Thursday, June 23, 2016

‘सती घाँटु’का बारेमा तयार पारिएको वृत्तचित्र

रूद्र श्रीस मगर/सुरेश छन्त्याल
पाण्डवखानी (बागलुङ)
पछिल्लो समयमा लोपोन्मुख अवस्थामा पुगेको मौलिक लोकनृत्य घाँटुको वृत्तचित्र तयार गरिएको छ । बागलुङको गलकोट, पाण्डवखानीका मगर समुदायमा प्रचलित ‘सती घाँटु’का बारेमा तयार पारिएको वृत्तचित्र मगर समुदायको ऐतिहासिक पर्व चण्डी पूर्णिमा एवं बुद्ध जयन्तीका अवसरमा विमोचन गरियो ।सो वृत्तचित्र घुम्टे प्राकृतिक तथा सांस्कृतिक संरक्षण मञ्च पाण्डवखानीले आयोजना गरेको बुद्ध जयन्ती मेलाका अवसरमा सती घाँटुका मूल गुरुबा टेक बहादुर पुनमगर, गुरुबा गिरी प्रसाद थापामगर, लोक तथा दोहोरी गायक नवीन रानामगर, गायिका तारा श्रीसमगर र मोडल करुणा पुनमगरले सार्वजनिक गरेको हो ।सयौं वर्ष अघिदेखि मगर समुदायमा सती घाँटु नाच नाच्ने चलन रहँदै आएको छ । युवा संस्कृतिकर्मी एवं मोडल गोविन्द पुनमगरको निर्माणमा पाण्डवखानीमा नाचिने सती घाँटुको वृत्तचित्र तयार पारिएको हो । वृत्तचित्रको छायाङ्कन र सम्पादन भने वरिष्ठ छायाँकार दान बहादुर श्रीसमगरले गरेको हो । त्यस्तै वृत्तचित्रको लेखन तथा स्वराङ्कन पत्रकार रूद्र बहादुर श्रीसमगरले गरेको हो ।
वृत्तचित्र निर्माण गर्न तीन वर्ष समय लागेको बताउँदै निर्माता एवं प्रस्तुतकर्ता गोविन्द पुनमगरले लोप हुँदै जान थालेको मौलिक संस्कृतिप्रति युवा पुस्ताको आकर्षण बढाउन वृत्तचित्र तयार पारिएको बताए । साथै, वृत्तचित्रले सती घाँटुको प्रचार प्रसारमा समेत सहयोग पु¥याउने निर्माता एवं युवा संस्कृति पुनमगरको भनाइ रहेको छ । पुनमगरले वृत्तचित्र पोखरा र बागलुङमा छिट्टै प्रदर्शन गरिने तयारी भइरहेको समेत जानकारी दिए ।

मेरो पाण्डबखानी गितको विमोचन सम्पन्न गितको सफलताको शुभकामना

मेरो पाण्डबखानी गिको विमोचन सम्पन्न ।।
सुरेश छन्त्याल/काठमाडौं
कहिले लेख कहिले वेसि प्यारो भन्दा प्यारो मलाई मेरो पाण्डबखानी पाण्डबखानी कै माटोले जन्माएको  गोविन्द पुन मगरको प्रस्तुतिको मेरो पाण्डबखानी गितको विमोचन कार्यक्रम आज काठमाडौको जावलाखेलमा सम्पन्न भएको पाण्डबखानी समाज काठमाडौको आयोजनामा पाण्डबखानी समाज काठमाडौका
अध्यक्ष क्या.सेर बहादुर पुनको सभापतित्यो बागलुङ क्षेत्र नम्बर ३का पुर्व सभासद                   निरज पुनको प्रमुख आथितियता मा पाण्डबखानी,रिघा र सिसाखानी लगायत का मानिसहरूकाे सहभागीता रहेको थियाे।भने मगर चलचित्र संघका महासचिव हिमाल पुन निरज पुन गोविन्द पुन लगायतले सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो र कार्यक्रमको      
संचालन केश पुनले गर्नुभयो थियो।

Wednesday, June 22, 2016

गयौ आमा जहाजमा पर्खौ बाकसमा

विमानस्थल परिसरमा दुधे बालक च्याप्दै रुनेदेखि बाकसलाई अँगालो हाल्दै टाउको ठोक्याउनेसम्म
असार ८सुरेश छन्त्याल
काठमाडौं–अफगानिस्तानको राजधानी काबुलमा मारिएका १२ नेपालीको शव बुधबार काठमाडौं ल्याउँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरमा सबैका आँखा रसाएका थिए ।१२ नेपालीको शव बुझ्न प्रधानमन्त्री, मन्त्री, परिवारका सदस्य र उल्लेख्य सर्वसाधरण विमानस्थल पुग्दा सबैको गला अबरुद्ध बन्यो ।भावुक मुडमा देखिएका प्रधानमन्त्री केपी ओलीले मृतकहरुप्रति श्रद्वाञ्जली दिँदा केहि मृतकका आफन्त शव भएका बाकसलाई अँगालो हाल्दै टाउको ठोक्याउँदै रोइरहेका थिए ।  विमानस्थल परिसरमा कोही कसैसँग बोल्न सकिरहेका थिएनन् ।
मृतकमध्येका जीतेन्द्र थापाकी रुीमति सञ्जिता काखमा दुधे बालक च्याप्दै रोइरहेकी थिइन् नेपाली सेनाका सिपाहीहरु हातमा फुलमाला लिई शव ल्याएको बाकस हेर्दै टोलाइरहेका थिए ।

Saturday, June 18, 2016

गलकोटको माया

गल्कोट अनलाइन खबर ,
बालकृष्ण सुबेदी गल्कोट
गलकोट पत्रकार समाज द्वारा सञ्चालित गलकोटको पहिलो अनलाइन पत्रिकालाई प्रवासी गलकोटे युवाहरुले सहयोग गरेका छन । समाज द्वारा २०७२ साल देखि सञ्चालित गलकोट खवर डट कम लाई हाल जापानमा ब्यवसाय तथा रोजगारी गर्दै आएका गलकोटका दुई युवाले आर्थिक सहयोग गरेका हुन ।
मल्म ८ घर भई जापानमा ब्यबसाय गर्दै आएका समाजसेवी तुलविर थापा समर्पणले गलकोट खवरलाई नगद १५ हजार सहयोग गरेका हुन । गलकोटको आवाज गलकोट खवर विना प्रवासी गलकोटे दाजूभाई तथा दीदीबहिनी आफ्नो मातृभूमि बाट टाढाहुनु पर्ने भन्दै समाजसेवी थापाले सहयोग गरेको बताए ।
' उनले भने ,गलकोट खवर हाम्रो धडकन हो ,यो विना जन्मभूमि टाढा लाग्छ ,त्यसैले सवै प्रवासीले गलकोट पत्रकार समाजको अभियानमा साथ दिनु जरुरी छ '।
समाजसेवी थापाले गलकोट खवरको स्थापना काल देखिने आर्थिक तथा नैतिक सहयोग गर्दै आएका छन । गलकोट खवर सञ्चालनको लागी उनले एक थान ल्यापटप सहयोग गरेका थीय ।
त्यसैगरी मल्म २ रिष्मीका मेघराज सापकोटाले पनी गलकोट खवरलाई आर्थिक सहयोग गरेका छन । उनले नगद १० हजार सहयोग गरेका हुन ।
जापानमा अध्यन तथा रोजगारी गर्दै आएका सापकोटाले समग्र गलकोटको विकास ,यहाँको गतिवीधी र पर्यटकीय गन्तब्यको प्रवर्दनमा गलकोट खबरले अतुलनीय योगदान पुर्यायको स्मरण गर्दै सहयोग गरेको बताए । सापकोटाले गलकोट खवरको स्थापना काल देखिनै आर्थिक सहयोगका साथै जापान बाट समाचारदाता को रूपमा सहयोग गर्दै आएका छन ।

Wednesday, June 15, 2016

एसएलसीको परीक्षाफल भोली सार्वजनिक हुँदै

सुरेश छन्त्याल /काठमाडौँ: परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्ण काप्रिका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक तयारी पूरा भइसकेको छ ।

‘बिहीबार दिउँसो दुई बजेतिर नतिजा प्रकाशन गर्छौ होला' काप्रिले बुधबार अन्नपूर्ण संग भने, ‘केहि प्राविधिक काम मात्र बाँकी छ । कुनै बाहिरी समस्या आएन भने बिहीबार नतिजा प्रकाशन गर्छौँ ।'

पनिकाले यस वर्षदेखि पहिलो पटक एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गर्न लागेको छ । ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाईन्ट एभरेज (जिपिए) मध्ये विद्यार्थीको प्राप्ताङक अनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरिनेछ ।

एसएलसी गत चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । अघिल्लो वर्षको तुलनामा १३ दिन ढिलो गरी परीक्षा सञ्चालन गरिएको भए पनि नतिजा भने छिटो सार्वजनिक हुन लागेको हो ।

परीक्षा सञ्चालन हुने बित्तिकै उत्तरपुस्तिका परीक्षण केन्द्रमा पुर्याउन लाग्ने समय, परीक्षण केन्द्रमा परीक्षण गर्न लाग्ने समयवधि तथा परीक्षण गरेपछि कति दिनभित्रमा केन्द्रमा नतिजा पठाउनेसम्मका विषयमा कार्ययोजना बनाइएकोले काम छिटो भएको काप्रिले बताए ।

परीक्षामा नियमित, आंशिक तथा प्राविधिक धारका छात्रा र छात्र गरेर गरेर कुल ६ लाख १५ हजार ५ सय ५३ जना विद्यार्थी सहभागी छन् ।

पनिकाको तथ्याङ्क अनुसार यसवर्ष छात्रको तुलनामा ३६ हजार १ सय ३५ जना बढी छात्रा परीक्षामा सहभागी छन्। कुल परीक्षार्थीमध्ये सामान्य धारका नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ जना छन् । तीमध्ये दुई लाख २७ हजार ५ सय ३५ जना छात्रा तथा दुई लाख २५ हजार ३ सय ४६ जना छात्र छन् ।

त्यस्तै, आंशिकतर्फ ९७ हजार ३६ जना छात्रा तथा ६२ हजार ३ सय ८१ जना छात्र गरेर १ लाख ५९ हजार ४ सय १७ जना सहभागी हुँदैछन् ।

प्राविधिक धारका ३ हजार दुइ सय जना परीक्षार्थी छन् । जसमा १ हजार २ सय ७३ जना छात्रा तथा १ हजार ९ सय ८२ जना छात्र छन् ।

अविरल वर्षाका कारण पाण्डबखानीमा २घर र१ कोठ जोखिममा सुरेश छन्त्याल।

वर्षा सुरुभए संगै विनासकारी भुकम्पले असर पारेको घर र गोठ भट्कन थालेको छ।त्यस्तै बागलुङको पाण्डबखानी वार्ड नम्बर ४का नवीन भावुकको घर र गोठ र ज्ञानबहादुर  शाइको घर पहिरोको जोखिममा परेकोछ।आज विहान १०बजे तिर भावुकको घर र गोठ माथबाट पुरिन लागो र शाईको घर अगाडीबाट पुरिन लागो र कत्ति क्षति भएको छ भन्ने अझै एकृन भएको छैना पहिरो स्थानीयहरुले हटाउन लागेको पाण्डबखानी अनलाइन खबर लाई समाचार प्राप्त छ।

Tuesday, June 14, 2016

कबिताको गजल : तिम्रै भनि बसेको थें … !

तिम्रै भनि बसेको थें किन बाटो मोड्यौ ।
मायांको नाटक गरी किन मलाई छोड्यों ।
तिम्रै यादमा पलपल रोएको छु आज ,
पबित्र हाम्रो मायां किन बिचमा तोड्यौं ।।

कविता घर्तीमगर
निसी, बागलुङ

Sunday, June 12, 2016

यी बच्चा हरु देखेर रोइन जापान मा कर्म थलो बनाउने,दयालु ह्रदय कि खानी सुरेश छन्त्याल/काठमाडौं

वैदेशिक कारण जापमन पुग्नु भएका म्यादीका साहित्यकार सात समुन्द्र पारी कर्म थलो बनाएका नेपाल आए पछि सिजन सिल केन्द्र काठमाडौंमा रहेको अनाथ असाय लाई भेटेर भावुक बने ,जापान लाई कर्म थलो बनाउने म्याग्दी जिल्ला कि साहित्यकार छ्क्कु उदासी ले सिजनसिलकि आमा समेत हुनुभएका बागलुङ गलकोटकि छोरी जुनु पुन मगरलाई रु२०हजार हस्तान्तरण गर्नु भएको पुनले जानकारी दिनुभएको छ।यहलाइ यसरी देश तथा विदेशबाट सधैं सहयोग रैरहन्छ।यसरी सयोग मिलोस्।हाम्रो कामना छ।

मोटरसाईकल दुर्घटनामा घाईते किशोरको मृत्यु

पर्वतको मालढुङ्गामा शनिबार मोटरसाईकल र जिप एक आपसमा ठोक्कीदा घाइते भएका म्याग्दीका एक किशोरको उपचारको क्रममा मृत्यु भएको छ ।
बेनी देखि बागलुङ जादै गरेको ध १ प ५००१ नम्बरको भिआर मोटरसाईकल र कुश्माबाट बेनी आउँदै गरेको ध १ ज २४ नम्बरको जिप ठोक्कीदा घाइते भएका दरवाङ–६ का १६ वर्षिय आकाश पुनको उपचारको त्रममा आइतबार पोखराको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
दुर्घटनामा घाइते भएका बेनी नगरपालिका–६ का १७ वर्षिय ओमकार पौडेलको भने उपचार भैरहेको ट्राफीक प्रहरी हवल्दार ठाकुर क्षेत्रीले बताउनुभयो । दाहीने कुम र अनुहारमा चोट लागेर घाइते भएका पौडेल खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

Saturday, June 11, 2016

हाम्रो कला संस्कृति

गला र कला अनि संस्कृतिको धनी हाम्रो बाग्लुङ । अझ त्यसैमा पाण्डवखानी बाग्लुङका मगर सामुदायिकमा नाचिने प्रचलित सती घाटुले पाण्डवखानी बासिन्दाको शिर उँचो बनाई दिएको छ । पछिल्लो समयमा पाण्डवखानीका युवा पुस्ताहरुले खासै चासो नदिने र सबै विदेश पलायन हुनाले कतै सती घाटु लोप हुँदै जान्छ कि भन्ने डर बुढापाका हरुको छ । तस्वीरको दृश्य तपाईंहरूले देखिरहनु भएको छ । बाग्लुङको पाण्डवखानीमा प्रचलित सती घाटु नाचमा ढलाइएका सती ! नाच्ने युवतीलाई गीतबाट बेहोस बनाई ढलाउने र गीतबाटै पछि होसमा ल्याउने गरिन्छ ।

म्याग्दीमा वर्षा पछि पहिरो

बेनी बजारमा बाढी ः म्याग्दी सदरमुकाम बेनीमा गएराती भिषण बर्षापछि आएको बाढीको चपेटामा परेका घरहरु । बेनी माथि बेनी–पाखापानी सडक खण्डको स्तरोन्नतीको क्रममा फालिएको माटो बगाएर ल्याएको बाढीले एक सय घरधुरी प्रभावित बनेका छन् ।

रातमा आएको बाढीले क्याम्सचोक डुवानमा (फोटो सहित)

म्याग्दी, ३० जेठ । शनिबार रातमा भएको अविरल वर्षासंगै आएको बाढीले क्याम्पसचोक पुनः डुवानमा परेको छ । रातको १० बजेपछि झन्डै साढे १ घण्टासम्म भारी वर्षा हुँदा क्याम्पसमा बाढी पसेको थियो ।  बाढीका कारण ५० भन्दा धेरै घर प्रभावित बनेका छन भने कति क्षति भएको छ भन्ने एकिन गर्न सकिएको छैन ।अविरल वर्षाले बेनीबजार भन्दा मािथ बाट आएको लेदो सहितको बाढीले क्षतिग्रस्त बनेको हो । बाढी आएपछि क्याम्पसचोक २ फिट देखि ७ फिटसम्म डुवानमा परेको छ । गत वर्षपनि क्याम्पसचोकमा आएको बाढीले लाखौको क्षति बनाएको थियो । बाढी पसेपछि क्याम्पसचोकमा रहेको सुनचाँदी ढुकान, पुस्तक पसल, कस्मेटी पसल, फेन्सी, फ्रेस हाउस, शैलुन लगायतका पसलहरुमा क्षति पुगेको छ । यसैगरि सोही बाढीले कालीपुल क्षेत्रमा समेत क्षति पुर्‍याएको छ । भारी मात्रामा बर्षा हुँदा मंगलाघाट क्षेत्रमा समेत असर पुगेको छ । एक्कासी परेको वर्षाले जिल्लाका अन्य विभिन्न स्थानमा  क्षति पुग्न सक्ने अनुमान गरिएको छ ।

Friday, June 10, 2016

नेपाल विदेशीको इसारामा कहिल्यै चल्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अरु कसैले अराउ खटाउ गर्ने देश नभएको बताउनुभएको छ ।

आज नेकपा (एमाले) दमकको १०औँ नगर अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहँदै प्रधानमन्त्री ओलीले नेपाल स्वाधीन र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको बताउँदै विदेशीको इसारामा कहिल्यै नचल्ने उल्लेख गर्नु भयो ।

यो गर नगर भनेर बाह्य हस्तक्षेप गर्न छिमेकीले मिल्दैन भन्नुहँुदै उहाँले नेपाल आफैँ सार्वभौम रुपमा सम्पन्न भएकाले त्यस्तो अर्ती उपदेश अस्वीकार्य भएको बताउनुभयो ।

आफू प्रधानमन्त्रीमा निर्वाचित हुँदा नाकाबन्दी र मधेसवादी दलले घेरेर मुलुकलाई सङ्कटमा पु¥याउने काम गरेको भए पनि राष्ट्रिय स्वाधीनता रक्षा गर्न आफू एक्लै भएर सक्दो सामना गरेको उहाँको जिकिर थियो । उहाँले भन्नुभयो, “नेपालले छिमेकी मुलुकसँगै अन्तर्राष्ट्रिय जगतसँग सधैँ बलियो सम्बन्ध राख्छ ।”

एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सरकार संविधान कार्यान्वयन गरेर स्थानीय निकायसहितका जनप्रतिनिधि कायम गर्न प्रतिबद्ध भएर लागेको छ भन्नुभयो ।
अधिवेशन उद्घाटन कार्यक्रममा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले एमाले आसन्न निर्वाचन पछि सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित हुने धारणा राख्नु भयो ।

अधिवेशनले दमक नगर कमिटीको नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ

विद्रोह गरेर संविधान खारेज गर्ने उपेन्द्र यादवको चेतावनी

२८ जेठ, काठमाडौं । संघीय समाजवादी फोरमका
अध्यक्ष उपेन्द्र यादवले उनकै शब्दमा अहिलेको संविधान
नश्लवादी रहेकाले पुनर्लेखन नभए विद्रोह हुने चेतावनी
दिएका छन् । विद्रोहले अहिलेको संविधान खारेज
गर्ने र नयाँ संविधान लेख्ने चेतावनी यादवले दिए ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा
यादवले नयाँ संविधानमा आफ्ना असन्तुष्टिहरु
सार्बजनिक गरे । यादवले संघीय संरचना, नयाँ
संवैधानिक आयोग, नागरिकता सम्बन्धि व्यवस्था
लगायतमा भएका ‘कमजोरी’हरु औंल्याए ।
यादवका अनुसार क्षेत्राधिकार विनाका
संवैधानिक आयोगहरुको अर्थ छैन । हाल संविधानमा
मधेसी, मुस्लीम, आदिवासी जनजाती लगायतका
संवैधानिक आयोगहरु थप गरिएका छन् । ति
आयोगहरुको क्षेत्राधिकार नतोकिएको र १०
वर्षपछि पुनर्गठन हुनसक्ने संवैधानिक व्यवस्था गलत
रहेको यादवको तर्क छ ।
‘क्षेत्राधिकार विनाको पनि आयोग हुन्छ ?’ संघीय
गठबन्धनका संयोजकसमेत रहेका यादवले भने, ‘१० वर्षपछि
पुनर्गठन गर्ने भनिएको छ । पुनर्गठनको अर्थ पछि कायम
नहुन पनि सक्छ र खारेज हुन पनि सक्छ, त्यसैले यो काम
छैन ।’
उनले संघीय संरचना नै गलत भएको दाबी गरे ।
संविधानमा उल्लेख प्रदेश, इकाई र केन्द्रीय संरचना
संघीयतामा नहुने उनले बताए । ‘संघीयतामा प्रदेश र
केन्द्रमात्र हुन्छ तर इकाई पनि थपेर भ्रम छर्ने काम भएको
छ ।’
नागरिकता सम्बन्धि विशेष व्यवस्था भनिए पनि
अन्तरिम संविधान जति पनि नभएको उनले बताए ।
सेना-प्रहरीलाई समावेशी नबनाइएको र न्यायाधीश
पुनर्नियुक्तीको व्यवस्था हटाइएकाले पनि अहिलेको
संविधान असमावेशी र प्रतिगमनकारी भएको
यादवको भनाइ छ ।
यादवले भने, ‘यी सबै कुराले संविधान नश्लवादी छ ।
पुनर्लेखन नगरी हुँदैन । पुनर्लेखन भएन भने विद्रोह हुन्छ ।
विद्रोहले संविधान खारेज पनि गर्नसक्छ र पुनर्लेखन
पनि हुनसक्छ ।’

Thursday, June 2, 2016

कति नाजुक छ मेरो मन

Sonim Magar
कति नाजुक छ मेरो मन पनि ,,,,,ह,,,,
खुसी छु भने रोइ हाल्छुअनि
दुखी भय भने पनि रोइ दिन्छु
,,,,हासो त सपना मा मात्र सिमित छ,,,,
तर आसु कति प्यारो लाग्छ किन कि आसु ले मलाइ हर
पाइला साथ दिन्छ ,,,
यकान्त मा त साथ दिन्छ नै ,,, तर,,,
भिद मा पनि साथी हुन्छ लुकाउ भनु झन पहिला
देखिहाल्छ मान्छे हरु हजार आर्थ लाउछन यो आसु सङ्ग को
दोस्ती लाइ तर जे होस मेरो असल साथी हो मलाइ हर्पल
साथ दिन्छ मलाइ यसैमा गर्ब लाग्छ कति पहिचानि छ
यो जिबन