चट्याङका कारण पाण्डबखानीमा विधुत अवरुद्ध
गलकाेट,२२ साउन
सुरेश छन्त्याल
गलकाेट नगरपालिका १० पाण्डबखानीमा साउन २० गते राती परेकाे अविरल वर्षा संगै परेकाे चट्याङले माउखाेला लघु जलविद्युत परियाेजनाबाट प्रसारित लाइन अवरुद्ध भए संगै केही भेगमा लाइन नबाेलेकाे अफ्रेटर खिम नगरकाेटीले बताउनु भयाे । त्यस्तै चट्याङका कारण धेरै जस्ताे घरमा टिभि, लाइट, चार्जर, wifi साथै घरमा रहेकाे मिटर समेत जलेकाे र केही भेगमा मेन लाइन पनि जलेकाे नगरकाेटीले जानकारी दिनुभयाे । अझै पुर्णरुपमा लाइन नबनेकाे र भाेलि सम्म पुर्णरुपमा बन्ने जानकारी गराउनु भयाे। गलकाेट नगरपालिका १० पाण्डबखानीमा सामुहिक कुखुरा पालन सम्बन्धि १ दिने तालिम सम्पन्न भएको छ। पुन्थर आमा समूह पाण्डबखानीकाे आयाेजना र पाण्डबखानी पशु सेवा केन्द्रकाे सह आयाेजनामा भएको तालिममा कुखुराकाे खाेर व्यवस्थापन, कुखुराकाे जात र विसेश्ता र विभिन्न राेग तथा उपचार सम्बन्धि तालिममा सिकाइएकाे थियाे। तालिममा १५ जनाकाे सहभागीता थियाे, साथै काेराेना भाइरस काेविड १९ काे कर संगै सामाजिक दुरि कायम गरि तालिमम संचालन भएको थियाे। तालिमको सहजिकरण तालिम प्रमुख बलराम अधिकारी र सायक परिक्षक शिव आचार्यले गर्नु भएको थियाे। साथै तालिमकर्ता आचार्य र अधिकारीले तालिममा सिकेका सीप र ज्ञान व्यावारमा लिन सके आफैलाइ र समाजलाइ सहज र फाइदा हुने बताउनुभयाे। हामिले कुखुरा पाल्छाै तर व्यवस्थापन सहित पाल्न सकिरहेका छैयाैं अब याे तालिमबाट हामीले धेरै कुराहरु सिकेकाे अनुभव गर्दै तालिममा सहभागी १ महिलाले बताउनु भयाे। पुन्थर आमा समुहका अध्यक्ष धनकुमारी सुनारकाे अध्यक्षता वडा सदस्य धनबहादुर सुनारकाे विशेष उपस्थिति रहेकाे थियाे।
No comments:
Post a Comment