गलकोटको रमुवामा भरुवा बन्दुक पड्केर एक जनाको मृत्यु
गलकाेट,२० साउन
गलकोट नगरपालिका वडा नंम्वर १० को रमुवा बिखबारी जैलुङमा भरुवा बन्दुक पड्केर एक जनाको ज्यान गएको छ ।
गलकोट नगरपालिका वडा नम्बर १० रमुवाका १५ बर्षिय मिलन मगरको भरुवा बन्दुक पड्कीएर ज्यान गएको ईलाका प्रहरी कार्यालय हरिचौरका प्रहरि निरिक्षक केशब सिंह थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार रमुवाका स्थानियले गाईबस्तुलाई चरिचरानको लागी जगंलमा छाडेको अबस्थामा नुन राख्न गएका रमुवाका ५ जना र पाण्डबखानीका १ जना गरि ६ जना गएको र गाँईबस्तुलाई नुन राखेर फक्रिने क्रममा भरुवा बन्दुक पड्कीदा मगरको ज्यान गएका हो ।
मगरको घटनास्थलमै सोमबार साझँ साढे ५ बजे नै ज्यान गएको प्रहरीले जनाएको छ । घटना स्थलमा फेला परेको भरुवा बन्दुक मृतक मगर र मृतक संगैं गएका ५ जनालाई नै थप अनुसन्धानको लागी जिल्ला चलन गरिएको थापाले जानकारी दिनुभयो ।
Thap anusandhan huna parxa
ReplyDelete