सूर्यग्रहणमा सधैँ सार्वजनिक विदा हुने बिहिबार छ की छैन, यसो भन्छ गृह मन्त्रालय
पाण्डबखानी अनलाइन खबर
आउँदो पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसअघिका सूर्यग्रहणका बेला सरकारले सार्वजनिक बिदा दिदैं आएको थियो ।
तर, यसपटक भने क्यालेन्डरमा बिदा उल्लेख नगरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो । क्यालेण्डरमा बिदा नभएको बेलामा सरकारले निर्णय गरेर बिदा दिने गरेकामा हालसम्म सूर्यग्रहणका लागि पुस १० गते सार्वजनिक बिदा दिने निर्णय नभएको उहाँले बताउनुभयो ।
ग्रहण बार्नेका लागि बिहान १० बजे कार्यालय पुग्न अप्ठ्यारो हुने भएकाले बिदा दिए सहज हुने मागसमेत गरिएको छ । बिहान साढे ११ बजेसम्म भोजनसमेत नगर्नेका लागि असहज हुने मैतीदेवीका नारायणप्रसाद घिमिरेले गुनासो गर्नुभयो ।
https://www.youtube.com/channel/UCzpfR_vhSeP3FtZ8vJQz5yw
No comments:
Post a Comment