Friday, December 27, 2019

पाण्डबखानी स्वास्थ चौकीमा बिरामीको संख्या बढ्यो ।

पाण्डबखानी स्वास्थ चौकीमा बिरामीको संख्या बढ्यो ।
पाण्डबखानी अनलाइन खबर
बागलुङको गलकोट नगरपालिका १० पाण्डबखानी स्वास्थ चौकीमा केहिदिन देखि बिरामीको संख्या बढ्न थालेका छन् । एक्कासी चिसो बढेपछि बिरामीको संख्या बढ्न थालेको छ । चिसो बढेसंगै रुघाखोगी,ज्यरो,निमुनिया लगाएतका बिरामी संकरमणले स्वास्थ चौकी तथा अस्पतालहरुमा बिरामीको संख्या एक्कासि बढ्न थालेका छन् । जाडोले विशेषरी बालबालिका,बृद्धाबृद्धी सहित रोगको बिरामी अस्ताल तथा स्वास्थ चौकीमा देखा परेको डाक्टरहरुको बनाई छ । क्षमता कम भएकालाई बढी समस्या देखिने भन्दै सतकरर्ता अपनाउन समेत डाक्टरले आग्रह गरेका छन् । अधिकाशं रुघाखोखी,ज्यरो आउने, टाउको दुख्ने,निमुनिया हुने र घाटी दुख्ने गरेकोको अस्पतालले जनाएको छ । यसबाट बच्न न्यानो कपडा लगाउने,तातो–तातो झोल पदार्थ बढीमा प्रयोग गर्ने डाक्टरहरुले सहल्ला दिएका छन् । त्यस्तै आजै जन्मेदेखि १५ वर्षका बालबालिकाहरुलाई राष्ट्रिय खोप अन्तर्गत पाण्डबखानी स्वास्थ चौकीमा चलिरहेको
छ । भोलि पाण्डबखानीको रमुवामा संचालन हुने पाण्डबखानी स्वास्थ चौकीका प्रमुख निशाना शाईले जानकारी दिनुभएको छ ।

Wednesday, December 25, 2019

रामकृष्ण ढकाल भन्छन्, 'मेरो डिभोर्स भएको छैन'

रामकृष्ण ढकाल भन्छन्, 'मेरो डिभोर्स भएको छैन'
पाण्डबखानी अनलाइन खबर
गायक रामकृष्ण ढकालले आफ्नोबारे गलत हल्ला फैलाइएको भन्दै दुःख व्यक्त गरेका छन् । श्रीमती निलमसँग ‘डिभोर्स’ नभएको उनले बताएका छन् ।
जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द श्रेष्ठले ‘रामकृष्ण ढकालको सम्बन्धविच्छेद भयो’ भनेर जानकारी दिएपछि हामीले गायक ढकालको मोबाइलमा सम्पर्क गर्दा उनका म्यानेजरले फोन उठाए । हामीले केही प्रश्न गर्दा उनले यसो भने : 
निलमजी र रामकृष्ण ढकालको डिभोर्स भएको भन्ने कुरा सत्य हो ?
यो सब झुठो हो, कसरी यस्तो हल्ला फैलियो मलाई थाहा छैन ।
जिल्ला अदालत काठमाडाैंका श्रेस्तेदारले त यस्तै जानकारी दिनुभएको छ नि ?
म बुझ्दैछु । म नै अलमलमा परेको छु । डिभोर्स भएको भन्ने कुरा सरासर गलत हो । के रहेछ म बुझेपछि खबर गर्छु नि । 
रामकृष्ण ढकालको सम्बन्धविच्छेद ! ढकाल भन्छन्, 'हल्ला मात्रै'
त्यस्तो केही सम्भावना थियो र ?
त्यस्तो सम्भावनाको कुरा केही छैन । मलाई धेरै जनाले फोन गरेर यसबारे जिज्ञासा राखिरहनुभएको छ । जसले मेरोबारे यस्तो हल्ला चलायो, त्यसविरुद्ध म कानुनी उपचारमा जान्छु ।

सूर्यग्रहणमा सधैँ सार्वजनिक विदा हुने बिहिबार छ की छैन, यसो भन्छ गृह मन्त्रालय

सूर्यग्रहणमा सधैँ सार्वजनिक विदा हुने बिहिबार छ की छैन, यसो भन्छ गृह मन्त्रालय
पाण्डबखानी अनलाइन खबर
आउँदो पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसअघिका सूर्यग्रहणका बेला सरकारले सार्वजनिक बिदा दिदैं आएको थियो ।
तर, यसपटक भने क्यालेन्डरमा बिदा उल्लेख नगरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो । क्यालेण्डरमा बिदा नभएको बेलामा सरकारले निर्णय गरेर बिदा दिने गरेकामा हालसम्म सूर्यग्रहणका लागि पुस १० गते सार्वजनिक बिदा दिने निर्णय नभएको उहाँले बताउनुभयो ।
ग्रहण बार्नेका लागि बिहान १० बजे कार्यालय पुग्न अप्ठ्यारो हुने भएकाले बिदा दिए सहज हुने मागसमेत गरिएको छ । बिहान साढे ११ बजेसम्म भोजनसमेत नगर्नेका लागि असहज हुने मैतीदेवीका नारायणप्रसाद घिमिरेले गुनासो गर्नुभयो ।
https://www.youtube.com/channel/UCzpfR_vhSeP3FtZ8vJQz5yw

भोलि बिहीबार देशैभरी सार्वजनिक विदा

भोलि बिहीबार देशैभरी सार्वजनिक विदा
 २०७६ पुष ९ गते
पाण्डबखानी अनलाइन खबर
गृह मन्त्रालयले भोलि बिहीबार देशैभरी सार्वजनिक विदा दिने तयारी गरेको छ । यसका लागि गृह मन्त्रालयले भोलि विदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ । भोलि बिहान नेपालसहितका देशमा खण्डग्रास सूर्यग्रहण लाग्दैछ । यही कारण विदा दिन लागिएको हो । विदाको लागि मात्रै मन्त्रिपरिषद बस्ने प्रचलन भने छैन । अब यो प्रस्तावको निर्णयका लागि गृह मन्त्रालयले पठाएको प्रस्ताव प्रधानमन्त्रीकहाँ पठाइन्छ । मन्त्रिपरिषदको अध्यक्षको हैसियतमा प्रधानमन्त्रीको स्वीकृतिपछि यो प्रस्ताव मुख्य सचिवले प्रमाणीकरण गर्छन् । प्रमाणीकरण भएसँगै यो प्रस्तावले मन्त्रिपरिषदबाट पारित भएसरहको मान्यता पाउनेछ ।भोलि लाग्ने खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, श्रीलंका लगायत एशियाका सबै देश, हिन्दमहासागर, मलेशिया, पूर्वी युरोप, उत्तर/पश्चिम अस्ट्रेलिया, पूर्वी अफ्रीका सहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिनेछ । नेपाली समय अनुसार बिहानको ८ बजेर ४२ मिनेटमा स्पर्श हुने र १० बजेर ०१ मिनेटमा मध्य हुने र ११ बजेर ३१ मिनेटमा मोक्ष हुनेछ । अतः सम्पूर्ण ग्रहण अवधि २ घण्टा ४९ मिनेटको रहनेछ । विशेष यो खण्डग्रास सूर्यग्रहण पश्चिम र दक्षिणको बीच तर्फबाट स्पर्श भई पूर्व र दक्षिण को बीचमा मोक्ष हुनेछ ।

Monday, December 23, 2019

अपांगता भएका नागरिकहरुका लागि गलकाेटमा निःशुल्क स्वास्थ्य शिविर भिडियो सहित

अपांगता भएका नागरिकहरुका लागि गलकाेटमा निःशुल्क स्वास्थ्य शिविर भिडियो सहित
सुरेश छन्त्याल/गलकाेट
पाैष ७ साेमबार
पाण्डबखानी अनलाइन खबर
फेयरमेड फाउन्डेशन नेपाल, भिमपोखरा युवाक्लव बागलुङको साझेदारीमा सञ्चालित ग्रामीण स्वास्थ्य सुधार परियोजना, आइएनएफ र आसिआरसिको समन्वयमा अपांगता भएका नागरिकहरुका लागि गलकाेटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अपांगता भएका नागरिकहरुलाई लक्ष्ति गरि आयोजना गरिएको शिविरमा निःशुल्क रुपमा परामर्श, चेकजाँच सहित आवस्यक सहायता औजारहरु समेत वितरण गरिएकाे परियोजनाका वरिष्ठ सुपरभाइजर गणेश बरुवालले बताए ।
शिविरमा अहिलेपनि विभिन्न क्षेत्रबाट अपांगता भएका नागरिकहरुको उपस्थिति बाक्लो देखिएको छ ।
अपांगता भएका नागरिकहरुलाई शिविरमा आएका विज्ञद्धारा परामर्श दिइरहेको जनाइएको छ ।
विभिन्न कारणले शारिरीक रुपमा अशक्त भएका नागरिकहरुका लागि कृत्तिम हात, खुट्टा तथा बैशाखी प्रदान गरिएको छ । अन्य विभिन्न कारणले अपौगता भएका नागरिकहरुका लागि लक्षित गरि शिविरको आयोजना गरिएको र शिवरमा जिल्ला स्वास्थ्य कार्यालय बागलुङ, स्थानीय तहले समेत सहयोग गरेका छन् ।
साेमबार  गलकाेट प्राथमिक स्वास्थ्य केन्द्रमा सुरुभएको शिविरमा आइएनएफ पोखराबाट सर्जन सहितको चिकित्सक टोली र आसिआरसिबाट प्राविधि टोली गरि १० जनाको टिम शिविरमा खटिएको जनाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुले समेत शिविरलाई सहयोग गरेको आयोजकले जनाएको छ ।
शिविरमा आएका, गरिब, विपन्न र दलित महिलाहरुलाई शिवरबाट सेवा पुग्न नसक्ने भएपछि स्थानीय तहको समेत सहयोगमा अप्रेशन वा अन्य सहयोगी सामाग्री वितरणमा भूमिका रहने भएको छ । शिविरबाट हुने सहयोगले अपांगता भएका नागरिकलाई सेवा नपुग्ने भएपछि रिफर गरि आवश्यक ठाउँबाट समेत उनीहरुलाई आवश्यक सेवा पुग्ने गरि कार्यक्रम आयोजना गरिएको बरुवालले बताए । अाज गलकाेट स्वास्थ्य चाैकी हटियामा सम्पन्न शिविरमा महिला ३९ पुरुष ९३ जनाले सेवा लिएका थिए ।
भिडियो हेर्न यहा क्लिक गर्नुहाेला https://youtu.be/oUnnqP6rmLg

Sunday, December 22, 2019

अपांगता भएका नागरिकहरुका लागि

अपांगता भएका नागरिकहरुका लागि बुर्तिबाङमा निःशुल्क स्वास्थ्य शिविर
पाैष ६ अाईतबार
पाण्डबखानी अनलाइन खकर
फेयरमेड फाउन्डेशन नेपाल, भिमपोखरा युवाक्लव बागलुङको साझेदारीमा सञ्चालित ग्रामीण स्वास्थ्य सुधार परियोजना, आइएनएफ र आसिआरसिको समन्वयमा अपांगता भएका नागरिकहरुका लागि बुर्तिबाङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
शनिबारबाट सुरुभएको शिविरमा, पश्चिम बागलुङका निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका गरि १ सय ८६ जनाले प्राविधिक टिमसँग स्वास्थ्य परामर्श तथा सेवा लिएका छन् ।
अपांगता भएका नागरिकहरुलाई लक्ष्ति गरि आयोजना गरिएको शिविरमा निःशुल्क रुपमा परामर्श, चेकजाँच सहित आवस्यक सहायता औजारहरु समेत वितरण गरिने परियोजनाका वरिष्ठ सुपरभाइजर गणेश बरुवालले बताए ।
शिविरमा अहिलेपनि विभिन्न क्षेत्रबाट अपांगता भएका नागरिकहरुको उपस्थिति बाक्लो देखिएको छ । शिविरमा तमानखोला गाउँपालिकाका १ सय २ वर्षीय वृद्ध कलवीर कामी र ढोरपाटन नगरपालिकाका १ महिनाका बालक भिजन भण्डारीले शिविरमा सहभाीता जनाएका छन् ।
यसैबीच शिविरमा एकै घरपरिवारमा ५ जना अपांगता भएका सदस्यहरुले सेवा लिएको आयोजकले जनाएको छ । अपांगता भएका नागरिकहरुलाई शिविरमा आएका विज्ञद्धारा परामर्श दिइरहेको जनाइएको छ ।
विभिन्न कारणले शारिरीक रुपमा अशक्त भएका नागरिकहरुका लागि कृत्तिम हात, खुट्टा तथा बैशाखी प्रदान गरिएको छ । अन्य विभिन्न कारणले अपौगता भएका नागरिकहरुका लागि लक्षित गरि शिविरको आयोजना गरिएको र शिवरमा जिल्ला स्वास्थ्य कार्यालय बागलुङ, स्थानीय तहले समेत सहयोग गरेका छन् ।
शनिबारबाट बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सुरुभएको शिविरमा आइएनएफ पोखराबाट सर्जन सहितको चिकित्सक टोली र आसिआरसिबाट प्राविधि टोली गरि १० जनाको टिम शिविरमा खटिएको जनाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुले समेत शिविरलाई सहयोग गरेको आयोजकले जनाएको छ ।
शिविरमा आएका, गरिब, विपन्न र दलित महिलाहरुलाई शिवरबाट सेवा पुग्न नसक्ने भएपछि स्थानीय तहको समेत सहयोगमा अप्रेशन वा अन्य सहयोगी सामाग्री वितरणमा भूमिका रहने भएको छ । शिविरबाट हुने सहयोगले अपांगता भएका नागरिकलाई सेवा नपुग्ने भएपछि रिफर गरि आवश्यक ठाउँबाट समेत उनीहरुलाई आवश्यक सेवा पुग्ने गरि कार्यक्रम आयोजना गरिएको बरुवालले बताए ।
सोही शिविर पौष ७ गते बरेङ गाउँपालिका, काठेखोला गाउँपालिका र गलकोट नगरपालिकालाई लक्षित गरि गलकोटमा आयोजना हुने बताइएको छ ।

Saturday, December 21, 2019

वर्षकै सबैभन्दा छोटो दिन आज


वर्षकै सबैभन्दा छोटो दिन आज
पाण्डबखानी अनलाइन खबर
पाैष ६ आइतबार 
आज यस वर्षको सबैभन्दा छोटो दिन लामो रात परेको आज बिहान बजेर ५१ मिनेटमा उदाएको सुर्य बेलुकी बजेर १४ मिनेटमा अस्ताउनेछ पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो  
दक्षिणी खण्डमा भने यही समय वर्षको सबैभन्दा लामो दिन छोटो रात हुने हरेक वर्ष जाडोमा हुने सोल्सटाईस (सक्रान्ती) उत्तरी खण्ड सूर्यबाट २३. डिग्रीले टाढा हुन्छ जस कारण सूर्यको किरण अन्य समयभन्दा थोरै आउँछ रात धेरै हुन्छ
हरेक वर्ष हुने यो सोल्सटाईस डिसेम्बरको २१ वा २२ मा पर्ने खगोल वैज्ञानिकहरु बताउँछन् तर अहिलेको आधुनिक पात्रोमा रहने ३६५ दिन हरेक चार वर्षमा दिन थप हुने कारणले यो डिसेम्बर २०, २१, २२ वा २३ मा पनि पर्न सक्दछ  

Friday, December 20, 2019

सक्न्यारमा पिकअप दुर्घटना, २ को अवस्था गम्भिर


सक्न्यारमा पिकअप दुर्घटना, को अवस्था गम्भिर
पाण्डबखानी अनलाइन खबर
सक्न्यारमा पिकअप दुर्घटना, को अवस्था गम्भिर बागलुङ खर्वाङबाट शिसाखानीतर्फ जाँदै गरेको लु ७५१५ नंं. को पिकअप जीप् बडिगाड गाउँपालिका , सक्न्यार टुटिफेदमा दुर्घटना हुँदा जना घाइते भएका छन् खर्वाङबाट विरामी लिएर शिसाखानी तर्फ जाँदै गरेको सो जिप दुर्घटनामा परेको हो दुर्घटनामा वडिगाड गाउँपालिका वडा नं. शिसाखानी वस्ने वर्ष २४ का चालक रमेश श्रीस, बडिगाड गाउँपालिका वडा नं. सरधारा वस्ने वर्ष २६ की शान्ती थापा, निजकै छोरी वर्ष की विविशा थापा, सोहि स्थान वस्ने वर्ष २३ की नुनु रेश्मी सोहि स्थानकै वर्ष ३३ की चुरा कुमारी थापा घाइते भएका छन् घाइते मध्ये विविशा थापा नुनु रेश्मीको अवस्था गम्भिर रहेको  
उनीहरुको खर्वाङमा सामान्य उपचारपछि पाल्पा पठाइएको प्रहरीले जनाएको जीप सडकवाट झण्डै ३०० मिटर तल खसेको

नगर गौरवको योजनाको काम शुरु ।


नगर गौरवको योजनाको काम शुरु ।
सुरेश छन्त्याल/पाण्डबखानी
बागलुङकाे गलकाेट नगरपालिका १० पाण्डबखानीकाे देखि रमुवा सम्म नयाँ ट्राकमा माेटरबाटाे निर्माण गरिदै छ ।
गलकोट नगरपालिकाको नगर गौरबको योजना मध्य दुर्गम लाई सुगम सङ्ग जोद्ने प्रयास अन्तरगत वडा न १० पाण्डबखानी रमुवा मोटर बाटाे स्तरौन्नती को काम शुरु भएको छ। उक्त बाटाे उपभोक्ता समिती मार्फत भएकाे छ । समितिका अनुसार नया ट्राक निर्माणका लागि रु. साठी लाख बजेट परेकाे छ ।
ग्रेत मिलाउनु पर्ने भएर नया ट्राक बनाएकाे यसमा प्राबिधिक स्तिमित अमुसार काम हुने समितिका अध्यक्ष उदिम घर्तिले जानकारी दिनुभएको छ। पाण्डबखानी हुल्से भन्ने स्थानबाट सुरु भएकाे छ। साथमा करिब ३ कि मि नया बाली नाकि तथा स्तर उन्नतिको काम हुने छ।