Monday, December 20, 2021

गलकाेटमा ५ दिने कुखुरा पालन तालिम सुचारु ।

गलकाेटमा ५ दिने कुखुरा पालन तालिम सुचारु
सुरेश छन्त्याल/ गलकाेट

गलकाेट नगरपालिका ३ हटियामा फरक क्षमता भएका व्यक्तिहरुकाे लागि आज देखि कुखुरा पालन सम्बन्धि ५ दिने तालिम सुचारू भएको छ । तालिमको उट्घाटन गर्दै गलकाेट नगरपालिका का मेयर भरत शर्मा गैरेले अपांगता भएका व्यक्तिहरु पनि सपाङ्ग सर्ह जिउनका लागि उत्तिकै अधिकार रहेकाे भन्दै तालिममा सिकाइएका सीप ज्ञानहरु व्यावारमा लिन र आफ्नो टाेल, छिमेक, समाज  र समुदायमा तालिममा लिएका कुराहरु जानकारी गराउन अनुरोध गर्दै कार्यक्रमकाे सफलताको शुभकामना व्यक्त गर्नु भएको थियाे । त्यस्तै गलकाेट नगरपालिकाकि उप प्रमुख तथा यश कार्यक्रमका विशिष्ट अथिति रेनुका काउचाले फरक क्षमता भएका व्यक्तिहरु संग पनि उत्तिकै क्षमता र कला रहेकाे र उनीहरुले त्याे स्थान नपाएर ओझेलमा परेकाे भन्दै यश तालिमकाे व्यवस्थापन वातावरण मिलाएकाे र आगामीदिनमा अझै फरक तालिमकाे व्यवस्थापन गर्न नगर स्तरीय अपांग संजाल गलकाेटका सचिव सुरेश छन्त्याललाई अनुरोध गर्दै आगामीदिनमा पनि नगरपालिकाकाे हरदम सहयोग रहने प्रद्धिबद्धता गर्नु भयाे। गलकाेट नगर स्तरीय अपांग संजालका उपाध्यक्ष खिमलालकाे सभापति गलकाेट नगरपालिका का मेयर भरत शर्मा गैरेकाे प्रमुख आथितियतामा भएको तालिममा बरेङ गाउँपालिका, बडिघाड गाउँपालिका र गलकाेट नगरपालिकाबाट अपाङ्ग भएका व्यक्ति तथा अपाङ्ग भएका सदस्यहरु गरि २० जनाकाे सहभागीता रहेकाे छ। तालिम कृषि तथा पशु पंछि गलकाेट नगरपालिकाका प्रमुख हरित्त शर्मा, ग्रामीण स्वास्थ सुधार परियाेजना fair med byc बागलुङका फिल्थ सुपर भाइजर वियम नारायण भारि, सायहक बलराम अधिकारी, फिल्थ सुपर भाइजर राजेन सुवेदी लगाएतले प्रशिक्षण दिनुहुने छ। गलकाेट नगरपालिका नगर कार्यपालिकाकाे कार्यालय गलकाेटकाे आयाेजना र ग्रामीण स्वास्थ सुधार परियाेजना fair med byc बागलुङको सहयाेगमा कार्यक्रम संचालन भएको छ।  अपांग परिचय पत्र वितरण गलकाेटका संयाेजक पिदम घर्तिकाे स्वागत मन्तव्य संगै नगर स्तरीय अपांग संजाल गलकाेटका उपाध्यक्ष गुंन्ज खत्रीकाे संचालन रहेकाे थियाे ।

Saturday, December 18, 2021

पाण्डबखानीमा केन्द्रीय विद्धुतिकरण सम्बन्धमा सहजिकरण ।

पाण्डबखानीमा केन्द्रीय विद्धुतिकरण सम्बन्धमा सहजिकरण ।
सुरेश छन्त्याल/ गलकाेट

गलकाेट नगरपालिका १० पाणडबखानीमा केन्द्रीय लाइन प्रसारण हुन बाकि रहेकाे कार्यलाइ निरन्तरता दिने क्रममा नेपाल बिद्धुत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख तथा ईन्जिनियर दिलिप मरासिनी लगाएतका टाेलि  तथा गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्ती, वडा सचिव ठाकुर तिमिल्सिना, वडा सदस्य धनबहादुर थापा, रामप्रसाद वि.क, पत्रकार सुरेश छन्त्याल, पाण्डखानीका पशु प्राविधिक शिब आचार्य लगाएतका टाेलिले गलकाेट नगरपालिका वडा नं १० मा विद्धुतिकरण सम्बन्धमा सहजिकरण गर्दै वडा कार्यालय नजिक र सुनपानीमा रहेकाे ट्रास्मिटर अब २/३ दिन भित्र चार्ज गरि लाइन प्रसारण गर्ने तयारी रहेकाे र त्यस प्रस्ताव लगत्तै पाण्डबखानीकाे रमुवामा पनि छिट्टै प्रसारण गर्ने तयारीका साथ बिचबिचमा विद्धुतकाे तार र पाेल राख्ने काम भैरहेको साथै मिटर बक्सकाे लागि फम भरिसकेका हरुकाे मिरट वडा कार्यालयमा रहेकाे र मिटर बक्स लग्न छुटाउनु भएका ग्राहक महानुभवाहरु वडा कार्यालयमा सम्पर्क राख्न समेत अनुरोध गदै फम नभरेकाहरुले तत्कालै फम भर्न वडा अध्यक्ष तिलक घर्तिले आग्रह समेत गर्नु भएको छ।
याे भन्दा अघि केहि घरहरुमा जडान भईसकेकाे र लाइन पनि प्रसारण भएकाे छ  ।

Sunday, December 12, 2021

चाैरासी पुजा बापत लछुमन पुनद्धारा अक्षयकाेष स्थापना ।

चाैरासी पुजा बापत लछुमन पुनद्धारा अक्षयकाेष स्थापना ।
सुरेश छन्त्याल/ गलकाेट


गलकाेट नगरपालिका १० पाण्डबखानी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना कार्यक्रम सम्पन्न भएको छ। गलकोट नगरपालिका-१० पाण्डवखानी अन्तर्गत ढुंगिल निवासी वि.सं. १९९१ पौष २९ गते जन्मी हाल बेलायतमा कर्मथलाे बनाउदै आउनु भएका हवल्दार लछुमन पुनले आफ्नो चौरासी पूजा बापतको खर्च रकम श्री पाण्डवखानी माध्यमिक विद्यालयमा अध्ययनरत कुनै २ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृति प्रदान गर्ने उद्देश्यका साथ एक लाख चौरासी स्वयम् लछुमन पुन र श्रीमती ललिता पुन संस्थापक भई अक्षयकोष स्थापना गर्नु भएको छ । शिक्षाको महत्त्व बुझी विपन्न विद्यार्थीहरूको शिक्षा आर्जनमा थप सहजता ल्याउन र असल नागरिकका रुपमा समाज सेवामा लाग्न प्रेरित गर्ने उदेश्यका साथ आफुले विद्यालयमा अक्षयकोष स्थापना गरेकाे उनै ८४ वर्षिय लछुमन पुनले जनाउनु भयाे । त्यस्तै साेहि कार्यक्रममा वहाँका जेष्ठ सुपुत्र सुवेदार लोककुमार पुनबाट रू ५,०००/-, माइलो सुपुत्र तथा यस विद्यालयका पूर्व शिक्षक नारायण पुनज्यूबाट रू. २,०००/- र कान्छो सुपुत्र हाल वेलायतमा कार्यरत बेल पुनबाट रू.२,०००/- खाजा व्यवस्थापनका लागि प्रदान गर्नु भएको थियाे। यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिंह छन्त्यालले स्थापित यस पुण्य र महान कार्यका लागि लछुमन पुन र ललिता पुन तथा शिक्षाप्रेमी हरुलाइ आगामी दिन सुखमय बनोस्, भनी विद्यालय परिवारकाे तर्फबाट सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दिर्घायु सहित हार्दिक धन्यवाद ज्ञापन पर्कट गर्नु भएको थियाे। 

Saturday, December 11, 2021

गलकाेट समाज जापान क्षेत्रीय समितिद्धारा सुनारलाइ सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न ।

गलकाेट समाज जापान क्षेत्रीय समितिद्धारा सुनारलाइ सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न ।
सुरेश छन्त्याल/गलकाेट

गलकाेट समाज जापान क्षेत्रीय समिति कान्ताे(टाेकियाे) द्धारा गलकोट नगरपालिका १ दुदिलाभाटीकि १९ वर्षिय मुना सुनारकाे परिवारलाई आर्थिक सहयोग रु.५ लाख ३५ हजार हस्तान्तरण गरेकाे छ। गलकाेट नगरपालिका १० पाण्डवखानी सुनपानी (धाँर) मा बसि पाण्डवखानी मा.वि. कक्षा १२ मा अध्ययनरत अति विपन्न, जेहेन्दार र अनुशासित छात्रा मुना सुनार हाल दुवै किड्नी फेल भई लुम्विनी प्रादेशिक अस्पताल, बुटवलमा उपचाररत रहेको तथा उनको आर्थिक अवस्था अत्यन्त कमजोर रही उनको उपचार खर्च जुटाउन सक्ने अवस्था नै नरहेको सन्दर्भमा अमूल्य मानव जीवन रक्षाका लागि गलकोट समाज जापान, कान्तो, टोकियो क्षेत्रीय समितिले सुनारकाे परिवारलाई हालसम्म सङ्कलित रकम आज गलकोट नगरपालिका-१०, पाण्डवखानीमा हस्तान्तरण गरिएको छ । कार्यक्रममा जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, शिक्षाप्रेमी, पत्रकार तथा समाजका अगुवा महानुभावहरूको विशेष उपस्थितिमा समाजका उपाध्यक्ष समाजसेवी व्यक्तित्व हिमाल कँडेलकाे हातबाट विरामीको आमा र दाइलाई हस्तान्तरण गर्नुभएकाे थियाे, रकम हस्तान्तरण गर्दै समाजका उपाध्यक्ष हिमाल कँडेलले याे हाम्रो सानो सहयोग र सहभागीता मात्र हाे आगामीदिनमा यश प्रकारका सहयोग हुने बताउनुभयो ।
उच्च आशातीत र स्तुत्य सहयोगका लागि गलकोट समाज जापान कान्तो, टोकियो क्षेत्रीय  समितिका अध्यक्ष, उपाध्यक्ष र सचिव लगायत सम्पूर्ण पदाधिकारीहरुलाइ दुवै किड्नी फेल भइ अस्पतालकाे बेडमा छट्पटाइ रहेकी मुना सुनारको जीवनदानको लागि पुण्य कर्म गर्नु हुने सम्पूर्ण दाता मनहरूप्रति हृदयदेखि आभार व्यक्त समग्रह पाण्डबखानी बासिकाे तर्फबाट धन्यवाद संगै स्वागत गरिएको थियाे । साथै यहाँहरूको यो स्वस्फूर्त सहयोगले निर्धन, निसहायहरू पनि विना उपचार मर्नु पर्ने छैन भगवानरुपी दाताहरूको सहयोगी मनले जीवनदान दिनेछ भन्ने पवित्र सन्देश छरेको भन्दै पाण्डबखानी माविका प्रध्यानापक नवीन सुनार भावुकले बताउनु भयाे । त्यस्तै साहि कार्यक्रममा पनि उनलाइ सहयोग प्रदान संगै सहयाेग गर्ने संघसंस्था र दाताहरुकाे लहर्काे  लागेकाे थियाे । उनको उपचारमा २० ओैँ लाख खर्च हुने देखिएकाेले अन्य सहयोग दाताहरूका लागि ग्लोबल आईएमई बैंक गलकोट शाखामा राजन सुनार र लिल बहादुर काउचाको नाममा रहेको संयुक्त खाता नं. 9407010054737 मा रकम जम्मा गरिदिनु हुन र उनको पूर्ण उपचारमा अमूल्य सहयोग गरिदिनु हुन अनुरोध समेत गरिएको थियाे ।

Friday, December 3, 2021

गलकाेटमा ३० औं अन्तरास्ट्रिय अपांग दिवस सम्पन्न ।

गलकाेटमा ३० औं अन्तरास्ट्रिय अपांग दिवस सम्पन्न ।
सुरेश छन्त्याल/ गलकाेट
बागलुङको गलकाेट 
नगरपालिका ३ काे वडा कार्यालय हटिया ३० औं अन्तरास्ट्रिय अपांग दिवस सम्पन्न भएको छ। हाम्रो प्राथमिकताकाे आधार अपांगता भएका व्यक्तिकाे अधिकार भन्ने मुल नाराका साथ ३० औं अन्तरास्ट्रिय अपांग दिवस सम्पन्न भएको छ । गलकाेट नगर स्तरीय अपांग सञ्जाल गलकाेट नगरपालिका बागलुङका उपाध्यक्ष गुन खत्रीकाे अध्यक्षतामा
गलकाेट नगर स्तरीय अपांग सञ्जाल गलकाेट नगरपालिका बागलुङकाे आयाेजनामा गलकाेट नगरपालिका नगर कार्यपालिकाकाे कार्यालय गलकाेट र ग्रामिण स्वास्थ सुधार परियाेजना fair med byc बागलुङको सहयाेगमा भएको कार्यक्रममा बाेल्दै प्रमुख अतिथि समेत रहनु भएका गलकाेट नगरपालिका वार्ड नम्बर ३ का वडा अध्यक्ष तथा नेपाली काग्रेस गलकाेट नगर कार्य समितिका सभापति विरजङ भण्डारीले ३० औं अन्तर्राष्ट्रिय अपांग दिवसकाे शुभकामना दिदै फरक क्षमता भएका व्यक्तिहरु बढ्दै जादा विभिन्न खालकाे समस्याहरु देखा परेकाे जटिल अवस्थामा आउने देखिएकाे भन्दै राज्यले फरक क्षमता भएका व्यक्तिहरुकाे पहिचान गर्न जरुरी देखिरहेको भन्ने धारणा व्यक्त गर्नु भएको थियाे।कार्यक्रममा ग्रामिण स्वास्थ सुधार परियाेजना fair med byc बागलुङका फिल्थ सुपर भाइजर वियाेम नारायण भारि, सामाजिक परिचालिका अन्जना छन्त्याल, प्रत्येक वडादेखि अपांग संजालका प्रतिनिधि लगाएतकाे सहभागी रहेकाे थियाे। भने साेहि कार्यक्रममा गलकाेट नगरपालिका भित्र रहेका ४ जना अपांग भएका बालबालिकालाई सम्बन्धित अस्पतालमा नि.शुल्क उपचारका लागि पठाइने र आवश्यकता अनुसार २ जनालाइ वैसाखे लठ्ठी वितरण भएको छ। गलकाेट नगर स्तरीय अपांग सञ्जाल गलकाेट नगरपालिका बागलुङका उपाध्यक्ष गुन खत्रीकाे अध्यक्षताअपांग परिचय पत्र वितरण समितिका सदस्य पिदम घर्तिकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमकाे संचालन अपांग परिचय पत्र वितरण समितिका सदस्य हेमराज गैरेले गर्नु भएको थियाे।

Tuesday, November 30, 2021

पाण्डबखानीमा बालमैत्री आवाधिक लगानी याेजना निर्माण कार्यशाला सुचारू

पाण्डबखानीमा बालमैत्री आवाधिक लगानी याेजना निर्माण कार्यशाला सुचारू
बालबालिकामा गरेकाे लगानी ल्याउछ सुनाैलाे विहानी भन्ने मुल नाराका साथ गलकाेट नगरपालिका १० पाण्डबखानीले बालमैत्री स्थानीय शासन अवलम्बनमा सुचकहरुकाे प्राम्मिक उपलब्धि अन्तर्गत आवाधिक लगानी याेजना निर्माण कार्यशाला सुचारू  भएको छ । बालबालिकाकाे आगामी ३ वटा आर्थिक बर्षकाे विभिन्न शिर्षकमा अनुमानित बजेट प्रस्ताव गरिएकाे छ । उक्त प्रस्तावित बजेट माथी भाेलि समिक्षा हुने भएको छ। कार्यक्रममा वडा अध्यक्ष तिलक घर्तिकाे अध्यक्षता, गलकाेट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माकाे प्रमुख आथितियता कृषि अधिकृत हरिदत्त सुवेदी, बालमैत्री फाेकल पर्सन राजन कडेल, याेजना शाखा प्रमुख बाबुराम शर्मा, पशु प्राविधिक बलराम अधिकारी, वडा बालमैत्री पाण्डबखानीका सहजकर्ता रामु शाहि, राजनीतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, स्वास्थ चाैकि केन्द्रका प्रमुख, स्वास्थ स्वयसेविका, पत्रकार, वडा बाल संजालका अध्यक्ष लगाएतकाे सहभागीता रहेकाे थियाे। बालमैत्री १० का फाेकल पर्सन रामप्रसाद वि.क काे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन वडा सचिव ठाकुर तिमिल्सिनाले गर्नु भएको थियाे।
 त्यस्तै कृषि, पर्यटन, स्थानीय सिप र पूर्वाधार, सम्बर्द्ध गलकाेट निर्माणकाे मुल आधार भन्ने मुल नाराका साथ गलकाेट नगरपालिका १० वडा कार्यालय पाण्डबखानीमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA, मेड्पा) वडा स्तरीय एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गलकाेट नगरपालिकाकाे आयाेजनामा भएकाे कार्यक्रममा गलकाेट नगरपालिका उद्यम विकासका सहजकर्त गुलाब बादीले लघु उद्यम विकासकाे बारेमा प्रकाश पार्नु भएको थियाे। वडा अध्यक्ष तिलक घर्ति, वडा सचिव ठाकुर तिमिल्सिना, नगर सभा सदस्य गनेश शेर्चन, वडा सदस्य राधिका पुन, रामप्रसाद वि.क, बालमैत्री पाण्डबखानीका सहजकर्ता रामु शाही, सहजकर्ता कमला सुनार, सिजल लघु उद्याेम पाण्डबखानीका संचालिका कमला थापा, पत्रकार सुरेश छन्त्याल लगाएतकाे सहभागीता रहेकाे थियाे।

Friday, November 26, 2021

नव ज्याेति प्राविमा छात्रवृत्ति वितरण तथा स्वागत कार्यक्रम सम्पन्न ।

नव ज्याेति प्राविमा छात्रवृत्ति वितरण तथा स्वागत कार्यक्रम सम्पन्न 
सुरेश छन्त्याल/गलकाेट
बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे नव ज्याेति प्राविमा स्वागत तथा २०७७ सालकाे छात्रवृत्ति पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला थापाकाे अध्यक्षतामा भएको कार्यक्रममा पाण्डबखानी समाज जापानका प्रतिनिधि रेशम थापा, पाण्डबखानी समाज युकेका प्रतिनिधि कुमार थापा र प्रेम थापालाइ स्वागत गरिएको थियाे। साथै उक्त कार्यक्रममा विद्यालयलाइ १० हजारकाे दरले ३० हजार हस्तान्तरण समेत गरेका थिए । त्यस्तै मृत्यु सत्कारबाट उठेको रकम पाण्डबखानी अन्तरगत सुनपानी निवासी स्व. पतिराम घर्तिकाे स्मृतिमा श्रीमती चनमति घर्तीले विद्यालयलाइ ४ हजार हस्तान्तरण गरेका थिए । कार्यक्रममा वडा सदस्य धनबहादुर सुनार, पाण्डबखानीका बालमैत्री सहजकर्ता रामु शाही, समाजसेवी मानसिह छन्त्याल, पत्रकार सुरेश छन्त्याल, शिक्षक, अभिवाभक, विद्यार्थी लगाएतको सहभागीता रहेकाे थियाे भने कार्यक्रमकाे संचालन विद्यालयका प्र.ह आसा श्रीसले गर्नु भएको थियाे।

Saturday, November 20, 2021

काँग्रेस क्षेत्र नम्बर २ प्रदेश ‘क’ को सभापतिमा घर्ती निर्विरोध निर्वाचित

काँग्रेस क्षेत्र नम्बर २ प्रदेश ‘क’ को सभापतिमा घर्ती निर्विरोध निर्वाचित
सुरेश छन्त्याल/ गलकाेट
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बागलुङ निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ को अधिबेशनबाट सभापतिमा गलकोटका तिलक घर्ती मगर निर्विरोध निर्वाचित भएका छन् । 
उप– सभापतिमा ताराखोलाका कलाधर सुवेदी, बडिगाडका हरिचन्द खत्री र सचिवमा गलकोटका टिकाराम पुन काउचा र वीर बहादुर बोहरा, सह–सचीवमा गलकोटका हरिदत गौतम र बडिगाडका राज थापा क्षेत्री निर्बिरोध निबाचित भएका हुन् । प्रदेश पदाधिकारीको विषयमा मतदान भईरहेको निर्वाचन अधिकृत सरिता केसीले जानकारी दिईन ।

Friday, November 19, 2021

‘छाडा आइमाई’

‘छाडा आइमाई’
कविता 
मलाई आँखाहरुको संवाद मनपर्छ।
उसका अश्लील नजरहरुले चिमोठ्न खोजे
मेरो वदनको कुनै हिस्सा,
मेरा नजरहरुले पनि लगाउन सक्छन् थप्पड!
दुख्ने गरि उसको पुरुषत्त्व माथि!

त्यसैले,
म अराजक हुँ।

आमाको रातो फरीया,
बज्यैको ढाकाको चोलो,
बहुतै मनपर्छ मलाई!
तर,
मलाई ‘बा’ ले जस्तै कालो कोट लगाउन पनि मन पर्छ।
भाइका जस्तै छोटा कपडाहरुमा पनि मलाई म सुन्दर लाग्छ!
मलाई मेरा नाङ्गा तिघ्राहरु कहिल्यै अश्लील लागेनन्!

त्यसैले,
मलाई कहिल्यै संस्कारी भनिएन।

मेरो छातीलाई छोएको छ घामको न्यानोले!
मेरो कम्मरले पनि महशुस गरेको छ हावाको स्पर्श्!
मैले मेरा गुप्ताङ्गहरुमा राखेको छैन मेरो अस्मिता!

त्यसैले,
समाजले अश्लील पनि भन्छ मलाई!

सहरको सुनसान गल्लीहरु बिचमा,
एक्लो छ मेरो आश्रयस्थल
जहाँ एक्लै हुर्किरहेको छ मेरो यौवन!

त्यसैले,
समाजलाई शंका छ,मेरो कुमारित्व माथी!

मलाई मनपर्छ!
बिच बाटोहरुमा समाएर हिड्न उसको हात,
तर गन्तव्य सम्म एक्लै पुग्नसक्ने मेरो सामर्थ्यमाथि
घमण्ड पनि छ मलाई!
हो,
म धेरै प्रेम गर्छु आफ्नाहरु लाई,
तर आफूलाई जति गर्दिन!

त्यसैले,
बेलाबखत जिज्ञासा पनि भेटिन्छन्।
मेरो परवरीस लाई लिएर

समाजले ओढाएको लाजको चादर भित्र
झुकेर बस्न मान्दैनन् यी नजरहरु!

पितृसत्ताले लगाएको पर्खाल तोडि,
परम्पराको परिधिभन्दा पर दौडिएर
सपनाको उडान भर्न रुचाउँछन् यी पैतालाहरु

आमाको मुस्कान जस्तै कोमल यो हृदय,
आमामाथी भएको दमन जत्तिकै कठोर पनि छ।
दुखाउने हरु लाई मेटाउदा,दुख्दैन मलाई!

हो,
मेरा निडर आँखा,
नाङ्गा तिघ्रा,
खुल्ला छाती,
बाक्लो संगत,
चर्को हासो,
अनि भड्किलो आवाजका कारण
समाजले परिभाषित गरेकी ‘छाडा आइमाई’ हु म

लेखक:- विद्याश्री सिंह

Wednesday, November 17, 2021

गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो टोकियोद्धारा पाण्डबखानीमा शैक्षिक सामाग्री हस्तान्तरण ।

गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो टोकियोद्धारा पाण्डबखानीमा शैक्षिक सामाग्री हस्तान्तरण ।
सुरेश छन्त्याल/ गलकाेट


गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो टोकियोद्धारा आज एक कार्यक्रमका बिच पाण्डबखानीमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । समितिले गलकोट क्षेत्रभित्रका विद्यालयका विपन्न तथा जेहेन्दार ९९ जना विद्यार्थिहरु लाई शैक्षिक सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम अन्तरर्गत आज  गलकाेट नगरपालिका १० पाण्डबखानी भित्रका ६ वटा विद्यालयलाइ शैक्षिक सामाग्री हस्तान्तरण गरेको गलकोट समाज जापान क्षेतिय समिति कान्तो टोकियोले जनाएको छ । 
गाउ“ आएको मौका पारेर समाजका पदाधिकारीले गाउ“गाउ“मा पुगेर जेहेन्दार र बिपन्न परिवारका बालबालिकालाई सामाग्री हस्तान्रण गरेका हुन् । बालबालिकाको शिक्षामा पहु“च बढाउनका लागि सामाग्री हस्तान्रण गरेको समाजले जनाएको छ । 
गल्कोट समाज जापान क्षेत्रीय समिती टोकियोको वार्षिक योजना एव कार्यक्रम अन्तरगत गल्कोट नगरपालिका र ताराखोला गाँउपालिका भरिका सामुदायिक विद्यालयहरुमा अति बिपन्न एवम जेहेन्दार विधार्थीलाई छात्रवृत्ती हस्तान्तरणको कार्यक्रम सुभारम्भ भएकोले समग्र गल्कोटको शैक्षिक विकासमा विशेष भुमिका खेल्नेमा आशावादी रहेको संस्थाका सचिव दिनेश थापाले जानकारी दिनुभयो । 
 कार्यक्रमलाई कसरी दिर्घकालिन र नियमित बनाउन सकिन्छ भन्ने सम्बन्धमा पनि टोकियो क्षेत्रीय समिती अन्य क्षेत्रीय समितिसग वृहत छलफलमा जुटिरहेको समाजले जनाएको छ ।  छात्रबृति कार्यक्रम अन्य भैपरी आउने सहयोग अभियान जस्तो हस्तान्तरण गरेपछि सकिने जस्तो नभई समग्र गलकोट क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा अध्यापन गराउने शिक्षक, विद्यार्थी र प्रवासमा रहेका अभिभावकको त्रिकोणात्मक सम्बन्ध बिस्तार हुने समाजको अपेक्षा रहेको छ ।

आफ्ना नानीबाबुको समग्र शैक्षिक अवस्था,खेलकुद र अतिरिक्त क्रियाकलापको वस्तु स्थितिको  बारेमा हुने शिक्षक र अभिभावक बिचको पारस्परिक सम्बन्ध कायम गर्न समाजले संचालन गरेको अभियानमा हातेमालो गदैं आर्थिक सहयोग गर्नुहुने सहयोगदाताहरुप्रति गलकोट समाज जापान क्षेत्रिय समिती टोकियोले आभार समेत ब्यक्त गरको छ । 

साेहि कार्यक्रममा छात्रवृत्तिका लागि छनाेट भएकी पाण्डबखानी माविकाे कक्षा १२ मा अध्यानरत मुना सुनार दुवै कित्निक फेल भै हाल उपचारत रहेकाले कार्यक्रममा उपस्थित हिमाल गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो टोकियोका उपाध्यक्ष हिमाल कडेलकाे टिमले रु ६ हजार नगद सहयोग र कार्यक्रम काे लाइभ भिडियो हेरेर बसिरहनुहुने प्रधातिकारि ज्युबाट रु २५ हजार सहयोग गर्ने प्रद्धिबद्दा जनाउदै बाकि सहयोगका लागि समाज र जापानमा सहयोग अभियान संचालन गर्ने तयारी रहेछ ।

Thursday, November 4, 2021

समाज रुपान्तरणमा युवाहरुकाे भुमिका रहने वडा अध्यक्ष घर्ती

समाज रुपान्तरणमा युवाहरुकाे भुमिका रहने वडा अध्यक्ष घर्ती
सुरेश छन्त्याल/गलकाेट

कला, संस्कृतिक र खेलकुदकाे संरक्षण गराैं समुन्नत समाजकाे परिचय दियाैं भन्ने मुल नाराका साथ शुभ दिपावलीकाे पावन अवसरमा घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च 1st A sait फुटबलकप कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अथिति समेत रहनु भएका गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तथा नेपाली काँग्रेसका क्षेत्रीय सचिव तिलक घर्ती मगरले खेल राष्ट्र र स्वास्थकाे लागि प्रमुख रहेकाे अवगत गराउदै युवाहरुकाे आवश्यकता र चाहाना अनुसार स्थानीय सरकार सदैब साथमा रहने साथै समाज रुपान्तरणमा युवाकाे भुमिका महत्त्वपूर्ण रहने भएकोले विद्यमान सामाजिक विकृति निवारण तथा समाज विकासमा अग्रसर हुन आग्रह गर्नु भयाे। त्यस्तै एकताले जस्तोसुकै समस्या समेत हल गर्ने भएकोले सम्पूर्ण युवाहरु बद्ध रहन अपिल समेत गर्नु भयाे । १६ टिम सहभागीता रहेकाे खुला फुटबल प्रतियाेगितामा good vibs पाेखरा प्रथम गलकाेट नगरपालिका १० पाण्डबखानी मावि दाेस्राे र त्यस्तै लाेक नृत्य प्रतियोगितामा न्यु स्टेप पाण्डबखानी प्रथम, पाण्डबखानी मावि दाेस्राे, गलकाेट मावि तेस्राे र एकता बर्डिङ स्कुल हरिचाैर सान्तना भएका छन् ।
त्यस्तै उत्कृष्ट गाेल रक्षक गर्नु भएका गाेठि युनाइटेड क्बल बागलुङका रन्जन खत्री, सर्वाधिक गाेल कर्तामा घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्चका खेलाडी सुवास पुन र उत्कृष्ट खेलाडीमा good vibs पाेखराका सुदिप गुरुङ लाई पुरुस्कृत गरिएको थियाे ।
कल्बका अध्यक्ष प्रकाश पुनकाे अध्यक्षता गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तथा नेपाली काँग्रेसका क्षेत्रीय सचिव तिलक घर्ती मगरकाे प्रमुख आथितियता, वडा सदस्य रामप्रसाद वि.क  बरिस्ठ समाजसेवि मानसिह छन्त्याल, गलकाेट नगर सभाका सदस्य राधिका पुनकाे विशिष्ट आथितियता, खिम काउचाकाे स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमकाे संचालन दिप घर्तिले गर्नुभएको थियाे।

Friday, October 29, 2021

गलकाेट नगरपालिका १० रमुवामा सामाजिक सुरक्षा भत्ता वितरण ।

गलकाेट नगरपालिका १० रमुवामा सामाजिक सुरक्षा भत्ता वितरण ।
सुरेश छन्त्याल/ गलकाेट

गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा प्रभु बैङ्क गलकोटद्वारा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता गलकोट नगरपालिका वार्ड नं १० पाण्डवखानीको रमुवामा वितरण गरिएको छ ।
उक्त सामाजिक सुरक्षा भत्ता वितरणमा कार्यक्रममा वडा सदस्य रामप्रसाद वि.क, वडा सचिव ठाकुर तिमिल्सिना, प्रभु बैंक गल्कोटका संचालक प्रमुख शिशिर बम मल्ल, विपिन थापा, दुर्गा बहादुर थापा, सुरक्षा कार्ड खिमबहादुर मल्ल  लगायतको सहभागिता रहेको थियो।

ज्येष्ठ नागरिक, दलित , एकल महिला , पूर्ण अशक्त , पूर्ण अपांग ,दलित बालबालिका गरि जम्मा ६८ जनालाई ५ लाख ४ हजार २ सय वितरण भएको र भाेलि विहान १० बजे देखि वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण हुने बैंकका सञ्चालन प्रमुख शिशिर बम मल्लले जानकारी दिनुभएकाे छ।

Wednesday, October 27, 2021

ओझेलमा परेको घुम्टे विस्तारै पर्यटन क्षेत्रमा चिनिँदैछ ।

ओझेलमा परेको घुम्टे विस्तारै पर्यटन क्षेत्रमा चिनिँदैछ । 
धार्मिक एवं पर्यटकीय गन्तव्यस्थल घुम्टेमा आउँदो बुधबार र बिहीबार विश्वशान्ति पूजा हुने भएको छ । कात्तिक अष्टमी तिथि पारेर लघुरुद्री तथा लाखबत्ती प्रज्ज्वलनसमेत गर्न लागिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ । तीन हजार ११० मिटर उचाइको घुम्टेमा अवस्थित सिद्ध–भैरव मन्दिर परिसरमा वैदिक विधिपूर्वक पूजापाठ गरिने केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताउनुभयो । विश्वशान्तिको कामनासहित केन्द्रले गत वर्षदेखि दसैँ र तिहारबीचको अष्टमीमा पूजाको तिथि बसालेको हो ।
यज्ञ, पूजापाठ, सङ्र्कीतनलगायत धार्मिक अनुष्ठानका लागि सबै तयारी पूरा भएको अध्यक्ष बस्नेतले बताउनुभयो । लाखबत्ती प्रज्वलन गर्न चाहने भक्तजनका लागि बत्ती र पूजा सामग्रीको प्रबन्ध केन्द्रले नै गर्ने भएको छ । सो वापत सेवा दस्तुर भने भक्तजनले तिर्नुपर्नेछ । तीनसुते बत्तीका लागि रु २० हजार, पाँचसुतेका लागि रु २५ हजार र नौसुतेका लागि रु ३५ हजार दस्तुर निर्धारण गरिएको छ । “पूजा परम्पराले धार्मिक पर्यटक घुम्टे चढ्न आकर्षित हुने विश्वास लिइएको छ”, अध्यक्ष बस्नेतले भन्नुभयो ।
ऐतिहासिक सिद्ध–भैरवको मन्दिर रहेको घुम्टेमा वर्षेनी वैशाखे पूर्णिमाका अवसरमा विशेष पूजापाठ हुने गर्छ । मनोकांक्षा पूरा हुने विश्वासमा सिद्ध–भैरवको दर्शनका लागि हजारौँ दर्शनार्थी सो दिन घुम्टे पुग्छन् । छिमेकी जिल्लाका धार्मिक पर्यटकसमेत घुम्टे चढ्न लालयित हुन्छन् ।
वैशाखे पूर्णिमामा मात्र नभएर अरु याममा पनि धार्मिक पर्यटकलाई घुम्टेमा आकर्षित गर्ने उद्देश्यले विश्वशान्ति पूजाको परम्परा बसालिएको केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताउनुभयो । कात्तिक, माघ र साउनमा बली नचल्ने हुँदा ती महिनामा वैदिक विधिपूर्वक पूजा हुने गरेको छ । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सीमामा पर्ने पर्यटकीय लेक घुम्टे प्राकृतिक, धार्मिक र जैविक दृष्टिले महत्वपूर्ण मानिन्छ । त्यहाँको पर्यटन प्रवद्र्धनका लागि नयाँ वर्षमा गुराँस उत्सवसमेत आयोजना हुँदै आएको छ । रङ्गीचङ्गी गुराँसले वसन्त याममा घुम्टेको सौन्दर्य अझ बढी खुल्छ । घुम्टेबाट मनोरम भू–बनोट, हिमश्रृङ्खला, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य देख्न सकिन्छ । पदयात्राका सौखिनका लागि पनि घुम्टे उपयुक्त मानिन्छ ।

चारैतिरबाट घुम्टे चढ्न व्यवस्थित पदमार्ग बनेका छन् । गलकोट–५ टेउवासम्म सडकमार्फत पुगेपछि त्यहाँबाट पैदल अढाइ÷तीन घण्टामा घुम्टे पुगिन्छ । वडा नंं। ७ मल्म, १० पाण्डवखानीको सिद्धथान र ताराखोला गाउँपालिका हुँदै पनि घुम्टे चढ्न सकिन्छ । गण्डकी प्रदेश सरकारको ११० गन्तव्यस्थलमध्येमा सूचीकृत घुम्टलाई जोड्ने सडकमार्ग पनि निर्माणाधीन छ । टेउवादेखि तल्लो र उपल्लो घुम्टेबीचको देउरालीसम्म सडक पु¥याउन चार वर्षअघि काम थालिएको थियो । सडकदेखि अन्य पर्यटकीय पूर्वाधारमा सङ्घ, प्रदेश सरकार र स्थानीय तहको लगानी छ । घुम्टेलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न केन्द्रको अगुवाईमा स्थानीयवासी कस्सिएका छन् ।
पूर्वाधार र प्रचारप्रसार अभावमा ओझेलमा परेको घुम्टे विस्तारै पर्यटन क्षेत्रमा चिनिँदैछ । घुम्टेको विकास र प्रवद्र्धनमा सरकारी चासो पनि बढ्दो छ।

Sunday, October 24, 2021

पाण्डबखानीमा ट्रास्मिटर चार्ज संगै टाेलमा लाइन प्रसारण

पाण्डबखानीमा ट्रास्मिटर चार्ज संगै टाेलमा लाइन प्रसारण 
सुरेश छन्त्याल/गलकाेट
गलकाेट नगरपालिका १० पाण्डबखानीमा केन्द्रीय लाइन प्रसारण आरम्भ भएको ५/६ महिना भएको थियाे । त्यस्तै आज पाण्डबखनीकाे उपल्लो फुर्सेमा ट्रास्मिटर चार्ज संगै टाेलमा लाइन प्रसारण भएको ने का वडा सभापति  भक्त काउचाले जानकारी दिनुभयाे। त्यस्तै तिहार अघि केही टाेलहरुमा लाइन प्रसारण गर्ने तयारी रहेकाे नाे लाइट गलकाेट शाखाका प्राविधिक ज्ञानबहादुर थापाले जानकारी दिनुभयाे। वडामा बिद्धुतिय क्षेत्रको सहजताको लागि अध्यक्ष तिलक घर्ती विद्धुत प्राधिकरणका प्रमुख संग भेट गरि सहजीकरण गर्ने गरि तयारी रहकाे र पाण्डबखानीले दिपावली भित्र नै केन्द्रीय बिद्धुत प्रयोग गर्नका लागि प्राधिकरण प्रमुख सङ्ग आग्रह गर्ने साथै केन्द्रीय प्रसारणले यहाको जनजीवन मा सहज हुने वडा अध्यक्ष घर्तिले जानकारी दिनु भयाे।

Wednesday, October 20, 2021

नेपाली काँग्रेसले कम्युनिस्टलाई कहिल्यै दुश्मन देख्दैन् क्षेत्रीय सचिव घर्ती

नेपाली काँग्रेसले कम्युनिस्टलाई कहिल्यै दुश्मन देख्दैन् क्षेत्रीय सचिव घर्ती
सुरेश छन्त्याल/पाण्डबखानी


गलकाेट नगरपालिका १० पाण्डबखानीमा विजया दशमी तथा शुभकामना दिपावली नेपाल सम्बत् एवम् छठ पर्वकाे पावन अवसरमा आयाेजित शुभकामना आदानप्रदान तथा चिया पान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काँग्रेस वडा कार्य समिति गलकाेट नगरपालिका १० पाण्डबखानीकाे आयाेजनामा भएको कार्यक्रममा बाेल्दै क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव तथा गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्ती मगरले नेपाली काँग्रेसले कम्युनिस्टलाई कहिल्यै दुश्मन हुन सक्दैनन भन्दै दुश्मन त त्याे हाे जाे २००७ साल भन्दा अगाडि शाशन व्यवस्था हाे भने २०६२/०६३ सम्मका जनआन्दोलनहरूबाट प्राप्ति उपलब्धिलाई संस्थागत गर्दै नेपाली काँग्रेस जनता प्रतिकाे शत्रु गरिबी, अशिक्षा, राेग र शाेक लाई अन्त्य गर्दै समाज रुपान्तरण गरि समाजवाद सम्म पुग्ने लक्ष्य हाे, नेपाली काँग्रेस हिंसामा हैना विचारमा विश्वास गर्छ त्यसैले वैचारिक सैद्धान्तिक लडाइँका लागि काँग्रेसमा साधारण तथा क्रियासिल सदस्यता लिन जरुरी छ भन्ने बताउनु भयाे।

त्यस्तै कार्यक्रममा जिल्ला सदस्य रामप्रसाद वि.क महाअधिवेशन प्रतिनिधि राधिका पुन, क्षेत्रीय प्रतिनिधि गिरिप्रसाद घर्ती, शिक्षक संघ जिल्ला सदस्य नवीन भावुक, शिक्षक संघ गलकाेटका उपाध्यक्ष प्रकाश पुन, बरिस्ठ समाजसेवी मानसिंह छन्त्याल, नेपाल प्रेस युनियन जिल्ला सदस्य तथा क्षेत्रीय प्रतिनिधि सुरेश छन्त्यालले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै साेहि कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य तथा जिल्ला सचिवकाे उम्मेदवार बसन्त कुमार श्रेष्ठले १४ ओेेैं महाअधिवेसन सफल पाराै लेखेकाे टाेपि वितरण गरिएकाे थियाे । कार्यक्रम नेपाली काँग्रेस वडा कार्य समितिका सभापति भक्त काउचाकाे सभापतित्याे उपाध्यक्ष दिप घर्तिकाे स्वागत संगै सुरु भएको कार्यक्रमकाे संचालन सचिव कमल श्रीसले गर्नु भएको थियाे ।

Monday, October 11, 2021

युनियन लाईफ ईव्स्येरेन्स कमम्पनि लिमिटेड द्वरा मृतक ईन्द्र बहादु को परियार लाई मृत्यु दाबि का रकम हस्तान्तरण

युनियन लाईफ ईव्स्येरेन्स कमम्पनि लिमिटेड द्वरा मृतक ईन्द्र बहादु को परियार लाई  मृत्यु दाबि का रकम हस्तान्तरण 

बाग्लुङ जिल्लाको काँठेखोला गाउँपालिका वडा ५ बिहुँकोट काउँलेका  ४७बषिय ईन्द्र बहादुर पुन गत श्रावण ५ गते  घाँस काट्न झौरिया को भिर पुगेका र घाँस काट्ने  क्रम मा मै भिर बाट  लडेर मृत्यु भएको थियो।
उनको  को परिवार लाई युनियन लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेड द्वरा मृत्यु दाबि रकम हस्तान्तरण गरिएको छ। मृतक पुन को  परिवार मा  श्रीमति ,३छोरी,१,छोरा गरि ६जना को परिवार रहेको छ।उनको परिवार मृतक पुन कुटोकादालि र बलको काम गरेर आन्दानि भित्र्याउने बाँहेक अरु कुनै माध्यम थिएन्।
आर्थिक अवस्था कमजोर रहेका पुन को पेसा कृषि नै हो  तर त्यो पनि ब्यबसाहिक नहुनु र त्यसैले केहि महिना मात्र खान पुग्नु र आम्दानि को कुनै बिकल्प नहुनुले समेत उनको मृत्यु पछि उनको परिवार घर ब्यबहार ति बालबच्चाहरु को  लालनपालन र पठनपाठन मा समेत कसरी संचालन गर्ने भन्ने पिडाले थिचोलि रहेको थियो।तर उनि आफुँ कृषक नै भएर भएनि सुरक्षित भबिष्य को सपना देखेर आफुुलाई बिमित गरेका पुन को परिवार बिमित कम्मपनि द्वरा दाबि रकम  भुक्तानि पाउदा भने केहि सहज हुने भएको छ।आफ्नै श्रीमान गुमाउदा उनि कि श्रीमति जमुना 
 पुन भाबब्यहोल त छन् नै तपानि बिमित रकम सोहि कम्पनि ले समय मै उपलब्ध गराउदा भने उनको परिवार लाई केहि सहज भने अवश्य भएको देखिन्छ।

बिमा गरेका तर कंम्पनिहरुले नै दाबि रकम नदिएको र समय मै उपलब्ध नभएका खबरहरु आईरहेका बेला स्वर्गिय पुनलाई उनको  को घर बिहुँकोट काउँले मा नै पुगि  युनिय लाईफ  ईन्स्योरेन्स ले रु१०लाख ७०हजार ५सय रुपैया को चेक स्वर्गिय पुनकि श्रीमति जमुना पुन लाई  हस्तान्तरण गरिएको छ। सो कंम्पनि को तर्फ बाट प्रादेशिक उपप्रमुख ,बलराम गौतम,सिनियर मान्यानेजर एजोन्सि (MDRT)नानि माया सापकोटा र वडा नम्बर ५अध्यक्ष शिव प्रसाद कंडेल  द्वारा संयुक्त रुपमा  हस्तान्तरण गरिएको थियो । सो रकम हस्तान्तरण गर्दै प्रादेशिक उपप्रमुख बलराम गौतम  ले मानिसहरु आफुँलाई बिमित गराउन संमेत बुझपच्याउने र बिमा लाई हल्का रुपले लिने प्रचलन रहिरहेकाले अझै पनि समाज मा यसबारे चेतना फैलाउनु पर्ने बताए।मानिस को जिवन कस्तो चक्र मा चलेको हुन्छ भन्ने कसैलाई थाहा नहुने हुनाले भईपरि आउने घटना र तिनले उनिहरु को परिवार मा पार्ने पिडा समेत जिवन बिमाले केहि मलहम पट्टि लगाउने बुहानले जिवन को महत्व बुझेर बिमित हुन समेत आग्रह गरे। युनियन लाईफ ईन्स्योरेन्स कम्पनि बाग्लुङ का शाखा का शाखा प्रमुख कमल सापकोटा का अध्यक्षता  सम्पन्न कार्यक्रम को संचालन एजेन्सि म्यानेजर राजु सापकोटा रहेको थियो।

Thursday, September 23, 2021

आमा बचाईदिन गायिका यममायाको अपिल

आमा बचाईदिन गायिका यममायाको अपिल

पाण्डबखानी अनलाइन खबर

खोलाको बगरजस्तै उराठ र उजाद देखिन्छ अनुहार । सबैसँग हाँस्ने बोल्ने मान्छे आजभोली मलिन देखिन्छिन ’, लाग्छ मन भरी पिडाले ढपक्कै ढाकेको छ उनको संसार । 

कुरा गर्दा गर्दै वर्षादको भेलझैं उर्लिन्छन् उनका आँखाबाट आसुका भेल । नउर्लिस् पनि कसरी जन्मदिने आमाको शरिर अस्पटालको शौय्यामा ढलेको छ  मृत्युसँग पौंठेजोरी खेल्दै ।  बागलुङ जिल्ला बडिगाड गाउँपालिका–रनसिङ्ग कितेनी पुरानोगाउँ वडा न.ः ०८ निवासी यम–माया श्रीस मगरको  विगत तीन महिनायताका दिनहरू काठमाडौं महाराजगन्ज स्थित टिचिङ्ग अस्पतालमा बित्ने गरेको छ ।
उनलाई डर छ कतै जन्म दिने आमा गुमाउनुपर्ने त होइन ? सोच्दा सोच्दै भक्कानिन्छ मन ।
बग्न थाल्छन् बलिन्द्र आशुधारा । उनी भन्छिन मनमा हर्ष पलाउन छोडेको छ नानाथरीका कुरा खेल्छन् छट्पटी मात्रै हुन्छ , केही सोच्न सक्दैन ।
निम्न वर्गीय उनको परिवार आर्थिक कमजोरीका कारण ६१ वर्षकी आमाको उपचारमा समस्या भएको छ । तीन छोरी एक छोरा र बुबा–आमा सहित ६ जनाको परिवार छ । घरमा कमाउने कही छैन्न , जेठी दिदीको बिबाह भएको छ यम–मायाँ माइली छोरी हुन भने बहिनी र भाई सानैछन् ।
जसो तसो घर वरिवार चलेकै थियो एकैचोटि वरिवारमा बजरपाट पर्यो , आमा बिरामी हुनुभयो अस्पतालमा भर्ना गर्दा आमाको कलेजो, फोक्सो र किड्नीमा समस्या देखियो । डाक्टरका सल्लाह अनुसार अपरेशन गर्नुपर्ने भएको छ ।
घरको आर्थीक स्थिति कमजोर छ, उपचार,औषधीका लागि पैसा नहुदा यतिखेर,यम–मायाँको परिवारले आर्थीक सहयोग गरी बिरामी आमाको ज्यान बचाइदिनका लागि देश विदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुमा सहयोगको अपिल गरेका छन् । 

यममाया गायिका पनि हुन उनी काठमाडौं बसपार्क स्थित यानी–मायाँ दोहोरी साँझमा जागिर गर्थीन । बिरामी आमाको हेरचाह गर्नु पर्दा अहिले त्यहीँ  जागिरमा पनि छोड्नु परेको उनी बताउँछिन् । जागिर छोड्नु पर्दा खाना बस्न समेत मुसकिल भएको यममायाले बताइन् । 

सहयोगका लागि यममाया श्रीस मगरको सम्पर्क मोबाइल  नम्बर ९८६३५१५४७६ साथै प्रभु बैंक खाता नम्बर  १३५०२३०११८२०००१२

Wednesday, September 22, 2021

पाण्डबखानीमा ईन्टरनेटकाे क्षमता संगै सेवाग्राही थपियाे ।

पाण्डबखानीमा ईन्टरनेटकाे क्षमता संगै सेवाग्राही थपियाे।
सुरेश छन्त्याल/ गलकाेट

गलकाेट जि लिङ्क डट कमले ईन्टरनेटकाे क्षमता बढाएको छ । गलकाेट नगरपालिका १० पाण्डबखानीमा २०७० सालमा ४ जना व्यक्तिबाट सुरु भएकाे ईन्टरनेट हालसम्म १०६ जना सेवाग्राही पुगेका छन् । पछिल्लो समयमा पाण्डबखानी लगाएत अन्य क्षेत्रमा ईन्टरनेटप्रति मानिसहरुकाे निकै चासो बढे संगै ईन्टरनेट जडान गर्ने व्यक्ति वा संघसंस्थाहरु दिन प्रतिदिन थपिदै गएकाे भन्दै १० mbps बाट २० mbps काे क्षमता थपेकाे गलकाेट जि लिङ्क डट कम गलकाेटका संचालक प्रमुख डम्मर केसीले जानकारी दिनुभयाे । अनलाइन कलासकाे लागि ईन्टरनेटबाट विशेषगरी  विद्यार्थीहरु लाभान्वित बनेका छन् साथै सहकारी संस्था, विद्यालय, विभिन्न क्षेत्रमा ईन्टरनेटकाे आवश्यकता रहेकाे भन्दै पाण्डबखानीमा प्राय घरहरुमा टिभी हेर्न छाेडेर ईन्टरनेट जडान गर्ने क्रम बढेकाे गलकाेट जि लिङ्क डट कम पाण्डबखानीका प्रतिनिधि दिप घर्तिले बताए । साथै गलकाेट जि लिङ्क डट कमका प्रमुख डम्मर केसी, गलकाेट जि लिङ्क डट कम पाण्डबखानीका प्रतिनिधि दिप घर्ति, अप्रेटर राजु काउचा, सुरेश छन्त्याल, रामु राना, अर्जुन केसी लगाएतकाे सहभागीता भएको छलफलमा प्रत्येक महिनाकाे १ गतेदेखि ५ गतेसम्म इन्टरनेट शुल्क उठाउने निर्णय साथै प्रत्येक सेवाग्राहीहरुलाइ ग्राहक सेवा कार्डकाे व्यवस्था गरिएकाे छ। गलकाेट हटियाबाट सेवा विस्तार भएता पनि पाण्डबखानीमा नै कन्ट्रोल बक्स राखिएकाे हुदा इन्टरनेटमा केही समस्या देखिएमा तत्कालै समस्याको समाधान हुने गरेकाे छ । 

Wednesday, September 15, 2021

पाण्बखानीमा नेपाली काँग्रेसकाे नयाँ कार्य समितिकाे पहिलो बैठक सम्पन्न ।

पाण्बखानीमा नेपाली काँग्रेसकाे नयाँ कार्य समितिकाे पहिलो बैठक सम्पन्न ।
सुरेश छन्त्याल

नेपाली काँग्रेस वडा कार्य समिति गलकाेट नगरपालिका १० पाण्डबखानीमा नयाँ समितिकाे पहिलाे बैठक सम्पन्न भएको छ ।

पार्टी सभापति भक्त बहादुर काउचाकाे अध्यक्षतामा बसेकाे बैठकमा नेपाली काँग्रेस वडा तरुण दलका अध्यक्ष कुमार पुनकाे भाउजु यसाेदा पुनकाे जापानमा असामयिक निधन प्रति स्तब्ध हुँदै चिर शान्तिकाे कामना गर्दै घरपरिवारप्रति इश्वरले धैर्य धारण गरुन् भनी समवेदना प्रर्कट, नेपाली काँग्रेस वडा कार्य समितिकाे सर्वसहमतमा व्यक्तिहरु छनाेट गरि कार्य सम्पादन समित गठन, आगामी दिनहरुमा पार्टीकाे भावी याेजना, पार्टीकाे सम्पर्क कार्यालय व्यवस्थापन सम्बन्ध लगाएतका विषयमा छलफल तथा निर्णय गरिएको छ ।

Tuesday, September 7, 2021

गल्कोट रिघामा बाल सँजाल तथा बाल अधिकार समितिकाे गठन

गल्कोट रिघामा बाल सँजाल तथा बाल अधिकार समितिकाे गठन
सुरेश छन्त्याल 
 गलकाेट नगरपालि ११ रिघामा वडा बाल सँजाल तथा बाल अधिकार समिति गठन गरिएकाे छ । जिल्लाकाे गलकाेट नगरपालिका वडा नं. ११ रिघाको वडा कार्यलयमा आज सम्पन्न भेलाले  वडा बाल सँजाल तथा बाल अधिकार समिती गठन गरेकाे हाे । 
बालबालिकाको सुनौलो जिवन निर्माण वडा बाल साजालमा राेसन परियाकाे अध्यक्षतामा १७ सदस्यीय समिति गठन भएकाे छ । भने वडा बाल अधिकार समितिमा वडा अध्यक्ष डम्बर बहादुर श्रीसकाे संयाेजकत्वमा १२ सदस्यीय समिति बनेकाे छ । 
भेलामा गलकाेट नगरपालीकका उप प्रमुख रेनुका काउचा मगर, जिल्ला समन्य सदस्य रुपा विक, खर्बाङ प्रहरी चौकीका प्रमुख अनुप केसी, शिक्षक प्रतिनिधि दल बहादुर थापा, विद्यालय समिति मार्फत धन वा श्रीस, बाल संजाल मार्फत अध्यक्ष रोसन परियार लगाएतले बाेलेका थिए ।
भेला वडा अध्यक्ष डम्बर बहादुर श्रीसकाे अध्यक्षता तथा सहजकर्ता विमला विकको संचालनमा सम्पन्न भएकाे थियाे । 

Monday, September 6, 2021

पाण्डबखानीमा सर्वसम्मत वडा र क्षेत्रीय प्रतिनिधि चयन ।

पाण्डबखानीमा सर्वसम्मत वडा र क्षेत्रीय प्रतिनिधि चयन ।
सुरेश छन्त्याल

गलकाेट नगरपालिका १० पाण्डबखानीमा नेपाली काँग्रेसकाे १४ औं महाअधिवेशन तथा प्रथम वडा अधिवेशन सम्पन्न भएको छ। कार्यक्रममा बाेल्दै सविधानसभा सदस्य नरबहादुर पुन निरजले नेपाली काँग्रेस कसैको दमन र स्वसनमा परे आफ्नो अधिकार सुनिश्चित गर्नुपर्ने साथमा नेपाली काँग्रेस लाई प्रयोग गरेर अब गाउँ समाज परिवर्तन गर्न आग्रह गर्नुभयो ।त्यस्तै क्षेत्र नम्बर २ का क्षेत्रीय सविब तिलक घर्ती मगरले नेपाली काँग्रेसकाे १४ औं राष्ट्रिय महाअधिवेशन आफ्नो गाैरवशाली इतिहास स्मरण गर्दै राष्ट्रियता, लाेकतन्त्र, समाजवाद मेल मन्त्र लाई आत्मसाथ गरि आगामी याेजनामा प्रतिवद्ध हुनु पर्ने पार्टीलाई सुदृढीकरण सहित अगाडि बढाउनु पर्नेमा जाेड् दिनु भएको थियाे। पार्टी सभापति देवराज पुनकाे सभापतित्याे संविधान सभा सदस्य निरज पुनकाे प्रमुख आथितियता भक्त काउचाकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा कार्य समित गठन भएको छ। जसमा वडामा सभापति भक्त बहादुर काउचा, उपसभापति उदिम घर्ति र दल बहादुर घर्ती, सचिव कमल श्रीस र कृष्ण घर्ती, सहसचिव लालप्रसाद पुन र खिम बहादुर काउचा, काेषाध्यक्ष कृष्ण बहादुर सुनार सदस्य भक्त बहादुर पुन सहित १८ सदस्य चयन भएको छ । त्यस्तै नरबहादुर पुन निरज संवत् संघीय उम्मेदवार
रामप्रसाद वि.क दलित
तिलक घर्ती खुल्ला
राधिका पुन महिला
नरबहादुर सुनार नवीन खुल्ला
याम बहादुर काउचा खुल्ला
गिरिप्रसाद घर्ती खुल्ला
छमबहादुर पुन खुल्ला
ज्ञानबहादुर श्रीस खल्ला
यामबहादुर क्षेत्री खस आर्य
कुमार पुन जनजाति
कमला वि.क दलित महिला
मिना घर्ती क्षेत्री खस आर्य महिला
मनकुमारी श्रीस जनजाति महिला
लाेक कुमारी श्रीस खुल्ला महिला
निर्मा श्रीस महिला
सुरेश पुन अपांग
भक्त बहादुर काउचा सभापति
सभापति गरि १८ जना क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनु भएको छ।

Saturday, August 28, 2021

बागलुङमा कोरोना संक्रमणबाट ४८ वर्षीय पुरुषको मृत्यु , मृतकको संख्या ६६ पुग्यो ।

बागलुङमा कोरोना संक्रमणबाट ४८ वर्षीय पुरुषको मृत्यु , मृतकको संख्या ६६ पुग्यो ।
सुरेश छन्त्याल/ बागलुङ 
बागलुङमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । गल्कोट नगरपालिका वडा नम्बर १० पाण्डवखानीका ४८ वर्षीय पुरुषको मृत्यु भएको हो । एन्टीजेन परिक्षणका क्रममा साउन २८ गते कोरोना पोजेटिभ देखिएका ति पुरुषको पोखरामा उपचार भएको थियो ।
उपचार प्रश्चात केहि निको भएर भदौ १० घर फर्किने क्रममा स्वास प्रश्वासमा समस्या देखिएपछि स्थानिय स्वास्थ्य संस्थामा लैजादै गर्दा निधन भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । यो संगै जिल्लामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ । यसैबिच बागलुङमा सक्रिय संक्रमितको संख्या २ सय २३ मा झरेको छ । केहि साता पहिले करिव ८ सयको नजिक पुगेको सक्रिय संक्रमितको संख्या जिल्लामा कडा निषेधाज्ञा जारी गरेपछि २ सय २३ मा झरेको हो ।शनिवार मात्र १ सय ११ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

Saturday, July 31, 2021

रिघामा शिक्षा विकास सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

रिघामा शिक्षा विकास सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
पाण्डबखानी अनलाइन खबर
गुणस्तरीय शिक्षा आजकाे आवश्यकता भन्ने मुल नाराका साथ गलकाेट नगरपालिका ११ रिघामा शिक्षा विकास सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रिघा स्थित वडा स्तरीय शिक्षा समितिकाे आयाेजनामा भएको कार्यक्रममा विद्यालयकाे आर्थिक वर्षकाे समिक्षा, विद्यालयकाे वैकल्पिक प्रध्दधी, विद्यालय संचालन, स्थलगत अनुगमन, विद्यार्थी भर्ना अभियान बारे जानकारी गराउदै भावी विद्यालयकाे विस्तभुमिकाे इतिहास र वर्तमान अवस्थामा संचालन कसरी भएको छ भन्ने विषयमा छलफल गरिएको थियाे। कार्यक्रममा जनप्रतिनिधि, शिक्षाप्रेमी, अभिभावक, शिक्षक, व्यवस्थापन समिति, सराेकारवाला, बुद्धिजीवी लगाएतकाे सहभागीता रहेकाे कार्यक्रममा गलकाेट नगरपालिका ११ रिघाका शिक्षा सतिमिका संयाेजक तथा वडा अध्यक्ष डम्बर श्रीसकाे अध्यक्षता शिक्षा समिति सदस्य तथा सानाे रिघा आधारभूत विद्यालयका प्रध्यानापक नरेन्द्र पुनकाे स्वागत संगै शिक्षाको विषयमा सहजिकरण गर्दै रत्न लक्ष्मी माविका प्रध्यानापक तथा शिक्षा समितिका सविव तुलबहादुर श्रीसकाे संचालनमा कार्यक्रम सम्पन्न भएको थियाे।

Tuesday, July 27, 2021

पाण्डबखानीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

पाण्डबखानीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
सुरेश छन्त्याल
साउन, १२ मंगलबार
समाजमा रहेका विकृती विसंगतीका बारेमा गलकोट नगरपालिका १० पाण्डबखानीमा समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गलकोट नगरपालिका वार्ड नम्बर १० पाण्डबखानीको आयोजनामा भएको कार्यक्रममा वडा भित्र रहेका विभिन्न समस्या न्युनिकरणका लागि टोल स्तरमा नागरिक सचेतना कार्यक्रम संचालन गर्ने, विश्व व्यापीरुपमा कोरोनाको प्रभावबाट प्रवावित भएको अवस्थामा कोभिड नियन्त्रणको लागि गलकोट नगरपालिका १० पाण्डबखानी भित्र रहेको खोप लगाउन छुटेका आम नागरिकलाई तत्काल खोप व्यवस्थापन गर्नका लागि स्वास्थ्य लागत तथा कोरोना विरुद्घको खोप प्रयोजनकार्य संकलित विवरण तयार गरि सम्बन्धित निकायमा माग गर्ने र सोहि वितरण संकलन गर्न महिला स्वास्थ्य स्वयसेविका तथा स्वानीय शिक्षकहरुबाट गर्ने तथा तेस्रो भेरियन्ट समेटको प्रभाबलाई समेत मध्यनजर गरि आश्वयक तयारी गर्ने सर्वसहमत पारित भएको छ ।
कार्यक्रममा विभिन्न संघसस्थाका अध्यक्ष, राजनितिक दल, नगर सभा सदस्य, जनप्रधिनिति, कल्ब, आमासमुह, टोल सुधार समिति, शिक्षक, पत्रकार, लगाएतको सहभागिता रहेको कार्यक्रममा आफ्–आफ्ना विचार र आफ्नो टोलको समस्या राखेका थिए । वडा अध्यक्ष तिलक घर्तिको अध्यक्षता संविधानसभा सदस्य निरज पुनको विशेष उपस्थित रहेको कार्यक्रमको संचालन वडा सदस्य रामप्रसाद वि.क ले गर्नुभएको थियो ।

Saturday, July 24, 2021

“हामी अपाङ्ग” -आविष्कार खरेल,

“हामी अपाङ्ग” -आविष्कार खरेल,

आविष्कार खरेल, गल्कोट
अपाङ्गको पनि साङ्गाको जस्तै मन हुन्छ हजुर अपहेलना, फरक व्यबहार गर्दा मन रुन्छ हजुर
अपाङ्ग हुनु कुनै जुनिमा गरेको पापले हैन हजुर पोषण, भिटामिनको कमिले हो कसैको सरापले हैन हजुर बाहिरी अाँखा नभएपनि मनले संसार देख्न सक्छौ हजुर शिक्षा पाए हात नभएपनि खुट्टाले लेख्न सक्छौ हजुर

मुख नबोले पनि कान नसुने पनि पढ्न सक्छौ हजुर अवसर पाएपछि सगरमाथा पनि चढ्न सक्छौ हजुर साङ्गा सङ्गै हिड्नु छ हातमा हात मिलाएर काधमा काध मिलाएर हजुर हार मानेर जिबनमा कमजोर बनि जानेछैनौ बिलाएर हजुर

शारिरीक अशक्त भएतापनि अघि बढ्न मनदेखि हिम्मत गर्नेछौ हजुर देशका लागि बाच्नेछौ हामी देशकै लागि मर्नेछौ हजुर

Friday, July 23, 2021

गलकाेटमा १ हजार ३ सय ५४ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाए ।

गलकाेटमा १ हजार ३ सय ५४ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाए ।
सुरेश छन्त्याल/ गलकाेट


आज गलकोट नगरपालिका भित्र रहेका ८ ओटा स्वास्थ्य चाैकीमा  कोरोना भाईरस विरुद्ध जोन्सन एण्ड जोन्सन खोप लगाईएको छ । गलकोट नगरपालिका भित्र रहेका ८ ओटा स्वास्थ्य संस्थाहरुवाट महिला ६ सय ८० र पुरुष ६ सय ७४ गरी १ हजार ३ सय ५४ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएकाे गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मिरा शर्मा गैरेले जानकारी दिनुभयो । 
जसमध्ये पाण्डबखानी स्वास्थ्य चौकिमा महिला ४४, पुरुष ५६ गरी १ सय जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएको पाण्डबखानी स्वास्थ्य चा‌ैकीकि प्रमुख रत्ना सुनारले जानकारी दिनुभयो ।
५० देखि ५४ वर्ष उमेर समुहका व्यक्तिहरु, अपाङ्गता भएका क र ख वर्गका व्यक्तिहरु र विदेश जानका लागि पासपोर्ट तयार भएकाहरुलाई कोरोना भाईरस विरुद्ध जोन्सन एण्ड जोन्सन खोप लगाईएको पाण्डबखानी स्वास्थ चाैकीकि अनमी प्रतिमा पुनले जानकारी दिनुभयाे। 

Thursday, July 15, 2021

सिद्धथानदेखि घुम्टे जाेड्ने पद मार्ग जाेडियाे।

सिद्धथानदेखि घुम्टे जाेड्ने पद मार्ग जाेडियाे। 
सुरेश छन्त्याल/ गलकाेट 
गलकाेट नगरपालिका १० पाण्डबखानीकाे सिद्धथानदेखि बागलुङ जिल्लाकै प्रसिद्ध धार्मिक स्थल घुम्टे जाने बाटाे पद मार्गमा जाेडिएकाे छ । प्रधानमन्त्री स्वराेजकार कार्यक्रम अन्तर्गत गलकाेट नगरपालिकाबाट विनाेजित आर्थिक वर्ष ०७८/७९ काे बजेट रु. ५ लाख ६७ हजार रकमबाट ४५५ मिटर साेलिङ र ३५० मिटर सेडी गरि जम्मा ८ सय मिटर पद मार्ग  निर्माण भएको निर्माण समितिका अध्यक्ष गंगबहादुर काउचाले जानकारी दिनुभयाे। त्यस्तै ५० हजारकाे श्रमदान भएको पद मार्ग निर्माण कार्य असार १५ देखि सुरु भइ असार ३० गते समापन भएको अध्यक्ष काउचाले जानकारी दिनु भयाे, साथै यश पद मार्ग निर्माण भए संगै घुम्टे लेखमा पुगेर घुम्टेमा रहेकाे धार्मिक स्थलहरुकाे दर्शन गर्न पुजा आजा गर्न सहज हुने र विशेषगरी आन्तरिक व्याय पर्यटनहरुलाइ सहज हुने सिद्धथान सामुदायिक हाेम स्टेका अध्यक्ष खिमबहादुर पुनले जानकारी दिनु भयाे। यश अघि घुम्टे जानलाइ असहज हुनुका साथै धेरै समय खर्चिनु पर्ने बाध्यता थियाे, अब त्याे बाध्यता अन्त्य भएको सिद्धथान सामुदायिक हाेम स्टेका अध्यक्ष पुनले बताउनु भयाे।

Sunday, July 11, 2021

युरो कपको उपाधि इटालीलाई

युरो कपको उपाधि इटालीलाई

एजेन्सी – घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले युरोपेली च्याम्पियनसिप २०२० को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको समय १-१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा इंग्ल्यान्डले लगातार ३ प्रहारमा गोल गर्न नसक्दा इटाली ३-२ ले विजयी भएको हो ।

पहिलो हाफको सुरुवातमा नै अग्रता लिएको इंग्ल्यान्डले बल पोसेसनमा पकड जमाउँदै इटालीलाई खुलेर खेल्न दिएको थिएन । दोस्रो हाफमा थप आक्रामक देखिएको इटालीले सेट पिसमा गोल फर्काएपछि खेल पुन: प्रतिस्पर्धात्मक देखिएको थियो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा लम्बिएको थियो ।
टाइब्रेकरमा पहिलो प्रहार गर्न आएका इटालीका डोमेनिको बेरार्डीले सहजै गोल गरे । इंग्ल्यान्डका कप्तान ह्यारी केनले पनि आफ्नो पेनाल्टीमा कुनै गल्ति गरेनन् । दोस्रो प्रहारमा आन्द्रीए बेलोट्टीको प्रहार पिकफर्डले बचाएपछि इंग्ल्यान्डले अघि बढ्ने अवसर पाएको थियो । ह्यारी मगाएरले शक्तिशाली प्रहार टप कर्नरमा गोल गरेपछि इंग्ल्यान्ड अघि बढेको थियो ।
तेस्रो प्रहारमा इटालीका लिओनार्दो बोनुचीले गोल गरे । लगत्तै मार्कस रासफर्डको प्रहार पोस्टमा लागेर बाहिरिंदा खेल बराबरीमा पुगेको थियो । चौथो प्रहारमा बर्नार्डेसकीले सिधै प्रहारमा गोल गर्दा जेडन सान्चोले पेनाल्टीमा गोल गर्न नसक्दा इटालीले अग्रता लिएको थियो । पाँचौ प्रहारमा जर्जिन्होले गोल गर्न चुकेपनि त्यसपछि बुकायो साकाको प्रहार डोनारुम्माले बचाएपछि इटालीले ३-२ को जित दर्ता गर्दै उपाधि जित्यो ।
खेलको दोस्रो मिनेटमा नै इंग्ल्यान्डले लुक शाको गोलमा अग्रता लिएको थियो । इटालीको कर्नरबाट अघि बढेको इंग्ल्यान्डको काउन्टर अट्याकमा शा गोल गर्न सफल भएका थिए । दायाँ विंगबाट काइरान ट्रीपिएरले दिएको क्रसलाई शाले बायाँ भागबाट पहिलो टचमा नै गोल गरेका थिए ।

आठौं मिनेटमा इटालीका लोरेन्जो इन्सिग्नेको फ्रिकिकले वाल पार गरेपनि गोलरक्षक जोर्डन पिकफर्डलाई कुनै समस्या दिन सकेन । १४ औं मिनेटमा मेसन माउन्टको क्रसमा गोलरक्षक जियानलुइजी डोनारुम्माले सहज बचाउ गर्दै खतरा टारे ।२८ औं मिनेटमा इन्सिगनेले इंग्ल्यान्डको रक्षापंक्ति तोडेपनि उनको अन्तिम प्रहारले पोस्टको दिशा लिन भने सकेन । ३५ औं मिनेटमा फेडेरिको किएजाले पेनाल्टी क्षेत्रको बाहिरबाट गरेको प्रहारमा गोलरक्षक पिकफर्ड बिट भएपनि पोस्टभन्दा थोरैले बाहिरियो ।

इन्ज्युरी समयमा चिरो इम्मोबिलेले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारमा डिफेन्डर जोन स्टोन्स बाधक बने । त्यसपछि दुवै टोलीले गोलको अवसर सिर्जना नगर्दा इंग्ल्यान्ड पहिलो हाफमा अग्रता जोगाउन सफल रहयो ।

दोस्रो हाफमा इटालीले सुधारिएको खेल प्रदर्शन गर्दै खेलमा फर्कियो । एकपछि अर्को आक्रमण विफल पारेको इंग्ल्यान्डले काउन्टरमा अवसर भने सिर्जना गरेको थियो । ६२ औं मिनेटमा किएजाको प्रहारमा पिकफर्डले सुन्दर बचाउ गर्दै स्कोर परिवर्तन हुन दिएनन् । अर्कोतर्फ डोनारुम्म़ाले स्टोन्सको हेडर बचाएका थिए ।

६७ औं मिनेटमा इटालीले बोनुचीको गोलमा खेल बराबरी गर्यो । बेरार्डीको कर्नरमा भेराट्टीको हेडरलाई पिकफर्डले बचाएपनि पोस्टमा लाग्दै फर्केको बलमा बोनुचीले कुनै गल्ती गरेनन् । इंग्ल्यान्डको डिफेन्सले क्लिअर गर्न नसकेको सेट पिसमा इटाली खेलमा फर्किएको थियो ।

७४ औं मिनेटमा इटालीले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । बोनुचीको लामो पासमा बेरार्डीले पेनाल्टी क्षेत्रभित्र पहिलो टचमा नै गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । डिफेन्स लाइन बिट भएर गोलरक्षक समेत अघि बढेको अवस्थामा बेरार्डीले हतारमा गरेको प्रहार बाहिरिएको थियो । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

अतिरिक्त समयको ९७ औं मिनेटमा काल्भिन फिलिप्सले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारले पोस्टको दिशा लिन सकेन । १ सय ४ औं मिनेटमा इटालीले अग्रता लिने अवसर पाएको थियो । तर क्रस बचाउने धुनमा गोलरक्षक पिकफर्ड पोजिसनबाट बाहिर रहँदा फरवार्ड आन्द्रीए बेलोट्टीले गोल गर्न सकेनन ।

साभार:- अनलाईन

Sunday, July 4, 2021

पाण्डबखानीमा वडा अधिवेशनकाे पुर्व तयारी

पाण्डबखानीमा वडा अधिवेशनकाे पुर्व तयारी
सुरेश छन्त्याल/ गलकाेट

गलकाेट नगरपालिका १० पाणडबखानीमा नेपाली काग्रेसकाे भेटघाट तथा छलफल साथै वडा अधिवेशनकाे पनि पुर्व तयारी समेत सम्पन्न भएको छ। गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे नेपाली काग्रेस वडा कार्य कमितिकाे आयाेजनामा भएको भेटघाट कार्यक्रममा क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव तिलक घर्ती मगरले नेपाली काग्रेसकाे स्थापना नेपाली जनतालाई चरम ज्यादती, शाेषन गरिरहेको राणा कालिन समयमा भएको हाे। तत्कालीन समयदेखि नै शुवर्ण समसेर र विपी काेइराला विचकाे समझदारी मार्फत नेपाली जनताको उन्मुक्ति निमित्त नेपाली काग्रेस स्थापना भएको भन्दै स्थापना कालदेखि नै लाेकतान्त्रीक प्रक्रियामा रहेर अहिले १४ अाैं महाधिवेशन पुर्व सन्ध्यामा आइरहेको बताउनु भयाे। यो अबसरमा देश, समाजको मुहार फेर्न को लागि सहि नेतृत्व चयन गर्नु क्रियासिल काङ्ग्रेसिहरुको महत्वपुर्ण भुमिका रहेकोले सम्पुर्णमा जगरुक हुन अपिल गर्नु भयो।संविधानसभा सदस्य नरबहादुर पुन निरजकाे प्रमुख आतिथियतामा भएकाे कार्यक्रममा क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव तिलक घर्ति, जिल्ला सदस्य रामप्रसाद वि.क, पुर्व महाधिवेशन प्रतिनिधि राधिका पुन, भुतपुर्व शैनिक संघ, कृयाशिल सदस्य, तरुण दल, शिक्षक संघ लगाएतका प्रतिनिधि, नेपाल प्रेस युनियन जिल्ला सदस्य सुरेश छन्त्याल लगाएतकाे सहभागीता रहेकाे कार्यक्रममा पार्टी सभापति देवराज पुनकाे सभापतित्याे, सह सचिव दिप घर्तिकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमकाे संचालन सचिव ज्ञानबहादुर श्रीसले गर्नु भएको थियाे।

Friday, July 2, 2021

नव ज्याेति प्राविद्वारा श्रद्धाञ्जली सभा सम्पन्न ।

नव ज्याेति प्राविद्वारा श्रद्धाञ्जली सभा सम्पन्न ।
सुरेश छन्त्याल/ गलकाेट

गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे नव ज्याेति प्राविद्वारा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । गलकाेट नगरपालिका १० सुनपानी निवासी श्री पिता भक्त बहादुर पुन र माता अमृता पुनकाे जेठाे छाेरा स्व. डम्बर कुमार पुनको यही जेठ २५ गते ५० वर्षकाे उमेरमा भएको दुखद निधन प्रति आज १३ अौं पुन्य तिथिकाे अवसरमा स्व. डम्बर कुमार पुनकाे फाेटाेमा माल्यापन गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियाे। नव ज्याेति प्राविकाे आयाेजनामा भएको श्रद्धाञ्जली सभा कार्यक्रममा बाेल्दै नव ज्याेति प्राविका संस्थापक अध्यक्ष तथा बरिस्ठ मानसिंह छन्त्यालले जन्म र मृत्यु श्रृष्टिको नियम भएकोले परिवारजनलाई धैर्य धारण गर्न अनुरोध गर्दै श्रद्धान्जली व्यक्त गर्नुभएको थियाे।साथै यश विद्यालयलाइ स्व डम्बर कुमार पुनकाे धर्मपत्नी शाेभा पुन र छाेरी हाना पुन मार्फत रु. १० हजार ९५ (दस हजार पन्चानब्बे ) रकम विद्यालयका अध्यक्ष कमला थापा र प्रध्यानापक चन्द्रकुमारी श्रीसलाइ हस्तान्तरण गर्नुभएको थियो । साथै यश रकम मार्फत आगामीदिनमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाइ छात्र वृत्री प्रदान गर्ने, सुनपानी निवासी स्व. रन्जिता घर्तिबाट सुरुवात भएको यश कार्यक्रमलाई निरन्तरता दिने क्रममा आज स्व. डम्बर कुमार पुनका धर्मपत्नी शाेभा पुन बाट पनि यस्ताे दुखद् घडीमा पनि विद्यालयलाई गरेकाे माया र सहयाेग प्रति विशेष आधार व्यक्त गर्दै विद्यालयका प्रध्यानापक चन्द्रा कुमारी श्रीसले सम्पूर्ण विद्यालय परिवारकाे तर्फ देखि स्व. डम्बर कुमार पुनकाे आत्माप्रती चिर शान्तिकाे कामना गर्दै शाेकाकुल परिवारजन प्रति इश्वरले धेर्यधारण गरून् भन्दै श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियाे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला थापा, संस्थापक अध्यक्ष तथा बरिस्ठ मानसिंह छन्त्याल, प्रध्यानापक चन्द्रा कुमारी श्रीस, कृष्ण सुनार, लालबहादुर वि.क खगप्रसाद घर्ती, रामप्रसाद छन्त्याल, लगाएको सहभागीता रहेकाे थियाे। भने कार्यक्रम माक्सकाे प्रयाेग संगै सामाजिक दुरि कायम गरि श्रद्धाञ्जली सभा सम्पन्न भएको थियाे। 

Thursday, July 1, 2021

पाण्डबखानीमा दर्ता शिविर सम्पन्न ।

पाण्डबखानीमा दर्ता शिविर सम्पन्न ।
सुरेश छन्त्याल/ पाण्डबखानी

नागरिककाे व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा नेपाल सरकारकाे दर्ता शिविर मार्फत प्राथमिकता कार्यक्रम अन्तर्गत व्यक्तिगत घटना दर्ता शिविर गलकाेट नगरपालिका १० पाण्डबखानीमा सम्पन्न भएको छ । हिजाे पाण्डबखानीकाे रमुवामा पुगि दर्ता शिविर सम्पन्न भएको वडा सचिव ठाकुर तिमिल्सिनाले जानकारी दिनु भयाे । साेहि कार्यक्रम आज वडा कार्यालयमा सम्पन्न भएको छ । जसमा जन्म दर्ता २५, विवाह दर्ता ८ र मृत्यु दर्ता १ गरि
जम्मा ३४ जनाले सेवा लिएका थिए । शिविर कार्यक्रम वडा सदस्य रामप्रसाद वि.क, गलकाेट नगरपालिका पञ्चिकरण शाखा गलकाेटका mis अपरेटर सुदिप शर्मा, फिल्ड सहायक मिना गाैतम, वडा सचिव ठाकुर तिमिल्सिना, पाण्डबखानीका बालमैत्री सहजकर्ता रामु । शाहि, पत्रकार सुरेश छन्त्याल, पाण्डबखानीका पशु प्राविधिक शिव आचार्य लगाएतकाे सहयोगमा कार्यक्रम सम्पन्न भएको थियाे ।

Tuesday, June 29, 2021

मेरो कलम कुनै पनि अन्याय र अत्याचार सहँदैन

गजल सहँदैन................
मेरो कलम कुनै पनि अन्याय र अत्याचार सहँदैन


✍️धुर्ब नयन तारा विश्वकर्मा
तमानखाेला गाउँपालिका १ स्याउला, बागलुङ

लुटपाट हत्याहिम्सा काटमार र बलत्कार सहँदैन
मेरो कलम कुनै पनि अन्याय र अत्याचार सहँदैन

त्यो भारतिय भतुवा हो,जो बोल्दैन त्यो गद्दार हो(२)
आफ्नै देसमाथि कुठाराघात,कुनै इमान्दार सहँदैन

कित त्यो गोर्खाली हो नभए नेपोलियन बोनापार्ट(२)
जो जितिरहन्छ बिस्वयुद्दमा कदापी हार सहँदैन

पैसाको भेलै बगाए पनि तिमिलाइ खेदाइ नै रहन्छ२
त्यो कुकुर अपराधिहरुको नालायक अनुहार सहँदैन

हाम्रो प्रेम बिवाह सम्भब छैन मेरो घर नआउ नबराज२
हामी छेत्री हौ,तिम्रो तल्लो जात मेरो परिवार सहँदैन

हामी कोरोना लाग्दा पनि पिसिआर नपाएर मर्छौ(२)
सरकार सिङ्गापुर पुग्छ एउटा सानू बुखार सहँदैन

बुहारि छे म छु र नाति छ धेरै काम नगर्नु है,आमा(२)
बिमारी हुनु भयो भने बुढो शरिरले बिमार सहँदैन

यदि,तिमी रोयौ भने तिमिसङ्गै कोहि रोइरहेको हुनेछ(२
नरोउ,मेरो यो मन कसैको आखामा आँसु धार सहँदैन

आमा नै हुन अथवा जमिन कित स्वयम भगवान(२)
जो बाहेक यो दुनियामा कोहि सन्सारको भार सहँदैन

usaबिरुद्द लादेन र इरानले हतियार यसैले उठायो(२)
अति भएपछि,ज्यादती कसैले पनि बारम्बार सहँदैन

सानु भनेर अरिङ्गागाल र सर्पको प्वालमा हात नघुसाउ(२
मर्लाउ,गोर्खौली हौ हामी जो कदापी बैरिको प्रहार सहँदैन

Tuesday, June 22, 2021

पाण्डबखानीमा टावर अवरुद्ध भएको १० दिनमा संचालन ।

पाण्डबखानीमा टावर अवरुद्ध भएको १० दिनमा संचालन ।
सुरेश छन्त्याल/ पाण्डबखानी
गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे नेपाल टेलिकम बागलुङद्धारा संचालित नमस्ते टावर अवरुद्ध भए संगै पाण्डबखनीका समुदाय लगाएत सिसाखानीका केही घरदुरी संचार माध्यमबाट बन्चित भएका थिए ।
अविरल वर्षाका कारण गत जेठ ३० गते अवरुद्ध बनेकाे टावर आज पुन संचालनमा आएकाे छ। टावरकाे पाेलमा रहेकाे ईन्सुलेटर जल्दा टावर अवरुद्ध हुन पुगेकाे स्थानीय छम काउचाले जानकारी दिनुभयाे। त्यस्तै घाेम्टे खाेला जलविद्युतमा रहेकाे एल्सीपाेट नया राखेपछि टावर संचालनमा आउदा पाण्डबखानीका ४०७० समुदाय लगाएत सिसाखानीका केही घरदुरी लाभान्वित भएका छन् । यसरी लामाे समय सम्म टावर अवरुद्ध हुदा बैंकिङ काराेबार, अनलाइन कलास, संचार, महत्त्वपूर्ण कार्यबाट बन्चित हुदा धेरै क्षति पुगेकाे सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्था लि. पाण्डबखानीका प्रबन्धक तथा पाण्डबखानी अनलाइन खबरका सह सम्पादक दिप घर्तिले बताउनु भयाे। त्यस्तै नेपाल टेलिकम बागलुङका प्रमुख तथा बरिस्ठ इन्जिनियर केशब शर्माले टावर अवरुद्ध हुदा सर्वप्रथम त्यस क्षेत्रका समुदायदाइ घाटा हुने संगै यस्ताे विपद्काे समयमा टावरबाट बन्चित हुदा धेरै क्षति पुग्ने हुदा टेलिकमलाई पनि अवसर पर्ने र पाण्डबखानीमा रहेकाे टावरलाई नियमित संचालन राख्न केन्द्रीय लाईनकाे अत्तिनै तत्कालै आवश्यक रहेकाे जानकारी दिनु भयाे।

Sunday, June 13, 2021

पाण्डबखानी स्वास्थ्य चौकीलाइ आपतकालिन विरामीहरुका लागि ५ थान अक्सिजन ग्यास सिलिन्डर उपलब्ध ।

पाण्डबखानी स्वास्थ्य चौकीलाइ आपतकालिन विरामीहरुका लागि ५ थान अक्सिजन ग्यास सिलिन्डर उपलब्ध ।
सुरेश छन्त्याल/गलकोट
गलकोट नगरपालिका १० पाण्डबखानी वडा कार्यालय तथा स्वास्थ चौकीको संयुक्त आहवानमा वडा भित्रको देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुको विशेष सहयोगमा पाण्डबखानी स्वास्थ्य चौकीलाइ आपतकालिन विरामीहरुका लागि ५ थान अक्सिजन ग्यास सिलिन्डर उपलब्ध भएको छ । उक्त सेवा बडिगाड गाउँपालिका ३ का केहि घरदुरी र सोहि गाउँपालिका ८ का १५ घरदुरी लगायत यस वडा भित्रका करिव ४०७० जनालाइ स्वास्थ सेवा दिने स्वास्थ चौकीकी प्रमुख रत्ना सुनारले जानकारी दिनुभयो ।
त्यस्तै वडालाइ पूर्ण खाेप वडा सुनिश्चितता प्रामाणिकरण गर्ने निर्णय, काेराेनाकाे प्रभावलाई मध्य नजर गरि पाण्डबखानीदेखि बेलायतमा रहनु हुने पाण्डबखानी समाज युके मार्फत यश स्वास्थ्य चाैकीलाई ५ सेट ठुलाे अग्सिजन तथा दुई अक्सी मिटर उपलब्ध गराएकाेमा अाभार व्यक्त गर्दै विशेष धन्यवाद प्रर्कत व्यक्त गरिएको छ।साथै कोभिद बिरुद्द नेपाल सरकार मार्फत ६२-६४बर्ष उमेर समुहका नागरिकहरुको लागि उपलब्ध गराएको जम्मा ३६ वटा खोप अपुग भएकोले सम्बन्धित निकायमा तुरुन्त माग गर्ने निर्णय गरिएको वडा अध्यक्ष तिलक घर्ती मगरले जानकारी गराउनु भयो।
गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तथा स्वास्थ चाैकी व्यवस्थापन समितिका अध्यक्ष तिलक घर्तिकाे अध्यक्षतामा बसेकाे बैठकमा सविधानसभा सदस्य बिशेष उपस्थितिमा निरज पुन, गलकाेट नगर सभा सदस्य राधिका पुन, बरिस्ठ समाजसेवी मानसिंह छन्त्याल, पत्रकार सुरेश छन्त्याल, शिक्षक प्रतिनिधि आसा श्रीस, महिला स्वास्थकर्मी स्वयसेविका लगाएतकाे सहभागीता रहेकाे थियाे।

Friday, June 11, 2021

पाण्डबखानीमा स्वास्थ चाैकी र सम्पूर्ण विद्यालयहरुलाइ रेडक्रस साेसाइटीले थियाे १० थान माक्स

पाण्डबखानीमा स्वास्थ चाैकी र सम्पूर्ण विद्यालयहरुलाइ रेडक्रस साेसाइटीले थियाे १० थान माक्स
सुरेश छन्त्याल/ पाण्डबखानी

विश्व व्यापी रुपमा फैलिरहकाे काेराेना भाइरस काेभिड 19 लाई मध्यनजर गर्दै नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा बागलुङद्धारा १० थान ५ सय पिस माक्स गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे स्वास्थ्य चाैकी र सम्पूर्ण विद्यालयलाइ हस्तान्तरण गरिएको नेपाल रेडक्रस साेसाइटी उपशाखा गलकाेट नगरपालिका १० पाण्डबखानीका सभापति भक्त काउचाले जानकारी दिनु भयाे। त्यस्तै गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्तिले यस्ताे माहामारीकाे समयमा रेडक्रसले प्रत्येक विद्यालय स्वास्थ संस्थामा माक्स उपलब्ध गराएकाेमा रेडक्रसलाई धन्यवाद दिदै आगामी दिनहरुमा यस्तै सर्णिय कार्यकाे अपेक्षा समेत गर्नु भयाे। विसं २०२० भदौ १९ गते रेडक्रस अभियानको अंगको रूपमा नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको थियो । रेडक्रसका प्रदेश, जिल्ला शाखा र युवाहरुले विभिन्न कोभिड–१९ को विषयमा चेतनामूलक अनलाइन गतिविधिमा जोड दिई वा भौतिक दूरी कायम राखी आयोजना गरिरहेका छन् ।

Thursday, June 10, 2021

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत
बिहिवार, जेठ २७ गते / पाण्डबखानी अनलाइन खबर


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभाबाट विश्वासको मत पाउन असफल हुनुभएको छ । प्रदेशसभाको विहिबारको बैठकमा विश्वासको मत लिने क्रममा उनले जम्मा २७ मात्र मत पाउनुभयो । यो उहाँको पार्टी नेकपा एमालेका मात्रै सांसदको संख्या हो ।खनाल, नेपाल पक्षका भनिएका इन्द्रलाल सापकोटाले पनि विश्वासको पक्षमा मतदान गर्नुभयो । युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) भने प्रदेशसभा बैठकमै उपस्थित नभएकाले मतदान प्रक्रियामा पनि सहभागिता जनाउनुभएन ।
यसअघि मुख्यमन्त्री गुरुङलाई मतदान गर्ने बताउँदै आएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापा भने तटस्थ बस्नुभयो । विश्वासको मतको प्रस्तावको विपक्षमा ३० मत पर्‍यो । कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २ र जनता समाजवादीका २ सांसदले मत दिए । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ मतको आवस्यक पर्छ ।
प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गत बैशाख २९ मा गुरुङ दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशसभाको विश्वास पाउ भन्दै प्रस्ताव पेश गरेका भए पनि पाउन भने सक्नुभएन ।