भुजीखोला शीर देउराली बग्यो, बाढिले २ दर्जन घर बगायो, १७ जना सम्पर्क विहिन
गलकाेट,१८ भदौ
गय राति पहिरोको वर्षतका कारण भूजिखोलको शीर देउरालीमा ठूलो पहिरो गएको छ । पहिरोका कारण ढोरपाटन नगरपालिकाको वडा नं. ९ र ८ मा राति अचानक आएको बाढिका कारण लाकुरीबोटमा ३ जना, सुकुरदुङमा १ जना दुनेपधेरामा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना व्यक्ति सम्पर्क विहिन रहेको स्थानीय जीवन पुनले जानाकारी दिनुभयो ।यस्तै बाढिले, लाकुरीबोट ११ घर, दुनेपधेरामा ५ घर, घट्टबोटमा ८ घर भुसुन्ड्मा १, घर बगाएको छ,भने सुकुरदुङको सरस्वति आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि, समेत बगाएको छ । साविक बोबाङमा रहेका ३ वडा जलविद्यसत आयोजना र ३ वटा झोलुँगेपुल समेत बगाएको पुनले जानाकारी दिनुभयो । घटनाको एकिन विवरण आउन वाँकी रहेको स्थानीयले बताएका छन् । रातिको समयमा आएको बाढिले यस्तो क्षति गराएको हो । एक जनाको शव भने बुर्तिवाङ पुरानो पावरहाउस नजिकै भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । यस्तै ढोरपाटन घुम्न गएका गल्कोटका एकजना व्यक्ति समेत बेपत्ता भएको स्थानीयले बताएका छन् । भूजिखोलामा पहिरोले थुनेर खाला बढेर आएको खबर भएसँगै ढोरपाटन नगरपालिकाको गादिखोला, सहीखोला, बुढाथोक, बुर्तिबाङ बजार, भिमगीठे बजार र खाल, खार खर्वाङसम्म नदी तटमा रहेका वस्थिमा उच्च सतर्कता अपनाउन रातभर आग्रह गरिएको प्रहरीको भनाई छ । उता द्धटना स्थलतर्फ ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिँह भण्डारीको नेतृत्वमा प्रहरी टोली प्रस्थान गरेको छ ।
No comments:
Post a Comment