Monday, December 23, 2019

अपांगता भएका नागरिकहरुका लागि गलकाेटमा निःशुल्क स्वास्थ्य शिविर भिडियो सहित

अपांगता भएका नागरिकहरुका लागि गलकाेटमा निःशुल्क स्वास्थ्य शिविर भिडियो सहित
सुरेश छन्त्याल/गलकाेट
पाैष ७ साेमबार
पाण्डबखानी अनलाइन खबर
फेयरमेड फाउन्डेशन नेपाल, भिमपोखरा युवाक्लव बागलुङको साझेदारीमा सञ्चालित ग्रामीण स्वास्थ्य सुधार परियोजना, आइएनएफ र आसिआरसिको समन्वयमा अपांगता भएका नागरिकहरुका लागि गलकाेटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अपांगता भएका नागरिकहरुलाई लक्ष्ति गरि आयोजना गरिएको शिविरमा निःशुल्क रुपमा परामर्श, चेकजाँच सहित आवस्यक सहायता औजारहरु समेत वितरण गरिएकाे परियोजनाका वरिष्ठ सुपरभाइजर गणेश बरुवालले बताए ।
शिविरमा अहिलेपनि विभिन्न क्षेत्रबाट अपांगता भएका नागरिकहरुको उपस्थिति बाक्लो देखिएको छ ।
अपांगता भएका नागरिकहरुलाई शिविरमा आएका विज्ञद्धारा परामर्श दिइरहेको जनाइएको छ ।
विभिन्न कारणले शारिरीक रुपमा अशक्त भएका नागरिकहरुका लागि कृत्तिम हात, खुट्टा तथा बैशाखी प्रदान गरिएको छ । अन्य विभिन्न कारणले अपौगता भएका नागरिकहरुका लागि लक्षित गरि शिविरको आयोजना गरिएको र शिवरमा जिल्ला स्वास्थ्य कार्यालय बागलुङ, स्थानीय तहले समेत सहयोग गरेका छन् ।
साेमबार  गलकाेट प्राथमिक स्वास्थ्य केन्द्रमा सुरुभएको शिविरमा आइएनएफ पोखराबाट सर्जन सहितको चिकित्सक टोली र आसिआरसिबाट प्राविधि टोली गरि १० जनाको टिम शिविरमा खटिएको जनाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुले समेत शिविरलाई सहयोग गरेको आयोजकले जनाएको छ ।
शिविरमा आएका, गरिब, विपन्न र दलित महिलाहरुलाई शिवरबाट सेवा पुग्न नसक्ने भएपछि स्थानीय तहको समेत सहयोगमा अप्रेशन वा अन्य सहयोगी सामाग्री वितरणमा भूमिका रहने भएको छ । शिविरबाट हुने सहयोगले अपांगता भएका नागरिकलाई सेवा नपुग्ने भएपछि रिफर गरि आवश्यक ठाउँबाट समेत उनीहरुलाई आवश्यक सेवा पुग्ने गरि कार्यक्रम आयोजना गरिएको बरुवालले बताए । अाज गलकाेट स्वास्थ्य चाैकी हटियामा सम्पन्न शिविरमा महिला ३९ पुरुष ९३ जनाले सेवा लिएका थिए ।
भिडियो हेर्न यहा क्लिक गर्नुहाेला https://youtu.be/oUnnqP6rmLg

No comments:

Post a Comment