Tuesday, May 5, 2020

घुम्टे चढ्न रोक, वैशाख पुर्णिामा मेला स्थगित

घुम्टे चढ्न रोक, वैशाख पुर्णिामा मेला स्थगित
गलकाेट,२३ वैशाख
पाण्डबखानी अनलाइन खबर

वैशाख पूर्णिमाको अवसरमा बागलुङ जिल्लाको प्रसिद्ध घुम्टे लेकमा लाग्ने मेला स्थगन गरिएको छ । साथै कोभिड–१९ को जोखिमलाई ध्यान दिँदै यस वर्ष सो लेकमा चढ्न समेत रोक लगाइएको छ ।
सो लेक लालीगुराँसको पहाड भनेरसमेत चिनिँदै आएको छ । वैशाख पूर्णिमाको अघिल्लो दिन घुम्टेको धुरीमा भव्य मेला लाग्ने गर्दछ । दश हजार ३९३ फिट उचाइमा रहेको बागलुङ जिल्लाकै अग्लो घुम्टे प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक दृष्टिले महत्वपूर्ण मानिन्छ । पौराणिककालदेखि नै वैशाख पूर्णिमामा घुम्टेमा हजारौँ श्रद्धालु भक्तजन पूजाअर्चना तथा धार्मिक भ्रमणको निम्ति त्यहाँ पुग्ने गरे पनि कोरोना भाइरसका कारण यस वर्ष घुम्टेमा वैशाख पूर्णिमामा हुँदै आएको मेला स्थगित गरिएको हो ।

No comments:

Post a Comment