Saturday, November 21, 2020

पाण्डबखानीमा दियाे, प्रभुले सामाजिक सुरक्षा भत्ता

पाण्डबखानीमा दियाे, प्रभुले सामाजिक सुरक्षा भत्ता
सुरेश छन्त्याल
गलकाेट,६ मसिर

गलकोट नगरपालिकाको कार्यलय र गलकोट नगरपालिका वडा नं १० पाण्डबखानीको सम्वयन्यमा आज प्रभु बैंक लिमिटेड गलकोट शाखाले गलकोट नगरपालिका वडा नम्वर १० पाण्डबखानी वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न गरेको छ । हिजाे गलकोट नगरपालिका वडा नम्वर १० पाण्डण्डबखानीको रमुवामा सामाजिक सुरक्षा भत्ता वितरण सम्पन्न गरेको प्रभु बैक लिमिटेड गलकोट कर्मचारी शिशिर बममल्लले जानकारी दिनुभयाे। अफ्ररेशन ईन्चार्ज शिशिर बम मल्लकाे नेतृत्वमा खजान्जी सुनिल चालिसे, ग्राहक सेवा ईन्चार्ज दुर्गा थापा मगर,टेक्निसन खगेन्द्रमान खत्री, सेकरेटी गार्ड खिम बहादुर मल्ल, वडा अध्यक्ष तिलक घर्ती, वडा सचिव ठाकुर तिमिल्सिना, पत्रकार सुरेश छन्त्यालकाे टाेलिले सामाजिक सुरक्षा भत्ता वितरण गरेकाे प्रभु बैंक लिमिटेड गलकाेटले जनाएको छ। हिजाे र अाज गरि २१५ जनालाइ १९ लाख ४२ हजार ९ सय ३५ रकम वितरण गरिएको छ । गलकाेट नगरपालिका वार्ड नम्बर १० भित्रका बैंकले वडा नं १० का विभिन्न टोलमा गरि आज दलित वच्चा,पुर्ण अपाङ्गता, वृद्ध दलित,आंशिक अपाङ्गताम,एकल महिला, विधवा लाई भत्ता वितरण गरीएको छ ।  लकडाउनकाे समयमा पनि भत्ता पाउदा जेष्ठ नागरिकहरुले खुसि व्यक्त गरेका थिए । लकडाउनको समयमा बैकमार्फत बैकमै भत्ता वितरण गर्दा भिडभाड हुने भएकोले घरघरमै भत्ता वितरण सुरु गरिएको गलकोट नगरपालिका वडा नम्वर १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्तिले जानकारी दिनुभयो ।

No comments:

Post a Comment