सक्न्यारमा पिकअप दुर्घटना, २ को अवस्था गम्भिर
पाण्डबखानी अनलाइन खबर
सक्न्यारमा पिकअप दुर्घटना, २ को अवस्था गम्भिर बागलुङ । खर्वाङबाट शिसाखानीतर्फ जाँदै गरेको लु १ च ७५१५ नंं. को पिकअप जीप् बडिगाड गाउँपालिका २, सक्न्यार टुटिफेदमा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । खर्वाङबाट विरामी लिएर शिसाखानी तर्फ जाँदै गरेको सो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा वडिगाड गाउँपालिका वडा नं. ३ शिसाखानी वस्ने वर्ष २४ का चालक रमेश श्रीस, बडिगाड गाउँपालिका वडा नं. ३ सरधारा वस्ने वर्ष २६ की शान्ती थापा, निजकै छोरी वर्ष ६ की विविशा थापा, सोहि स्थान वस्ने वर्ष २३ की नुनु रेश्मी र सोहि स्थानकै वर्ष ३३ की चुरा कुमारी थापा घाइते भएका छन् । घाइते मध्ये विविशा थापा र नुनु रेश्मीको अवस्था गम्भिर रहेको र छ ।
उनीहरुको खर्वाङमा सामान्य उपचारपछि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । जीप सडकवाट झण्डै ३०० मिटर तल खसेको छ ।
No comments:
Post a Comment