Monday, August 31, 2020

स्थानीय गाडी चालकहरुको पहलमा बाटो मर्मत

स्थानीय गाडी चालकहरुको पहलमा बाटो मर्मत 
सुरेश छन्त्याल
गलकोट, १५ भदौ 

पाण्डबखानीमा रहेका गाडी चालकहरुले पाण्डबखानी र मल्म अन्तरर्गत रहेको मोटरबाटो वर्षाका कारण अवरुद्घ भएको मोटर बाटो संगै खाल्टाखुल्टी भएको मोटरबाटो मर्मत तथा सरसफाई गरेका छन् । स्थानीय गाडी चालक अमर घर्तिको नेतृत्वमा पाण्डबखानीका गाडी चालक र पसल व्यवसायबाट उठाएको रकमले बाटो मर्मत गरेको उनै नेतृत्व लिएका घर्तिले बताएका छन् । बाटो निर्माण भएको कति वर्ष भयो तर बाटो भने सुधार अझै भएको छैना, बाटो मर्मत भनेर रहेक साल बजेट आउछ, तर त्यो बजेट कहा जान्छ केहि अत्तोपत्तो हुदैना साथै बाटो मर्मत भएको पनि देखिन्ना स्थानीय गाडी चालक गोविन्द्र काउचाले गुनासो पोख्दै यस्तो बताउनुभयो । शनिबार देखि बाटो मर्मत कार्यमा लागेको र भोलि सम्म बाटो मर्मत गरि सक्ने घर्तीले जानकारी
 गराउनु भयाे ।

No comments:

Post a Comment