Sunday, August 30, 2020

मल्म पाण्डबखानी मोटरबाटोविचमा पहिरो खसेपछि जेसिविले हटायो ।

मल्म पाण्डबखानी मोटरबाटोविचमा पहिरो खसेपछि जेसिविले हटायो ।
सुरेश छन्त्याल
गलकोट, १४ भदौ 

गलकोट नगरपालिका १० पाण्डबखानी र मल्म ७ अन्तरर्गत रहेको मल्म पाण्डबखानी मोटरबाटो पहिरो जादा पाण्डबखानी, मल्म, हटिया हुदै बागलुङ सदरमुखाम जाने गाडीहरु अलपत्र परेका थिए । मल्मको टोकरी भन्ने स्थानमा विहान ५ बजे माथिबाट खसेको पहिरोका कारण बाटो अवरुद्घ भएको थियो । वडा नम्बर ७ का वडा सदस्य लोक थापाको पहलमा करिव साडे १ बजे जेसिविले अवरुद्घ भएको बाटो हटाएपछि बाटो खुलेको हो । बाटो करिव २० मिटर तल खसेको थियो । त्यस्तै वर्षाले अवरुद्घ बनाएको मल्म पाण्डबखानी मोटरबाटो विचविचमा बाटो मर्मत कार्य तिव्र गतिमा संचालन भएको छ ।

No comments:

Post a Comment