Tuesday, September 29, 2020

पाण्डबखानीमा वाइफाइ जडान गर्नेहरुकाे लर्काे, हालसम्म ६५ जना घरमा जडान ।

पाण्डबखानीमा वाइफाइ जडान गर्नेहरुकाे लर्काे, हालसम्म ६५ जना घरमा जडान ।
सुरेश छन्त्याल
गलकाेट ,असाेज १४
गलकाेट नगरपालिका १० पाण्डबखानीमा वाइफाइ जडान गर्नेहरुकाे लर्काे लागिरहेकाे छ। गलकाेट लिङ प्रालिद्धारा संचालित वाइफाइ पाण्डबखानीमा सुरुमा ४ जनाले सुरुवात गरेपछि हालसम्म ६५ जना घरहरुमा जडान भएको छ। वाइफाइ जडान गरेपछि विशेषगरी विद्यार्थीहरु लाभान्वित भएका छन् । काेराेना भाइरस काेविड १९ का कारण प्रभाव पारेकाे पठनपाठन संगै अनलाइन मार्फत विद्यार्थीहरुले कलास लिनका लागि यश वाइफाइले ठुलाे सहयोग गरेकाे छ। ग्रामीण बस्तीमा संचारकाे पहुँच पुगे संगै वाइफाइ पनि एक संचार सामाग्री हाे जस्तै यसका कारण देश तथा विदेशमा रहेकाे आफ्नत संग सहज कुराकानी गर्न विभिन्न सामाग्री हेर्न सहज भएको साथै यहि वाइफाइका कारण जस्ताे सुकै काम गर्न सहज पनि हुने भएको हुनाले पाण्डबखानीमा वाइफाइ जडान गर्ने जमर्को बढेकाे गलकाेट लिङ प्रालिका प्रमुख डम्बर केसीले जानकारी दिनुभयाे । यश वाइफाइकाे मुख्य कार्यालय बागलुङ बजारमा छ, भने शाखा कार्यालय गलकाेट हटियामा रहेकाे लिङ गाउँ गाउँ पुगिसकेकाे छ। 

सुचकहरु पूरा नभएमा बालबालिकाहरुकाे अधिकार पूरा नहुने

 सुचकहरु पूरा नभएमा बालबालिकाहरुकाे अधिकार पूरा नहुने
सुरेश छन्त्याल/ पाण्डबखानी
बाल मैत्री स्थानीय शासन वडा समिति गलकाेट नगरपालिका १० पाण्डबखानीकाे नियमित बैठक सम्पन्न भएको छ। वडा अध्यक्ष तिलक घर्ती मगरकाे अध्यक्षतामा बसेकाे बैठकमा बालबालिका शाेसन, बालबालिकाहरुकाे अधिकार बारे जानकारी दिदै ३९ सुचकहरु पूरा नभएमा बालबालिकाहरुकाे अधिकार पूरा नहुने र यसलाइ संञ्चालन गर्न सुचक हरु पुरा हुनुपर्ने जानकारी गराउदै वडा अध्यक्ष घर्ति मगरले प्रकाश पार्नु भएको थियाे। कार्यक्रममा वडा जनप्रतिनिधि, टाेलसुधार समिति, शिक्षक, विद्यार्थी, पत्रकार र अन्य समाजसेवीहरुकाे सहभागीतामा वडा सचिव ठाकुर प्रसाद तिमिल्सिनाकाे संचालनमा कार्यक्रम सम्पन्न भएको थियाे। त्यस्तै एकृकित कृषि फम पाण्डबखानीकाे बैठक पनि सम्पन्न भएको छ। एकृकित कृषि फमका अध्यक्ष रुद्र काउचाकाे अध्यक्षता बसेकाे बैठकमा अबका दिनमा कृषि व्यवसायीलाई कसरी अगाडि लैजाने, फममा उत्पादन भएको तरकारी तथा खाद्यान्नलाई कसरी वितरण गर्ने विषयमा छलफल भएको छ।

Monday, September 28, 2020

मेरो गाउँ बिरानो सहर,

कविता 
मेरो गाउँ बिरानो सहर,
भौतारी दै आएछु,यो बिरानो सहरमा
आसा अनि भरोसा पूरा गर्नको लागि
दोबाटोमा छुत्तिएर आएछु बिरानो सहरमा
हरेक जिन्दगीका पाठहरु पढ्नको लागि,

जब छोडियो मेरो घर ताधिदै गए म
घरको छानाबाट परेवा हेर्दै थियो,
झन ताधा गए खै कसरी बिलिन भए म
नजाउ भन्दै परेवाले बिन्ती गर्दै थियो,
मेरि आमा भन्दै थिइन,राम्रोसङ्ग जा बाबू
बाबा भन्दै थिए ,लक्ष्य सफलतामा पूरा बाबू
मेरि बहिनीले बिढाइ गरि मुस्कान दिएर,
सहर हिडे बाबा,आमा बहिनीको सपना लिएर

त्यो सधै बस्ने डाडालाइ पनि छोडेर आएछु,
ती बस्नका लागि भएका चौपारी तोडेर आएछु,
के थाहा मलाई सहरमा ठक्करै ठक्कर खाने छु
यो स्वार्थी सहरमा खै के चाहाना सोचेर आएछु।

आफ्नै साथी लर्दा पनि उठाउनु त कहाँ कहाँ
जिस्काउदै उल्टो हास्दा रहेछन् यो सहरमा,
धनिले मात्र पो राज गर्दा रहेछन् यो सहरमा
गरिब त ढल्दा रहेछन् ,तातो बालुवाको बगरमा।

सम्पत्तिको लागि आफ्नै बाहुलाइ मारेको देख्दा
सम्झिन्छु बाबासङ्ग बिताएका सुन्दर पलहरु,
जन्म दिने बाबाआमालाइ वृद्धाआश्रममा देख्दा,
आमा तिमी बिना आँखामाझ छन् बर्सातका रहरहरु,

म छित्तै छोर्दै छु यो स्वार्थी सहर पनि
आउदै छु म मेरै सुन्दर त्यो गाउमा
म यी मान्छेको हुलहरुमा निसास्सिएर पनि
आउदै छु म फेरि त्येही जन्म दिने ठाउमा ।
लिलु मगर 
मालिका गाउपालिका-२,गुल्मी 
हाल:बाग्लुङ

Friday, September 25, 2020

शान्ति सुरक्षा र अपराध नियन्त्रणमा मुख्य भुमिका: प्रहरी प्रमुख लाेकेन्द्र श्रेष्ठ

शान्ति सुरक्षा र अपराध नियन्त्रणमा मुख्य भुमिका: प्रहरी प्रमुख लाेकेन्द्र श्रेष्ठ
थम्मन थापाा
बागलुङ, असाेज ९
बागलुङ उद्योग बाणिज्य संघले जिल्ला प्रहरी कार्यालय बागलुङका नव नियुक्त प्रहरी प्रमुख लाेकेन्द्र श्रेष्ठलाई एक कार्यक्रम गरि स्वागत गरेको छ । नव नियुक्त जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख लाेकेन्द्र श्रेष्ठले प्रहरीकाे भन्दा देशमा राम्रो नेटवर्क ब्यापारीकाे भएको नेपालकाे पहिलो भएको बताए ।प्रहरी नपुग्ने ठाउँमा पनि ब्यापार गर्ने ब्यापारी भएको हुदा प्रहरीकाे भन्दा बढी नेटवर्क भएको संस्था ब्यबसायी भएको हुदा प्रहरीलाइ सहयोग गर्न श्रेष्ठले अाग्रह गरेका थिए  । शान्ति सुरक्षा र अपराध नियन्त्रणकाे लागि प्रहरीकाे सक्रियतामा कुनै कमि अाउन नदिने प्रहरी प्रमुख श्रेष्ठले बताए । असफलता बिचबाटै सफलता खाेज्ने भएको हुदा जस्तोसुकै कुरामा पनि सफलता हासिल गर्न सकिने श्रेष्ठले बताए । बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले ब्यबसायी र प्रहरी बिच सहकार्य गरेर अगाडि बढेकाे खण्डमा दुबै पक्षयलाइ फाइदा पुग्ने बताए । बागलुङ बजारको शान्ति सुरक्षाको लागि बागलुङ नगरपालिका संग सहकार्य गरि सिसि क्यामेरा जडान गर्ने भए पनि अहिले नगरपालिका संग सहकार्य गर्न नसक्दा समस्या भएको अध्यक्ष राजभण्डारीले बताए  । बागलुङ जिल्ला लाई राम्रो बनाउन प्रहरी प्रशासनलाई सहयोग गर्न सधैं तयार रहेको अध्यक्ष राजभण्डारीले बताए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ , नेपाल उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष जयराम भारी , महिला उद्घमी संघका अध्यक्ष भगवती केसी लगायतका बक्ताहरूले प्रहरी प्रमुख श्रेष्ठलाई स्वागत गर्दै काेराेना भाइरसले सबै क्षेत्रमा प्रभाव पारेको हुदा यसबाट मुक्त हुन सबैले भुमिका खेल्न जरुरी रहेको धारणा राखेका थिए । बक्ताहरूले  जिल्लामा शान्ति सुरक्षा कायम राख्न सबैले सकारात्मक भुमिका खेल्न जरुरी रहेको प्रहरी प्रशासनलाई सहयोग गर्न तयार भएको धारणा  राखेका थिए । कार्यक्रमकाे अध्यक्षता बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी बरिस्ठ उपाध्यक्ष उमाकान्त शर्माले धन्यवाद ज्ञापन  र संचालन महासचिव नरेश कडेलले गरेका थिए ।

Thursday, September 24, 2020

पत्रकारिता सँगै कृषि र मौरीपालन व्यवसाय ।

पत्रकारिता सँगै कृषि र मौरीपालन व्यवसाय ।
गलकाेट,८ असाेज
थम्मन थापा बागलुङ
कोरोनाले अहिले विश्व नै संकटमा छ । गलकोट बाट पहिले रोजगारीको सिलसिलामा विदेश जाने नागरिकको लर्को थियो । अहिले यो क्रम घटेको छ । कोभिड १९ को माहामारीको कारण विदेशमा पनि अहिले उद्योग व्यवसाय होटल रेस्टुरेन्ट अहिले धरासायी बनिरहेका छन । धेरै युवाहरुले रोजगार गुमाएका कैयौं खबरहरु सार्वजनिक भइरहेका छन् । अहिले नेपालमा पनि कृषि र पशुपालन क्षेत्रमा धेरै सम्भावनाका ढोकाहरू खुलेका छन् । नेपाल सरकारले कृषि र पशुपालनमा अनुदान समेत प्रदान गर्दै आइरहेको छ । पछिल्लो समय कृषि र पशुपालनमा युवाहरुको आकर्षण समेत वृद्धि हुँदै गइरहेको छ । लामो समय शिक्षण पेशामा आवद्ध भएर विदाई भएपछि अहिले स्थानीय स्तरमा पत्रकारिता सँगै कृषि क्षेत्रमा सम्वृद्धिको सम्भावना खोज्ने युवा हुन गलकोट नगरपालिका वडा नं ९ छिसका मित्रलाल खरेल । खरेलले गलकोट कृषि तथा पशुपलन बिक्री केन्द्र नामक फर्म स्थापना गरेर अहिले कृषि र मौरी पालन व्यवसाय सुरुवात गरेका छन् । स्थानीय यम भुजेल र खरेलले छिसमा अहिले झण्डै १ सय बढी मौरीको घारमा मौरी पालन गरेर आर्थिक सम्वृद्धिको बाटो रोजेका छन् । परम्परागत कृषि प्रणाली मार्फत आर्थिक सम्वृद्धि नहुने र मात्रै जीविकोपार्जन हुने भन्दै आफूहरु आधुनिक कृषि प्रणाली र मौरी पालनमा लागेको उनले बताए । थोरै लगानी, कम मेहनत हुने भएकाले आफूहरुले मौरी पालन व्यवसाय रोजेको खरेलको भनाइ छ । खरेलले मौरीपालन सँगै कागती खेती, तरुल खेती र तरकारी खेतीलाई सँग सँगै एकसाथ अगाडि बढाएको उल्लेख गरे । घर वरिपरि रहेको खेतमा धान नरोपी सबै खेतमा कोदो रोपेर त्यसको संरक्षणमा समेत उनी सक्रिय छन् । एउटा व्यवसायिक कृषकको रूपमा आफूलाई चिनाएका खरेलले अहिले बारीमा ५ सय कागतीका विरुवा रोपेका छन् । उनको कागती बगैचामा धेरै जसो बोटहरूले फल लगाई सकेका छन । यति मात्र होइन जमीन खेर नजाओस भन्ने हेतुले सयौं तरुलका झाल, विभिन्न प्रजातिका केरा, सुन्तला आदिले त्यहॉ पुग्ने जो कसैलाई त्यसले लोभाउने गर्दछ । मध्य पहाडी लोकमार्ग अन्तर्गत गलकोट नगरपालिका वडा नं ९ बडगाउँ बाट करिब १० मिनेटको गाडी यात्रा र ३० मिनेटको पैदल यात्रा पछि त्यहाँ पुग्न सकिन्छ । उनको बगैंचा र मौरीपालन मल्म रिघा सिसाखानी सडकको अाडमै पर्दछ । सहपाठी यम भुजेल लामो समय बडिगाड गाउँपालिका वडा नं ३ सिसाखानी र गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा मौरीपालन व्यवसाय गर्दै आउनु भएको थियो । बजारको समस्याले अलि समस्या भएपनि अब भने सहज हुने भुजेलले बताए । अहिले स्थानीय लघु जलविद्युत मार्फत मौरीको घार निर्माण समेत गरेर बिक्री वितरण गर्ने तयारी भइरहेको समेत उनले जानकारी दिए ।भौगोलिक हिसाबले पनि उक्त ठाउँ आकर्षक देखिन्छ त्यहाँबाट मध्यपहाडी लोकमार्ग, दरम खोला, रिघा, कॉडेबास, मल्म सँगै छिमेकी जिल्ला गुल्मीको अर्लाङ्गकोटका दृश्य अवलोकन गर्न सकिन्छ । छिमेकी वडा रिघा पर्यटकीय र धार्मिक अनि सांस्कृतिक महत्त्व बोकेको ठाउँ भएकोले यस क्षेत्रमा रिसोर्ट आवश्यकता रहेको र निकट भविष्यमा रिसोर्ट निर्माण गर्ने योजना समेत बनाएको खरेलले बताए । लगानी गर्ने युवाहरु भए आफूले त्यहाँको व्यवस्थापकीय पक्षका लागि वातावरण निर्माण गर्न आफू तयार रहेको उनले बताए । मौरी पालन व्यवसायले अब बिस्तारै आम्दानीको श्रोत वृद्धि गर्दै लैजाने उनले अपेक्षा गरेका छन् । उनीहरूको मौरीपालन र कृषि बगैचामा अहिले युवाहरु स्थलगत अवलोकन गर्न आउने गरेका छन् । खरेल गलकोट क्षेत्रमा रहेर १ दशक देखि पत्रकारितामा समेत आवद्ध रहेका छन् । उनी पत्रकारहरुको साझा संस्था गलकोट पत्रकार सामाज बागलुङका अध्यक्ष समेत रहेका छन् ।

गलकोटको चौराहा र रिघामा ७ घर पहिरोको जोखिममा

गलकोटको चौराहा र रिघामा ७ घर पहिरोको जोखिममा
बागलुङ, ८ असाेज
डम्मर बुढा मगर,

गलकोट नगरपालिका वडा नम्बर १ चौराहा बर्खेधारमा मध्यपहाडी लोकमार्ग भत्किँदा दुई घर पहिरोको उच्च जोखिममा परेका छन् ।

आइतबारदेखि परेको निरन्तर परेको वर्षातको कारण स्थानीय भिम बहादुर थापा काउचा, विष्णु राना श्रीसको बस्ती उच्च जोखिममा परेको छ । पहिरोले घर गोठ जोखिममा परेपछि पशुपंक्षी, अन्नपात र लत्ताा कपडा छिमेकीकोमा सारेर स्थानीय हिरा काउचाले जानका।री दिनुभयो । चौराहा, रुपाखानी पात्लेखोला जाने गोरेटो बाटो समेत अवरुद्ध भएको काउचाले बताउनुभयो । पहिरोले मध्यपहाडी लोकमार्ग भत्किँदा बागलुङ–बर्तिबाङ सिधा यातायात अवरुद्ध भएको छ । त्यस्तै गलकोट नगरपालिका वडा नम्बर ११ रिघामा पहिरोले ५ घर पहिरोले जोखिममा परेको छ । निरन्तर परेको वर्षाको कारण स्थानीय चन्द्रबहादुर कामी, टेकबहादुर श्रीस, चन्द्रबहादुर नेपाली, मित्र बहादुर थापा र अम्मरबहादुर श्रीसको घर जोखिममा परेको गलकोट नगरपाालिका वडा नम्बर ११ का अध्यक्ष डम्बर श्रीसले जानकारी दिनुभयो ।
उनीहरुले छिमेकी घरमा आश्रय लिएको र केहीले पाल टाँगेर बसेको अध्यक्ष श्रीसको भनाई छ । निरन्तर परेको वर्षाका कारण थप जोखि बढ्दै गएको उहाँको भनाई छ ।

Sunday, September 20, 2020

दैनिक सैयौँको संख्यामा बेवारिसेलाई खाना खुवाउदै कांग्रेस नेत्री पवित्रा लामा

दैनिक सैयौँको संख्यामा बेवारिसेलाई खाना खुवाउदै कांग्रेस नेत्री पवित्रा लामा
गलकाेट,४ असाेज
पाण्डबखानी अनलाइन खबर
नेपाली कांग्रेसकी युवा नेत्री तथा सामाजिक अभियन्ता पवित्रा लामा निरन्तर २८ दिनदेखि सडकमा रहेका बेवारिसे मानिस र मुलुक ठप्प रहेको अवस्थामा रोजगारी गुमाएर खाना नपाएका व्यक्तिहरुलाई खाना खुवाउदै आएकी छिन् । कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञामा खानाबाट बञ्चित भएका बेवारिसे मानिसहरुलाई उनले निरन्तर २८ दिनदेखि खाना खुवाउदै आएकी हुन् ।उनले लगातार पशुपति क्षेत्रका वरिपरि रहेका करिब चार सय भन्दा बढी मानिसहरुलाई खाना खुवाउदै प्रत्येक व्यक्तिको मन जितेकी छिन् । उनको कार्यलाई नेपाली कांग्रेसका शीर्ष नेता, सांसदहरु समेतले प्रात्साशन गर्दै उनलाई आर्थिक र निजी रुपमा सहयोग पुर्याइरहेका छन् । स्वदेश र विदेशमा रहेका नेपालीहरुले उनको काम र सहयोगी मनलाई समर्थन गर्दै सहयोग गरिरहेका छन् । पवित्रा लामाले यसै सन्दर्भमा भनिन्, ‘बाटोमा कोही भोका नरहोस्, बाटोमा एक जना भोका रहेसम्म हामी आफ्नो कार्य जारी राख्ने छौँ ।’

बेवारिसे व्यवस्थापन तथा पूनर्जीवन केन्दका अक्ष्यक्ष विनय जंग बस्नेत र सोही संस्थाकी महिला प्रमुख पवित्रा लामा र सपना विगत ६ वर्षदेखि बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी छिन् । हालै उनी सिन्धुपाल्चोकमा गएको पहिरोको अवलोकन गर्दै त्याहाँ विस्थापित भएका परिवारहरुलाई राहत समेत वितरण गरेकी थिइन् । सानै उमेरमा प्रभावकारी कदम चाल्दै आएकी पवित्रा आफ्नो तर्फबाट बाटोमा कोही भोका नरहोस् भन्ने प्रयासमा लागिररहेकी छिन् । आफ्नो अभियानलाई प्रभावकारी बनाउन उनले नेपाली कांग्रेसमा प्रवेश गरेकी हुन् । देश र जनताका लागी जेसुकै गर्नुपरे आफू तयार रहेको उनले जनतामाँझ विश्वास व्यक्त गरेकी छिन् । नेत्री पवित्राद्वारा निस्वार्थ ढंगले भइरहेको कार्यले युवा पुस्तालाई देशको निम्ति केही गर्न प्रेरित गरेको छ ।

Friday, September 18, 2020

बडिगाड गाउँपालिका अध्यक्ष पाइजाको गोठमा आगलागी हुँदा श्रीमती घाइते, गाेठ जलेर नष्ट

बडिगाड गाउँपालिका अध्यक्ष पाइजाको गोठमा आगलागी हुँदा श्रीमती घाइते, गाेठ जलेर नष्ट
गलकाेट, ३ असाेज
पाण्डबखानी अनलाइन खबर

बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाको गोठमा आगलागी भएको छ ।
गोठमा आगलागी हुँदा अध्यक्ष पाइजाकी धर्मपत्नी मनकुमारी पाइजा घाइते हुनु भएको छ । आगलागीमा परेर गोठमा बाँधेको दुहुनो भैँसी समेत जलेर गम्भीर घाइते भएको छ । बिहान करिब पाँच बजेको समयमा अचनाक आगलागी हुँदा गोठमा भएको घाँस, खारपात जलेर नष्ट भएको अध्यक्ष पाइजाका छोरा राजन पाइजाले जानकारी दिनुभयो । आगो निभाउने क्रममा अध्यक्ष पत्नि पाइजाको जलेर घाइते हुनु भएको हो । गोठमा कसैले आगो लगा दिएको हुन सक्ने आशंका गरिएको छ । गोठमा आगलागी हुँदा करिब ५ लाख बढीको क्षति भएको पाइजाले बताउनुभयो । आगालागी भएको केही समयमै स्थानीयहरुले नियन्त्रणमा लिएका थिए ।

Thursday, September 17, 2020

एक हप्तामै पाण्डबखानीमा 4G जडान हुने तयारी

एक हप्तामै पाण्डबखानीमा 4G जडान हुने तयारी
गलकाेट,१ आश्विन
सुरेश छन्त्याल

गलकाेट नगरपालिका १० पाण्डबखानीमा एक हप्तापछि 4G जडान गर्ने तयारी भएको छ । हालसम्म पाण्डबखानीमा 3G जडान भएता पनि राम्रोसँग काम नगरेपछि पाण्डबखानीमा 4G काे आवश्यकता रहेकाे भन्दै पत्रकार सुरेश छन्त्याल र थम्मन थापाले नेपाल टेलिकम प्रमुख तथा बरिस्ठ इन्जिनियर केशब शर्मा संग नियमित सम्पर्क गरि माग गरेपछि पाण्डबखानीमा अब 4G संचालन गर्ने र त्यस्तै गलकाेटकाे हरिचाैरमा पनि जडान गर्ने तयारी रहेकाे नेपाल टेलिकम कार्यालय बागलुङका प्रमुख तथा बरिस्ठ इन्जिनियर केशव शर्माले जानकारी गराउनु भयाे। त्यस्तै हटिया बजार र रिघामा जडान गरिसकेको र सुचारु गर्न बाकि रहेकाे टेलिकम बागलुङका बरिस्ठ ईन्जिनियर शर्माले जानकारी गराउनु भयाे। 

Tuesday, September 15, 2020

बागलुङमा पनि धक्का, सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६ रेक्टरस्केलको भूकम्प।

बागलुङमा पनि धक्का, सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६ रेक्टरस्केलको भूकम्प।
गलकाेट,३१ भदौ
पाण्डबखानी अनलाइन खबर
देशभर भुकम्पकाे ठूलो झट्का महसुस भएको छ । बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको झट्का महसुस भएको हो । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक राम्चे आसपास केन्द्रविन्दु भएको ६ रेक्टरस्केलको भूकम्प गएको छ । भूकम्पले सिन्धुपाल्चोकमा घरहरुमा सामान्य क्षतीको विवरण आए पनि मानवीय क्षती भए नभएको जानकारी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ त्यस्तै बागलुङमा पनि भुकम्पकाे महसुस भएको छ।

Sunday, September 13, 2020

कामदारकाे पसिनाकाे मुल्य नपाउदै नयाँ स्वास्थ चाैकी संचालन

कामदारकाे पसिनाकाे मुल्य नपाउदै नयाँ स्वास्थ चाैकी संचालन
गलकाेट,२८ भदौ 
सुरेश छन्त्याल 
कामदारकाे पसिनाकाे मुल्य नपाउदै नयाँ स्वास्थ चाैकी संचालन भएकाे छ। गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे स्वास्थ चाैकी भवन आजदेखि नव निर्मित भवनबाट सम्पूर्ण सेवा प्रदान गरिने भएको छ। रविना कन्ड्रशन प्रालिद्धारा उक्त भवन निर्माण सम्पन्न भएको थियाे। ४ वर्ष भईसक्दा पनि अझै सम्म स्थानीय कामदार, व्यापारी, होटेल लगाएत अन्य व्याक्तिहरुले पैसा पाएको छैनान्, भने २०७३/मा निर्माण सुचारु भएता पनि २०७६/६/१६ मा सम्पन्न गरी कन्ड्रसन प्रालिका व्यवसायिक प्रमुख तथा सायक देक्दार बसन्त केसीले स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । 
स्वास्थ मन्त्रालयबाट विनियोजित रु.१ करोड ७७ लाखको रकमबाट नव निर्मित भवन सम्पन्न भएको हो ।
त्यस्तै कामदारहरुले काम गरेको जेला ४ वर्ष सम्म नपाउदा कामदार, व्यापारी, होटेल लगाएत व्याक्तिहरु चिन्तित भएका छन्। पटक पटक माग राख्दा पनि निर्माण समिति, सम्पर्क समिति र अनुगमन समितिले केहि वास्था नगरेको भन्दै गुनासो राखेका छन् । अनुमानमा करिब ५१/५३ जना मजदुरले रकम पाएका छैनान् यता रविना कन्ड्रसन प्रालिले रकम बसन्त केसीलाइ दिसकेका छौ, यता निर्माणकाे जिम्मेवारी लिएका बसन्त केसीले मलाइ पैसा दिएको छैना भन्दै भवन निर्माणको जिम्मा पाएका रविना कन्ड्रसन प्रालिका व्यवसायिक प्रमुख बसन्त केसीले अबको ३ महिना भित्र रकम नबुझाएमा जस्तो सुनै कार्वाहि भोक्न तयार हुने र अन्यथा घरजग्गा बेचविखन गरेर भएपनि कामदारको पैसा र्तिर्ने बताएका थिए । तर समय वित्तै गयाे अहिलेसम्म हामिले पैसा पाएका छैनायाै उनिहरुले गुनासो गर्दै अब भदाै महिना मसान्तसम्म पैसा नदिएमा कानुनी प्रक्रियामा जाने दापी गरेका छन्।

Friday, September 11, 2020

३ दिनपछि टिकटक माथि प्रतिबन्ध लगाउँने घोषणा

३ दिनपछि टिकटक माथि प्रतिबन्ध लगाउँने घोषणा
गलकाेट, २६ भदौ
पाण्डबखानी अनलाइन खबर

अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेशनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टिकटकसहितका चिनियाँ एप्शमा प्रतिबन्ध लगाउने तयारी गरेको जानकारी गराउनुभएको प्राप्त समाचारमा जनाइएको छ ।

राष्ट्रपति ट्रम्पले सो एप्शमाथि यही सेप्टेम्बरको १५ तारिखदेखि चिनियाँ सामाजिक सञ्जालका एप्लिकेशनहरुमा प्रतिबन्ध लगाउनेबारे यसअघि निर्णय भइसकेको र अब त्यो मिति पर नसारिने जानकारी बिहीबार गराउनुभएको हो ।

उहाँले ती एप्शहरुमाथिको प्रतिबन्धका विषयमा विचार भइरहेको र अन्तिम तयारी पनि भइरहेको जानकारी दिनुभएको थियो । अब आगामी सेप्टेम्बर १५ तारिखदेखि लगाउने भनिएको सो प्रतिबन्धको समय आएको छ र हामीले त्यसलाई पछि सार्ने कुरा हुदैन– राष्ट्रपति ट्रम्पले भन्नुभएको छ ।

प्रतिबन्ध लगाउने चिनियाँ एप्लिकेशनको सूचिमा विशेष गरी किशोर–किशोरीमा लोकप्रिय रहेको टिकटक रहेको र त्यो बढी चर्चाको विषय पनि बनेको छ । बिहीबार उहाँ अमेरिकाको मिचिगन राज्यमा आयोजना भएको चुनावी प्रचारसम्बन्धी ¥यालीलाई सम्बोधन गर्नका लागि जानु भएको थियो ।

सो ¥यालीमा जानु अगाडि उहाँले दिएको प्रतिक्रियामा अमेरिकाले ती एप्लिकेशनमा प्रतिबन्ध लगाउने भनी अमेरिकाले गरेको यही सेप्टेम्बर १५ को तारिख पछि नसारिने जानकारी समाचारदाताहरुलाई दिनुभएको हो ।

मिचिगनका लागि उड्नुअघि अमेरिकाको जोइन्ट् बेस एन्ड्रयुमा समाचारदाताहरुको प्रश्नको जवाफ दिँदै उहाँले सो धारणा राख्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।टिकटकको विषयलाई लिएर अमेरिकामा विगतदेखि नै बहस भइरहेको छ । यस विषयमा सांसदहरुले पनि लामो समयदेखि चासो देखाउँदै आएका छन् ।

अमेरिकी सरकारले भने प्रयोगकर्ताको जानकारी दुरुपयोग भएको हुन सक्ने देखिएकाले राष्ट्रिय सुरक्षालाई ध्यान दिएर ती एप्शहरूमा प्रतिबन्धको तयारी भएको बताउँदै आएको छन् । यसअघि चिनियाँ कम्पनीका ती एप्शहरुमाथि भारतले पनि टिकटकसहितका अरु करिब ५९ वटामा प्रतिबन्ध लगाइसकेको छ ।

Thursday, September 10, 2020

पाण्डबखानीमा चट्याङ लागेर १ महिला घाइते

पाण्डबखानीमा चट्याङ लागेर १ महिला घाइते 
गलकाेट, २५ भदौ
सुरेश छन्त्याल 
गलकाेट नगरपालिका १० पाण्डबखानी रमुवाका एक महिलालाई चट्याङ लागेर घाइते भएका छन् । राति ९ बजे अविरल वर्षा संगै परेकाे चट्याङले ३२ वर्षिय धनमाया वि.क लाई चट्याङ लागेकाे छ। राति खाना खाहेर सुतेकाे अवस्थामा चट्याङ लाग्दा मुख र छातीमा अवसर पारेकाे र घाइते भएकि महिलाकाे कपडा समेत जलेकाे स्थानीय राजु वि.क ले जानकारी दिनुभयो । चट्याङले घरमा रहेकाे सबै विजुलीका वोइरिङ समेत नष्ट भएको छ, भने उनी हल्ला बाेल्ने गरेता पनि बाेमिट नराेगिज्ञ पछि उपचारकाे लागि हटियामा रहेकाे आराेग्य अस्पतालमा लगिएको जानकारी प्राप्त भएको छ।

Wednesday, September 9, 2020

घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले जग्गा खरिद गर्ने प्रक्रियामा

घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चले जग्गा खरिद गर्ने प्रक्रियामा
गलकोट, २४ भदौ
सुरेश छन्त्याल
घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च गलकोट नगरपालिका १० पाण्डबखानीले मैलमैदानका लागि जग्गा खरिद प्रक्रिया अगाडि बढाएको छ । आज वडा अध्यक्ष तिलक घर्ति मगरको विशेष उपस्थितमा जग्गा धनी र क्लबका प्रदाधिकारीहरु विच बसेको बैठकले पाण्डबखानीको लेङ्गुरेमा रहेको जग्गा खरिद गर्ने कुरा चलेपनि तत्कालै बैठक बसी आज यसमा छलफल गरि एक हप्ता भित्र जग्गा धनीहरुलाई जग्गा माग्ने गरि जग्गा व्यवस्थापन समिति गठन गरिएको छ । जसमा संयोजक कमल श्रीसको नृतित्योमा ७ सदस्य समिति गठन भउको हो । पाण्डबखानीमा खेलमैदानको आवश्यता रहेको हुनाले खेलमैदान निर्माण गर्न लागेको क्लबका अध्यक्ष प्रकाश पुनले बताउनुभयो । त्यस्तै पाण्डबखानीलाई कला सस्कृतिले मात्र हैना खेलकुदबाट पनि पाण्डबखानीको चिनारी रहेको हुनाले खेलमैदानको आवश्यक रहेको भन्दै पाण्डबखानीबाटै खेल क्षेत्रमा राष्ट्रिय र अन्तराष्ट्रि सम्म गाउँ र देशकै नाम उच्च राख्न सफल शोपिया पुनलाइ शुभकामना दिदै अबका दिनमा यसरीनै पाण्डबखानीलाई खेलकुद क्षेत्रमा चिनाउने प्रयास गरेको भन्दै वडा अध्यक्ष घर्तिले सफलताको शुकामना दिदै यस महान कार्यको थालनीमा आफुले सक्दो सहयोग गर्ने र देश तथा विदेशबाट पनि सहयोग गर्नुहुने अपेक्षा राख्नुभएको छ ।

Tuesday, September 8, 2020

बर्खामा पनि काकाकुल छ रणसिंहकिटेनीको नेताखर्क

बर्खामा पनि काकाकुल छ रणसिंहकिटेनीको नेताखर्क
गलकाेट,२३ भदौ
पाण्डबखानी अनलाइन खबर

बर्खाको समय सकिएको छैन । दैनिक जसो आकाशबाट पानी बर्सिन्छ । धेरै वर्षा भएका कारण विभीन्न ठाउँमा बाढी पहिरोले ठूलो जनधनको क्षति पु¥याएको छ ।जिल्लाको बडिगाड गाउँपालिका—८ रणसिंह किटेनीको नेताखर्क भने बर्खामासमा पनि काकाकुल अवस्थामा छ । खानेपानीको चरम समस्या देखिएपछि स्थानीयले खानेपानीकै लागि घण्टौं समय खर्चनुपर्ने बाध्यता आईलागेको छ । पानीको मुहान बस्ती भन्दा तल रहेको र सौर्य उर्जा खानेपानी लिफ्टीङ आयोजना अनुसार खानेपानीको वितरण भएको भए पनि वर्षातको समयमा पहिरो जाने, सोलार प्यानलमा घाम नलाग्ने र हिउँदको समयमा अत्याधिक चिसोका कारण पानी वितरण पाईपमै जम्ने समस्याले सहज रूपमा पानी आपुर्ति हुन सकेको छैन । नेताखर्कमा सञ्चालित धेरै खानेपानीका आयोजनाहरु त निर्माण पूरा नहुँदो रोकिएका कारण स्थानीयले पानीको उपभोग गर्न पाएका छैनन् । करिव ५०/६० घर परिवार खानेपानीको आधारभूत आवश्यकताबाट बञ्चित भएका छन् । कोरोना महामारीको समयमा नियमित सरसफाई गर्नुपर्ने र हात धुनुपर्ने भए पनि पानीको अभावमा समस्या झेल्नुपरेको स्थानीय विद्यालयका शिक्षक हिरालाल सुनार बताउँछन् ।

राती सुत्दा सिरानी मुनि तुलसीको ५ पात राख्दाको लाभ

राती सुत्दा सिरानी मुनि तुलसीको ५ पात राख्दाको लाभ
गलकाेट,२३ भदौ
पाण्डबखानी अनलाइन खबर

विज्ञानमा तुलसीको जबरजस्त फाइदाको धेरै व्याख्या गरिरहेको छ । तुलसी एक धेरै असरदार औषधी हो जसको एक होइन धेरै फाइदा छन् । तुलसीले चिसो, रुघा खोकी र सास सम्बन्धि रागेको साथै यौन रोगलाई पनि धेरै फाइदा पुर्यायछ । यी बाहेक अन्य पनि धेरै छन् तुलसीका फाइदा । आज हामी यसको बारेमा चर्चा गर्छौ ।

राति सुत्ने समयमा सिरानी मुनि तुलसीको पाँच पात राखेमा तपाइँको जीवनमा धेरै परिर्वतन आउन सक्छ । रातको समय सिरानी मुनि राखेको पाँच पातले दिनभरको तनावलाई हटाउँछ । यसको साथै दिमागले पनि शान्त भएर काम गर्छ । यस्तो गर्दा तपाइँ भित्र भएको नकरात्मक शक्ति हटाउँछ र यसो गर्दा व्यापारमा पनि धेरै बढोत्तरी हुन्।
तुलसीको पातले छाला सम्बन्धि समस्या पनि कम गर्छ । अनुहारमा भएको खिल निकालेर धेरै चमक दिन्छ । तुलसीको फुल र पातले महिलालाई हुने महिनावारी गडबडीको समस्या पनि हटाउँछ ।
तुलसीको रुख नजिक बत्ती बाल्दा तपाईँको मनोकामना पुरा हुन्छ । यसको साथै यदि गहुँको पीठो पिस्नु भन्दा अगाडी नै तुलसीको ११ वटा पात शनिवार मिसाउँदा धेरै लाभ हुन्छ ।

Monday, September 7, 2020

बादिले पुरै गाउँ बगायो रे,मेरो मायालु बस्ने ठाउ बगायो रे,

बादिले पुरै गाउँ बगायो रे,
मेरो मायालु बस्ने ठाउ बगायो रे,
कविता 
बादिले पुरै गाउँ बगायो रे,
मेरो मायालु बस्ने ठाउ बगायो रे,
मान्छेको शरीर  त झन कस्तो कस्तो
सुनिन्छ हात वारि त खुट्टा पारी लगायो रे,
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
कसैको बाँस हरायो ,
यहाँ कसैको कपास हरायो,
कसलाइ थाहा थियो यहाँ 
मेरो मायालुको झन सास हरायो,
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
हे दैव कस्तो लिला हो तेरो,
भन्न पाइन मायालाइ हौ मेरो,
हिजो झिलिमिली थियो त्यो गाउँ
आजकल भाको छ रे पुरै अधेरो,
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
कसैको फेरि भेत्ने बाधा छुतियो,
कसैको अनमोल नाता छुतियो
सबैको मन नै स्तप्ध पारी त्यहा
मेरो नि अनमोल प्रेम गाथा छुतियो,
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
लिलु मगर,
मालिका गाउपालिका-२ गुल्मी !

Thursday, September 3, 2020

पछिल्लो अपडेट : १७ जना बेपत्ता,चारको शव भेटियो,२५ घर बगायो

पछिल्लो अपडेट : १७ जना बेपत्ता,चारको शव भेटियो,२५ घर बगायो
गलकाेट, १९ भदौ

 अविरल वर्षाको कारण बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ८ र ९ भूजिखोलाको शिर देउरालीमा ठूलो पहिरो जाँदा २५ भन्दा वढि घर बगाएको छ भने १३ जना बढी बेपत्ता भएका छन् ।

अहिलेसम्म बाढीपहिरोमा परी मृत्यु भएकाचार जनाको शव  भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभएको छ ।

बाढीपहिरो कारण लाकुरीबोटमा ३ जना, सुकुरदुङमा १ जना, दुनेपधेंरामा ३ जना, घट्बोटमा ७ जना, भुसुन्डेमा ३ जना व्यक्ति सम्पर्क विहिन रहेको स्थानिय जिवन पुनले जानकारी दिनुभएको छ ।

सम्पर्क विहिन हुनेमा ढोरपाटन नगरपालिका–९ का ३५ वर्षीया कौशला पुन , उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीया जीतबहादुर घर्ती, ४० वर्षीया राजु घर्ती, ३० वर्षीया कुमारी बिक, १९ वर्षीया पुतली बिक र ३२ वर्षीया करमती घर्तीमगर रहेका छन् ।
त्यस्तै सोही ठाउँकै ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया नै दिलमाया घर्तीमगर र उनको छोराका ६ वर्षीय बालक, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नविन भण्डारी बेपत्ता छन् ।
पहिरोमा बेपत्ता भएकामध्ये ढोरपाटन नगरपालिका–३ भुजिखोला किनारमा अन्दाजी ३०/३२ वर्षको पुरुषको शव फेला परेको छ । ढोरपाटनकै वडा नं ५ बुडाथोकस्थित पुलको लठ्ठामा अड्केको अवस्थामा अन्दाजी ३०/३५ वर्षका पुरूषको शव भेटिएको छ ।

त्यस्तै बडिगार्ड गाउँपालिका–५ बालुवामा अन्दाजी २०/२२ वर्षका पुरूष र बडिगाड–७ खोप्चेमा अन्दाजी १२/१३ का पुरूषको शव फेला परेको छ । शवको सनाखत हुन सकेको छैन ।यस्तै बाढीले लाकुरीबोटमा ११ घर, दुनेपधेरामा ५ घर, घट्टबोटमा ८ घर, भुसुन्डेमा १ घर, बगाएको छ ।

बाढीले सुकुरदुङको सरस्वती आधारभुत विद्यालय, सुप्राङको जनचेतना प्रावि समेत वगाएको छ । साविक बोवाङमा रहेको ३ वटा जलविद्युत योजना, ३ वटा झलुङ्गे पुल पनि वगाएको छ ।

अहिले प्रहरी घटना स्थलमा पुगेको छ  तर क्षतिको अझै एकिन नभएको घटना स्थलमा रहनुभएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्षक प्रकाश सिंह भण्डारीले जानकारी दिनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी सहितको टोली पनि घटना स्थलतर्फ प्रस्थान गरेको छ । घटना स्थल तर्फ ढोरपाटन तथा घोडावाँधे व्यारेक वाट नेपाली सेनाको टोली पनि प्रस्थान गरेको छ। घटनास्थल सदरमुकामबाट १ सय १५ किलोमिटर पश्चिममा पर्दछ।

Wednesday, September 2, 2020

भुजीखोला शीर देउराली बग्यो, बाढिले २ दर्जन घर बगायो, १७ जना सम्पर्क विहिन

भुजीखोला शीर देउराली बग्यो, बाढिले २ दर्जन घर बगायो, १७ जना सम्पर्क विहिन
गलकाेट,१८ भदौ

गय राति पहिरोको वर्षतका कारण भूजिखोलको शीर देउरालीमा ठूलो पहिरो गएको छ । पहिरोका कारण ढोरपाटन नगरपालिकाको वडा नं. ९ र ८ मा राति अचानक आएको बाढिका कारण लाकुरीबोटमा ३ जना, सुकुरदुङमा १ जना दुनेपधेरामा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना व्यक्ति सम्पर्क विहिन रहेको स्थानीय जीवन पुनले जानाकारी दिनुभयो ।यस्तै बाढिले, लाकुरीबोट ११ घर, दुनेपधेरामा ५ घर, घट्टबोटमा ८ घर भुसुन्ड्मा १, घर बगाएको छ,भने सुकुरदुङको सरस्वति आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि, समेत बगाएको छ । साविक बोबाङमा रहेका ३ वडा जलविद्यसत आयोजना र ३ वटा झोलुँगेपुल समेत बगाएको पुनले जानाकारी दिनुभयो । घटनाको एकिन विवरण आउन वाँकी रहेको स्थानीयले बताएका छन् । रातिको समयमा आएको बाढिले यस्तो क्षति गराएको हो । एक जनाको शव भने बुर्तिवाङ पुरानो पावरहाउस नजिकै भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । यस्तै ढोरपाटन घुम्न गएका गल्कोटका एकजना व्यक्ति समेत बेपत्ता भएको स्थानीयले बताएका छन् । भूजिखोलामा पहिरोले थुनेर खाला बढेर आएको खबर भएसँगै ढोरपाटन नगरपालिकाको गादिखोला, सहीखोला, बुढाथोक, बुर्तिबाङ बजार, भिमगीठे बजार र खाल, खार खर्वाङसम्म नदी तटमा रहेका वस्थिमा उच्च सतर्कता अपनाउन रातभर आग्रह गरिएको प्रहरीको भनाई छ । उता द्धटना स्थलतर्फ ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिँह भण्डारीको नेतृत्वमा प्रहरी टोली प्रस्थान गरेको छ ।