पाण्डबखानी माध्यमिक विद्यालयलाई १५ हजार बराबरको माक्स, सेनिटाइजर र साबुन हस्तान्तरण ।
गलकाेट, २७ कार्तिक
सुरेश छन्त्याल
गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे माध्यमिक विद्यालयलाई १५ हजार बराबरको माक्स, सेनिटाइजर र साबुन हस्तान्तरण भएको छ ।
विश्वमा सबै क्षेत्रलाई काेराेना भाइरसले आक्रान्त पारिरहेकाे समयमा हालकाे विषम परिस्थितिमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लागू गरेकाे विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका -२०७७ बमाेजिम यस विद्यालयमा सञ्चालित विद्यार्थी सिकाइ सहजीकरण तथा कक्षा ११ र १२ काे वार्षिक परीक्षा सञ्चालनलाई स्वास्थ्य सुरक्षा सावधानीका दृष्टिकाेणले सक्दाे सुरक्षित तुल्याउन टेवा पुर्याउने हेतुले यस विद्यालयलाइ गलकाेट नगरपालिका-१०, पाण्डवखानी अन्तर्गत सुनपानी निवासी हाल जापानमा कार्यरत तथा पाण्डबखानी समाज जापानका प्रतिनिधि नारायण घर्ती मगर र जीवन संगिनी रुपा घर्तीले जन्म दिनकाे शुभ उपलक्ष्यमा रू. १५,०००/- बराबरकाे मास्क, सेनिटाइजर र साबुन आफ्ना पुज्य दाजु खगप्रसाद घर्तीज्यू र सुपुत्र रिकेन घर्तीमार्फत यस विद्यालयलाई हस्तान्तरण गर्नु भएकाे छ । हालकाे यस विषम परिस्थितिमा उहाँकाे याे सहयाेगका लागि यस विद्यालय परिवार हृदयदेखि धन्यवाद ज्ञापन गर्दै उहाँकाे सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, उत्तराेत्तर प्रगति र दीर्घ जीवनकाे कामना गर्दै विद्यालयका प्रयाचार्य नवीन भावुकले स धन्यवाद संगै जन्मदिनकाे शुभकामना व्याक्त गर्नु भएको थियाे।
No comments:
Post a Comment