पाण्डबखानीमा एभरेष्ट बैक र घुम्टे मनि ट्रान्सफरको समन्वयमा पेन्सन वितरण
पाण्डबखानी अनलाइन खबर
गलकाेट, २० बैशाख
गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा भारतिय सेनामा कार्यरत भुपु पेन्सनरहरुलाई पेन्सन वितरण गरिएको छ ।
एभरेष्ट बैक र घुम्टे मनि ट्रान्सफरको सम्वन्यमा आज गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीका २४ जना भारतिय सेनामा कार्यरत भुपु पेन्सनरहरुलाई २० लाख रुपैया पेन्सन वितरण गरिएको घुम्टे मनि ट्रान्सफर गलकोटले जनाएको छ ।
कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण भारतिय सेनामा कार्यरत निवृत्त सेनाहरुलाई पेन्सन वितरण कार्य रोकिएको थियो । एभेरेष्ट बैंक मार्फत बुझ्दै आएका भारतिय निवृत पेन्सनरहरुले लकडाउन भएपछि पेन्सन बुझन पाएका थिएनन् ।
बैंक मार्फत बुझ्दै आएको पेन्सन घरघरमै पाउदा भारतिय निवृत पेन्सनहरुले खुसि व्यक्त गर्दै पेन्सन उपलब्ध गराउने घुम्टे मनि ट्रान्सफर हटियालाई धन्यवाद व्यक्त गरेका थिए ।
No comments:
Post a Comment