Sunday, September 20, 2020

दैनिक सैयौँको संख्यामा बेवारिसेलाई खाना खुवाउदै कांग्रेस नेत्री पवित्रा लामा

दैनिक सैयौँको संख्यामा बेवारिसेलाई खाना खुवाउदै कांग्रेस नेत्री पवित्रा लामा
गलकाेट,४ असाेज
पाण्डबखानी अनलाइन खबर
नेपाली कांग्रेसकी युवा नेत्री तथा सामाजिक अभियन्ता पवित्रा लामा निरन्तर २८ दिनदेखि सडकमा रहेका बेवारिसे मानिस र मुलुक ठप्प रहेको अवस्थामा रोजगारी गुमाएर खाना नपाएका व्यक्तिहरुलाई खाना खुवाउदै आएकी छिन् । कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञामा खानाबाट बञ्चित भएका बेवारिसे मानिसहरुलाई उनले निरन्तर २८ दिनदेखि खाना खुवाउदै आएकी हुन् ।उनले लगातार पशुपति क्षेत्रका वरिपरि रहेका करिब चार सय भन्दा बढी मानिसहरुलाई खाना खुवाउदै प्रत्येक व्यक्तिको मन जितेकी छिन् । उनको कार्यलाई नेपाली कांग्रेसका शीर्ष नेता, सांसदहरु समेतले प्रात्साशन गर्दै उनलाई आर्थिक र निजी रुपमा सहयोग पुर्याइरहेका छन् । स्वदेश र विदेशमा रहेका नेपालीहरुले उनको काम र सहयोगी मनलाई समर्थन गर्दै सहयोग गरिरहेका छन् । पवित्रा लामाले यसै सन्दर्भमा भनिन्, ‘बाटोमा कोही भोका नरहोस्, बाटोमा एक जना भोका रहेसम्म हामी आफ्नो कार्य जारी राख्ने छौँ ।’

बेवारिसे व्यवस्थापन तथा पूनर्जीवन केन्दका अक्ष्यक्ष विनय जंग बस्नेत र सोही संस्थाकी महिला प्रमुख पवित्रा लामा र सपना विगत ६ वर्षदेखि बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी छिन् । हालै उनी सिन्धुपाल्चोकमा गएको पहिरोको अवलोकन गर्दै त्याहाँ विस्थापित भएका परिवारहरुलाई राहत समेत वितरण गरेकी थिइन् । सानै उमेरमा प्रभावकारी कदम चाल्दै आएकी पवित्रा आफ्नो तर्फबाट बाटोमा कोही भोका नरहोस् भन्ने प्रयासमा लागिररहेकी छिन् । आफ्नो अभियानलाई प्रभावकारी बनाउन उनले नेपाली कांग्रेसमा प्रवेश गरेकी हुन् । देश र जनताका लागी जेसुकै गर्नुपरे आफू तयार रहेको उनले जनतामाँझ विश्वास व्यक्त गरेकी छिन् । नेत्री पवित्राद्वारा निस्वार्थ ढंगले भइरहेको कार्यले युवा पुस्तालाई देशको निम्ति केही गर्न प्रेरित गरेको छ ।

No comments:

Post a Comment