नेपाली काँग्रेस वडा कमिटीद्धारा सामाजिक सुरक्षा भत्ता यथावत गर्नका लागि केन्द्र सम्म निवेदन पठाउने ।
गलकाेट, १७ साउन
नेपाली काँग्रेस वडा कमिटी गलकाेट नगरपालिका १० पाण्डबखानी बागलुङको आम भेला सम्पन्न भएको छ । भेलामा आगामी दिनमा पार्टीलाई कसरी लैजाने, छुटेका क्रियासिल सदस्य वितरण गर्ने, क्रियासिल नवीकरण गर्ने, यहि साउन २३ र २४ गते पार्टीका सम्पूर्ण कार्यकर्ता, तरुणदल, भातृ संगठन, शुभेच्छुक पार्टीमा आस्थावानहरु लाई प्रशिक्षण कार्यक्रम संचालन गर्ने, सामाजिक सुरक्षा भत्ता नेपाल सरकारकाे निर्णय प्रति नेपाली काँग्रेस वडा कमिटीद्धारा नेपाली काँग्रेस जिल्ला समिति तथा जिल्ला कार्य समिति मार्फत केन्द्रिय कार्यालयमा ध्यान आर्कषर्ण गर्ने सामाजिक सुरक्षा भत्ता यथावत गर्नका लागि निवेदन गर्ने निर्णय भएको छ। विशेषगरी राजनीतिक विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियाे। कार्यक्रममा जिल्ला सदस्य रामप्रसाद वि.क, क्षेत्रीय सचिव तिलक घर्ती, पुर्ब महाधिवेशन प्रतिनिधि राधिका पुन, क्षेत्रीय प्रतिनिधि गिरिप्रसाद घर्ती, नेपाल प्रेस युनियन जिल्ला सदस्य सुरेश छन्त्याल, तरुणदल, शिक्षक संघ, भुतपुर्व सैनिक संघ, विद्यार्थी संघ लगाएत गरि ६५ जनाकाे सहभागीता रहेकाे कार्यक्रममा देवराज पुनकाे सभापतित्याे सचिव ज्ञानबहादुर श्रीसकाे संचालनमा सम्पन्न भएको थियाे।

No comments:
Post a Comment