पाण्डबखानी रमुवा माेटरबाटाे पहिराेका कारण अबरुद्ध
गलकाेट, ८ भदौ
सुरेश छन्त्याल
गलकाेट नगरपालिका १० पाण्डबखानी अन्तर्गत पाण्डबखानी रमुवा माेटर बाटाे अविरल वर्षा संगै आएकाे पहिरोका कारण बाटाे अवरुद्ध भएको छ। बाटाे अवरुद्ध हुदा पाण्डबखानी रमुवा हुदै रणसिहकिटिनी जाेड्ने माेटर बाटाे बन्द भएको छ। बाटाे अवरुद्ध भएको खबर पाएपछि नगरपालिकादेखि असिस्टेन्ट सब ईन्जिनियर हुकुम पुन मगर, वडा अध्यक्ष तिलक घर्ती पत्रकार सुरेश छन्त्याल, स्थानीय गाडी चालक अमर घर्ती र स्थानीयहरुले अवरुद्ध भएको बाटाे अनुगमन संगै सर्वे गर्दा ३९३ लम्बाई माेटर बाटाे अवरुद्घ भएको सब ईन्जिनियर पुनले जानकारी दिनुभएको छ। त्यस्तै आजै रमुवाका स्थानीयहरुकाे पहलमा सामान्य रुपमा बाटाे सफा गरेकाे स्थानीय दिपक वि.क ले जानकारी गराउनु भयो। भाेलि मल्म पाण्डबखानी माेटरबाटाे पनि अनुगमन संगं बाटाे सर्वे गर्ने जानकारी प्राप्त भएको छ।
No comments:
Post a Comment