ’त्यु र विवाह पहिले नै तय भएर आएको हुन्छ ।
यसलाई ‘भाग्यको खेल’ भनी पनि अर्थ्याउने गरिन्छ । खासगरी विवाह गर्ने रहर एवं इच्छा भएपनि कतिपयको लागि भने यस्तो साइत जुर्दैन । त्यसैले चाहेरै पनि कतिपय अविवाहित हुन्छन् । तर, अहिलेको समाजमा यस्ता पुस्ता पनि बढ्दैछन्, जसलाई एक्लो जीवन बढी रुचिकर छ । अर्थात् उनीहरू विवाह गर्न चाहँदैनन् ।
श्रीमान् वा श्रीमतीको रुपमा अर्को कसैलाई आफ्नो जीवनमा समावेश गर्न चाहँदैनन् । केही समयअघि एक सर्वेक्षण भएको रहेछ, यस्तै विषयमा । उक्त सर्वेक्षणको नतिजा के देखियो भने अहिले कतिपय युवापुस्ता अविवाहित बस्न रुचाउँछन् । यसरी अविवाहित बस्न रुचाउनेहरूको जमात क्रमश: बढ्दो छ ।
किन उनीहरू विवाहको पक्षमा छैनन् । के उनीहरू दाम्पत्य सुखभोग लिन चाहँदैनन् । पारिवारिक जीवनको आनन्द लिन चाहँदैनन् । हामीकहाँ २०-२२ वर्ष पार गरेपछि विवाहका लागि योग्य उमेर मानिन्छ । पारिवारिक जीवन चलाउनका लागि विवाहलाई एक अनिवार्य शर्त मानिन्छ । त्यसैले आफ्नो वंशलाई निरन्तरता दिने मेलो मानिन्छ विवाहलाई ।
त्यसैले जब छोराछोरी कि’शोरवय पार गर्छन्, आमाबुबालाई हतार हुन्छ उनीहरूको घरजाम गरिदिने । तर, यस किसिमको पारिवारिक शर्त मञ्जुर गर्न सबै तयार हुँदैनन् । कतिपय युवा विवाहको विपक्षमा उभिन्छन्। खासमा विवाह गरेपछि जसरी निश्चित शर्त र सीमामा बाँधिनुपर्छ, त्यसबाट उनीहरू उन्मुक्ति खोज्ने रहेछन् । विवाह गरेपछि उन्मुक्त जीवनको स्वाद लिन पाइँदैन भन्ने उनीहरूको धारण पाइयो ।
विवाहपछि
विवाह गर्नुअघिसम्म हामी आफ्नो मर्जीअनुसार चल्ने गर्छौं । कतै जानु परेमा फुत्त निस्केर हिँड्न सकिने, घरबाहिरै लामो समय बस्न सकिने । घुमफिर गर्नका लागि कसैको अनुमति लिइरहनुपर्ने । पारिवारिक बन्दोबस्ती गरिरहनुनपर्ने । जब विवाह हुन्छ त्यसपछि सबै कुरा हाम्रो मर्जीअनुसार चल्दैन । हरेक कुरामा पारिवारिक सहमति खोज्नुपर्ने हुन्छ । परिवारको मर्जी सर्वोपरी हुन्छ ।
त्यसैले त यसलाई कतिले ‘सम्झौता’, कतिले ‘बन्धन’ भनेर समेत अर्थ्याउने गर्छ । आफ्ना पार्टनरको इच्छा, रुचि र आकंक्षाअनुरुप आफूलाई बदल्नुपर्ने हुन्छ । पार्टनरका लागि धेरै कुरा त्याग्नु वा सम्झौता गर्नुपर्ने हुन्छ । त्यसपछि आफन्त, इष्टमित्र पनि बढ्छन् । बालबच्चा हुन्छन् । आफ्नो दायित्व अरू बढ्दै जान्छ ।
छोराछोरी पालनपोषण गर्नुपर्ने, घरायसी कामकुरो मिलाउनुपर्ने जस्ता गृहस्थी जीवनमा फन्को लगाउनुपर्नेहुन्छ । यतिबेला आफ्न रहर, इच्छा, आकांक्षा, उद्देश्यसमेत खुम्चन पुग्छ । सबै कुरा आफूले चाहेजस्तो हुँदैन । अत पारिवारिक जीवनको यो पक्षलाई नरुचाउनेहरू अविवाहित बस्न चाहन्छन् ।
जो आफूलाई बढी माया गर्छन्
नित्तान्त आफ्नो लागि सोच्ने वा आफू केन्द्रित भएर हरेक कुराको निर्णय लिन चाहने व्यक्ति पनि अविवाहित बस्न रुचाउँछन् । उनीहरू आफ्नो मर्जीअनुसार स्वतन्त्र रुपले हिँडडुल गर्न वा कुनै पनि काम गर्न खोज्छन् । घर, परिवारभन्दा बढी आफूलाई महत्व दिन्छन् । उनीहरूलाई विवाह बोझिलो लाग्ने गर्छ ।
जो सम्झौता गर्न तयार हुँदैनन्
जब हामी अर्का व्यक्तिसँग आफूलाई एकाकार गर्ने प्रयास गर्छौं । तब हामीले आफूलाई ‘आफ्नो गोरुको बाह्रै टक्का’ भन्न मिल्दैन । धेरै कुरामा सम्झौता गर्नुपर्छ । तर, जो कुनैपनि कुरामा सम्झौता गर्न राजी हुँदैनन्, उसले अर्कासँग सम्बन्ध बनाउन सक्दैनन् वा चाहँदैनन् ।
जो सिङ्गल व्यक्तिबाट प्रभावित छन्
विवाह गर्नैपर्छ भन्ने केही छैन । विवाहले नै जीवन पूर्ण हुन्छ भन्ने पनि छैन । समाजमा कति यस्ता व्यक्ति छन्, जो अविवाहित छन् । यस्ता व्यक्तिहरू पारिवारिक बन्धनबाट उन्मुक्त भएर स्वतन्त्र ढंगले जीवन बिताउन चाहन्छन् । उनीहरूकै उन्मुक्त जीवनबाट प्रभावित भएर पनि कतिपयले विवाह गर्दैनन् ।
जो गृहस्थी सम्हाल्न तयार छैनन्
विवाह गरेपछि अनेकन भूमिकामा आफूलाई प्रस्तुत गर्नुपर्ने हुन्छ । यसलाई कतिपयले सहर्ष स्वीकार गर्दैनन् । घर, परिवार, बालबच्चा, सासूससुरा, इष्टमित्र यी सबै उनीहरूलाई अनावश्यक गञ्जागोल लाग्छ । त्यसैले यसबाट मुक्त हुन पनि उनीहरूले विवाह गर्दैनन् ।
जो भविष्यसँग डराउँदैनन्
हामीकहाँ के मान्यता छ भने बुढेसकालमा कसैको साहारा चाहिन्छ । जस्तो आफ्ना जीवनसाथी वा छोराछोरी । त्यसैले बुढेसकालमा कुनै दुःख नपाइयोस् भनेर पनि विवाह गर्नुपर्छ भन्ने धारण पाइन्छ । तर, बुढ्यौली कसरी बित्छ ? के कस्ता अप्ठ्याराहरू आउन सक्छ भनेर बुढ्यौलीसँग भयभीत नहुनेहरूले पनि विवाहलाई बेवास्ता गर्छन् । अनलाईन खबर बाट ।

Tuesday, May 5, 2020

घुम्टे चढ्न रोक, वैशाख पुर्णिामा मेला स्थगित

घुम्टे चढ्न रोक, वैशाख पुर्णिामा मेला स्थगित
गलकाेट,२३ वैशाख
पाण्डबखानी अनलाइन खबर

वैशाख पूर्णिमाको अवसरमा बागलुङ जिल्लाको प्रसिद्ध घुम्टे लेकमा लाग्ने मेला स्थगन गरिएको छ । साथै कोभिड–१९ को जोखिमलाई ध्यान दिँदै यस वर्ष सो लेकमा चढ्न समेत रोक लगाइएको छ ।
सो लेक लालीगुराँसको पहाड भनेरसमेत चिनिँदै आएको छ । वैशाख पूर्णिमाको अघिल्लो दिन घुम्टेको धुरीमा भव्य मेला लाग्ने गर्दछ । दश हजार ३९३ फिट उचाइमा रहेको बागलुङ जिल्लाकै अग्लो घुम्टे प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक दृष्टिले महत्वपूर्ण मानिन्छ । पौराणिककालदेखि नै वैशाख पूर्णिमामा घुम्टेमा हजारौँ श्रद्धालु भक्तजन पूजाअर्चना तथा धार्मिक भ्रमणको निम्ति त्यहाँ पुग्ने गरे पनि कोरोना भाइरसका कारण यस वर्ष घुम्टेमा वैशाख पूर्णिमामा हुँदै आएको मेला स्थगित गरिएको हो ।

चलचित्र डु यु लभ मी’ रिलीज हुने तयारीमा

चलचित्र डु यु लभ मी’ रिलीज हुने तयारीमा 
गलकोट,२३ वैशाख
सुरेश छन्त्याल
डिशहोमको च्यानल नम्बर १०८ सिनेमाघर मा बैशाख २३ गतेदेखी नेपाली चलचित्र ‘डु यु लभ मी’ रिलीज हुने भएको छ । संजय काउछाको निर्देशन रहेको यस चलचित्रमा लक्ष्मण पुन, पुस्कर गुरुङ, कबिता आले, श्याम राई, रमेश अधिकारी, सपना रोका, प्रमोद खड्का लगायतको अभिनय रहेको छ ।
चलचित्रमा प्रेम, बिछोड तथा पारिवारिक सम्बन्धलाई देखाउन खोजिएको छ । यस चलचित्रमा पुरुषोत्तम प्रधानको डिओपी, दिर्घ खड़काको सम्पादन तथा कबिराज गहतराजको कोरियोग्राफी रहेको छ । चलचित्र बिहान ४ बजे, ७ बजे, १० बजे र दिउसो १ बजे हेर्न सकिन्छ ।

पाण्डबखानीमा दियाे प्रभुले सामाजिक सुरक्षा भत्ता ।

पाण्डबखानीमा दियाे प्रभुले सामाजिक सुरक्षा भत्ता ।
सुरेश छन्त्याल
गलकाेट,२३ वैशाख 

गलकोट नगरपालिकाको कार्यलय र गलकोट नगरपालिका वडा नं १० पाण्डबखानीको सम्वयन्यमा आज प्रभु बैंक लिमिटेड गलकोट शाखाले गलकोट नगरपालिका वडा नम्वर १० पाण्डबखानीमा सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न गरेको छ । 
कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण सामाजिक भत्ता वितरण कार्य रोकिएको थियो । लकडाउनको विषम परिस्थितीलाई मध्यनजर गर्दै आज गलकोट नगरपालिका वडा नम्वर १० पाण्डण्डबखानी वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न गरेको प्रभु बैक लिमिटेड गलकोटले जनाएको छ । 
हिजाे रमुवा क्षेत्रमा मा सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न गरेकाे प्रभु बैंक लिमिटेड गलकाेटले जनाएको छ, त्यस्तै अाज बैंकले वडा नम्बर १० वडा कार्यालयमा भत्ता वितरण गरिएको छ । बैंकले वडा भित्रमा रहेका 
बालबालिका, दलित ४० जना ६१२००,पुर्ण अपांगता ८ जना ९६०००,जेष्ठ नागरिक, दलित ४६ जना ४५२०००,जेष्ठ नागरिक अन्य १३५ १६२००००, पुर्ण अशक्त १२ जना ७६८००, एकल महिला ३ जना २८०००,विधुवा ६९ ६३२०० गरि जम्मा २९६६००० भत्ता वितरण गरीएको छ । लकडाउनकाे समयमा पनि भत्ता पाउदा जेष्ठ नागरिकहरुले खुसि व्यक्त गरेका थिए । 

लकडाउनको समयमा बैकमार्फत बैकमै भत्ता वितरण गर्दा भिडभाड हुने भएकोले घरघरमै भत्ता वितरण सुरु गरिएको गलकोट नगरपालिका वडा नम्वर १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्तिले जानकारी दिनुभयो ।
प्रभु बैंकका कृष्ण हरि भण्डारी, शिशिर बम मल्म, दुर्गा बहादुर थापा मगर, दल बहादुर घर्ती मगर, सुनिल चालिसे, खिम बहादुर मल्म, सुर्य बहादुर मल्म, संविधान सभाका सदस्य निरज पुन, वडा अध्यक्ष तिलक घर्ती सहित वडा जनप्रतिनिधि, पत्रकार सुरेश छन्त्याल वडा सचिव ठाकुर तिमिल्सिना लगाएतकाे सहभागीतामा भत्ता वितरण गरिएको छ।

Monday, May 4, 2020

रमुवामा प्रभुले दियो, सामाजिक सुरक्षा भत्ता

रमुवामा प्रभुले दियो, सामाजिक सुरक्षा भत्ता
सुरेश छन्त्याल
गलकाेट,२२ वैशाख
गलकोट नगरपालिकाको कार्यलय र गलकोट नगरपालिका वडा नं १० पाण्डबखानीको सम्वयन्यमा आज प्रभु बैंक लिमिटेड गलकोट शाखाले गलकोट नगरपालिका वडा नम्वर १० पाण्डबखानीकाे रमुवामा पुगि घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न गरेको छ ।
कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण सामाजिक भत्ता वितरण कार्य रोकिएको थियो । लकडाउनको विषम परिस्थितीलाई मध्यनजर गर्दै आज गलकोट नगरपालिका वडा नम्वर १० पाण्डण्डबखानी को रमुवामा सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न गरेको प्रभु बैक लिमिटेड गलकोटले जनाएको छ । 
अाज रमुवा क्षेत्रमा मा सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न गरेकाे प्रभु बैंक लिमिटेड गलकाेटले जनाएको छ, बैंकले वडा नम्बर १० का विभिन्न टाेलमा गरि अाज ६५ जनालाइ ४ लाख ६५ हजार २ सय भत्ता वितरण गरिएको छ ।गलकाेट नगरपालिका वार्ड नम्बर १० भित्रका
बैंकले वडा नं का विभिन्न टोलमा गरि आज दलित वच्चा,पुर्ण अपाङ्गता, वृद्ध दलित,आंशिक अपाङ्गताम,एकल महिला, विधवा लाई भत्ता वितरण गरीएको छ ।
लकडाउनकाे समयमा पनि भत्ता पाउदा जेष्ठ नागरिकहरुले खुसि व्यक्त गरेका थिए । लकडाउनको समयमा बैकमार्फत बैकमै भत्ता वितरण गर्दा भिडभाड हुने भएकोले घरघरमै भत्ता वितरण सुरु गरिएको गलकोट नगरपालिका वडा नम्वर १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्तिले जानकारी दिनुभयो ।  

भाेलि प्रभु बैंकले गलकोट नगरपालिका वडा नम्बर १० पाण्डबखानी वडा कार्यालयमा भत्ता वितरण गरीने प्रभु बैंकका संञ्चालक शिशिर बम मल्लले बताउनुभयो ।

Sunday, May 3, 2020

बैशाख पुर्णिामा, घुम्टे र पाण्डवखानी

बैशाख पुर्णिामा, घुम्टे र पाण्डवखानी

पाण्डबखानी अनलाइन खबर
गलकाेट,२२ वैशाख
नेपाल भित्रको नेपाल, झोलुङ्गे पुलको जिल्ला, देशको एकमात्र शिकार आरक्ष रहेको जिल्ला विभिन्न नामले कहलियको र विभिन्न ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक पहिचान बोकेको बागलुङ जिल्ला ।
संघीय संरचना अनुसार गण्डकी प्रदेश अन्तर्गतको एक जिल्ला बागलुङ, जिल्ला सदरमुकाम देखि करिब ४५ किलोमिटर पश्चिममा अवस्थित एक नगरपालिका गलकोट नगरपालिका जहाँ अनेकन प्राकृतिक सुन्दरता सँगै धार्मिक र साँस्कृतिक विविधताले भरिपुर्ण रहेको छ ।
गलकोट नगरपालिकाको मल्म, हरिचौर र पाण्डवखानी तथा ताराखोला गाउँपालिकाको ताराखोला र हिलको बिचमा अवस्थित धार्मिक तथा साँस्कृतिक पहिचान बोकेको प्राकृति सुन्दरताले भरिपूर्ण करिब ३३ सय मिटर उचाइमा रहेको घुम्टे पहाड जहाँ बर्सेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटक/भक्तजनहरू पुग्ने गर्दछन् । बिशेष गरि बैशाख पुर्णिामा (बौद्ध जयन्ती)को अघिल्लो दिन भब्य मेलाका साथ पुजाआजा गर्ने प्रचलन छ । जुन दिन यस् क्षेत्रका हजारौं श्रद्धालु भक्तजनहरू आफ्नोे मनोकांक्षा पुरा हुने अभिलाषाका साथ पुग्ने गर्दछन् ।हाल भौतिक संरचनाको विकास र संरक्षण गर्नका लागि भन्दै गलकोटमा विभिन्न संघसंस्थाहरू स्थापना भएको पाईन्छ केही बाहेक तिनीहरूको उल्लेखनीय भुमिका नभए पनि जस आफ्नो पोल्तामा लिनका लागि हर तरहले अग्रसर भएको देखिन्छ यधपी इतिहासलाई नै बङ्ग्याएर घुम्टेको पहिचान र बिशेषतालाई मोड्न खोजेको पनि यदाकदा देख्न र सुन्न पाईन्छ । घुम्टेको चौतर्फी विकास र संरक्षण गर्दै यसको धार्मिक र साँस्कृतिक पक्षलाई जगेर्ना गर्न जरुरी छ साथै यहाँको प्राकृतिक विविधता र सुन्दरतालाई कायम राख्दै इतिहासलाई साक्षी राखी गल्कोटेहरू विकासका लागि जुट्न आवश्यक देखिन्छ ।
पाण्डवखानी, बैशाख पुर्णिामा तथा घुम्टेको अन्योन्याश्रीत र ऐतिहासिक सम्बन्ध रहेको पाईन्छ । जब बौद्ध जयन्ती नजिकिदै जान्छ तब पाण्डवखानीमा यक किसिमको हर्षोल्लासमय चतारो आउँछ जुन नेपालीहरूको महान पर्व दशै र तिहार भन्दा कम रौनकको हुदैन । दशै र तिहारमा भन्दा अधिक मानिसहरू पाण्डवखानी भित्रिन्छन् खाद्यान्न तथा घरायसी सरसामानहरूको जोहो गरिन्छ केटाकेटी, युवायुवती देखि बुढापाका सम्मलाई छुन्छ बैशाख पुर्णिामाले । सदियौ देखि पुर्णिामाको अघिल्लो दिन घुम्टे जाने प्रचलन चलिआएको छ । घुम्टे जाने र पाण्डवखानीमा बिद्यमान साँस्कृतिक धरोहर सति घाँतु हेर्ने प्रचलन युगौ देखि चलिआए सर्वबिधितै छ । बैशाख पुर्णिामा पाण्डवखानी घुम्टेमेला इतिहास बनिसकेको छ जसरी चैतेदशै बागलुङे मेला र कोट मेला इतिहास बनेका छन् । यसर्थ बैशाख पुर्णिामाको घुम्टे मेला पनि पाण्डवखानी सँगै गल्कोटेको इतिहास हो । प्रचारप्रसार र जगेर्ना गर्न सके सम्पूर्ण गलकोट र जिल्लाले समेत फाइदा लिन सक्नेछ । यसलाई जगेर्ना गर्न, प्रचारप्रसार गर्न आज भन्दा करिब १४ वर्ष अगाडि बैधानिक रूपमा घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चको स्थापना भएको छ जसले साँस्कृतिक, धार्मिक तथा प्राकृति सम्पदाको संरक्षण गर्न केही योगदान पुर्याएको छ र बैशाख पुर्णिामा मेलालाई व्यवस्थित गरेको छ । पुनश्च यो वर्षको घुम्टे मेला लगायत सम्पूर्ण कार्यक्रम देशमा कोरोना भाइरसबाट बच्न र बचाउन महामारी फैलिन नदिनको लागि लगाइएको लकडाउनको कारण स्थगन गरिएको छ जसको पुर्ण पालना गर्दै घुम्टे नजानको लागि सम्पूर्णलाई आग्रह गरिन्छ । नियमको पुर्ण पालना गर्दै घुम्टेको सर्वाङ्गिण विकासमा ऐक्यबद्धता जनाउन सबैमा अनुरोध गर्दछु । जय घुम्टे, जय वाला सिद्ध, जय सिद्ध भैरब हामी सबैको कल्याण गरून् । अर्को वर्षको पुर्णिामा मेला भव्यताका साथ मनाउला ।
लेखक :- बिष्णु काउचा मगर

डा. शेरबहादुर पुनले चर्चित फेलोसिप अस्वीकार गर्दा जापानीज प्रोफेसर नै चकित परे !

डा. शेरबहादुर पुनले चर्चित फेलोसिप अस्वीकार गर्दा जापानीज प्रोफेसर नै चकित परे !
पाण्डबखानी अनलाइन खबर
गलकाेट,२१ वैशाख 
सन् २०११ मा जापानमा आफैँ अध्ययन गरेको विश्वविद्यालयबाट डा. पुनलाई फेलोसिप दिने निर्णय नै भैसकेको रहेछ । तर उनले त्यो फेलोसिपलाई त्यागे । जापानले विश्वकै अब्बल मानिने (जेएसपिएस) फेलोसिप दिएको अवस्थामा समेत अस्वीकार गरेर नेपालमै सेवा गर्ने अठोट गरेकोे प्रसंग सुनाउँदै डा. पुनले भने, ‘जापानको विश्वविद्यालयले दिएको चर्चित पोस्ट डक्टरेट फेलोसिपमा छनोट भएर पनि छोडेँ । जुन जापान सरकारले दिने प्रसिद्ध फेलोसिप हो ।’ त्यो फेलोसिप पाउनका लागि अमेरिकन तथा युरोपियनहरुसमेत तँछाडमछाड गर्ने उनी बताउँछन् ।
करिब तीन वर्षसम्म जापानमै बसेर अध्ययन–अनुसन्धान गर्नुपर्ने सो फेलोसिप गरेबापत मासिक करिब ७/८ लाख धन राशि पनि पाइने उनी बताउँछन् । त्यो फेलोसिप आफूले लिएको भए विभिन्न विदेशी विश्वविद्यालयमा काम गरी लाखौँ आर्थिक लाभ लिन सक्ने उनी बताउँछन् । सो फेलोसिप जापान सरकारले दिन स्वीकृत गरिसकेको अवस्थामा समेत आफू टेकु अस्पतालमा बिरामीको सेवामा जुटिरहेको प्रसंग उनले सुनाए ।
उनकै प्रोफेसरले जापानमा फेलोसिप पाएकाले त्यहाँ जानका लागि अनुरोध गरेका थिए । 

डा. पुनले आफ्नै प्रोफेसरले गरेको त्यस्तो अनुरोधको अस्वीकार गर्ने चिठी लेख्न तीन दिन लागेको प्रसंग कोट्याउँदै भने, ‘आफ्नो प्रोफेसरको अनुरोध अस्वीकार गर्न मलाई निक्कै अप्ठेरो लाग्यो, तीन दिन लगाएर म आउँदिन भन्दै प्रोफेसरलाई सानो चिठी लेखेँ ।’ त्यस्तो प्रतिष्ठित फेलोसिप अस्वीकार गरेको प्रति प्रोफेसर चकित भएको डा. पुनले सुनाए ।
अस्वीकारपछि ती प्रोफेसरले डा. पुनलाई इमेल पठाएछन्, ‘यस्तो प्रतिष्ठित फेलोसिप पनि अस्वीकार गरेको देखेर फेलोसिप नै लाजमर्दो भएको महसुस भयो, मैले सपनामा पनि सोचेको थिइनँ तिमीले यस्तो फेलोसिप अस्वीकार गर्छौ भनेर । तर, पनि तिम्रो निर्णयको कदर गर्छु । भविष्यमा आवश्यक परेको समयमा म तिमीलाई सहयोग गर्नेछु, मलाई सम्झनु ।’
त्यसो त उनी आफैँ पनि त्यस्तो प्रतिष्ठित फेलोसिप छोडेको प्रति छक्क परेछन् । उनले जसलाई यो प्रसंग सुनाए उनीहरुले डा. पुनलाई मुर्खको संज्ञा दिन समेत छुटाएनन् । उनी अहिले पनि कहिलेकाहीँ सम्झँदै आफैँ अचम्मित हुन्छन्, ‘मैले त्यो बेला कतै मुख्र्याइँ त गरेको हैन !’

स्रोत: नागरिक पत्रीका

Saturday, May 2, 2020

वैशाख पूर्णिमामा यस वर्ष प्रसिद्व घुम्टे लेक नचढने भए श्रद्वालु भक्तजनहरु ।

वैशाख पूर्णिमामा यस वर्ष प्रसिद्व घुम्टे लेक नचढने भए श्रद्वालु भक्तजनहरु । 
थम्मन थापा,सन्देश 
गलकाेट, २१ वैशाख 

जिल्लाको प्रसिद्व घुम्टे लेकमा वैशाख पूर्णिमा अर्थात बुद्व जयन्तीको अवसरमा भव्य मेला लाग्ने गर्दथ्यो । घुम्टे धार्मिक एवं प्राकृतिक हिसाबले अत्यन्तै महत्वपुर्ण क्षेत्र हो । पौराणिक काल देखि नै वैशाख पूर्णिमामा घुम्टेमा हजारौं श्रद्वालु भक्तजनहरु पूजाअर्चना तथा धार्मिक भ्रमणको निम्ति त्यहाँ पुग्ने गर्दथे । यस वर्ष घुम्टेमा वैशाख पूर्णिमामा हुँदै आएको मेला स्थगित गरिएको छ । विश्व नै कोरोना भाईरस कोभिड १९ को संक्रमणबाट प्रभावित भईरहेको अवस्थाले नेपाल अहिले लक डाउन छ । कोरोना संक्रमण फैलिन नदिन देशैभर सावधानी र सतर्कता अपनाईएको छ । नेपाल सरकारले घोषणा गरेको लक डाउनलाई मध्यनजर गरि प्रत्येक वर्ष गलकोटको घुम्टेमा लाग्ने वैशाख पुर्णिमा मेला यस वर्ष भनें स्थगित गरिएको छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्रले भिडियो कन्फ्रेन्स मार्फत बैठक बसि वैशाख पुर्णिमाका दिन सञ्चालन गर्दै आएका सम्पुर्ण पुजाआजा र मेला स्थगित गर्ने निर्णय गरेको केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिए । देश लक डाउनमा रहेको र कोरोना भाईरसको संक्रमण फैलिन सक्ने जोखिमलाई मध्यनजर गरि मेला स्थगित गरिएको अध्यक्ष बस्नेतले बताए । यस वर्ष पुर्णिमा वैशाख २४ गते परेको छ । हरेक वर्ष वैशाख पुर्णिमाका दिन घुम्टेमा भव्य मेला लाग्ने गर्दथ्यो । घुम्टेमा रहेका सिद्ध भैरवको मन्दिरमा दर्शन गर्न र भाकल तथा पुजाआजा गर्न बागलुङ जिल्ला सँगै छिमेकी जिल्लाहरु पर्वत, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, कास्की, तनहुँ, रुकुम लगायतका जिल्लाबाट हजारौं हजार श्रद्वालु भक्तजनहरु त्यहाँ पुग्ने गर्दथे । केन्द्रले यस वर्ष बुद्व जयन्ती अर्थात वैशाख पुर्णिमाको दिन वैशाख २४ गते घुम्टेमा नजान सम्पुर्ण पर्यटक तथा श्रद्धालु भक्तजनहरुलाई अपिल समेत गरेको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज बहादुर थापाले जानकारी दिए । पुर्णिमा दिन गरिने पुजाआजालाई लकडाउन खुले सँगै देशको अवस्था सामान्य भएपछि उपयुक्त तिथि मिती अनुसार निरन्तरता दिईने वरिष्ठ उपाध्यक्ष थापाको भनाई छ । केन्द्रले यस अघि नै लकडाउनको समयमा घुम्टेमा नजानको लागि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अनुरोध गरेको छ । केन्द्रले पुर्णिमाका दिन वा लकडाउनको समयमा घुम्टे नजान आग्रह गर्दै गलकोट नगरपालिका र ताराखोला गाँउपालिका र सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न अनुरोध गर्ने, घुम्टे जाने मुख्य नाका गलकोट नगरपालिका वडा नं ५ को टेउवा र हरिचौर बजार वडा नं १० को पाण्डवखानी, वडा नं ७ को मल्म र ताराखोला गाँउपालिका वडा नं ३ हिलको नाकामा केन्द्रका पदाधिकारीहरुले पुर्णिमाका दिन उच्च निगरानी गरिने केन्द्रका सचिव सेरबहादुर थापाले जानकारी दिए ।  
लक डाउनको समयमा घुम्टेमा पुजाआजा रोकिदा श्रद्धालु भक्तजनहरुमा पर्न गएको असुविधा प्रति केन्द्रले क्षमाप्रार्थी रहेको उल्लेख गरेको छ । यता बुद्व जयन्तीको अवसरमा घुम्टे प्राकृतिक तथा सांस्कृतिक मञ्च गलकोट नगरपालिका १० पाण्डवखानीले आयोजना गर्दै आईरहेको वैशाखे पुर्णिमा मेला पनि स्थगित गरिएको छ । लक डाउन र विश्वभर माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिन नदिन मेला स्थगित गरिएको संस्थाले जनाएको छ ।

पाण्डबखानीमा एभरेष्ट बैक र घुम्टे मनि ट्रान्सफरको समन्वयमा पेन्सन वितरण

पाण्डबखानीमा एभरेष्ट बैक र घुम्टे मनि ट्रान्सफरको समन्वयमा पेन्सन वितरण 
 पाण्डबखानी अनलाइन खबर
 गलकाेट, २० बैशाख
गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा भारतिय सेनामा कार्यरत भुपु पेन्सनरहरुलाई पेन्सन वितरण गरिएको छ । 
एभरेष्ट बैक र घुम्टे मनि ट्रान्सफरको सम्वन्यमा आज गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीका २४ जना भारतिय सेनामा कार्यरत भुपु पेन्सनरहरुलाई २० लाख  रुपैया पेन्सन वितरण गरिएको घुम्टे मनि ट्रान्सफर गलकोटले जनाएको छ ।
कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण भारतिय सेनामा कार्यरत निवृत्त सेनाहरुलाई पेन्सन वितरण कार्य रोकिएको थियो । एभेरेष्ट बैंक मार्फत बुझ्दै आएका भारतिय निवृत पेन्सनरहरुले लकडाउन भएपछि पेन्सन बुझन पाएका थिएनन् । 
बैंक मार्फत बुझ्दै आएको पेन्सन घरघरमै पाउदा भारतिय निवृत पेन्सनहरुले खुसि व्यक्त गर्दै पेन्सन उपलब्ध गराउने घुम्टे मनि ट्रान्सफर हटियालाई धन्यवाद व्यक्त गरेका थिए ।