जो जहाँ छौं त्यहीँबाट तिजको संस्कृतिलाई धानौं- उप प्रमुख काउचा......
गलकाेट, ५ भदाै
पाण्डबखानी अनलाइन खबर
हरितालिका तिज नेपाली महिलाहरुको महान पर्व हो । हाम्रो परम्परागत सस्कृति पनि हो यसलाई जगेर्ना गर्नु हामी सवैको दायित्व हो । तिज महिलाहरुको रमाईलो गर्ने पर्व मात्र नभएर आफ्नो दुःख बेदना पोख्ने थलो पनि हो पछिल्लो समयमा महिलाहरुका लागि तिज पर्व अवसरको रुपमा लिईएको थियो । तिज पर्वले महिलाको नेतृत्व विकासका सहयोग गरेको थियो ।यस पर्वमा महिलाहरुले आफ्नो भुमिकालाई ससक्त रुपमा देखाउँनका निम्ती एउटा माध्यमको रुपमा पनि मनाउँदै आईएको छ । महिलाका लागि घर बाहिर निश्कने माध्ययम पनि तिज पर्व नै बनेको छ । तर यस वर्ष विश्वव्यापी कोरोनाको महामारी चलेको छ । यो बेला सस्कृति बचाउने नाममा हामीले जथाभावी भिडभाड नगरौं । यसपाली हामी विगतको झै मेला महोत्सव नगरौं जहाँ छौं त्यही बसेर हाम्रा चाडपर्व मानौं संस्कृतिलाई धानौं । हामीले एक आपसमा भेला भएर जम्मा भएर भन्दा पनि आफ्नै घरभित्र सुरक्षित बसेर हाम्रा चाडपर्वलाई मनाऔं । हामी कोरोनाको महामारी बाट जोगियौं भने तिज त अर्को वर्ष आउँछ त्यही बेला नाचौला, गाउँला रमाउँदा । म पनि विगतका वर्षमा दिदिबहिनीले बोलाएको ठाउँमा पुगेर विभिन्न तिजका कार्यक्रममा सहभगी हुने गर्दथे र उहाँहरुका गुनासा सुन्ने मौका पाउँथे ।
यसपाली भने आफ्नै आमा सँग घरम बसरे तिज मनाउँदै छु । यस वर्ष सवै दिदिबहिनीलाई तिजको शुभकामना सहित तपाईहरु सवैलाई तिज घरमा नै बसेर मनाउनका निम्ती आग्रह गर्दछ । तिजमा अधिकांश दिदिबहिनीहरु ब्रत बस्नुहुन्छ । ब्रत बस्नु राम्रो हो म पनि हरेक वर्ष बस्ने गर्दछु । तर यो समयमा हामी कोरोनालाई जित्नुछ । यदी तपाई कोही विरामी हुनुहुन्छ भने ब्रत बसेर कुनै फाईदा छैन किनकी हामी कोरोनाको जोखिम सँग लड्ेका छौं । यो लडाईमा अन्य फरक रोग सँग लड्नुप¥यो भने झनै समस्या हुन्छ । त्यसैले आफ्नो स्वास्थ्यको ख्याल गरी ब्रत बस्नुहोला । घर बाहिर निश्कनुपरेमा सम्पुर्ण स्वास्थ्य सुरक्षाका सामाग्री प्रयोग गर्नुहोला स्वस्थ्य समाज निर्माणका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्नुहोला ।
रेणुका काउचा मगर
नगर उपप्रमुख, गलकोट नगरपालिका, बागलुङ
No comments:
Post a Comment