Thursday, September 3, 2020

पछिल्लो अपडेट : १७ जना बेपत्ता,चारको शव भेटियो,२५ घर बगायो

पछिल्लो अपडेट : १७ जना बेपत्ता,चारको शव भेटियो,२५ घर बगायो
गलकाेट, १९ भदौ

 अविरल वर्षाको कारण बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ८ र ९ भूजिखोलाको शिर देउरालीमा ठूलो पहिरो जाँदा २५ भन्दा वढि घर बगाएको छ भने १३ जना बढी बेपत्ता भएका छन् ।

अहिलेसम्म बाढीपहिरोमा परी मृत्यु भएकाचार जनाको शव  भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभएको छ ।

बाढीपहिरो कारण लाकुरीबोटमा ३ जना, सुकुरदुङमा १ जना, दुनेपधेंरामा ३ जना, घट्बोटमा ७ जना, भुसुन्डेमा ३ जना व्यक्ति सम्पर्क विहिन रहेको स्थानिय जिवन पुनले जानकारी दिनुभएको छ ।

सम्पर्क विहिन हुनेमा ढोरपाटन नगरपालिका–९ का ३५ वर्षीया कौशला पुन , उनका छोरा ६ वर्षीय हिक्मत, सोही ठाउँ बस्ने ३५ वर्षीया जीतबहादुर घर्ती, ४० वर्षीया राजु घर्ती, ३० वर्षीया कुमारी बिक, १९ वर्षीया पुतली बिक र ३२ वर्षीया करमती घर्तीमगर रहेका छन् ।
त्यस्तै सोही ठाउँकै ३५ वर्षीया रीना घर्तीमगर, ३५ वर्षीया नै दिलमाया घर्तीमगर र उनको छोराका ६ वर्षीय बालक, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नविन भण्डारी बेपत्ता छन् ।
पहिरोमा बेपत्ता भएकामध्ये ढोरपाटन नगरपालिका–३ भुजिखोला किनारमा अन्दाजी ३०/३२ वर्षको पुरुषको शव फेला परेको छ । ढोरपाटनकै वडा नं ५ बुडाथोकस्थित पुलको लठ्ठामा अड्केको अवस्थामा अन्दाजी ३०/३५ वर्षका पुरूषको शव भेटिएको छ ।

त्यस्तै बडिगार्ड गाउँपालिका–५ बालुवामा अन्दाजी २०/२२ वर्षका पुरूष र बडिगाड–७ खोप्चेमा अन्दाजी १२/१३ का पुरूषको शव फेला परेको छ । शवको सनाखत हुन सकेको छैन ।यस्तै बाढीले लाकुरीबोटमा ११ घर, दुनेपधेरामा ५ घर, घट्टबोटमा ८ घर, भुसुन्डेमा १ घर, बगाएको छ ।

बाढीले सुकुरदुङको सरस्वती आधारभुत विद्यालय, सुप्राङको जनचेतना प्रावि समेत वगाएको छ । साविक बोवाङमा रहेको ३ वटा जलविद्युत योजना, ३ वटा झलुङ्गे पुल पनि वगाएको छ ।

अहिले प्रहरी घटना स्थलमा पुगेको छ  तर क्षतिको अझै एकिन नभएको घटना स्थलमा रहनुभएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्षक प्रकाश सिंह भण्डारीले जानकारी दिनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी सहितको टोली पनि घटना स्थलतर्फ प्रस्थान गरेको छ । घटना स्थल तर्फ ढोरपाटन तथा घोडावाँधे व्यारेक वाट नेपाली सेनाको टोली पनि प्रस्थान गरेको छ। घटनास्थल सदरमुकामबाट १ सय १५ किलोमिटर पश्चिममा पर्दछ।

No comments:

Post a Comment