रत्नलक्ष्मी माध्यमिक विद्यालय गलकोट नगरपािलका वडा नम्वर ११ रिघाको ६० औं बार्षिकोत्सव तथा हिरक महोत्सव आज सम्पन्न भएको छ ।
हिरक महोत्सवको समापन समारोहलाई सम्बोधन गदैं गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले गलकोट नगरपालिकाले रत्नलक्ष्मी माध्यमिक विद्यालयलाई प्रबिधी मैत्री र सुबिधा सम्पन्न भवन निर्माणको लागी १० लाख सहयोग गर्ने घोषणा गनुभयो ।
नगर प्रमुख गैरेले विद्यालय शिक्षालाई समय समपेक्ष र जिवन उपयोगि बनाउनुपर्ने बताउदै गलकोट क्षेत्रको विद्यालय शिक्षालाई प्रभाबकारी बनाउन नगरपालिकाले बिशेष योजना लागु गर्ने बताउनुभयो ।
नगर प्रमुख गैरेले स्थानिय सरकार प्रदेश सरकारको अस्थित्व नरहने गरि केन्द्रीय तहबाट बजेटको बिनियोजन हुनाले समृद्धि सपनामा सिमित रहने बताउनुभयो । उहाँले स्थानिय तहसंगको सहकार्यमा योजनाको प्राथमिकिकरण गरि बजेट बिनियोजन गर्न प्रदेश र केन्द्र सरकारलाई आग्रह गर्नुभयो ।
हिरक महोत्सवको अबसरमा आयोजित खुल्ला फुटवल प्रतियोगितामा बागलुङ नगरपालिका ११ र लाल दुर्गा मल्ल सप्लायर्स बिच सम्पन्न प्रतियोगितामा १–० गोल अन्तरले बागलुङ ११ बिजयी बनेको छ ।
विद्यालय स्तरिय भलिबल प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय नरेठाँटिलाई पराजित गदैं न्यूलाईफ बोडिङ स्कुल हरिचौर प्रथम भएको छ ।
विद्यालय स्तरिय महिला भलिबल प्रतियोगितामा रत्नलक्ष्मी माध्यमिक विद्यालय रिघाले त्रिभुबन माध्यमिक विद्यालय खर्वाङलाई पराजित गदैं बिजयी बनेको शिक्षक नारायाण पौडेलले जानकारी दिनुभयो ।
हिरक महोत्सवको अवसरमा बिद्यालयलाई २ करोड बराबरको बोलकबोल रकम संकलन भएको जानकारी दिइएको थियो ।
गलकोट नगरपालिका ११ रिघा निवासी स्वगिय बुबा मु. मोतिप्रसाद श्रीसकोे स्मृतिमा छोराहरु गँगा प्रसाद श्रीस, गुमानसिंह श्रीस,, डिएसपि यम बहादुर श्रीसले विद्यालयलाई नगद ११ लाख ६१ रुपैया सहयोग गर्नुभएको भन्दै बिद्यालयमा शालिक निर्माण गरि अनाबरण गरिएको छ भने स्व पिता ति बहादुर काउचा र स्व माता भत्तकलि काउचाको स्मृतिमा छोराहरु डा.भिम पुन काउचा, श्याम काउचा, र तोरण काउचाले नगद १० लाख १ सय ६१ रुपैया प्रदान गर्नुभएको विद्यालयले जनाएको छ ।
त्यस्तै स्वगिय गंगा प्रसाद श्रसिको परिवार, स्वगिय अम्मर बहादुर पुनको सपरिबार, स्वगिय लाल बहादुर श्रीसको सपरिबार, शेर बहादुर काउचा परिबार, स्वगिय अम्मर बहादुर भुजेँलको परिबार, स्वगिय तुल प्रसाद पुनको परिबारबाट प्रतिपरिबारबाट ५ लाख भन्दा बढि रकम सहयोग प्रदान गर्नुभएको विद्यालयका प्रधानाध्यापक तारा बहादुर पुनले जानकारी दिनुभयो ।
समापन समारोहको अबसरमा संबिधानसभा सदस्य नर बहादुर पुन, निरज, गलकोट नगरपालिकाका प्रवत्ता हिम बहादुर भण्डारी हेमन्त, गलकोट नगरपलिकाका वडा नम्वर ६ का वडा अध्यक्ष नर बहादुर खत्री, गलकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्ण प्रसाद गौतम, साबिक रिघा गाँउ बिकास समितिका पुर्ब अध्यक्ष गाँगा भुजेल, सामुदायिक सेवा केन्द्र गलकोटका अध्यक्ष मञ्जु शर्मा चालिसे,पुर्ब प्रध्यानाध्यापक हरि भण्डारी लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
प्रबिधि युक्त गुणस्तरीय शिक्षा, सुदृढ भौतिक पुर्बाधार हाम्रो ईच्छा भन्ने उद्घोषका साथ मशिर २५ गते देखी सुरु भएको हिरक महोत्सवमा मयुर नृत्य, सोरठी नृत्य, बाल गित तथा नृत्य, बिद्यार्थीद्धारा पिटि प्रर्दशनि, राष्ट्रिय स्तरमा ख्यातीप्राप्त कलाकारहरुको सांगितिक प्रस्तुति लगाएतका सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
समापन सामारोहको अबसरमा विद्यालयलाई सहयोग गर्ने सहयोगदाता, जग्गादाता, चन्दादाता, पुर्व प्रधानाध्यापक, पुर्ब शिक्षक, लगायतलाई सम्मान समेत गरिएको थियो । सो अबसरमा आयोजित, भुपु भलिबल प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, रिले दौड, सामुहिक लोक नृत्य लगाएतका प्रतियोगिता सम्पन्न भएको विद्यालयले जनाएको छ ।
समापन सामारोह हिरक महोत्सव मुल समारोह समितिका सयोजक तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तारा बहादुर पुनको अध्यक्षता, शिक्षक नारायण गैरेको स्वागत तथा शिक्षक नारायण प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न्न भएको थियो ।
No comments:
Post a Comment