Tuesday, November 10, 2020

पाण्डबखानीमा देउसी भैलाे लगाएत अनआवश्यक जमगत नगर्न आग्रह

पाण्डबखानीमा देउसी भैलाे लगाएत अनआवश्यक जमगत नगर्न आग्रह
गलकाेट, २५ कार्तिक
सुरेश छन्त्याल
गलकाेट नगरपालिका वडा नम्बर १० पाण्डबखानीमा तिहार लक्ष्यित बैठक सम्पन्न भएको छ। नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै परम्परागत मनाउदै आइरहेकाे रीतिरिवाज देउसी भैलाे याे वर्ष बन्द गर्ने प्रस्तिथि सिर्जना भएकोमा वडा कार्यालयले खेत व्यक्त गर्दै याे वर्षकाे लागि अनआवश्यक जमगत नगर्न र नगाराउन सम्पूर्णमा अनुरोध गर्ने निर्णय गरेकाे छ । वडा अध्यक्ष तिलक घर्तिकाे अध्यक्षतामा बसेकाे बैठकमा वडा जनप्रतिनिधि, गलकाेट नगर सभा सदस्य गनेश शेर्चन, स्थानीय क्लब, आमासमुह, विद्यालयका प्रतिनिधि, समाजसेवी, टाेल सुधार समिति, पत्रकार, स्वास्थकर्मि लगाएतकाे सहभागीता रहेकाे थियाे। 

No comments:

Post a Comment